ऋषि सुनक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऋषि सुनक
सन् २०२० मा सुनक
संयुक्त अधिराज्यको प्रधानमन्त्री
पद बहाली
२५ अक्टोबर २०२२
एकाधिपतिचार्ल्स तृतीय
पूर्वाधिकारीलिज ट्रस
व्यक्तिगत विवरण
जन्म (1980-05-12) १२ मे १९८० (उमेर ४३)
इंग्ल्याण्ड
राजनीतिक दलकन्जर्भेटिभ पार्टी
जीवन साथीअक्षता मूर्ति
सन्तान(हरू)
वेबसाइटrishisunak.in

ऋषि सुनक (जन्म: सन् १९८० मे १२) एक बेलायती राजनीतिज्ञ हुन् जो सन् २०२२ अक्टोबर २४ देखि कन्जर्भेटिभ पार्टीका नेता छन्।[१] सुनक सन् २०२२ अक्टोबर २५ मा संयुक्त अधिराज्यको प्रधानमन्त्री बनेका थिए।

उनले सन् २०२० देखि २०२२ सम्म संयुक्त अधिराज्यको कोषका कुलपतिको रूपमा काम गरेका थिए। उनी सन् २०१९ देखि २०२० सम्म कोषका लागि मुख्य सचिव थिए।[२] उनी सन् २०१५ देखि नर्थ योर्कसायरको रिचमन्ड (योर्क्स) का लागि संसद सदस्य थिए।[३][४]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सुनकले विन्चेस्टर कलेजमा अध्ययन गरेका थिए। उनले अक्सफोर्डको लिङ्कन कलेजबाट दर्शन, राजनीति र अर्थशास्त्रमा प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए। सन् २००६ मा उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबिए डिग्री प्राप्त गरेका थिए।[५]

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

योर्कसायरको रिचमन्डबाट सांसद ऋषि सुनक सन् २०१५ मा पहिलो पटक संसदमा पुगेका थिए। त्यसबेला, ब्रेक्सिटको समर्थनका कारण पार्टीमा उनको लोकप्रियता बढ्दै गयो।[६]

सुनकले तत्कालीन बेलायती प्रधानमन्त्री टरिजा मेको सरकारमा संसदीय उपसचिवको रूपमा काम गरेका थिए। टरिजा मेले राजीनामा दिएपछि सुनकले कन्जर्भेटिभ नेता बन्न बोरिस जोनसनको अभियानलाई समर्थन गरेका थिए। जोन्सनलाई प्रधानमन्त्री नियुक्त गरेपछि सुनकलाई कोषको मुख्य सचिव नियुक्त गरिएको थियो। कुलपतिको हैसियतमा सुनकले कोभिड-१९ महामारीको अर्थतन्त्रमा परेको असरलाई मध्यनजर गर्दै बेलायतमा सरकारको आर्थिक नीतिमा प्रमुख रूपमा काम गरेका थिए।[७]

सन् २०२२ जुलाई ५ मा आफ्नो राजीनामा पत्रमा सुनकले जोनसनसँगको आफ्नो आर्थिक नीतिमा मतभेदलाई औंल्याएर कुलपतिको पदबाट राजीनामा दिएका थिए।[८] सुनकको राजीनामासँगै स्वास्थ्य सचिव जाविदको राजीनामाले सरकारको सङ्कटको बिचमा बोरिस जोनसनको राजीनामा निम्त्याएको थियो।[९]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सुनक गुजरानवालाका पन्जाबी ब्राह्मण परिवारका हुन्।[१०] सुनकको जन्म सन् १९८० मे १२ मा साउथह्याम्प्टन, ह्याम्पसायर, इङ्ल्यान्डमा बुबा यशवीर र आमा उषा सुनकको घरमा भएको थियो।[११] उनका हजुरबा हजुरआमा भारतको पन्जाब प्रान्तमा जन्मिएका थिए र सन् १९६० को दशकमा पूर्वी अफ्रिकाबाट आफ्ना छोरा छोरीहरूसँग बेलायत बसाइँ सरेका थिए। सन् २००९ अगस्टमा सुनकले भारतीय अर्बपति इन्फोसिसका संस्थापक एनआर नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका थिए। स्ट्यानफोर्ड विश्वविद्यालयमा पढ्दा उनीहरूको भेट भएको थियो। हाल उनीहरूका दुई छोरी छन्।[१२][१३]

सुनक एक हिन्दु हुन्, र उनले श्रीमद्भगवद गीता हाथमा राखेर हाउस अफ कमन्समा सांसदको रूपमा सपथ लिएका थिए।[१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ऋषि सुनक औपचारिक रूपमा बने ब्रिटिस प्रधानमन्त्री", बीबीसी, २०२२-१०-२५, अन्तिम पहुँच २०२२-१०-२५ 
  2. "ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने", कान्तिपुर, अन्तिम पहुँच २०२२-१०-२५ 
  3. "ऋषि सुनककी पत्नी अक्षता मूर्ति को हुन्?", बीबीसी, अन्तिम पहुँच २०२२-१०-२५ 
  4. "नयाँ बन्ने ब्रिटिस प्रधानमन्त्रीको स्वागतमा विश्व नेताहरूले के भने?", बीबीसी, अन्तिम पहुँच २०२२-१०-२५ 
  5. "Sudha-Narayana Murthy's son-in-law Rishi Sunak wins polls as Conservative party member", The Economic Times, ९ मे २०१५, मूलबाट १२ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०१५ 
  6. "कौन हैं भारतीय मूल के ऋषि सुनक, जो बन सकते हैं ब्रिटेन के अगले प्रधानमंत्री", आज तक (hindiमा), २०२२-०७-०७, अन्तिम पहुँच २०२२-०७-१२ 
  7. Roy, Amit (२० अक्टोबर २०१४), "Murthy son-in-law gets Hague's seat", The Telegraph, मूलबाट ९ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१९ 
  8. "Sunak and Javid quit cabinet as PM admits Pincher mistake", BBC, ५ जुलाई २०२२, मूलबाट ५ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुलाई २०२२ 
  9. "Timeline of how each crisis unfolded under Boris Johnson", ITV News, ७ जुलाई २०२२, मूलबाट ७ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२२ 
  10. Team, ThePrint (२०२२-०७-१९), "Punjab ancestry, Oxford graduate, 'proud Hindu' — all eyes on Rishi Sunak in UK PM race", ThePrint (en-USमा), अन्तिम पहुँच २०२२-१०-२४ 
  11. "ishi Sunak: भारत में नहीं बल्कि दुनिया के इस देश में पैदा हुए थे सुनक के माता-पिता", टीवी9 भारतवर्ष, २२ जुलाई २०२२, अन्तिम पहुँच २४ अक्टूबर २०२२ 
  12. Roy, Amit (२० अक्टोबर २०१४), "Murthy son-in-law gets Hague's seat", The Telegraph, मूलबाट ९ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१९ 
  13. "'राजाभन्दा धनी' ब्रिटेनका नयाँ प्रधानमन्त्रीको सम्पत्तिबारे हामीलाई के थाहा छ?", बीबीसी नेपाली, अन्तिम पहुँच २०२२-१०-३० 
  14. Puri, Anjali (१० अगस्ट २०१५), "UK Cabinet member Rishi Sunak on being British, Indian & Hindu at same time", Business Standard, मूलबाट २६ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]