घाङल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
घाङल
—  गाउँ विकास समिति  —

Lua error in मोड्युल:Location_map at line 403: देशान्तरको लागि कुनै मान दिइएको छैन.नेपालको नक्शामा घाङल

देश  नेपाल
अञ्चल सेती अञ्चल
जिल्ला डोटी जिल्ला
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)


घाडल नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र, सेती अञ्चलको डोटी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।

परिचयः[सम्पादन गर्ने]

डोटी जिल्लाको सदरमुकाम सिलगढीदेखि करिब ३४ कोषको पैदल दूरीमा पर्ने घाङल गा.वि.स. सदरमुकाम देखि सुदूर दक्षिणमा रहेको छ । सीमानाको हकमा यस गा.वि.स. को पूर्वमा सिमचौर गा.वि.स. पश्चिममा बर्छेन गा.वि.स. उत्तरमा लाना केदारेश्वर गा.वि.स. र दक्षिणमा कैलाली जिल्लाको पाण्डौनमोहन्याल गा.वि.स. पर्दछन् । यस गा.वि.स.को भौगोलिक बनोट हेर्ने हो भने धेरै जसो भूभाग भिरालो रहेको छ । यस गा.वि.स.मा विभिन्न जातिका मानिस बस्ने गर्दछन जसमा बाहुन, क्षेत्री, मगर, गुरूङ, लामा, दमाई, कामी, सार्की, आदी जातिका मानिस प्रमुख हुन्। यहाँ धान, गहुँ, मकै, कोदो आदि अन्न बाली लगाईन्छ भने नगदे बालीका रुपमा अदुवाबेसार प्रमुख रुपमा लगाईन्छ । जातीय विविधता भएको कारणले यहाँ भाषामा पनि विविधता पाईन्छ । यहाँ सबै भन्दा बढी बोलिने भाषा नेपाली हो भने त्यसपछि बोलिने भाषा डोटेली हो । प्रतिशतका हिसाबले पहिलो स्थानमा रहेको मगर जातिले बोल्ने मगर खाम तेस्रो स्थानमा रहेको छ । यसैगरी यहाँ अछामी भाषा बोल्ने समुदाय समसेत केहि मात्रामा रहेका छन् ।

विकासका योजनाहरू[सम्पादन गर्ने]

यस गा.वि.स. लाई सहजपूर बोगटान सडकले छोएको र बाघछेडा बजारसम्म मोटर सडक पुगेको भए पनि गा.वि.स. को सदरमुकाम मटेला सम्म सडक पुगेपनि ट्र्याक्टर र जीपहरु मात्र पुग्न सकेको छ ।पंचायतकाल देखि नै सुरू भएको सहजपुर बोगटान दिपायल सडकको बाघछेडा बजारदेखि घाङलको सदरमुकाम वडा नं ९ मटेलाको लागि हाल RAP 3 ले सडक निर्माण कार्य अघि बढाएको छ र कडा चट्टान भएको र ज्यादै भिरालो भागको कटिङ कार्य सम्पन्न भई मटेला बजार पुगेको छ। यसै गरी सुनालेक देखि मेहेली खोलासम्म आव २०७४/०७५ मा बडिकेदार गापा को अनुदान सहयोगमा सडक निर्माण भएको छ। यस गा.वि.स.को ज्यूना लेकमा सी.डी.एम.ए.को टावर बनेको कारण स्काई फोनको बिस्तार भएको छ जसमा हाल जीएस एम सेवा समेत थपिएको छ । यस गा.वि.स. मा प्राप्त भएका अन्य सरकारी सुबिधाहरुमा हेल्थपोषट,प्रहरी चौकी अतिरिक्त हुलाक पशु सेवा उपकेन्द्र रहेका छन् भने गैर सरकारी कार्यालयहरुमा ग्रामिण समुदाय विकास केन्द्र RCDC, सुनौलो महिला बहुउद्देश्यीय सहकारी संस्था लि. घाङल बहुउद्देश्यीय सहकारी संस्था लि. छन् । यस गा.वि.स. मा एक उच्च मा.वि., एक मा.वि., तीन ओटा नि.मा.वि. र तीन ओटा प्रा.वि. का साथै ९ ओटा वालविकास केन्द्रहरू रहेका छन् ।यस गा०वि०स मा स्थापित विद्यालयहरुमध्ये श्री वीरेन्द्र उ०मा०वि०,श्री विष्णु मा०वि०मुलेचौर,भैरव प्रा०वि० चवाँला,अमरघट्टी नि०मा०वि० ओखलढुङ्गा,चौडेल नि०मा०वि० चायाकोट,केदारमाण्डौ प्रा०वि० पातल,शान्ति प्रा०वि० धारापानी,सुनपाल प्रा०वि० बेवँरा र बग्र प्रा०वि० बगडा रहेका छन् ।यसै गरी वालविकास केन्द्रहरुमा ज्योती वालविकास केन्द्र,लटाली वालविकास केन्द्र,पाल्सेनी वालविकास केन्द्र,बगडा वालविकास केन्द्र,पासाङ वालविकास केन्द्र,दीपज्योती वालविकास केन्द्र र गोठेरी वालविकास केन्द्र मेहली समुदायमा आधारित वालविकास केन्द्र हुन भने भैरव नि०मा०वि०,वीरेन्द्र उ०मा०वि०,विष्णु मा०वि०हरुमा विद्यालयमाआधारित वालविकास केन्द्र हुन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

डोटी जिल्लाको सुदूर दक्षिणमा रहेको यस घाङल गा०वि०स० मा डोटी जिल्लामा रहेका अन्य गा०वि०स० मा भन्दा बढी जातिका मानिसहरु बसोवासस गर्ने गरेका छन् । यहाँ मुख्य रुपले बसोवास गर्ने जातिहरुमा ब्राम्हण,क्षेत्री,मगर,गुरुङ,लामा,दमाई,कामी,सार्की,भुल आदि प्रमुख हुन् । ब्रम्हाण जातिहरुमा खनाल,आचार्य,सापकोटा,जैशी,अम्मै आदी पुर्बीया ब्रम्हाण छन भने ओझा,बिनाडी पश्चिमा ब्रम्हाण जातिका मानिस बसोवास गर्छन । क्षेत्रीहरुमा बोहरा,जेठारा,साउँद,पनाडी,थापा,बिष्ट,बडुवाल,खत्री आदी जातिका मानिसहरु बसोवास गर्छन ।भौगोलिक विविधता रहेको यस गा•वि•स• मा जातिय,भाषिक, सांस्कृतिक विविधता रहेको छ । यहांको मगर समुदायमा मारुनी नाच नाचिन्छ,अछामी समुदायमा पुतला खेलिन्छ र पूर्बेली समुदायमा झ्याउरे तथा क्षेत्री समेदायमा डेउडा भाका घन्किन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]