वत्स गोत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वत्स गोत्र वैदिक परम्परा अनुशरण गर्ने हिन्दू धर्मावलम्बीहरूको एउटा गोत्र हो। महर्षि भृगुका सन्ततिहरु यस गोत्रमा पर्छन। यस गोत्रका प्रर्वतक भने वत्स ऋषि हुन।

वत्स गोत्रका प्रवरहरु[सम्पादन गर्नुहोस्]

कुनै खास गोत्र प्रवर्तक ऋषिका मुख्य पुर्खा तथा सन्ततिलाई प्रवर भनिन्छ। वत्स गोत्र अन्तर्गत पञ्चप्रवरहरु रहेका छन। ती प्रवरहरु वत्स, और्व, च्यवन, भार्गव, र जमदग्नि हुन।

  • भार्गव : वत्स गोत्रका प्रवर्तकहरुमध्ये भृगु ऋषि सबैभन्दा पुराना ऋषि हुन। उनलाई ब्रह्माका मानस पुत्र (मनबाट सृजित) भनिन्छ। उनी ब्रह्माद्वारा सृजित प्रजापतिहरु मध्ये एक हुन भने ज्योतिषशास्त्रका प्रर्वतक पनि हुन। श्रीमद्भागवत गीतामा श्रीकृष्णले ऋषिहरु मध्यमा म भृगु ऋषि हुँ भनेका छन। भार्गव शब्द भृगुको विशेषणात्मक शब्द हो र महर्षि भृगुका सन्ततिलाई जनाउन प्रयोग गरिन्छ। भृगु ऋषिका छोराहरु धाता, विधाता, शुक्र, र च्यवन हुन।
  • वत्स : कतै कतै वत्स ऋषि, शुक्र ऋषि, र च्यवन ऋषि एकै पुस्ताका हुन भनिएको छ।
  • च्यवन : च्यवन ऋषिलाई भृगु ऋषिका छोरा भनिएको छ। कठोर तपस्या पश्चात वृद्द र अशक्त भएका च्यवन ऋषिलाई तागत दिन र जवान बनाउन विभिन्न जडिबुटीहरूबाट एक किसिमको विशेष लेदो (च्यवनप्राश) पहिलो पटक तयार पारिएको थियो।[१]
  • और्व : और्व ऋषि च्यवन ऋषिका नाति (अप्नुवनका छोरा) हुन। यी ऋषिको जन्म भृगु सन्तति र क्षेत्री राजाहरूको युद्ध भइरहेको समयमा भएको थियो। सप्तर्षिहरुमध्येका एक जमदग्नि और्व ऋषिका नाति हुन।[२]
  • जमदग्नि : जमदग्नि ऋषि और्व ऋषिका नाति हुन। यी ऋषि सप्तर्षिहरुमध्येका एक हुन। जमदग्नि ऋषिका ५ छोराहरुमध्ये कान्छा पर्शुराम भगवान विष्णुको छैठौं अवतार हुन।[३]

वत्स गोत्र अन्तर्गत पर्ने थरहरु[सम्पादन गर्नुहोस्]

  1. राणा
  2. लम्साल
  3. कुँवर
  4. दाहाल
  5. रूपाखेती
  6. दियाली
  7. रुचाल
  8. चौहान
  9. खराल
  10. मिश्र

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Dowson, John (२००४), A classical dictionary of Hindu mythology, and religion, geography, history, Delhi: Asian Educational Services, पृ: 73–5, आइएसबिएन 978-81-206-1786-5 
  2. Encyclopaedic Dictionary of Puranas 1, Sarup & Sons, २००१, पृ: १३०, आइएसबिएन 9788176252263, अन्तिम पहुँच २०१४-१०-११ 
  3. Avalon, Arthur (Sir John Woodroffe) (1913, reprint 1972) (tr.) Tantra of the Great Liberation (Mahāanirvāna Tantra), New York: Dover Publications, ISBN 0-486-20150-3.