गर्भा दरबार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गर्भा दरबार
Garba Darwar Khairala Chure Gaupalika.jpg
गर्भा दरबारको दृश्य
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/नेपाल" उपलब्ध छैन्.
सामान्य विबरण
शहरचुरे गाउँपालिका
राष्ट्रनेपाल
निर्देशांक२८°५२′N ८०°४५′E / २८.८७°N ८०.७५°E / 28.87; 80.75
लागतअज्ञात
ग्राहकखड्कशमशेर राणा
प्राविधिक विवरण
आकार१० रोपनी

गर्भा दरबार नेपालको राणाकालीन दरबार हो । यो तल्लो बोगटान अन्तर्गत पञ्चायतकालको निगाली गाउँ पञ्चायत वार्ड नम्बर ८ त्यस पछि कैलाली जिल्ला साविक खैराला गाउँ विकास समिति वार्ड नम्बर ३ र वर्तमान चुरे गाउँपालिका वार्ड नं ४ मा रहेको छ । गर्भा दरबारको निर्माण खड्कशमशेर राणाले गरेका हुन् ।[१] यो दरबार वि.स. १९८४ मा निर्माण भएको मानिन्छ ।[२]कैलाली जिल्लाको सदरमुकाम धनगढी देखि ४५ किलोमिटरको दुरीमा गर्भा दरबार रहेको छ । तत्कालीन अवस्थामा तराईमा औंलो सरोटो लाग्ने गर्दथ्यो । औलों सरोटोबाट बाँच्न र शुद्द सफा हावापानी भएको सुरक्षाको दृष्ट्रिकोणले उपयुक्त स्थान पहिचानगरी आफूबस्नकोलागि राणा शासकले यो दरवार निर्माण गराएका थिए । यस्तै प्रकृतिको एक अर्को राणाको दरवार चौमाला गाउँमा निर्माण भएको थियो । चौमालामा निर्माण भएको दरवार भत्कीएर त्यसको नाम निसाना हराई सकेको छ, भने गर्भादरवारको यो जीर्ण भवन जिवतै छ । चुरे पहाडको उत्तरपट्टी गर्भा भन्ने गाउँमा दरवार निर्माण भएको हुँदा यसलाई गर्भादरवार भनिन्छ । यो स्थान कैलाली जिल्ला गौरीगंगा नगरपालीकाको चौमाला बजारबाट उत्तरतर्फ ६ घण्टा पैदल यात्राको दुरीमा पर्दछ । यस दरवारमा चौमालाका ईटा, तराईभावरका सालका काठ र टिनको छाना प्रयोग गरिएको छ । तत्कालीन जन्ताहरुबाट यी समग्री तराईबाट बोकाएर राणाले यो तीन तले दरवार निर्माण गराएका थिए । यस दरबारको इतिहासबारे पहिलोपटक र अहिलेसम्म पनि स्थानीय पत्रकार शिवराज योगीले लेख्दै आएका छन् ।

इतिहास[सम्पादन गर्ने]

दरवार निर्माण गर्दा वर्तमान दरवार रहेको १० रोपनी जग्गामा घरबनाई बसोबास भएका चन्दहरुको घर हटाउन लगाई राणाले दरवार निर्माण गर्न आदेश दिएका थिए । राणाले यी चन्दको मन दुखाई त्यहाँबाट चन्दहरुलाई खेदेर दरवार निर्माण गर्नलाग्दा सुरुवातका दिनहरुमा त्यो दरवार निर्माण हुँदै गयो । मोहन्याल देवताको छलदिने बाघले राती दरवार जतिचिन्यो त्यो भत्काईदिने गर्न थाल्यो । यो अचम्म के भयो भनेर देवता सोधनी गर्दा त्यहाँबाट मन दुखाएर चन्दहरुलाई धपाएको हुँदा ती धपाईएको चन्द मोहन्याल देवता अन्तरगतका चन्द भएको ले मोहन्यालको बाघले यो सबै गर्ने गरेको हो भन्ने कुरा भएपछि चन्दहरुलाई खुशी बनाउनु परयो भनी लिउडेशैन सहितको केही जग्गा दिएर चन्दहरुलाई अर्को स्थानमा बस्न लगाएका थिए । यसपछि कोट निर्माण भयो । कोट निर्माण भएपछि त्यस कोट(दरवार) भित्र डुडु (स्थानीय भाषामा वेडेमानको सर्प डोटेली भाषामा डुडु) प्रवेश गरेर आतँक मचाउन थाल्यो । भित्रबाट त्यो सर्प हटाउन खोज्दापनि हटेन । यस कारण त्यो कोटको निर्माण भएर पनि पुजा आजा तथा घरवैसो भएन । यसपछि त्यहाँ राणाले निर्माण गराएको दरवारमा राणाको बास भएन । राणाहरु त्यहाँ दरवार भएरपनि त्यसमा बास बसेनन । राणाको सवारी भएको समयमा तल माथि गाउँमा बास बस्ने गर्दथे । यस पछि मान्छे नबसेरै यो दरवार जीर्ण तथा बाँझो भएको हो ।

गर्भा दरवारको दृश्य, चुरे गाउँपालिका ४ गर्भ गाउँ कैलाली
    1. दरवार वर-परका देबी देवता र मान्यता

गर्भदरवारको आँगनमा मोहन्याल देवताको स्थापना छ । कार्तिक शुक्लदशमीका दिन यहाँ मोहन्यालको जाँत हुन्छ । यस जाँतमा मोहन्यालका वीरहरु वेताल, गडाल,भैरौ र मसानी देवताका धामीहरु नाँच्ने गर्दछन । उपमन्यु गोत्रीय विनाडी ब्राह्मण त्यहाँ मोहन्याल र केदारको वैदिक विधि विधानले पुजा लगाई दिन्छन । डिले औजीको सन्तान केदार र मोहन्यालको दमाउ बजाउने गर्दछ । मोहन्याल देवताका पहिलेको धामी भँराणी डुगरी, फुर्सिला बोहराहरु थिए । वेतालका धामी साउन(साउद) थिए । बोहराले त्यहाँ मोहन्यालको भँराण त्यतीकै छोडेर गएपछिका दिनमा मोहन्यालको भँराण चन्दको घरमा राखिएको थियो । गौतम गोत्रीय, चन्द्रवंशी यी चन्दहरु यस स्थानका मोहन्यालबाट ठकुरीलाई दिईने टीका,माला र सम्मान ग्रहण गर्दछन । यहाँका चन्दको कुलदेवता केदार(शिव) हुन । गर्भदरवारको केही पर केदारको मन्दिर छ । केदारको जाँतमा चन्दकी महारानीहरु जाँदैनन । केदारसँग जेठी वौरानीको दोस मान्दछन । यिनले वैतडीबाट ल्याएको कालिका देवता गडसेरा देउवानको खतेडामा छन् । खतेडामा यिनको दरवार(कोट) को भग्नावशेष अझै देख्न सकिन्छ । देउवाहरुसँग भानादेव, झापरदेवका वंशजको मारकाट भएपछि ती कालिका खतेडा भन्ने स्थानमै रहन गएका हुँन् । देउवाहरुले खतेडाबाट यिनलाई काटमार गरेर लखेटेपछि त्यहाँ कालिकाको दशैगर्ने राँगाको बलिगर्ने काम देउवाहरुबाट हुँन थालेको हो । खतेडा पछि प्रतिहार चन्द यो गर्भ दरवार निर्माण भएको जग्गामा आई घर बनाई बसेका थिए । यो गर्वा दरवार र यो स्थानको बिषयमा कुरा गर्नु पर्दा यहाँका चन्दको बिषय पनि उठान गर्नु पर्ने हुन्छ ।

    1. दरवारसंग सम्बन्धित चन्द

सिहासनको मसुरखेत भएर माल–पहाड गाई भैसी ल्याउँदा लाँदा कलेल(कोलाल)ले त्यहाँ डाँडामा स्थापीत कार्तिकेय (मोहन्याल) देवतामा दुध हालेर औपचारिक रुपमा त्यहाँको गौडो(मूलबाटो) खोल्नुपर्ने हुन्छ । त्यसपछि मात्र अन्यले माल–पहाड गाई, भैंसी ल्याउँन र लैजान पाउने अधिकार पाउँछन् । कत्युरी पाल राजाको आदेश अनुसार अगाडि लाग्नुपर्ने, काटमारमा अगाडि सर्नुपर्ने जिम्मेवारी कलेलले पाएजस्तै गर्भागौडो(मूलबाटो) को अधिकार चन्दले पाएका हुँन् । गर्भागौडो खोल्न त्यहाँ स्थापीत मोहन्याल देवतामा दुध हालेर औपचारिक रुपमा गौडो खोल्ने अधिकार यी चन्दको हुन्छ । यिनले त्यहाँको जिम्मेवारी समाल्नुपर्ने मान्यता छ । डोटी कत्युरी पाल राज्यकालमा यिनलाई त्यो जिम्मेवारी प्रर्दान गरिएको थियो । यसै कारण गर्भ गौणो र कैलाली जिल्लाको चौमाला देखि दक्षिणको प्रतिहार तप्पा यिनै चन्दको भूमि हो । यो यिनकै अधिकार क्षेत्र अन्तरगत पर्दथ्यो । राणा शासन कालमा चन्दहरुका १४ गाउँक्षेत्र वर्तमान चौमाला, भोजपुर, रामपुर, उर्मा, उर्मी, धुरचन्ना...........सहितमा यिनको चौधराई चलेको थियो । त्यहाँ चौधराई गर्ने बाला चन्द थिए । बाला चन्द डोटी बोगटान क्षेत्रका सबै चन्दको जेठो शाखाका थिए ।

    1. बाला चन्द पछिका शाखा सन्तान निम्न उल्लेखितहरु हुँन् ।
    2. बिजयचन्द भए । विजयका दुईपुत्र
    3. जेठा: बालाचन्द र कान्छा केशरसिह चन्द हुँन् ।
    4. जेठा बाला चन्दको अपुताली भयो भने कान्छा केशरसिह चन्दका एकपुत्र अजयचन्द हुन ।
    5. अजयचन्दका दुईपुत्र जेठा: सूर्यभानचन्द र कान्छा: लालबहादुर चन्द भए ।
    6. सुर्यभान चन्दका एकपुत्र ओमबहादुर चन्द भए ।
    7. ओमबहादुर चन्दका तीन पुत्रहरु क्रमस जेठा कलम चन्द, माईला टोपबहादुर चन्द र कान्छा रामबहादुर चन्द छन् ।
  • कान्छाः लालबहादुर चन्दका चारपुत्रहरु क्रमश
    1. जेठा सुरतबहादुर चन्द, माईला भक्तबहादुर चन्द, साँईला मिनबहादुर चन्द र कान्छा लोकबहादुर चन्द छन ।
    2. जेठा सुरतबहादुर चन्दका एकपुत्र रामबहादुर चन्द, माईला भक्तबहादुर चन्दका तीनपुत्रहरु क्रमस: डम्मरबहादुर चन्द, माईला भूवन चन्द र कान्छा ईन्द्रबहादुर चन्द हुँन् । साईला: मिनबहादुर चन्दका तीनपुत्रहरु क्रमशः जेठा नरेशचन्द, माईला ः बमबहादुर चन्द र कान्छा बसन्त चन्द हुँन् । यस्तै कान्छा लोकबहादुर चन्दका चारपुत्रहरु क्रमशः जेठा: अमर चन्द, माईला भिमबहादुर चन्द, साईला प्रेमबहादुर चन्द र कान्छा खगेन्द्र चन्द छन ।
  • यी चन्दको अधिकार र वंश्वाली

यी चन्दको वंशावली अनुसार वैतडी स्वाराड क्षेत्रबाट भाना देव पूर्व आएका थिए । भानादेवका झापरदेव भए । झापरदेवका वंशज डोटी जिल्लाको बोगटान क्षेत्रमा फैलिएका हुँन् । वैतडीबाट भाई भाईमा मनमुटाव भएर पूर्व आउँदा यिनले उपमन्यू गोत्रका विनाडी ब्राह्मण, बोहरा, साउद, ओखेडा लोहार, औजी ढोली, कालिका देवी र केदार देवता साथै ल्याएका थए । डोटी पाल राज्यमा राजाको अंगरक्षक पद प्रतिहारमा नियुक्त भएपछि भानादेव, झापरदेवका यस वंशजलाई प्रतिहार भनिन थाल्यो, प्रतिहार पदमा नियुक्त भएपछि यी दरवार भित्रका कुराहरु बाहिर बताउने र बाहिरका कुरा कत्युरी वंशजका पाल राजामा जाहेर गर्ने गर्दथे । वि.स.१४२० को दशकमा डोटी पाल राज्यमा सेना प्रमुख(देवान)को जिम्मेवारी पाएका देउवाहरु र राजाको अंगरक्षकको जिम्मेवारी पाएका भानादेव, झापरदेवका वंशज प्रतिहारका बीच विवाद भयो । यस विवादकै बीच मानव वलिगर्ने भन्ने निहुँमा देउवाहरुले यी माथि मारकाट गरे । मानव वलिको विषयमा भन्ने गरिन्छ भानादेव, झपरदेवका वंशज दशैमा राँगाको वलि नगरेर आफ्नो खतेडा भन्ने स्थानको कोटमा मान्छेको वलि गर्ने गर्दथे । त्यहाँ धेरै रमाईलो हुन्छ भनेर टाढा टाढाका मान्छेहरु दर्शैमा रमिता हेर्न आउँदा रैछन् । एक पटक भण्डारी विधवा ब्राह्मणी(बामनी)को एकमात्र नाती रहेको र ती बालकको वलिगर्ने पालो आएको कारण भण्डारी बामनी दुःखमा थिईन । देउवाहरुले यो अन्याय हुँन दिदैनौ भनेर ती बालकलाई भेटेर नडराई जे गराउँछ त्यो गर्नु तलाई हामी बचाउँने छौ भनेर सिकाएछन् । बालकले पनि सोही अनुसार गरेको र पछि देउवाहरुले दशैको दिन बालकको वलि गर्न पुजागर्ने बामन र राजाका वंशजलाई काटेर सत्यानास गरेको किवदन्ती छ । यस मारकाट पछि यी दुवैका बीच वि.स.१४२० देखि १४४० को अवधीमा वंशनास गर्नेगरी युद्ध चल्यो । यसै मारकाटले गर्दा पाल राज्य आन्तरिक कलहमा फसेर कम्जोर भयो । देउवाहरु भानादेवका वंशज भन्दा शक्तिीशाली भएका कारण यिनको नास गर्नथाले । भानादेवी वंशजकी गर्भीणी रानी भागेर आई गर्भको रानीभूईकुँडामा राजीको भैंसी गोठमा लुकेर बसीन । त्यहाँ रानीको गर्भबाट राजकुमार पैदा भए ।बाबुको हत्यापछि गर्भिणी रानीको गर्भबाट पैदा भएका राजकुमारको बसोबास भएको कारण यो ठाउको नाम गर्भ रहेको र गर्भको अपभरंश भई गर्भा भनिएको किब्दन्ति छ । ती राजकुमार २२ हारी पाताडामा भोजन गर्ने गर्दथे । यो कुरा राईभाट मार्फत सुईको पाएपछि देउवाहरु खोजी गर्दै यिनलाई मार्न आए छन । राजीले ती राजकुमारलाई बचाउन यी प्रतिहार होईनन हाम्रा रिथी (मालिक) हुन् भनेपछिका दिनबाट यिनले रिथी लेखेका थिए । रिथी उल्लेखित केही मुख्यली समालेका अभिलेख अझै डोटी बोगटान क्षेत्रमा भेटिन्छन । आजभोली यिनका शाखा सन्तानहरुले आप्mना वैतडीका दाजुभाई सरह चन्द थर लेख्ने गर्दछन । आफ्नै जात मिल्ने सजातिय फरक गोत्रका क्षत्रिय/राजपूत/ठाकुर/ठकुरीहरु बम, मल्ल,देउवा, शाही, बोगटी, सिह, हमालसँग वैवाहिक लेनदेन गर्दछन । स्थानीय स्तरमा क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी चन्द भनेर चिनिन्छन । यिनलाई स्थानीयहरु चन्द राजा, चन्दजी भनेर पुकार्दछन । गर्भा दरवार भएको क्षेत्रमा यी चन्द मध्येको जेठो शाखाका सन्तानहरु दरवार निर्माण गराउने राणाबाट पिडित भएपनि यी संग राणाजी को नजिकको सम्बन्ध थियो । यसै कारण पर्तिहार तप्पको जिम्मेवारी यो गर्बा दरवार संग सम्बन्धित राणाबाट यिनले पाएका थिए ।

राणा शासकको डोटीगौणा जाने मूलबाटो[सम्पादन गर्ने]

राणा शासकहरु चौमाला दरवार, गर्भा दरवार, बर्छैनको चिउरी, मान्नाकापडीको भट्टेबाटा, गडसेराको उदैनी, तलेको जल्पूहुँदै मान्छेहरुबाट तापदानमा बोकीएर डोटी गौणामा जाने आउने गर्दथे । राणाको सवारी हुँदा त्यस भेगका नागरिकहरुले खसी, बोका, दही, दुध, खाना, माना सहित राणाले ईच्यायको र भारी बोक्ने कार्यको बन्दोवस्ती गर्नुपर्ने हुन्थ्यो

दरवारको संरचना[सम्पादन गर्ने]

गर्भा दरबारमा ८३ वटा झ्याल र ५३ ढोका रहेका छन् । दस रोपनीको क्षेत्रफलमा फैलिएको यो तीनतले दरबार तीन खण्डमा विभाजित छ । यो दरबारको मुनि एक तला र माथि तीन तला रहेको छ । सुरक्षाको दृष्टिकोणले एक तला मुनी बनाइएको हो ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "८३ झ्याल र ५३ ढोका भएको राणाकालीन गर्भा दरबार जीर्ण", अन्तिम पहुँच २०१८-०२-११ 
  2. "८३ झ्याल र ५३ ढोका भएको राणाकालीन गर्भा दरबार जीर्णवस्थामा" (नेपालीमा), २०१७-०१-२३, अन्तिम पहुँच २०१८-०२-११ 
  3. Author, "विकासको पर्दा नउघ्रिएको खैराला गाउँ", अन्तिम पहुँच २०१८-०२-११ 


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]