नेपाल स्टक एक्सचेन्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Nepal Stock Exchange
नेपाल स्टक एक्स्चेन्ज लि.
प्रकारस्टक एक्सचेन्ज
स्थानकाठमाडौं, नेपाल
निर्देशाङ्क२७°४१′५३″N ८५°१९′१२″E / २७.६९८°N ८५.३२०°E / 27.698; 85.320
स्थापनासन् १९९३
मालिकनेपाल सरकार
प्रमुख व्यक्तिLaxman Neupane (अध्यक्ष)
मुद्रानेपाली रुपैयाँ (NPR)
सूचीकृत कम्पनीहरू३७० (Scrips)
बजार पूँजीकरणUS$ 17.3 Billion (15/9/2017)
सूचकाङ्कनेप्सी परिसूचक
वेबसाइटwww.nepalstock.com.np /www.nepalstock.com
नेप्से: नेपाल बैङ्क लिमिटेड बजार गहिराइ

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (छोटोमा नेप्से) नेपालको एक मात्र स्टक एक्सचेन्ज हो। यो काठमान्डौ सिंहदरबार प्लाजा मा अवस्थित छ। २०७७ कार्तिक को अनुसार नेप्सेमा सुचिकृत कम्पनीहरूको बजार पुँजीकारण करिब १८.१४ अरब अमेरिकी डलर रहेको छ। सरकारी ऋणपत्र तथा संस्थागत धितोपत्रहरूलाई तरलता प्रदान गर्नुका साथै सो को निर्वाध खरिद बिक्रि सुविधा प्रदान गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त हालसम्म एक मात्र धितोपत्रको दोश्रो बजार स्टक एक्सचेन्ज हो।

इतिहास[सम्पादन गर्नुहोस्]

नेपालमा सरकारले वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना गरेको थियो। यही केन्द्रलाई २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा रुपान्तरण गरिएको हो।

नेप्सेले सार्वजनिक रूपमा जारी भएका धितोपत्रहरूको सहज कारोबारका लागि दोस्रो बजारमा दर्ता गराउने कार्य गर्दै आएको छ। यो कार्यलाई सूचीकरण भनिन्छ।[१]

कार्यहरू[सम्पादन गर्नुहोस्]

यसका कार्यहरू निम्नलिखित छन् :

  • सेयर, डिभेन्चर र बन्डको दोस्रो बजारको प्लेटफर्मको खरिद बिक्रि गर्ने ब्रोकर बजार उपलब्ध गराउँछ। निश्चित कम्पनी, ब्रोकर र लगानीकर्तालाई नियमन गर्ने काम गर्छ ।
  • पुँजी बजारका बारेमा जनचेतना फैलाउँछ।
  • पुँजी बजारको विकास र विस्तारका लागि सी.डी.एस वा सेयर राख्ने संस्था बढाउनुका साथै नयाँ प्रोडक्ट के कस्ता छन्, त्यो बारेमा नयाँ खोज गरेर विकास गर्ने, नेपाल सरकारधितोपत्र बोर्ड अन्तर्गत रहेर सुझाव सल्लाह दिन्छ।
  • पुँजी बजारका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूसँग सदस्यता लिने तथा ऐन अनुसार सेयर कारोबार गर्ने पब्लिक लिमिटेड कम्पनीहरूको नियमन तथा अनुगमन गर्छ।
  • नयाँ कम्पनीहरूलाई स्टक एक्सचेन्जमा कारोबारयोग्य हो भनेर लिस्टमा हाल्ने र साथसाथै लिस्टीङ्ग नभएका वा खारेजी भएका कम्पनीहरूलाई ओ.टि.सि. मार्केट मार्फत कारोबार गराउने कार्य पनि नेप्सेले गरिरहेको छ।
  • स्वच्छ, पारर्दशी, विश्वासजन्य, न्यायोचित मार्केट चलाउने र लगानीकर्ताको हितमा कार्य गर्छ।
  • नेपाल सरकारका नीति नियमहरूलाई सहयोग गर्दै पुँजी बजारमा दोस्रो बजारको विकास र विस्तार गर्छ ।[२]

स्वामित्व साझेदारी[सम्पादन गर्नुहोस्]

प्रतिशत
नेपाल सरकार ५८.६६
नेपाल राष्ट बैङ्क ३४.६०
नेपाल औद्योगिक विकास निगम ६.१२
इजाजतप्राप्त ब्रोकरहरु ०.६२
कुल १००

[३]

नेप्से परिसूचक[सम्पादन गर्नुहोस्]

नेप्से परिसूचका धितोपत्र बजारको मापन गर्ने सबैभन्दा महत्त्वपूर्ण परिसूचक हो र यसलाई अर्थतन्त्रको मापयन्त्र रूपमा पनि लिने गरिन्छ । यो परिसूचक नेप्सेमा सूचिकृत संस्थापक र साधरण दुवै शेयरको आधार वर्ष मूल्य र वर्तमान बजार मूल्यको आधरमा गणना गरिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. नेपाल स्टक एक्सचेन्ज लिमिटेड वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-०५ मिति
  2. नेपाल स्टक एक्सचेन्जले गर्ने कार्यहरु
  3. नेपाल धितोपत्र बोर्ड रजत जयन्ती वर्ष स्मारिका २०७५ http://sebon.gov.np/publications