काल भैरव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भैरव
दुष्ट तथा पापीहरूलाई दण्ड दिने र भक्तहरूको रक्षा गर्ने देवता
Bhairav.JPG
ब्रिटिस सङ्ग्रहालयमा राखिएको भैरवको मूर्ति
अन्य नामदण्डपाणी, स्वस्वा, भैरवीवल्लभ, दण्डधारि, भैरवनाथ, बटुकनाथ आदि।
देवनागरीभैरव
संबद्धशिव, रुद्र
मन्त्रॐ श्री भैरवनाथाय नमः
हतियारत्रिशूल, डण्डा, डमरू, चम्वर, ब्रह्माको पाँचौँ शीश, खप्पर, हँसिया, वज्र, पाशुपतास्त्र, शवधनुष पिनाकतरबार
दिनमङ्गलवार और आइतबार
पत्नीभैरवी
बहानकुकुर
चाड पर्वभैरव जयन्ती

काल भैरव वा सामान्यतः भैरव हिन्दु धर्वमलम्वीहरूद्वारा पूजा गरिने एक देवता हुन्। हिन्दु धर्म ग्रन्थ अनुसार उनी विनाशसँग सम्बन्धित शिवको एक शक्तिशाली अवतार हुन्।[१][२][३][४] त्रिका पद्धतिमा भैरवले परम सत्यको प्रतिनिधित्व गर्दछ, जुन परम ब्रह्मको पर्यायवाची हो।[५][६]सामान्यतया हिन्दू धर्ममा भैरवलाई दण्डपाणि पनि भनिन्छ ("जसले हातमा डण्डा समातेको हुन्छ")। भैरवले पापीहरूलाई सजाय दिन डण्डा समातेको हुन्छ भने भैरवको वाहान कुकुर हो।[७] वज्रयान बौद्ध धर्ममा उनलाई बोधिसत्त्व मन्जुश्रीको उग्र उत्पति मानिन्छ र यसलाई हेरुका, वज्रभैरव र यमान्तक पनि भनिन्छ।[८][९]

भैरवनाथको शान्त रूपको मूर्ति

भारत, नेपालश्रीलङ्काका साथै तिब्बती बौद्ध धर्ममा पनि काल भैरवको पूजा गरिने गरिन्छ।[१०][११]

हिन्दु धर्ममा[सम्पादन गर्नुहोस्]

काठमाडौँमा रहेको आकाश भैरवको मूर्ति

भैरवको उत्पत्ति भीरु शब्दबाट भएको हो जसको अर्थ "डरलाग्दो" भन्ने हुन्छ। भैरवले "भयानक डरलाग्दो रूप"लाई पनि जनाउने गर्दछ। भैरवलाई डरलाई नाश गर्ने वा डर नभएको व्यक्ति भनेर पनि चिनिन्छ। हिन्दु धर्म ग्रन्थ अनुसार आफ्ना भक्तहरूलाई भयानक शत्रुहरू, लोभ, वासना र क्रोधबाट बचाउने काम भैरवले गरेको हुन्छ भने यस्ता शत्रुहरू निकै खतरनाक हुने र तिनीहरूले भक्तहरूलाई कहिल्यै पनि परमेश्वरको खोजी गर्न नदिने गर्दछन्। अर्को व्याख्याअनुसार को अर्थ सृष्टि, को अर्थ जीविका र को अर्थ विनाश हो। त्यसैले भैरव नै जीवनका तीनै चरणको सृष्टि, निरन्तरता र विघटन गर्ने परम शक्ति ह‍ो।[१२]

भैरवको उत्पत्ति ब्रह्माविष्णुबीचको वार्तालापबाट पत्ता लगाउन सकिन्छ जुन शिव महापुराणममा वर्णन गरिएको छ। महापुराण अनुसा विष्णुले ब्रह्मालाई सोधे, "ब्रह्माण्डको सर्वोच्च सृष्टिकर्ता को हो?" घमण्डी हुँदै ब्रह्माले विष्णुलाई परम सृष्टिकर्ताको आफू भएको र उनलाई पूजा गर्न भने। एक दिन ब्रह्माले सोचे, "मेरो पाँच वटा शिर छ।[१३] शिवजीको पनि पाँच शिर छन्। शिवजीले गर्ने सबै कुरा म गर्न सक्छु, त्यसैले म नै परम शक्ति, म नै शिव हुँ। यसैको फलस्वरूप ब्रह्मा अलि अहंकारी भएका थिए। यसका अतिरिक्त उनले शिवको कामलाई बिर्सँदै शिवले गर्नुपर्ने काममा पनि हस्तक्षेप गर्न थाले। फलस्वरूप शिवले आफ्नो टाउकोबाट एउटा सानो केश फ्याँकिदिए जसले काल भैरवको रूप धारण गर्दछ र अचानक ब्रह्माको अगाडि आई उनको एउटा शीर काटिदिन्छ। ब्रह्माको खप्पर काल भैरवको हातमा समातिएको छ यसका साथै ब्रह्माको अहं पनि नष्ट हुँदा उनी प्रबुद्ध भएका छन्। त्यसपछि उनी आफू र संसारका लागि उपयोगी बन्दै शिवप्रति गहिरो कृतज्ञ बनेका छन्। काल भैरवको रूपमा शिवले प्रत्येक शक्तिपीठहरूको रक्षा गरेको बताइन्छ। प्रत्येक शक्तिपीठसँगै भैरवलाई समर्पित मन्दिर पनि बनाइएको हुन्छ।[१४][१५]

शिवलेनै भैरवको सृष्टि गरेका हुन् भन्ने अर्को विचारधारा पनि रहेको छ। दहुरासुर नामक एक राक्षसले आफूलाई एक महिलाले मात्र मार्न सक्ने वरदान पाएका थिए। पार्वतीले उनलाई मार्नका लागि कालीको रूप धारण गरिन्। कालीको क्रोधले राक्षसलाई मारेको थियो। दानवलाई मारेपछि तिनको क्रोध बाल्यकालमै रूपान्तरित हुँदा कालीले बच्चालाई आफ्नो दूध खुवाउन थालिन्। शिवले काली र बालक दुवैलाई आफूसँग गाभ्न लगाएपछि शिवको यस विलीन रूपबाट भैरव आफ्नो आठ रूप (कृष्णाङ्ग भैरव) मा प्रकट भएको थियो।[१६] यसरी भैरवको सृष्टि शिवले गरेकाले उनलाई शिवका पुत्रहरूमध्ये एक मानिन्छ। पुराणमा पनि भैरवको वर्णन गरिएको छ। यस संस्करणमा देवताहरू र दानवहरू बीच युद्ध भएको थियो। दानवहरूको नाश गर्न, शिवले काल भैरवको सृष्टि गरे जसबाट अष्टाङ्ग भैरव प्रकट भएको थियो। यी अष्ट भैरवहरूले अष्ट मातृकासँग विवाह गरे भने यी अष्ट भैरव र अष्ट मातृकाहरूको भयानक रूप देखिन थालेको थियो। यिनै अष्ट भैरव र अष्ट मातृकाहरूबाट ६४ भैरव र ६४ योगिनीहरूको सृष्टि भएको थियो।[१७]

सामान्यतः शिव मन्दिरहरूमा भैरवका मूर्तिहरू उत्तरदिशामा पश्चिम दिशातर्फ सम्मुख अवस्थित राखिएको हुन्छन्। उनलाई क्षेत्रपाल पनि भनिन्छ। भैरव चार हात खुट्टाले उभिएको स्थितिमा देखिन्छन्। भैरवसँग त्रिशूली, डण्डा, हँसिया र ब्रह्माको पाँचौँ खप्पर जस्ता हातहतियार रहेका हुन्छन्। भैरवका कुनै-कुनै रूपहरूमा चारभन्दा बढी हातहरू हुन्छन् भने सामान्यतः मूर्तिको नजिक भैरवको वाहान कुकुरको मूर्तिपनि राखिएको हुन्छ। हातहतियार, कुकुर, बाहिर निस्कने दाँत, विशाल शरीर र रातो फूलको मालाको साथमा भैरव डरलाग्दो रूपमा देखिन्छन्। सबै शिव मन्दिरहरूमा नियमित पूजा विधिसूर्यबाट सुरु हुन्छ र भैरवसँगै समाप्त हुन्छ।[१८][१९] भक्तजनहरूले भैरवलाई मन पर्ने कुराहरू चढाउँछन् जसमा घ्यू स्नान, रातो फूल, घिउको दियो, नटुटेको नरिवल, मह, उसिनेको भोजन, फलफूल आदि पर्दछन्। यदि भैरवको मूर्ति पश्चिमदिशामा छ भने त्यो राम्रो मानिन्छ र दक्षिण दिशाातर्फ छ भने त्यसलाई मध्यम मानिन्छ तर पूर्व दिशाातर्फ सम्मुख हुनु राम्रो मानिँदैन। भैरवीको पूजा गर्ने उपयुक्त समय मध्यरात हो। मध्यरातमा भैरव र उनकी श्रीमती भैरवीले आफ्ना भक्तजनलाई दर्शन दिने बताइन्छ। पूजा गर्ने सबैभन्दा उपयुक्त समय शुक्रबार मध्यरात हो। भैरवको पूजा अर्चनामा ८ प्रकारको फूल तथा पातहरूको प्रयोग गरिन्छ।[२०][२१]

कश्मीर शैवदर्शन अनुसार भैरव अभिव्यक्ति वा शुद्ध "म" चेतनाको अन्तिम रूप हो। उनको एउटा रूपलाई स्वरकारभैरव पनि भनिन्छ। यस स्वरूपमा उनी रातो वा नीलो रङ्गको र सुनौलो पहिरनमा सजिएका हुन्छन्। उसको टाउकोमाथि चन्द्रमा छ। उनको चारवटा हात छन् जसमध्ये एक हातले धन र समृद्धि दिन्छ। मङ्गलवारको दिन पुजा गर्नाले छिटो फल प्राप्त हुनेे विश्वास गरिन्छ। केही पुरातन ग्रन्थहरूमा उनको बत्तीस हात, चराको आकार, सुनौलो वर्ण, भयानक दाँत र नितम्बमाथि मानव रूप रहेको बताइएको छ। भैरवको पूजा गर्नाले शत्रुहरूको नाश हुने विश्वास गरिन्छ।[२२][२३]

भैरवका केही रूपहरू आठ मुख्य विन्दुहरूको संरक्षक हुन्। कुल ६४ भैरवहरू मध्ये यी भैरवहरूलाई आठ वर्गमा विभाजन गरिएको र प्रत्येक श्रेणीको नेतृत्व एक प्रमुख भैरवले गरेका छन्। प्रमुख आठ भैरवहरूलाई अषाणगा भैरव भनिन्छ। अष्ट भैरवहरूले यस ब्रह्माण्डका आठ दिशाहरूलाई नियन्त्रण गर्दछन्। प्रत्येक भैरवको अधीनमा सात उपभैरवहरू छन् जसमा कुल ६४ भैरवहरू छन्। सबै भैरवहरू महाकाल भैरवद्वारा शासित र नियन्त्रित छन् अन्यथा काल भैरवको रूपमा चिनिन्छ जो केही शैव तान्त्रिक शास्त्रहरू अनुसार यस ब्रह्माण्डको समयको सर्वोच्च शासक हुन्।[२४] भैरवी काल भैरवकी श्रीमती हुन्। यी आठ भैरवले आकाश, वायु, अग्नि, जल र पृथ्वी गरी पाँच तत्त्वको प्रतिनिधित्व गर्दछन् भने अन्य तीन तत्त्व सूर्य, चन्द्रमा र आत्मा हुन्। अष्ठभैरवहरू मध्ये प्रत्येकको रूपमा, अस्त्रहरूमा र वाहनहरू भिन्नता देख्न सकिन्छ। भैरवहरूले आफ्ना भक्तहरूलाई अष्टलक्ष्मीको प्रतिनिधित्व गर्ने आठ प्रकारका धनको आशीर्वाद दिन्छन् भन्ने विश्वास रहेको छ। भैरवको निरन्तर पूजाले उपासकलाई सच्चा गुरुको नजिक पुर्‍याउँदछ भने आठै भैरवका लागि छुट्टाछुट्टै मन्त्रहरू छन्।[२५]

ब्रह्माण्डको आठैैवटा दिशाहरूको रक्षा गर्ने भएकाले भैरवलाई रक्षक देवता पनि भनिन्छ। शिवमन्दिरमा मन्दिर बन्द हुँदा भैरवको अगाडि चाबी राखिन्छ। भैरवलाई नारी रक्षकको रुपमा पनि वर्णन गरिएको छ।[२६][२७][२८] भैरव डराउने र सामान्य महिलाहरूको संरक्षकको रूपमा वर्णन गरिएको छ। सामान्यतया भैरवको पूजा गर्नाले समृद्धि, सफलता र राम्रो सन्तान प्राप्त हुन्छ, अकाल मृत्यु रोकिन्छ, ऋण र दायित्वको समाधान हुन्छ भन्ने मान्यता छ। भैरवका विभिन्न रूपहरू शिवबाट मात्र विकसित हुन्छन् जसलाई महाभैरव भनिन्छ।[२९][३०]

त्रिका प्रणाली[सम्पादन गर्नुहोस्]

त्रिका र कश्मीरी शैवधर्मले निरपेक्ष यथार्थलाई भैरव नाम दिइएको छ। विज्ञान भैरव तन्त्र त्रिका प्रणालीको एक प्रमुख तन्त्र ग्रन्थ हो। भैरव देवता र उनकी श्रीमती भैरवीबीचको प्रवचनको रूपमा प्रस्तुत गरिएको यस पुस्तकमा संक्षेपमा ११२ तान्त्रिक ध्यान विधि वा केन्द्रीकरण प्रविधि प्रस्तुत गरिएको छ। यो ग्रन्थ रुद्रायमाल तन्त्र, एक भैरव आगमको एक अध्याय हो। देवी भैरवीले भैरवलाई उच्चतम वास्तविकताको प्राप्तिको मार्गको सार प्रकट गर्न आग्रह गर्छिन्। आफ्नो उत्तरमा भैरवले चेतनाको सार्वभौमिक र दिव्य स्थितिमा प्रवेश गर्ने ११२ तरिकाहरूको वर्णन गरेका छन्। कश्मीर शैवधर्मको साहित्यमा यसको सन्दर्भहरू देखिन्छन् जसले यसलाई कश्मीर शैव दर्शन र त्रिकाको विद्यालयहरूमा एक महत्वपूर्ण पाठ मानिन्छ।[३१]

बौद्ध धर्ममा[सम्पादन गर्नुहोस्]

थङ्गको वज्रभैरवको तस्वीर

बौद्ध धर्मले पनि काल भैरवलाई देवता, धर्मपाल वा धर्म रक्षकको रूपमा अङ्गीकार गरेको छ। तिब्बती बौद्ध धर्ममा भैरवका विभिन्न बौद्ध रूपहरूलाई (जसलाई हेरुका, वज्रभैरव, महाकाल र यमान्तक भनिन्छ) उग्र देवता वा यिदम् (तान्त्रिक ध्यान देवता) मानिन्छ। [३२] यिनीहरूको आफ्नै बौद्ध तन्त्र र वज्रभैरव तन्त्रहरू रहेका हुन्छन्। तिब्बती परम्पराअनुसार यी तन्त्रहरू १०औँ शताब्दीमा ओडियानामा ललितावज्रलाई प्रकट गरिएको थियो। यी ग्रन्थहरूले तिब्बती बौद्ध धर्मको (नयाँ अनुवाद) परम्पराहरूमा विशेषगरी महत्त्वपूर्ण भूमिका खेल्दछन् भने विशेषगरी गेलुग विद्यालयमा वज्रभैरव वंशको तीन केन्द्रीय उच्चतम योग तन्त्रहरूको अभ्यास गरिन्छन्।[३३] यस कारण यो मङ्गोलियामा रक्षक देवताको रूपमा र मन्जुहरूबीच पनि लोकप्रिय छ। यो देवता नेवार बौद्ध धर्मको पनि केन्द्र विन्दु हो। [३४]भैरवसँग सम्बन्धित तान्त्रिक अभ्यासहरू क्रोध र घृणालाई सही बाटोमा रूपान्तरण गर्नमा केन्द्रित छन्।

भैरवको पुजा[सम्पादन गर्नुहोस्]

वसन्तपुर दरबार क्षेत्रमा रहेको काल भैरवको मूर्तिमा भक्तजनहरूद्वारा पूजा गरिँदै

अधिकांश ज्योतिर्लिङ्ग मन्दिरहरूको भित्र वा नजिकै भैरवको मुर्तिहरू अवस्थित हुन्छन्। त्यहाँ शिवलाई समर्पित पवित्र बाह्र मन्दिरहरू पनि छन् जुन काशी विश्वनाथ मन्दिर, वाराणसी र काल भैरव मन्दिर, उज्जैन सहित भारतभरी पाउन सकिन्छ। पाताल भैरव र विक्रान्त भैरवका मन्दिरहरू उज्जैनमा पनि अवस्थित छन्।[३५][३६]

काल भैरवको एक प्राचीन मन्दिर पञ्जाबको धुरी सहरमा (सङ्गरूर) अवस्थित छ। मन्दिरमा कालभैरवको मूर्ति सयौँ वर्षअघि फेला पारिएको थियो। यस मन्दिरको व्यवस्थापन "बाबा श्री प्रीतम मुनि जी" ले धेरै वर्षदेखि गर्दै आएका छन्। यहाँ काल भैरवजीको वास रहेको विश्वास गरिन्छ।

गोरात काश्मिरीहरूले शिवरात्रीमा भैरवको पूजा गर्ने चलन छ।[३७] प्रसिद्ध हिन्दू सुधारक आदि शङ्करले काशी नगरमा "श्री कालभैरव अष्टकम" नामक एक भजन रचना गरेका थिए।[३८]

मन्दिरहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Apte, p. 727, left column
  2. For Bhairava form as associated with terror see: Kramrisch, p. 471.
  3. Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ७६ 
  4. "Bhairava: The Wrathful", मूलबाट १३ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मे २०१५ 
  5. Jaideva Singh Vijnanabhairava or Divine Consciousness
  6. Christopher Wallis Tantra Illuminated
  7. Sehgal, Sunil (१९९९), Encyclopaedia of Hinduism: C-G, Volume 2, Sarup & Sons, पृ: 491–492, आइएसबिएन 9788176250641 
  8. John Whalen-Bridge; Gary Storhoff (2009). Emergence of Buddhist American Literature, The. State University of New York Press. p. 170. आइएसबिएन ९७८-१-४३८४-२६५९-४.
  9. Davidson, Ronald M. Indian Esoteric Buddhism: A Social History of the Tantric Movement, p. 211.
  10. Johnson, W. J (१ जनवरी २००९), A Dictionary of Hinduism (अङ्ग्रेजीमा), Oxford University Press, आइएसबिएन 978-0-19861-025-0, ओएल 23224406M, ओसिएलसी 244416793, डिओआई:10.1093/ACREF/9780198610250.001.0001, Wikidata Q55879169  (subscription or UK public library membership required)
  11. Elizabeth Chalier-Visuvalingam (२८ मे २०१३), Bhairava (अङ्ग्रेजीमा), Oxford University Press, डिओआई:10.1093/OBO/9780195399318-0019, Wikidata Q55919026  (subscription or UK public library membership required)
  12. Hiltebeitel, Alf, ed. Criminal Gods and Demon Devotees: Essays on the Guardians of Popular Hinduism. Albany: State University of New York Press, 1989
  13. The Śiva Purana, Śatarudra Samhita, chapter-8, The Śiva Purana, part-III, (English translation), Motilal banarsidass Publishers Private Limited, Delhi, edition (reprint)-2002, p.1097-1103.
  14. Johnson W. J. (१ जनवरी २००९), A Dictionary of Hinduism (अङ्ग्रेजीमा), Oxford University Press, आइएसबिएन 978-0-19861-025-0, ओएल 23224406M, ओसिएलसी 244416793, डिओआई:10.1093/ACREF/9780198610250.001.0001, Wikidata Q55879169 
  15. Chalier-Visuvalingam, Elizabeth. “Bhairava’s Royal Brahmanicide: The Problem of the Mahābrāhmaṇa.” In Criminal Gods and Demon Devotees: Essays on the Guardians of Popular Hinduism. Edited by Alf Hiltebeitel, 157–229. Albany: State University of New York Press, 1989
  16. Lorenzen, David. “New Data on the Kāpālikas.” In Criminal Gods and Demon Devotees: Essays on the Guardians of Popular Hinduism. Edited by Alf Hiltebeitel, 231–238. Albany: State University of New York Press, 1909.
  17. Masilamani-Meyer, Eveline. “The Changing Face of Kāttavarāyan.” In Criminal Gods and Demon Devotees: Essays on the Guardians of Popular Hinduism. Edited by Alf Hiltebeitel, 69–103. Albany: State University of New York Press, 1989
  18. Shulman, David Dean. “Outcaste, Guardian, and Trickster: Notes on the Myth of Kāttavarāyan.” In Criminal Gods and Demon Devotees: Essays on the Guardians of Popular Hinduism. Edited by Alf Hiltebeitel, 35–67. Albany: State University of New York Press, 1989
  19. Sontheimer, Gunther Dietz. “Between Ghost and God: A Folk Deity of the Deccan.” In Criminal Gods and Demon Devotees: Essays on the Guardians of Popular Hinduism. Edited by Alf Hiltebeitel, 299–337. Albany: State University of New York Press, 1989
  20. Visuvalingam, Sunthar. “The Transgressive Sacrality of the Dīkṣita: Sacrifice, Criminality, and Bhakti in the Hindu Tradition.” In Criminal Gods and Demon Devotees: Essays on the Guardians of Popular Hinduism. Edited by Alf Hiltebeitel, 427–462. Albany: State University of New York Press, 1989
  21. Doniger O’Flaherty, Wendy. Siva: The Erotic Ascetic. New York: Oxford University Press, 1981
  22. Kramrisch, Stella. The Presence of Śiva. Princeton, NJ: Princeton University Press, 1994
  23. Parry, Jonathan. “Sacrificial Death and the Necrophagous Ascetic.” In Death and the Regeneration of Life. Edited by Maurice Bloch and Jonathan Parry, 74–110. Cambridge, UK: Cambridge University Press, 1982
  24. "Kala Bhairava Ashtakam - Hindupedia, the Hindu Encyclopedia", www.hindupedia.com, अन्तिम पहुँच २०१६-०४-१६ 
  25. Parry, Jonathan. “Death and Cosmogony in Kāśī.” Contributions to Indian Sociology 15 (1981): 337–365
  26. Lorenzen, David. The Kāpālikas and Kālāmukhas: Two Lost Śaiva Sects. Delhi: Thomson, 1972
  27. Eck, Diana L. Banaras: City of Light. London: Routledge and Kegan Paul, 1983.
  28. Parry, Jonathan. “Ghosts, Greed and Sin: The Occupational Identity of the Benares Funeral Priests.” Man 15 (1980): 88–111.
  29. Erndl, Kathleen M. “Rapist or Bodyguard, Demon or Devotee: Images of Bhairo in the Mythology and Cult of Vaiṣṇo Devī.” In Criminal Gods and Demon Devotees: Essays on the Guardians of Popular Hinduism. Edited by Alf Hiltebeitel, 239–250. Albany: State University of New York Press, 1989
  30. Sukul, Kubernath. Vārānasī Vaibhava. Patna, India: Bihar Rastrabhasa Parisad, 1977
  31. .Jaideva Singh Vijnanabhairava or Divine Consciousness
  32. Bulcsu Siklós, The Vajrabhairava tantras: Tibetan and Mongolian versions, English translation and annotations, Institute of Buddhist Studies, 1996
  33. Matthew Kapstein, Buddhism Between Tibet and China, p. 307.
  34. John C. Huntington, Dina Bangdel, The Circle of Bliss: Buddhist Meditational Art, p. 468.
  35. Sunita Pant Bansal (२००८), Hindu Pilgrimage: A Journey Through the Holy Places of Hindus All Over India, Pustak Mahal, आइएसबिएन 978-8122309973 
  36. Diana L. Eck (१९८२), Banaras: City of Light, Taylor & Francis, पृ: 192–3, आइएसबिएन 0710202369 
  37. Syed Siraj Ul Hassan (१९२०), The Castes and Tribes of H.E.H. the Nizam's Dominions, Vol. 1, Asian Educational Services, पृ: ४८२, आइएसबिएन 8120604881 
  38. "Hindu Bhakti", hindubhakti.blogspot.com, २७ अगस्ट २०११, अन्तिम पहुँच १४ अप्रिल २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]