परेवा खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परेवा खोला तेह्रथुम जिल्ला अन्तर्गत फुलेक गा.बि.सको दक्षिण तिर पश्चिम दिशाबाट पूर्व बग्दछ। यो खोलामा गएर जो कोहिले पनि परेवा भाकल् गरेर चिताएको कुरा माग्यो भने त्यो पुरा हुने जनबिश्वास छ। तेसैले यो खोलाको नाम परेवा खोला रहन गयो।यो खोला यहाँ का स्थानिय बासिहरूको लागि पानीको मुल श्रोत हो। यो खोला बाटनै यहाँको ५०% जमीनमा सिँचाइ गरिन्छ।केही वर्ष अगाडि यो खोलाबाट ३ किलोवाट्को बिजुली पनि निकालिएको थियो।जस्ले गर्दा फुलेक का मानिसहरू धेरै लाभान्बित भएका थिए।