गुणराज अवस्थी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुणराज अवस्थी
डा.गुणराज अवस्थी
व्यक्तिगत विवरण
जन्म
गुणराज अवस्थी

२०१९कार्तिक २१
दार्चुला जिल्ला, शंकरपुर गाविस, वडा नं.-४ पस्ती, नेपाल
नागरिकतानेपाली
जीवन साथीविमला त्रिपाठी अवस्थी
पेशास्वास्थ्य

गुणराज अवस्थी एक चर्चित उदाहरणीय चिकित्सक हुन् । उनको जन्म २०१९ कार्तिक २१ गते महाकाली अञ्चल,दार्चुला जिल्लाको शंकरपुर गाविस, वडा नं.-४ पस्तीमा भएको थियो । उनको बुवाको नाम विष्णु भक्त अवस्थी र आमाको नाम गोमा अवस्थी हो । २०४७ कार्तिक ५ गते स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका चिकित्सक गुणराज अवस्थी हालसम्म थुप्रै उदाहरणीय काम गरी सबैका प्यारा बन्दै पुरस्कार प्राप्त गर्नुका साथै सम्मानित पनि भएका थिए ।

जिवनी[सम्पादन गर्नुहोस्]

डा.गुणराज अवस्थीको जन्म दार्चुला जिल्लाको एक सामान्य परिवारमा भएको थियो । उनले प्राथमिक तहको शिक्षा गाउँकै स्कुलबाट गरेका थिए ।

सेवा आरम्भ[सम्पादन गर्नुहोस्]

चिकित्सक गुणराज अवस्थीले २०४७ साल कार्तिक ५ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका थिए ।

योगदान[सम्पादन गर्नुहोस्]

बैतडी जिल्ला जनस्वास्थ्य कार्यालय बैतडी जिल्लाका प्रमुख डा. गुणराज अवस्थी देशभरका जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखमध्ये उत्कृष्ट घोषित भएका थिए । स्वास्थ्य मन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखाले डा. गुणराज अवस्थीलाई उत्कृष्ट घोषित गरेको थियो । महाशाखाले प्रत्येक वर्ष कार्यालय प्रमुखहरूले सम्पादन गरेका कामका आधारमा उत्कृष्ट प्रमुखको घोषणा गर्दै आएको छ । उत्कृष्ट छनौट हुन सफल डा. अवस्थीलाई स्वास्थ्य मन्त्रालयको क्षेत्रीय समीक्षा गोष्ठीमा प्रमाणपत्र प्रदान गरेको थियो। डा. गुणराज अवस्थी २०६८ भदौ १० गतेबाट जिल्ला स्वास्थ्य कार्यालय बैतडीको प्रमुखको रूपमा कार्यरत रहदै आएका छन् । डा. अवस्थीले जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख भएपछि स्वास्थ्य सूचकांकमा ७२ औँ नम्बरमा रहेको बैतडीलाई आर्थिक वर्ष ०६८÷६९ को मूल्यांकनमा १० औँ नम्बरमा पार्न सफल भएका थिए ।डा. अवस्थीले २०७० फागुनमा स्वास्थ्य मन्त्रालयले प्रदान गर्ने उत्कृष्ट सेवा पुरस्कारसमेत प्राप्त गरिसकेका छन् । उनले एक लाख रुपियाँको पुरस्कार प्राप्त गरेका थिए ।

कृयाकलाप[सम्पादन गर्नुहोस्]

उत्कृष्ट कार्यालय प्रमुखलगायतका विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. गुणराज अवस्थी बैतडीमा एउटा मानक बनिसकेका छन्, समयलाई ख्याल गर्ने व्यक्तिको रूपमा । जिल्लाको स्वास्थ्यलाई उत्कृष्ट नेतृत्व दिँदैं आएका डा.गुणराज अवस्थीले पछिल्लो समयमा समयको महत्त्वलाई पनि जिल्लाबासीलाई पाठ सिकाइरहेका छन् । डा. अवस्थाी जिल्लामा अरुले आयोजना गरेको गोष्ठी, कार्यक्रममा तोकिएको समयमा त पुग्छन् नै, आफूले गरेको कार्यक्रममा पनि एक मिनेट पछाडि आउनेलाई पनि प्रवेश अनुमति दिँदैनन् । जिल्ला जनस्वास्थ्यले गरेको कार्यक्रम भन्नेबित्तिकै जिल्लाका सबैजसो कार्यालयका प्रतिनिधिहरु हतार गरेर कुदिरहेका भेटिन्छन् । ढिला आउने व्यक्ति चाहे प्रमुख जिल्ला अधिकारी हुन् या सत्ताधारी दलका प्रभावशाली नेता, उनी भनिदिन्छन् कृपया कोठामा नै आराम गरिदिनुहोला, कहिलेकाँही आराम पनि स्वास्थ्यका लागि राम्रो हो ।’ आजकाल बैतडीका चिया पसलदेखि सरकारी कार्यालयसम्म पनि उनको यो समयको महत्त्वमाथि चर्चा चलिरहेको पाइन्छ । तल्ला तहका कर्मचारीहरु डा. अवस्थीले सबैलाई समान व्यवहार गरेकोमा प्रशंसा गर्छन् । यस्तै आफूले गरेका राम्रा काम र गल्तीलाई पनि प्रष्ट रूपमा सञ्चारकर्मीसमक्ष प्रष्ट राख्ने भएकाले बैतडीका राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमका पत्रकारले पनि उनलाई मिडियामैत्रीका रूपमा बुझ्ने गर्दछन् । उनी आफूमातहतका कर्मचारीलाई पनि उनीहरूले गरेका काम र प्रगतिका बारेमा पनि समय–समयमा जागरुप गराईराख्ने गर्छन् । उनी विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित भैसकेका छन् । तर, भन्छन्, ‘मैले पुरस्कार पाएपनि यसमा सबैको अधिकार छ ।’ सबैको प्रयासले आफू सफल भएकाले आफुले पाएको पुरस्कार सबैजनाको भएको उनको भनाई हुन्छ । पुरस्कार भन्दापनि बिरामीको पिरलाई बढी महत्त्व दिन गर्छन् उनी । समयलाई महत्त्व दिएपनि आफूमातहतका कर्मचारीप्रति उनको कुनै रिस, इष्र्या भएको पाईदैँन । उनी सहकर्मी कर्मचारीलाई कार्यालयभित्र बिरामीको सेवामा तल्लीन रहन निर्देशन दिने गर्दछन् भने बाहिर आफ्नो अति मिलनसार साथीको रूपमा व्यवहार गर्छन् । डा. अवस्थीप्रति कार्यालयका अन्य कर्मचारीहरूको कुनै शंका नरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कर्मचारी बताउँछन् । उनीहरू भन्छन्, हरेक कर्मचारीले गरेको कामको उच्च मुल्यांकन गर्ने भएकाले इष्र्याभन्दा पनि काममा प्रतिष्पर्धाको भावना पलाउने भएकाले पनि जिल्ला स्वास्थ्य कार्यालयले फड्को मारेको हो । [१]

लक्ष्य[सम्पादन गर्नुहोस्]

बैतडी जिल्लाको स्वास्थ्य क्षेत्रलाई देशकै नमुना बनाउने लक्ष्य रहेको र यसमा सबै सरोकारवालाको सहयोगको अपेक्षा गरेका छन । उनले जिल्लामा उत्कृष्ट काम गर्नेलाई सम्मान- पुरस्कार र नगर्नेलाई दण्ड-जरिवानाको व्यवस्थासमेत गरेका छन् । २०७१ सालमा उत्कृष्ट १० स्वास्थ्य संस्था र सबैभन्दा पछाडि परेका १० स्वास्थ्य संस्थालाई एकै ठाउँमा राखेर अन्तरक्रियासमेत गराएका थिए। यसअघि दैलेख ,बाजुरा,जुम्ला टिकापुर लगायतका स्वास्थ्य संस्थामा रहँदा पनि देखिने परिवर्तन गरेर डा.गुणराज अवस्थीले स्थानीयको मन जितेको धेरैले अहिले पनि चर्चा परिचर्चा गरेको पाइन्छ । [२]

स्वास्थ्य क्षेत्रमा सुधार[सम्पादन गर्नुहोस्]

२००६८ सालमा स्त्री रोग विशेषज्ञ डा. गुणराज अवस्थी सरुवा भएर बैतडी जिल्ला पुग्दा पनि यहाँका बासिन्दाले उनीबाट खासै ठूलो आशा राखेका थिएनन । किनकी यहाँ आउने हरेक डाक्टरसापहरूको काम उपचारका लागि आउने विरामीलाई सिमाना पारी झुलाघाट,पिथौरागढ टनकपुर, खटिमा, बरेली विरामी रिफर गर्नु बाहेक अरु हुदैनथियो । तर बैतडीको स्वास्थ्य सेवा सुधार्नका लागि डा. अवस्थी साच्चिकै परिवर्तनका बाहक भएर आए । आफू गएको जिल्लाको स्वास्थ्य अवस्था सुधार्न खप्पिस मानिएका अवस्थी बैतडीलाई पनि स्वास्थ्यमा नमुना जिल्ला बनाउन कस्सिए । सरुवा भएर बैतडी गएको केही दिनमै उनले यहाँका सबै समस्या बुजिहाले । बैतडीकै छिमेकी जिल्ला दार्चुला जिल्लामा जन्मेका गुणराज अवस्थीले बुझेकाका थिए स्थानियवासीको सहयोग बिना कुनै पनि क्षेत्रमा सोचेअनुसार परिवर्तन संभव छैन । उनले यसका लागि सदरमुकामबासीको सहयोग मागे ।सुरुमा कमैले पत्याए । किनकी सुत्केरी बेथा लागेर अस्पताल लगिएकी महिलालाई समेत पहिलेले डाक्टरसापहरूले पिथौरागड रिफर गरिदिन्थे । तिमध्ये केही बुड्डा नपुगदै त कोही त्रिपुरा नपुग्दै बाटोमै बच्चा जन्माउथे । डा. अवस्थी स्त्री तथा प्रसूति रोग विज्ञ हुन । उनले अठोट गरे, कुनै पनि अस्पताल आएकी गर्भवतीलाई सुत्केरी गराउनकै लागि भारत रिफर गर्ने छैन । अठोट गरेर मात्र भएन । त्यति बेला नाम मात्रको अस्पताल थियो । न रक्त सन्चार केन्द्रको सुविधा थियो, न सिजरिड गर्न यन्त्र उपकरण नै । भिडियो एक्सरे त धेरै टाढाको कुरा । भएका स्वास्थ्यकर्मि समेत मन लगाएर काम गर्दैनथिए । उनीहरूमा काम गर्ने उत्प्रेरणा नै थिएन । डा. अवस्थीले अस्पतालको सेवा सुधार्न स्वास्थ्य मन्त्रालय गुहारे । जिल्ला विकास समितिमात्र नभएर दातृ निकायलाई पनि स्वास्थ्य सेवा सुधार्न सहयोग गर्न आग्रह गरे । आवश्यक यन्त्र उपकरण उपलब्ध नगराउने भए आफू छोडेर जाने समेतको घुर्की समेत दिए । उनको सेवाप्रतिको समर्पण देखेपछि मन्त्रालयले पनि केही सिजरिड उपकरण पठायो । भिडियो एक्सरे मेसिन पुग्यो । अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना भयो डा. अवस्थीकै प्रयासले । दातृ निकाय पनि सहयोगको हात बढाउन अगाडि बढे । स्थानिवासीको पनि सहयोग प्राप्त हुन थाल्यो । उनले अस्पतालमा स्त्री रोग सेवाको विस्तार मात्र गरेनन । वाल विभाग, शल्यचिकित्सा विभाग, आकस्मिक विभाग लगायतका सेवा पनि व्यवस्थित गरेर जिल्ला अस्पताललाई गति दिए । अस्पताल क्षेत्रभित्र उनले धूमपान निषेध गराएका छन । अस्पतालको मासिएको जग्गा समेत दिलाउन उनी सफल भएका छन । उनले सेवा दिन थालेपछि सेवा ग्राहीको संख्या मात्र बढेन अस्पतालप्रतिको विश्वास समेत बढ्यो । डा. गुणराज अवस्थीले बैतडीमा कार्यभार सम्हालेपछि उनले सुत्केरी वेथा लागेर गएकी कुनै पनि महिलालाई भारत रिफर गरेका छैनन । दार्चुला जिल्लाबाट आएका महिलालाई समेत उनले सेवा दिइरहेका छन । दुई वर्ष पहिले बुबा स्वर्गबास हुदा समेत उनी १५ दिन घर बसेनन। १३ औँ दिन बैतडी पुगे । सेवा प्रतिको समर्पणले उनलाई कार्यक्षेत्रतिर तान्यो । जिल्ला अस्पतालमा मात्र नभएर उनले समग्र जिल्लाकै स्वास्थ्य अवस्था सुधार्न लागे । जिल्लामा स्वास्थ्यकर्मिको अभाव हुदा हुदै पनि उनले साडे दुई वर्षकै अवधिमा स्वास्थ्य क्षेत्रमा बैतडीलाई देशकै टेज टप जिल्ला भित्र पार्न सफल भए । स्वास्थ्य मन्त्रालयले गरेको मूल्यांकनमा २०६९ सालमा देशभरिका ७५ जिल्ला मध्ये बैतडी दशौ नम्बरमा पुग्न सफल भएको छ । भएका स्वास्थ्यकर्मिलाई काम गर्न उत्प्रेरण प्रदान गर्दै सेवाप्रति समर्पण गराउन सफल भएकै कारण जिल्लामा खोपको कभरेज पनि बढेको छ । अस्पताल गएर बच्चा जन्माउने महिलाको संख्या बढेको छ । स्वास्थ्यका कार्यक्रम पहिलेको तुलनामा सफल भएका छन । डा. अवस्थीको कामबाट प्रभावित भएर दातृ निकायहरु युएनएफपिए, सेभ दी चिल्डेन, जिआईजेडले स्वास्थ्यमा सहयोगको हात बढाएका छन । डा. अवस्थीकै पहलमा बैतडी जिल्ला अस्पताल लोडसेडिड मुक्त छ । जिआईजेडले अस्पतालमा चार हजार वाटको सोलार जडान गरिदिएको छ । बती गएपनि अस्पतालको सेवामा बाधा पुग्दैन । सेभ दी चिल्डेनले बर्थिड सेन्टर बनाउन नव जात शिशु कार्यक्रममा सहयोग गरिरहेको छ । डा. अवस्थी आफू पनि काम गर्छन, अरुलाई पनि काम गराउछन । उनको सिधा प्रश्न हुन्छ, कि काम गर, नभए जिल्ला छोड । यी दुबै काम गर्दैनौ भने मलाई बाहिर पठाइदेउ । स्वास्थ्य क्षेत्रमा मोलाउदै गएको राजनीति प्रति डा. अवस्थी चिन्तित छन । उनी भन्छन, मेरो कुनै पार्टी छैन । मेरो पार्टी भनेकै स्वास्थ्य हो । उनी समयप्रति सचेत छन । कुनै पनि काम समयमा गर्नु पर्छ भन्ने उनको मान्यता छ । मिटिडमा ढिलो आएको भन्दै जनस्वास्थ्यले बोलाएको मिटिडमा सिडिओ सापलाई समेत उनले भित्र पस्न नदिई फर्काइ दिएका उदाहरण छन । उनी भन्छन, स्वास्थ्य क्षेत्रमा एक सेकेन्ड र मिनेटको पनि महत्त्व हुन्छ । एक मिनेटको ढिलाईले विरामीको ज्यान जान सक्छ । काम नगरेर बस्ने केही कर्मचारीले उनको विरोध नगरेका होइनन । तर उनको काम प्रतिको लगावका अगाडि केही लागेन । डा. अवस्थीलाई नजिकबाट चिन्नेहरुका अनुसार एउटै बानीले उनलाई कमजोर बनाएको छ । उत्कृष्ठ सेवा प्रदान गरेर बैतडीलाई उत्कृष्ट दस भित्र पार्न सफल भएको भन्दै नेपाल सरकारले डा. अवस्थीलाई २०६९ सालको उतकृष्ठ स्वास्थ्यकर्मिका रूपमा पुरस्कृत गरेको छ । एक लाख नगद सहितको यो पुरस्कारले डा. अवस्थीसँगै बैतडीको स्वास्थ्य सेवाले पनि पहिचान पाएको छ । स्वास्थ्य सेवा प्रति साच्चिकै समपर्ण भएर लाग्ने व्यक्ति देशको जुनुसुकै कुनामा भएपनि त्यसको राज्यले समेत सम्मान गर्दो रहेछ भन्ने प्रमाण हो डा. अवस्थी पुरस्कृत हुनु र बैतडी स्वास्थ्य सेवामा उत्कृष्ठ दश भित्र पर्नु । सबै मिली जिल्लाको स्वास्थ्य सेवा स्तरीय बनाउन हातेमालो गर्नु आवश्यक छ । [३]

फेसबुक[सम्पादन गर्नुहोस्]

गुणराज अवस्थीको आधिकारिक फेसबुक पेज गुणराज अवस्थी हो।

तस्वीर तथा समाचार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]