खैराला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


खैराला
—  गाउँ विकास समिति  —
खैराला Nepal-এ অবস্থিত
खैराला
खैराला
निर्देशाङ्क: २८°५२′उत्तर ८०°४६′पूर्व / २८.८७° उत्तर ८०.७६° पूर्व / 28.87; 80.76निर्देशाङ्क: २८°५२′उत्तर ८०°४६′पूर्व / २८.८७° उत्तर ८०.७६° पूर्व / 28.87; 80.76
देश  नेपाल
अञ्चल सेती अञ्चल
जिल्ला कैलाली
जनसङ्ख्या (1991)
 - जम्मा ३,३८२
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

खैराला नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित गाउँ विकास समिती हो।यसबारे पत्रकार शिवराज योगीले लेखेका छन्-

बशन्तपञ्चमी संगै सुटुक्क बसन्त ऋतुको आगमन भैसकेको छ। यो मौसमले खैरालाको सुन्दरतामा एक पटक फेरि यौवन ल्याईदिन्छ । गमक्क गुराँस फुलेको लेकाली पाखो । अनि कोयलीको कुहुकुहु । अहिलेको मौषममा खैराला पुग्ने जो कोहीलाई कोयलीले यस्तैगरी परिचय माग्छ । अन्य मौषममा पनि आउने आगन्तुको मनमा अनौठो उत्साह थपिदिनु खैरालाको विशेषता हो ।

चुरेपर्वत मालाको ‘सबैभन्दा अग्लो धुरा’ भनेर सामान्यज्ञानमा नै उल्लेख गरिएको गर्भा डाँडो खैरालामै पर्छ । त्यसैको काखमा अडिएको छ इतिहासको एउटा अवशेष खैरालादरबार । कैलालीका सात पहाडी गाविसमध्य भौगोलिक रूपमा सबैभन्दा ठूलो गाविस खैराला नै हो । पूर्वपश्चिम राजमार्गको कैलाली खण्ड । चौमालादेखि १८ किलोमिटर उत्तर पैदल दुरीमा पहाडी गाविस खैराला पर्छ । यहाँको अर्को विशेषता हो लेक र औलको दोहोरो मौषम ।

एउटै गाविसको ३ नम्बर वोडामा २७ डिग्री सेल्सिएस तापक्रम भैरहँदा ८ नम्बर वडामा ३८ नाघ्न खोज्छ । छ्यास्मिस जातिको बसाइले यहाँको संस्कार र संस्कृतिमा पनि एकरुपता पाइँदैन । वडा नम्बर तीनको ‘पहाडी’ गाउँमा गुरुङसेलो नाचिन्छ भने वडा नम्बर ४ को बण्डमा बस्नेहरू मगरहरूमा मगराती संस्कृति देख्न पाइन्छ ।


आधुनिकताको नाममा मरिमरि सिडिएमए मोवाइल त छ तर यातायात र माध्यमिक शिक्षालयसम्म यहाँ राज्यले व्यवस्था गरिदिएको छैन । प्रकृतिले भने औधि माया गरेको यो गाउँलाई प्राकृतिक सौन्दर्यको प्रर्याय निर्धक्कले मान्न सकिन्छ । अझ भनौ पर्यापर्यटन र ट्रयाकिङको गतिलो गन्तव्यको सम्भावना यहाँ पखिएर बसेको छ । तर पर्यटन वर्ष २०११ मा पर्यटन बोर्डले नयाँ गन्तव्यमा यो क्षेत्र पर्न सकेन । तर त्यो सम्भावना यहाँ सदियौँदेखि पर्खिएर बसेको स्थानीय नरेश देउवाले देखेका छन् । कैलालीको सदरमुकाम धनगढीदेखि ४५ किलोमिटर उत्तरमा पर्ने बिकट चुरे पहाडी गाबिस खैराला पर्यटन गन्तब्य बन्न सक्नेमा यहाँपुग्ने मध्यका पत्रकार हरिष भट्ट मुक्तकण्ठले स्वीकार्छन । त्यो सम्भावनाको प्रसार भने हुन सकेको देखिँदैन ।

प्रकृतिमात्रै यहाँको आकर्षण होइन । चुरे पारि रहेको गाउँको अद्वितीय सम्पत्ति हो राणकालिन खैरालादरबार । वडा नम्वर—३ गर्भाझण्डै ९० बर्ष पुरानो राणाकालीन ‘गर्भादरबार’ जीर्ण अवस्थामा छ । पुरातात्विक महत्वको बन्नै आँटेको ऐतिहाँसिक यो दरबार पदयात्रीका लागि ऐतिहाँसिक आकर्षण बन्न सक्ने शिक्षक नारायण कान्छाको दावी छ । राज्यको परिभाषामा सुगम तराईको जिल्ला हो कैलाली । मालिका डाँडामा पर्ने खैरालाको राताम्य लालिगुराँस, ऐतिहासिक दरबार र परैबाट स्वाग गर्न बसेझै लाग्ने हिमाली दृश्य पर्यटकहरूको मन बहलाउने मोहनी बन्नसक्ने बताउछन् शिक्षक कान्छा ।

बि.सं. १९८२ मा खडक सम्शेर जंगबहादुर राणाले निर्माण आरम्भ गरेको दरबार पूर्णहुन तीन वर्ष लागेको थियो । ‘सम्शेरगजंग दरबार’ नाम दिइएको यो ऐतिहासिक संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएको छ । आफ्नो आकर्षण भने कुनै उँचाईबाट खसेको छहराले झैँ नस्ट हुन दिएको छैन दरबारले । पाखाभरि फुलेका गुँरास र बेसीमा देखिने लहरै बस्तीले यस्को सोभा उस्तै जीवन्त बनाई दिएकोछ । गर्भा दरवारको कलाकृति जडित ‘सो’ दिवाल भने २०५५ सालदेखि भत्किन सुरू भैसकेको छ । कलबत्ताबाट आयात गरिएका जस्तापाताको छाना २०६५ को बर्षायामवाट क्षती हुँदै गएको छ ।

यद्धकालमा माओवादीको ‘परेडस्थल’ बनेपनि दरबारलाई पर्यटकको थकाइमार्ने चौतारी बनाउन कसैले सक्रियता नदेखाएकोमा स्थानीय बासिन्दा निराशा पोख्छन् । तत्कालिन राणा शासकहरूले सुदूरपश्चिममा गाँउका मुद्दा मामिला मिलाउन र तिरो उठानकालागि यहाँ दरबार बनाएको स्थानीय बुजु्रक कृष्णराज योगी बताउँछन् । सोझो मार्गमा पर्ने गर्भालाई कैलाली, कञ्चनपुर र डोटीको सदरमुकाम बनाउन यो दरबार बनाएको योगीले बताए ।

हावापानी र मौषमका दृष्टिकोणले अत्यन्त उपयुक्त भएकोले राणा शासकहरूले गर्भालाई रोजेको स्थानीय बासिन्दाहरूको भनाई छ । मासको मसलाले चुनेको गर्भा दरवारमा ८३ झ्याल, ५३ ढोका छन् । १० रोपनी क्षेत्रफल फैलिएको यो दरबार तीन खण्ड र तीन तले छ । सम्शेरजगंज दरबार भारतको कलकत्ताबाट ल्याईएका कारीगरहरूले निर्माण गरेको स्थानीय बुजु्रक योगी बताउँछन् । सुरक्षाका दृष्टिकोणले दरवारभित्र भुईतले सुरुङ समेत बनाइएको छ । जो अहिले पुरिँदै गएको छ । राणाहरूले दरवार बनाउन प्रयोग गरेको ईटा गर्भाको डाँडामा बनाएको इतिहास छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा जाँदा बास बस्न राणाहरूले कैलालीको चौमालामा समेत एउटा दरबार बनाएका थिए । जसको अस्त्विमा मेटिइसकेको छ । राणाशासकहरू खैरालकाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गडसेराको उदैनी, तेलेको जल्फु काफलीमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको इतिहास छ । राणाहरू सिलगढीबाट सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पुगेर पोत उठाउनुका साथै त्यहाँका मुद्दा मामिला मिलाउँथे । कैलालीको चुरे गर्भादरबारलाई नै क्षेत्रीयमुकामका रूपमा राणा शासकले निर्माण गरेका हुन ।

तमामौं शासन फेरिए, ब्यवस्था देखिए कुनै ‘व्यवस्था’ र प्रकृतिले राजधानी स्वीकारेको खैरालाको भाग्य भने कहिल्यै नफेरिएको स्थानीय गणेश धामीको दुःखेसो छ । स्थानीय खडकबहादुर बोगटीलेभने ‘हामिले नेता बनाएकाहरूले जिल्लाका सदरमुकाममा घर बनाए यो धरोहर कसैले हेरेन ।’ गर्भादरबार खडक समशेरले बनाए पनि उनी एक रात मात्र दरवारमा सुतेको स्थानीय बासिन्दाहरू बताउँछन् । खडक समशेर फर्केर गएपछि गर्भा दरबार उनका छोरा लेफ्टिनेन्ट जर्नेल बहादुरसमशेर जंगबहादुर राणाको स्वामित्वमा आयो ।

चुरे गर्भा दरबार युवा क्लवका अध्यक्ष नरेश देउवाले इतिहास कोट्याउँदै भने ‘राणा शासनकालमा निकै चहल–पहल रहेको गर्भा दरबारमा त्यो चहलपहल बि.स.२०३२ सम्म रह्यो । खडक सम्शेरका छोरा बहादुर सम्शेरपछि गर्भा दरवार बहादुर सम्शेरका साहिँला छोरा तेजप्रकाश सम्शेर जबराको भागमा परेको समाजसेवी योगीले जानकारी दिए ।

गर्भा दरबार २०३३ सालपछि भने कोही पनि बास बसेका छैनन् । यहाँका वासिन्दा उनीहरूले छोडको दरबारमा आगन्तुकलाई बास बसेको हेर्न चाहन्छन् । दरबारको इतिहासबारे सामान्य जानकार पर्यटनविद

‘तपाईको घर कहाँ ?’ भनेर कसैले सोध्यो भने ‘दरबार भएको गाउ’ँ भनेर खैरालावासीहरू परिचय दिने गर्थे । खडकसिंह रजवार भन्छन्–,‘गर्भा दरबार खैरालाको परिचय हो । दरबारको उपयोग नै हुन नपाई यो भत्किन थाल्यो । राज्यले हेरिदिए ‘खैरे’ भित्र्याएर हामी पनि ‘हरिया डलर’ भित्र्याउन सक्थ्यौं ।’ उनी खैरालाको विकास र दरबारको संरक्षणमा सरकार र सरोकारवालाले चाँसो नदेखाएको गुनासो गर्छन । बोगटीको आक्रोश छ,‘पर्यटकनको कुरा गर्नेहरू पनि सुगम र सुविधामात्रै हेर्छन ।’

चुरेक्षेत्रमा पर्ने राणाकालिन दरबारको प्रवद्र्धन र प्रमोसनमा सरकारले ध्यान दिए पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्व राख्ने स्थानीय वस्नेत प्राविका शिक्षक नारायणदत्त बताउँछन् । दरवारको संरक्षण र सम्बद्र्धनकालागि आफूले गतिलो कदम चाल्न नसकेको गाविस कार्यालयले जनाएको छ । मिडिया प्वाइन्ट नामक संस्थाले यहाँको उजागर गर्न खोजे पनि कतैबाट गतिलो सहयोग नभएको संस्थाका महासचिव पीआर जोशीले अनुभव छ । कैलालीको खैराला गाविस र यहाँ रहेको ऐतिहाँसिक र प्राकृतिक सम्पदा पर्यापर्यटनको ठूलो सम्भावना भएको पर्यटनविद रबिजङ्ग पाण्डे बताउँछन् ।

बोक्टानीको आस्थाः[सम्पादन गर्ने]

खैराला गाविसमा डोटी बोक्टानक्षेत्रका वासिन्दाको आस्थाकेन्द्र ‘मोहन्यालमाणु’ (मन्दिर) अवस्थित छ । चुरेमालाको टाकुरोमा वस्तीदेखि माथि डाँडोमा यो आस्थाको केन्द्र छ । गाउँ नजिक अमर्यादा हुने डरले यसलाई पुर्वजले चरेडाँडाको टाकुरोमा थापना गरेको बुजु्रकहरू बताउँछन् । जसको नाममा वर्षेनी मंसिर महिनामा मोहन्यालको जात्रा गरिन्छ । जमामौं धामी, झाँक्रीहरूले त्यहाँ पुजाआजा गरेर जात्रा मनाउने गर्छन ।

कसरी जाने ?[सम्पादन गर्ने]

धनगढीदेखि ३२ किलोमिटर पूर्व चौमालासम्म बसयात्रा गर्न सकिन्छ । त्यहाँबाट भने चारकोशे झाडीको मासिदै गएको खण्डमा दुई घण्टा पैदल हिँडेपछि पहाडी सफर सुरू हुन्छ । झण्डै ठिकै हिँड्नेलाई पाँच घण्टा उकालो पछि यहाँका वासिन्दाको आस्थाकेन्द्र मोहन्याल थान भएको चुरे डाँडोमा पुगिन्छ । केही ओरालो झर्नेबित्तिकै गाउँ सुरूहुन्छ । गाउँको शिरानमै रहको राणाकालिन जीर्ण बन्दै गरेको ‘गर्भादरबार’ले आगन्तुकलाई स्वागत गरिरहेको देखिन्छ ।

स्थानीय बासिन्दा–बिन्द्रा गिरी खैरालाको प्रकृतिमा अनौठो सन्तुलन छ । उखरमाउलो गर्मीलाई आफ्नै छातीमा भिजाउन सक्ने हरियाली र कठ्यङ्ग्रिने चिसोलाई न्यानो बनाउने पहाडी भिरपाखा अद्वितीय छन् । त्यसैमा सजिएको राणाकालिन दरबार पश्चिम क्षेत्रकै एक्लो जीउँदो धरोहर हो । यसको प्रचारप्रसार र व्यवस्थापन गर्न सके यहाँको स्थानीय उत्पादन सुन्तला, अदुवा, कागती, टिमुर, रिठा, कुमकुम र तेजपात कोशेलीका रुपमा बेचेरै यहाँका निम्न बर्गीय बासिन्दा लाभान्वित हुने पक्का छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]