जाल्पादेवी मन्दिर, धनकुटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


जाल्पादेवी मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाधनकुटा
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा

जालपादेवी मन्दिर पूर्वी नेपाल को एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर धनकुटा बजारबाट करीब ८ कोश पश्चिम छिन्ताङ्ग गाविसमा रहेको छ। पानीमा उत्पन्न भएकी देवी हुनाले यी देवीलाई जाल्पादेवी भनी नामाकरण गरिएको बताइन्छ। छिन्ताङ्गमा रहेको कारण यो मन्दिर छिन्ताङ्गदेवीको नामले पनि प्रसिद्ध छ। जाल्पादेवीको उत्पत्ति सम्वन्धमा यस्तो किम्वदन्ति छ -यस मन्दिरका प्रथम पूजारी वुरुलेन नाकछोङ र्राईलाई सपनामा देवीले आज्ञादिए बमोजिम उनले संखुवासभा जिल्लाको आँखीभुई (हुम्वुङ गाउँ)को माटो मानेको पातमा राखेर छिन्ताङ्ग ल्याइ एउटा सानो रुखमा सिउरेर राखे। उनी केही समय पछाडी माटो राखेको स्थानमा हेर्न जाँदा पानी नभएको ठाउँमा पानी उम्रिएको देखि यही पानी माथि देवीको स्थापना गरी आफू पूजारी भइ नित्य पूजागर्न र वलिदिन थाले। यीनै प्रथम पूजारीका सन्तान दरसन्तान यस मन्दिरको पूजारी भइ पूजा आजा गर्दै आएका छन्। हालका पूजारी श्री डगेन्द्र राई बाह्रौ पूजारी हुन्।

यहाँ जाल्पादेवी र कन्यादेवीका छानो नभएका एक एक मन्दिरहरू छन्। जाल्पादेवी मन्दिर भित्र एउटा ठूलो रुख छ। यसै रुख मुनी पहिले देवीको शिलारहेको र त्यहाँ पानी भएको विश्वास गरिन्छ। जाल्पादेवीको मन्दिरमा नित्य पूजा गरी बलिदिने गरिन्छ। यो मन्दिरमा भाकल तथा पूजापाठ गरेमा चिताएको कुरा पूरा हुने विश्वास रहिआएको छ। उमेर पुगेका महिलाहरूलाई यस मन्दिरमा प्रवेश निषेध गर्ने प्रचलन अद्यापी कायमै रहेको छ। यस मन्दिरमा पूजाआजा गर्न धनकुटा जिल्लाबाट मात्र नभइ टाढाटाढाबाट पनि श्रद्धालुहरू आउने गर्छन्। यस मन्दिरमा औशी र आइतवार वाहेक प्रत्येक दिन पूजा हुने र वैशाख तथा भाद्रपूणिर्मामा विशेष पूजा आजा हुने र मेला लाग्ने गरेको छ। हिले बजारवाट मन्दिर सम्म पुग्ने कच्चीसडक निर्माण भएको हुँदा टाढाटाढाबाट मन्दिर जाने भक्तजनहरूलाई सुविधा हुने अपेक्षा गरिएको छ। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]