विष्णुपादुका (धरान)
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |
विष्णुपादुका | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | धरान |
निर्देशाङ्क | २६°४९′२४.७३″उ॰ ८७°१४′५२.५३″पू॰ / २६.८२३५३६१°N ८७.२४७९२५०°Eनिर्देशाङ्कहरू: २६°४९′२४.७३″उ॰ ८७°१४′५२.५३″पू॰ / २६.८२३५३६१°N ८७.२४७९२५०°E |
सम्बन्धन | हिन्दुत्व |
देवता | भगवान विष्णु |
चाडपर्व | कुशे औंसी |
जिल्ला | सुनसरी |
राज्य | Province No. 1 |
देश | नेपाल |
वास्तुकला प्रकार | Shikhara |
बिष्णुपादुका सुनसरी जिल्लाको प्रख्यात धार्मिक स्थल हो। धरान देखि ४ किलोमिटर उत्तर पश्चिममा कोकाहा नदीको किनारमा रहेको विष्णुपादुका को महत्त्वलाई मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरी, श्राद्ध परम्पराको थालनी गरेका स्थानको रूपमा पुराणमा उल्लेखित छ। प्रत्येक वर्षको पौष शुक्ल औंशीका दिन आफ्ना पितृहरूलाई पिण्ड तर्पणका लागि लाखौंको संख्यामा हिन्दू धर्मावलम्वीहरू यहाँ आउने गर्दछन। यहाँ श्राद्ध गरेपछि भारतको काशी र गया गएर श्राद्ध गर्नु नपर्ने जनविश्वास छ।
वि.सं. १९७० मा लक्ष्मण घिसिङले मन्दिर भएको स्थलमा उत्खनन गर्दा पाउको छापसहितको ढुंगा फेला पारेपछि विष्णुको पाउ भएको विश्वास गर्दै पूजा गर्न थालिएको हो । यस मन्दिरमा आदिवासी जनजाति समुदाय तामाङ जातिका प्रमुख पुजारी हुने चलन छ। प्रमुख पुजारी तामाङ रहे पनि पितृश्राद्धको विधि चाहिँ ब्राह्मण पुजारीले नै गर्छन् । धार्मिक र जातीय सद्भावको उत्कृष्ट नमुना उक्त मन्दिरमा तामाङ जाति पुस्तौंदेखि पुजारीका रूपमा रहेका छन् ।
स्रोत
[सम्पादन गर्नुहोस्]