प्रयोगकर्ता वार्ता:Biplab Anand/Archive 1

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिलेख 1 अभिलेख 2

पृष्ठको सम्बन्धमा

नमस्ते ! बिप्लब आनन्द जी नयाँ पृष्ठमा ध्यान पुराउँने छु । --चित्र:Dragon sign PA.pngअधि।कुरा गर्ने १५:०७, ६ नोभेम्बर २०१४ (युटिसी(UTC))

पृष्ठ मिला कुनिजको सम्बन्धमा

सर,tyo page ko अभिनित चलचित्रहरु भन्ने सेक्सनको english film ko naam haru delete nagartha ni huncha,te englishai lekhna kho g a ka hoon यसमा हजुरको के राय छ... Learnerktm (कुरा गर्ने) १३:३३, २ नोभेम्बर २०१४ (युटिसी(UTC))

प्रमुख समाचारको सम्बन्धमा

namanrjb जी, प्रमुख समाचारमा गलत कार्य नहोस भनेर प्रबन्धकहरूले मात्र सम्पादन गर्न मिल्ने बनाइएको हो । यसले तपाईं जस्तो सकृय प्रयोगकर्तालाई असर परेकोमा माफि चाहन्छौं । मैले सुरक्षा परिवर्तन गरिदिएको छु । यसो गर्दा हामीले अलिबढी ध्यान पुर्याउनु पर्ने हुन्छ । अब तपाईं पनि समाचार सम्पादन गर्न सक्नुहुनेछ । आशा छ तपाईंले यसलाई पूर्णरूपमा अपडेटेड राख्नुहुनेछ ।-DULAL (कुरा गर्ने) ०७:११, २ जनवरी २०१४ (युटिसी(UTC))

फोटोको सम्बन्धमा

Biplabrjb जी, यो फोटो कसले खिचेको हो ? अरुले खिचेको फोटो विकिपिडियामा राख्न मिल्दैन यदी यो फोटो तपाईंले नै लिनु भएको हो भने यसलाई इजाजतपत्र(लाइसेन्स) दिनु पर्ने हुन्छ । --DULAL (कुरा गर्ने) ०१:२४, १८ जनवरी २०१४ (युटिसी(UTC))

बिप्लब हजुर विकिमा फोटो अप्लोड कसरी गर्ने हो ? बुझ्ने गरी 'उदाहरण सहित' सुरु देखिन् लास्ट सम्मको प्रक्रिया बताई दिनु नि, प्लिज ! जयन्ती जानू (कुरा गर्ने) ११:१४, २२ अक्टोबर २०१४ (युटिसी(UTC))

हटाइने लेखहरूको बारेमा

Biplabrjb जी, सुधार नभए एक महिनापछि हटाइने लेखहरूको बारेमा चौतारीमा छलफल भैरहेको छ । चौतारीमा आफ्नो धारणा राख्नुहोला । -DULAL (कुरा गर्ने) ०७:४५, २० जनवरी २०१४ (युटिसी(UTC))


निर्णयका लागि मतदान

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०२:५७, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))


नामकोबारेमा

बिप्लब जी, नाम परिवर्तन गर्न तपाईंले दिनुभएको निवेदन कुनै ब्युरोक्र्याटले हेरेपछि परिवर्तन हुन्छ । तपाईं ढुक्क हुनुहोस । सन्देश छोडेपछि हस्ताक्षरको रुपमा -~~~~ पनि राख्ने गर्नुहोला । रातो भएको अर्थ त्यो पृष्ठ बनाउन बाँकि भन्ने बुझिन्छ । जे रातो हुन्छ त्यसैलाई क्लिक गरेर नयाँ पृष्ठ बनाउन सकिन्छ । धन्यबाद । -DULAL (कुरा गर्ने) ०६:४७, ४ फेब्रुअरी २०१४ (युटिसी(UTC))

सही काम सुरू गर्नुभयो

बिप्लब आनन्द जी, हामीले गाविसका लेखहरूमा धेरै काम गर्नुपर्ने छ । अक्षांस र देशान्तर नेपालीमा नलेख्नुहोला नत्र रेन्डर हुँदा इरर देखाउँछ । धेरै गाविसको त नाम पनि मिलेको छैन मिलाउनु पर्नेछ । कुनै समस्या परेमा सन्देश छोड्नुहोला । -DULAL (कुरा गर्ने) ०८:३१, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))


अवस्य पनि म सके सम्म ठिक गर्ने कोसिस गर्नेछु

नयाँ पृष्ठ कसरी आरम्भ गर्ने

बिप्लब जी, विकिपीडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने यो लेख हेर्नुभयो भने तपाईंको जिज्ञासा समाधान हुन्छ होला । सन्देश लेखेपछि -~~~~ यस्तो चिन्ह राख्नुभयो भने सन्देश कसले लेखेको भन्ने थाहपाउन सजिलो हुन्छ । -DULAL (कुरा गर्ने) ०२:३२, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

के तपाइँलाई थाहा छ? मा विवरण पठाउन

बिप्लबजी तपाइँको जिज्ञासाका लागि धन्यवाद। मुख्यपृष्ठका सामग्रीहरू संरक्षित रहने भएकाले प्रवन्धकले मात्र सम्पादन गर्न मिल्छ। तपाइँसँग भएका ज्ञानगुनका सामग्रीहरू के तपाइँलाई थाहा छ? भन्ने पृष्ठको वार्तालाप पृष्ठमा लेखि सहयोग गर्न सक्नुहुनेछ। धन्यवाद। --Ganesh Paudel (कुरा गर्ने) ०६:२७, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थनको लागि

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:५२, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

चित्रको बारेमा

बिप्लब आनन्द जी, तपाईँले अन्य विकिबाट ल्याएको लोगो यसरी आफ्नो नाममा अपलोड गर्न मिल्दैन। स्रोत खुलाएर अपलोड गर्नुहोला। नत्र पछि यो मेटाइने छ। कमन्समा भएको चित्रहरू यता पनि प्रयोग गर्न सकिन्छ। अपलोड गरिरहनु जरुरी छैन। अपलोड गर्दा आफ्नो व्यक्तिगत योगदानबाट सृजना भएका चित्रमात्र अपलोड गर्नुहोला। -DULAL (मसँग कुरा गर्नुहोस्) ०६:२७, २७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

हुन्छ कृष् जी बिप्लब आनन्द ०६:४७, २७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

बिप्लब जी मलाई <krish.dulal<at>gmail.com> मा इमेल गर्नुहोस्-DULAL (मसँग कुरा गर्नुहोस्) ०७:३८, २७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समस्याको बारेमा

बिप्लब जी, यस्ता केही लोगोहरू अंग्रेजी विकिमा मात्र प्रयोग गर्नको लागि भनेर अपलोड गरिएका हुन्छन्। विभिन्न लाइसेन्सको समस्याका कारण तिनीहरूलाई नेपाली विकिमा ल्याउन सकिन्न। हामीले पहल गर्यौं भने सकिन्छ होला। हेरुँ के गर्न सकिन्छ। अन्तर्राष्ट्रिय रुपमा के गरिन्छ सल्लाह गर्नु पर्छ।-DULAL (मसँग कुरा गर्नुहोस्) ११:४०, २८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

बार्नस्टार अलङ्कार

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०२:४४, १० मार्च २०१४ (युटिसी(UTC))

About Infobox Country and Photoes

विप्लब जी, Infobox Country मा मात्र नभई कतिपय पृष्ठमा भएका शब्दहरू नै अंग्रेजीमा भएको हुन सक्छ। साथै फोटो अपलोड गर्दा स्रोत खुलाएर अपलोड गर्न मिल्छ। तर Copy Right भएको फोटो स्रोत खुलाएर पनि अपलोड गर्न पाइदैन र फेसबुकबाट लिएको पनि हुँदैन। यसले विकिलाई असर पार्न सक्छ। यसैले अपलोड गर्दा आफ्नो व्यक्तिगत योगदानबाट सृजना भएका चित्रमात्र अपलोड गर्नुहोला। - Nirmal Dulal (कुरा गर्ने) १४:०४, १८ मार्च २०१४ (युटिसी(UTC))

समस्या

विप्लब जी,

तपाईले दिनु भएको चार पृष्ठहरु मध्य दुई वटामा मैले लोगो राखिदिएको छु । तपाईले बाँकी दुईमा आफै राख्ने प्रयास गर्नु होला तथा तपाईले लोगो राख्दा नेपाली विकिपीडियामा अपलोड गर्नु पर्ने हुन्छ तर अपलोड गर्दा लोगोको श्रोत, प्रयोग हुने पृष्ठ लगायत देहाय बमोजिमको विवरणहरु स्पष्ट उल्लेख गर्नु पर्ने हुन्छ तथा सबै भन्दा महत्वपूर्ण लोगोहरु अपलोड गर्दा गैर मुक्त उचित उपयोग चित्र को रुपमा अपलोड गर्नु पर्दछ ।

{{गैर-मुफ्त प्रयोग औचित्य
 |लेख           = 
 |विवरण       = 
 |स्रोत            = 
 |प्रयोग्यभाग           = 
 |कम_रिजोलुशन    = 
 |उद्देश्य           = 
 |प्रतिस्थापन_योग्य    = 
 |अन्य_जानकारी = 
}}

प्रयास गर्नु होस् समस्या भएमा फेरि छलफल गरौंला । Nirjal stha (कुरा गर्ने) ०६:५५, २६ मार्च २०१४ (युटिसी(UTC))

You have new messages
You have new messages
नमस्कार, Biplab Anand ज्यू . तपाँईको लागी यहाँ Nirmal Dulalको वार्ता पृष्ठमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

प्रमुख चित्र

विप्लव जी,

विकिपीडियामा प्रमुख चित्रमा मौलिक चित्रहरुलाई राखि वा राख्न सुझाव दिई सहयोग गर्न अनुरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) ०४:४५, १ अप्रिल २०१४ (युटिसी(UTC))

बिप्लब जी,

श्रीलंका क्रिकेट टिमको फोटो मैले श्रीलंका राष्ट्रिय क्रिकेट टिम पृष्ठमा देखिन, त्यसैले श्रीलंका राष्ट्रिय क्रिकेट टिमको लोगोलाई प्रमुख चित्रको रुपमा राखिदिएको छु । यदि तपाई सँग कुनै चित्र छ भने परिवर्तन गरिदिनु हुन अनुरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) ०३:२५, ७ अप्रिल २०१४ (युटिसी(UTC))

प्रमुख लेखको सम्बन्धमा

नेपाली विकिपिडियामा भएका सबै लेखहरू गुणस्तरिय र पूर्ण लेख नभएकाले प्रमूख लेखलाई दिनहुँ परिवर्तन गर्न नसकिएको हो। अब अलि लेखहरूको स्तर बृद्धि गर्दै गएपछि त्यसलाई दिनहूँ परिबर्तन हुने गरि बनाउन सकिन्छ। - Nirmal Dulal (कुरा गर्ने) ११:०२, १२ अप्रिल २०१४ (युटिसी(UTC))

मेटिनु पर्ने आवश्यकता

विप्लब, हुनत नेपाली विकीका धेरै पृष्ठहरू खराब छन्, एकै पटक सुधार गर्न गाह्रो नै छ। यसैले अहिले केही लेखिएका ठुटो लेखहरूलाई चाही त्यसमा नै थप्दै खाली पृष्ठहरूलाई चाही मेटाउँदा हुन्छ, त्यस्ता पृष्ठमा {{Delete|शिर्षक मात्र भएको खाली पृष्ठ}} Tag राखिदेउ अनि Delete गरौंला। - निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:०३, १८ मे २०१४ (युटिसी(UTC))

धन्यवाद

बिप्लवजी नमस्कार! विभिन्न जिल्लाका गा.वि.स.हरूका ढाँचाहरूमा सुधार गर्न जुट्नु भएकोमा धन्यवाद। नयाँ नगरपालिकाहरूका पृष्ठ निर्माण गर्नु पर्दा त्यसमा गाभिएको गा.वि.स.हरूको लिंक पनि दिनुहोला र ति गा.वि.स.हरूलाई पनि जानकारी सहित फलोनो मिति देखी यो गा.वि.स.लाई फलानो नगरपालिकामा गाभिएको छ भन्ने पनि थप्नु होला। उदाहरणकोलागी दुल्लु नगरपालिकामा गाभिएका गा.वि.स.हरू हेर्न सक्नु हुनेछ उसोत तपाइँलाई सिकाउनु पर्ने क्यही छैन तै पनि सल्लाह दिन मात्र खोजेको हुँ। धन्यवाद! -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०८:३१, २२ मे २०१४ (युटिसी(UTC))

ध्यान दिनुहोला

बिप्लवजी तपाइँले विभिन्न जिल्लाहरूका गाविसहरूका ढाँचा सम्पादन गर्दा त्यसमा ढाँचाहरूका शिर्षक पनि बदल्नु भएछ त्यसैले ति ढाँचाहरूमा प्रयोग भएको Navbox को संपादनमा र हेर्नेमा क्लिक गरेमा अर्को नयाँ ढाँचा तयार गर्ने लिंक खुल्छ। त्यसैले यसो गर्दा यात ढाँचाहरूको नाम बदलेर नयाँ नाम राख्नु पर्छ या त फेरी सम्पादन गरेर पहिलेकै नाममा राख्नु पर्ने भयो उदाहरणकोलागी मैले भरखर मात्र २ वटा ढाँचामा सुधार गरें हेर्नुहोला।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०८:५९, २७ मे २०१४ (युटिसी(UTC))

नयाँ प्रयोगकर्ताहरूलाई स्वागत गर्ने सम्बन्धमा

बिप्लवजी नयाँ प्रयोगकर्ताहरूलाई स्वागत गर्नको लागी {{subst:welcome}} ~~~~, {{subst:नमस्ते}} ~~~~ र {{subst:स्वागतम}} ~~~~ मध्य कुनै एकको प्रयोग गर्दा सबै पृष्ठमा आफै लेखिन्छ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०६:३८, १ जुन २०१४ (युटिसी(UTC))

बिप्लवजी यो ढाँचाको प्रयोग मुख्य पृष्ठमा हुने कुरा तपाइँलाई थाह नै छ। हाम्रो नेपाली विकिपीडियामा त कुनै खास नियम छैन र मात्र यहाँ जसलाई जे मन लाग्छ त्यो गरिएको छ। तर अन्य विकिपीडियामा हेर्नु भयो भने त्यहाँ निम्न नियमहरू लागु हुन्छन्:-

  • विकिपीडियाको नियमानुशार मुख्य पृष्ठमा प्रयोग गरिएक ढाँचाहरूलाई परिवर्तन गर्नकोलागी प्रवंधक र प्रशासक वीच पनि छलफल हुनु पर्छ।
  • आफुले योगदान गरेको लेखलाई मुख्य पृष्ठमा राख्नकोलागी आवेदन लेखकले आवेदन दिनु पर्छ त्यसमा अन्य प्रयोग कर्ताहरूले समर्थन र विरोध गर्छन्। बढी समर्थन पाएको लेखलाई मुख्य पृष्ठमा राखिन्छ।

यि लगायत विकिपीडियामा धेरै नियमहरू हुन्छन् आजको लेख नामको ढाँचालाई कसैले विगारोको थियो मैले त्यसलाई सुरक्षित गरिदिएको हुँ। तपाइँकोलागी खुल्ला गरिदिन्छु तर अरुको सहमती वीना लेखहरूलाई परिवर्तन नगर्नुहोला साथै दैलेख जिल्लाका गा.वि.स.हरूको ढाँचामा पनि तपाइँलाई लेख्न मिल्ने बनाएको छु।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०८:१९, ५ जुन २०१४ (युटिसी(UTC))

मैथली भाषाको विकिपीडिया

बिप्लबजी नमस्कार! यदी तपाइँलाई मैथली भाषाको राम्रो ज्ञान छ र तपाइँ मैथली भाषाको विकिपीडियामा योगदान गर्न चाहनु हुन्छ भने तपाईं यहाँ गएर मैथली भाषाको विकिपीडियामा योगदान दिएर यसलाई बाहीर निकाल्न सहयोग गर्न सक्नु हुन्छ। यो मैथली भाषाको विकिपीडिया धेरै समय देखी बाहिर निस्कन सकेको छैन किन भने त्यसमा योगदान गरेर लेखहरूको संख्यामा वृदी गर्ने कोही नभएर कोक्रोमा रहेको छ। यदी तपाइँ मैथली भाषाको विकिपीडियामा योगदान दिएर कोक्रोबाट बाहिर निकाल्न चाहनु हुन्छ भने त्यहाँ पनि योगदान दिनुहोला। कम्तीमा १००० लेख पुगाउनु पर्ने छ। अहिले सम्म मात्र ३०० मात्र नाघेको छ। त्यहाँ लेखहरू निर्माण गर्दा पहिले Wp/mai/ लगाएर पछी लेखको नाम राखेर लेख निर्माण गर्नु पर्छ जस्तै नेपाल नामको लेख निर्माण गर्न [[Wp/mai/नेपाल]] यसरी लेखको शिर्षक राखेर पछी नेपालको बारेमा लेख्नु पर्छ। केही कुरा सोध्नु परेमा त्यहाँ पनि मेरो वार्ता पृष्ठ छ सोध्नुहोला।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०८:५०, ६ जुन २०१४ (युटिसी(UTC))

प्रमुख चित्र सम्बन्धमा

बिप्लब जी तपाईले गर्नु भएको परिवर्तन धेरै राम्रो छ र यसले प्रमुख चित्रलाई स्तरिय बनाउन मद्दत गरेको छ । Nirjal stha (कुरा गर्ने) १४:२८, ७ जुन २०१४ (युटिसी(UTC))

तपाइँको संदेस

बिप्लवजी मेरो वार्ता पृष्ठमा तपाइँले कुनै संदेस छोडेको मलाई सुचना प्राप्त भयो तर मैले आफ्नो वार्ता पृष्ठ खोलेर हेर्दा त्यहाँ कुनै पनि नयाँ संदेस देखिएन तपाइँ वार्ता पृष्ठमा लेख्दा सम्पादन सुचनामा भएको "नयाँ शिर्षक सुरू गर्नुहोस्" भन्ने लिंकमा क्लिक गरेर अथवा अन्तमा गएर + चिन्नमा थिचेर लेख्नुहोला त्यसो गर्दा वार्ता पृष्ठमा संदेसहरू पढ्न सजिलो हुन्छ। जहिले पनि वार्ता पृष्ठमा लेख्दा पुरानो पाठको मुनी नयाँ संदेस राख्नु पर्छ। त्यसैले वार्ता पृष्ठ सम्पादन गर्दा तपाइँले यही सूचना देख्नु हुन्छ। तपाइँले लेखेको संदेस फेरी लेख्नुहोला मैले भेटाएँन।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०६:४८, १० जुन २०१४ (युटिसी(UTC))

निम्तो !

बिप्लब आनन्द जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरीनेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:१७, १४ जुन २०१४ (युटिसी(UTC))

बधाई एवं शुभकामना

विप्लवजी समुदायको मतको आधारमा तपाईंलाई सिसप फ्ल्याग प्रदान गरिएको छ। विकिपीडिया सिसपको रूपमा बधाई तथा अझ बढी योगदानका लागि शुभकामना व्यक्त गर्दछु।--Ganesh Paudel (कुरा गर्ने) ०५:२३, १५ जुन २०१४ (युटिसी(UTC))

नयाँ लेख कसरि सृजना गर्ने

बिप्लब आनन्द जी, तपाईको दिनु भएको सल्लहा तथा सुझाव आगल्दै पछाडी को क्रिकालप सुधार्ने छु तर केहि कुरा नजान्नेको हुदा तपाई जस्तो अग्रज हरुको मर्गनिर्धेशन को अपेछा गर्दछु । र विकिडाटामा लिंक कसरि गर्ने मलाई हेल्प गर्न आनुरोद गर्दछु । Nawaraj Ghimire (कुरा गर्ने) १४:३७, २७ जुन २०१४ (युटिसी(UTC))

सच्याउने सम्बन्धमा

विप्लब जि नमस्कार ! रेडियो सुदुर आवाजा लेख गलत सम्पादन भएको हुदा रेडियो सुदुर आवाजा लाई रेडियो सुदुर आवाज शिर्षक राखिदिनहुन अनुरोध गर्दछु ।--रमेश सिंह बोहरा (कुरा गर्ने) ०६:५७, ८ जुलाई २०१४ (युटिसी(UTC))

-- अब हेर्नुहोला रमेश जी

बिप्लब जि सच्याइदिनु भएकोमा धन्यवाद । -- रमेश सिंह बोहरा (कुरा गर्ने) ०८:४९, ११ जुलाई २०१४ (युटिसी(UTC))

मेटाउने सन्दर्भमा

बिप्लब, कुनै पनि लेख मेटाउँदा उक्त पृष्ठ मेटाउनु पर्ने सही कारण खुलाउनु अति आवश्यक हुन्छ, यसका साथै अन्य प्रवन्धकले गर्ने कार्यहरू पृष्ठ सार्ने, सुरक्षा गर्ने, Revert गर्ने जस्ता जुनसुकै कार्यहरू गर्दा उचित तथा मनासिव कारण खुलाउने गर्नु होला। - निर्मल दुलाल (कुरा गर्नुहोस) १३:३५, ११ जुलाई २०१४ (युटिसी(UTC))

प्रमुख चित्र

बिप्लब जि नमस्कार ! मैले विकि लभ्स अर्थमा डडेलधुराक अति सुन्दर रानिबन,अमरगढी किल्ला आदिको प्रमुख चित्र लायक फोटो खिचेर अप्लोड गरेको थिए । उक्त चित्र प्रमुख चित्रको लागि कहाँ गएर र कसरी आवेदन दिनुपर्छ ?चित्र:Nepaali jhanda.png रामेश सिंह बोहरा (कुरा गरौँ) ०१:३३, १४ जुलाई २०१४ (युटिसी(UTC))

सामयिक लेख

बिप्लव जी,

यो सामयिक लेखलाई पनि व्यवस्थित गर्नु पर्यो, यसलाई कसरी व्यवस्थित गर्ने नयाँ तरिका तथा उपायहरू सुझाव दिनुहोला । साबिकको फिफा बल्ड कपलाई पनि कुनै अन्य सामयिक लेखले परिवर्तन गर्नु पर्ला । कुरा गर्ने १४:४३, १५ जुलाई २०१४ (युटिसी(UTC))

विशेष लेख र प्रमुख चित्र जुध्न गएको

विप्लव जी,

तपाईले आज गर्नु भएको परिवर्तनमा विशेष लेखमा नेलशन मन्डेला राखेकोमा सो कुरा प्रमुख चित्रमा राखिएको सामग्रीसँग जुध्न गएकोले गर्दा मुख्य पृष्ठमा एउटै सामग्री दुई ठाउँमा आउनुले समन्वयको कमी देखाउदछ । कृपया यस्तो कुरालाई ध्यान दिनु हुन अनुरोध गर्दछु । कुरा गर्ने ०८:३७, १८ जुलाई २०१४ (युटिसी(UTC))

@Nirjal stha: अवस्य पनि बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४८, १८ जुलाई २०१४ (युटिसी(UTC))

लेख सार्ने बारे

बिप्लब जि नमस्कार ! म एनड्रोइड भर्जनमा Wikipedia एप्लिकेसन बाट विकिपीया सम्पादन गर्छु र त्यसै अनुरुप नेपाली किवर्ड नामक एप्लिकेसन बाट शब्द तथा अक्षरहरु लेख्ने गर्दछु मैले विकिपीडियाको रोमालिपी बाट सम्पादन गर्ने गरेको छैन । मैले लेखहरु एउटा पृष्ठ बाट अर्को पृषमा सार्न सकेको छैन त्यसकारण मैले उक्त कार्य गर्न के गर्नुपर्ला,कहाँ जानुपर्ला,कु सिस्टम प्रयोगगर्नुपर्ला कृपया जानकारी पाउन सकिन्छ कि।रमेश सिंह बोहरा (कुरा गरौँ) १०:१२, ३ अगस्त २०१४ (युटिसी(UTC))

@रमेश सिंह बोहरा:: मैले त खासै त्यो याप्स प्रयोग गरेको छैन तर मेरो अनुसार तपाई मोबाइलको ब्राउजर अथवा ओपेरा मिनी ब्राउजरको प्रयोग गर्नुहोस । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०२, ४ अगस्त २०१४ (युटिसी(UTC))

मायाँको चिनो

चित्र:Love User.gif मायाँको चिनो
नेपाली विकिपीडियामा अनेकौं मित्रहरू संग स्नेहपुर्ण सम्बन्ध कायम गर्नुभएको हुदा सम्मान स्वरुप तपाइँको पृष्ठमा यो मायाको चिनो प्रदान गरिएको छ । --♥रमेश सिंह बोहरा♥ ♠कुरा गरौँ ♠, ११:२१, ८ अगस्त २०१४ (युटिसी(UTC))

Trasnalate

Hello. I want you, if you have time, to translate the introductory paragraphs of en:Nea Salamis Famagusta FC and create the article in your wiki. Xaris333 (कुरा गर्ने) ०२:१०, १४ अगस्त २०१४ (युटिसी(UTC))

Many thanks!! Xaris333 (कुरा गर्ने) २१:२२, १४ अगस्त २०१४ (युटिसी(UTC))

बिप्लबजी नमस्कार कृष्ण नामको लेखमा इन्फोबक्स लगाउँदा त्यहाँ सन्दर्भ राख्न गल्ती गरिएको रहेछ त्यसैले पृष्ठमा काइट इरोर देखिन्छ पृष्ठ धेरै लामो भएकोले मोबाइलबाट सुधार्न असम्भव छ त्यसलाई सुधार गर्नुहोला । -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०६:१०, १९ अगस्त २०१४ (युटिसी(UTC))

हुन्छ :@राम प्रसाद जोशी: समाधान भयो ..हेर्नुहोला बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:२२, १९ अगस्त २०१४ (युटिसी(UTC))

डोटेली भाषाको विकिपिडिया

विप्लव जि नमस्कार !

विप्लव सर जसरी तपाईंले Maithili भाषाको विकिपीडिया निर्माण गर्नुभएको छ त्यसरी नै डोटेली भाषाको विकिपीडिया निर्माण गर्न के गर्नुपर्ला सम्पुर्ण जानकारी दिनहुन तथा कार्य गरिदिनहुन अनुरोध गर्दछु । रमेश सिंह बोहरा (✉✉) ०५:३८, २३ अगस्त २०१४ (युटिसी(UTC))

बिप्लबजी नमस्कार उक्त लेखको हालसम्म गरेका कार्य भन्न खण्डमा कार्तिक अथवा कात्तिक हुनु पर्नेमा कार्त्तिक भएको रहछ र श्रावण अथवा साउन हुनु पर्नेमा श्रानण लेखिएको रहेछ त्यसलाई मोबालबाट सुधार गर्न सकिएन त्यसलाई सुधार गर्नुहोला।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
०८:३४, २३ अगस्त २०१४ (युटिसी(UTC))

@राम प्रसाद जोशी:: Done

नेपालको नक्सा

विप्लव जी,

File:Map-of-Nepal.png मा भएको नक्शा हेर्नु होला तपाईको प्रयोगको लागी उपयुक्त छ वा छैन । यदी कुनै परिवर्तन गर्नु पर्ने भएमा भन्नु होला । कुरा गर्ने ०२:०२, ८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

@Nirjal stha:: awesome Nirjal Jee.......बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०४:४५, ८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

चित्रहरू उर्ध्वभरण गर्नुहोस्, उर्ध्वभरण सहयाेगी?

Wikimedia Commons logo

Hello! Sorry for writing in English. As you're an administrator here, please check the message I left on MediaWiki talk:Licenses and the village pump. Thanks, Nemo १९:२२, १८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

प्रमुख लेख

तपाईको आवेदनमा मतदानको आधारमा छठ पर्व लेख प्रमुख लेखको लागी छनौट भएको छ । यो पर्व अक्टोबर महिनामा पर्ने हुँदा यसलाई अक्टोबर महिनाको प्रमुख लेखको रूपमा राख्न उचित हुने देखि सहमतिको लागी अनुरोध गर्दछु । कुरा गर्ने ०७:००, ३० सेप्टेम्बर २०१४ (युटिसी(UTC))

@Nirjal stha:: मेरो सहमति छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२९, ३० सेप्टेम्बर २०१४ (युटिसी(UTC))


धन्यवाद एवं शुभकामना

विप्लव अानन्दजी,
नमस्कार, धन्यवाद ।
विजया दशमी २०७१ काे उपलक्ष्यमा म पनि यहाँ र यहाँका परिवारजनप्रति हार्दिक मङ्गलमय शुभ कामना व्यक्त गर्दछु । मेरा शुभकामनाका केही पङ्क्तिहरू यहाँ राखेकाे छु स्विकार्नु हाेला ।

दशैंको अाशीर्वचन

द्रोणाचार्य सुपुत्रझैं अमर बन्नू नामले विश्वमा ।

श्रीसम्पत्ति अथाह होस् दशरथै जस्तो हुनू लोकमा ।

शत्रु ध्वस्त बनून् सदा जगतमा श्री रामका तेजले,

ऐश्वर्यादि नहूषझैं, पवनझैं चल्नू सदा बेगले ।।

गान्धारी सुतझैं तथा अझ बढी सम्मानधारी हुनू,

बन्नू भीष्म समान वीर, बलमा श्रीकृष्ण-भ्राता हुनू ।

बोलीमा त युधिष्ठिर प्रकृतिको त्यो सत्यको धारण

गर्दै विज्ञ हुनू सदा विदुर कीर्ति प्राप्त नारायण ।।

दशैंको नयाँ अाशीर्वचन

साै वर्षैतक अायु होस् धरणिमा सत्पुत्र पाल्ने भए,

ठुलो श्रेय अनाथ-नाथ हुनु हो, सत्कर्म यस्तै गरे ।

अाफू मित्र बनेर शत्रु क्षय गर्ने कार्य मान्नू ठुलो,

नेता मात्र बनेर हुन्न कहिल्यै गर्नू सबैको भलो ।

हाम्रा सांसद नित्य छन् अगतिमा तिम्रो गति बृद्धि होस्,

जाति प्रेम सदैव गर्नु तर जात प्रेम त्याग्नू परोस् ।

भ्रष्टाभार पिपासुझैं धन कुनै अासै नगर्ने हुनू,

राम्रो काम गरी गरीव जनको प्यारो भलो बन्दिनू ।

काेमलप्रसाद पाेखरेल ०८:००, ३ अक्टोबर २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

बिप्लब आनन्दजी , विगत ३० दिनहरुमा ४९४ सम्पादनहरु गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ । -- सरोज(Saroj) (कुरा गर्ने) १७:५५, १८ अक्टोबर २०१४ (युटिसी(UTC))

ढाँचा सारिएको सम्बन्धमा

बिप्लब जी हजुरले निर्माण गर्नु भएको ढाँचा:प्रमुख चित्र/२०१४-११-२५ कारणबस ढाँचा:प्रमुख चित्र/२०१४-११-२९मा सारिएकोमा हार्दिक क्षमा याचना चाहन्छु ।-Nabin K. Sapkota (कुरा गर्ने) १५:५०, २४ नोभेम्बर २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

बिप्लब सर नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु ।रमेश सिंह बोहरा (✉✉) १७:१७, २४ नोभेम्बर २०१४ (युटिसी(UTC))

अवधी विकिपीडिया

विप्लबजी कृपया अवधी विकिपीडियालाई बहिर ल्याउने प्रयास गर्नुहोला र आफ्नो बहुमुल्य सल्लाह सुझाव दिनुहोला।--अनुराग पाण्डेय (कुरा गर्ने) ११:०७, २७ नोभेम्बर २०१४ (युटिसी(UTC))

@1AnuraagPandey:: मैले पछिल्लो महिनामा पनि योगदान दिएकै थिए यस महिनामा पनि अवश्य योगदान दिनेछु । शुभकामना सहित यस विकिलाई चांडै हामी मिलेर बाहिर निकाल्ने छौं । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:३३, २८ नोभेम्बर २०१४ (युटिसी(UTC))

oscar wilde

oscar wilde को आज मृत्यु भाको हो सर ३० November मा

Learnerktm (कुरा गर्ने) ०५:५०, ३० नोभेम्बर २०१४ (युटिसी(UTC))

सहयोग

बिप्लबजी,डि.एन.एडी एन ए,यसलाई सुधार्नुहोला ।-अनुराग पाण्डेय (कुरा गर्ने) १०:१८, २० डिसेम्बर २०१४ (युटिसी(UTC))

बिप्लबजी,बनाइएको पृष्ठाहरुलाई विकिडाटासँग जोड्न मिलीरहेको छैन (इरर सन्देश आइरहेको छ)। यस्तो पृष्ठ्लाई अरु विकिसँग जोड्नुहोला।--अनुराग पाण्डेय (कुरा गर्ने) ०३:४१, २२ डिसेम्बर २०१४ (युटिसी(UTC))

@1AnuraagPandey:: कुन कुनमा पृष्ठ जोड्न त्रुटी भएको हो ? बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:१९, २२ डिसेम्बर २०१४ (युटिसी(UTC))

क्रिसमसको शुभकामना