सामग्रीमा जानुहोस्

"पाँचखाल नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६: पङ्क्ति ६:
|native_name = <!-- for cities whose native name is not in English -->
|native_name = <!-- for cities whose native name is not in English -->
|nickname =
|nickname =
|settlement_type = [नेपालका नगरपालिकाहरू|नगरपालिका]]<ref>{{cite web|url=http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=247268|title= थप ४१ नगरपालिका घोषणा | publisher='''[[कान्तिपुर दैनिक]]'''}}</ref>
|settlement_type = [[नेपालका नगरपालिकाहरू|नगरपालिका]]<ref>{{cite web|url=http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=247268|title= थप ४१ नगरपालिका घोषणा | publisher='''[[कान्तिपुर दैनिक]]'''}}</ref>
|motto =
|motto =
<!-- images and maps -->
<!-- images and maps -->

१६:५४, १२ फेब्रुअरी २०१२ जस्तै गरी पुनरावलोकन

पाँचखाल
पाँचखाल नगरपालिकाको एक दृष्य
पाँचखाल नगरपालिकाको एक दृष्य
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाभ्रेपलाञ्चोक
उन्नतांश
९३७ मिटर (३०७४ फिट)
जनसङ्ख्या
 (1991)
 • जम्मा९,४८१
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)
पोष्टल कोड(Postal Code)
45212 []
क्षेत्रीय सङ्केत०११

पाँचखाल नगरपालिका बागमती अञ्चल‎को काभ्रेपलाञ्चोक जिल्लाको पूर्वी भागमा अवस्थित छ । काठमाडौंबाट ४५ कि.मि. पूर्व उत्तर तथा धुलिखेलबाट १५ किलोमिटर उत्तरी दिशामा पर्ने पाचँखाल नगरपालिका,यस जिल्लाको सवैभन्दा ठूलो समथर बेंशी हो । अरनिको राजमार्गले बीचबाट काटेर गएको यो बेंशी समुद्र सतहबाट ९३७ मिटर (२०७३ फिट)उचाइमा छ ।

यस बेंशीको वरीपरि पलाञ्चोक, अनैकोट, रविओपि, जैशिथोक, पात्लेखेतका डाँडा हरुले घेरिएको छ । यसरी कम उचाईमा रहनु, वरिपरि डाँडा हुनु, आदि कारणले यहाँ प्रशस्त मात्रामा गर्मी हुने गर्दछ । यहाँको गृष्म तापक्रम सरदर ३२-३३° सेल्सीयस (९०.९५० फरेनहाइट) सम्म पुग्छ ।

डाँफे र झिकु खोलाहरुद्वारा सिंचित यो बेंशी मलिलो भएतापनि अघि औलो लाग्ने भएकाले यहाँ बस्ती थिएन । पहिला दनुवार जातिहरुका मात्र बस्ती भएतापनि राजमार्गको विकासले गर्दा अन्य जातिहरुको आकर्षण बढ्दैछ ।

सिंचाइको सुविधा, मलिलो पाँगो माटो, यातायातको सुविधा, हावापानीको अनुकूलताको कारण यो क्षेत्र कृषिको लागि महत्वपूर्ण क्षेत्र मानिन्छ । धान, मास, गोलभेडा कटहर, आलुको लागि यो क्षेत्र अति महत्वपूर्ण छ । जहाँको गोलभेडा र आलु काठमाडौं उपत्यकाको बजारहरुमा पाइन्छ । यसका अतिरिक्त आँप, केरा, रुख र भूइँकटरहरु, लिची, कागती, मेवा आदि कर्केटार नामक परम्परागत बगैंचा र पाँचखाल बागवानी केन्द्र (७.३५ देक्टर क्षेत्र ) बाट उत्पादन हुने गर्दछ ।

दुई मा.वि., प्रहरी चौकी, इलाका हुलाक, दुग्ध संकलन केन्द्र आदि कार्यालय रहेको यो क्षेत्रमा चक्रपथ बनाउने, प्रदुषण हरियालीयुक्त बनाउन जिविस, गाविस र प्यारो हरियाली नेपालको सत्प्रयास रहेको छ । []

सन्दर्भ सामाग्री

  1. "थप ४१ नगरपालिका घोषणा", कान्तिपुर दैनिक 
  2. http://www.nepalpost.gov.np/index.php?option=com_content&view=article&id=56&Itemid=67
  3. "धार्मिक एवं पर्यटकीय स्थलहरु", ddckavre.gov.np