चीनको क्रान्ति, सन् १९११

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Xinhai Revolution
辛亥革命
Anti-Qing Movementsको भाग

Nanjing Road (Nanking Road) in Shanghai after the Shanghai Uprising, hung with the Five Races Under One Union flags then used by the revolutionaries in Shanghai and Northern China.
मिति१० अक्टोबर १९११ (1911-10-10) – १२ फेब्रुअरी १९१२ (1912-02-12)
(४ महिना र २ दिन)
स्थान
परिणाम

Revolutionaries victory

  • Abdication of the Xuantong Emperor
  • चिङ वंशको पतन
  • चिनियाँ साम्राज्यको अन्त्य
  • चिनियाँ राजतन्त्रको अन्त्य
  • चिनियाँ गणतन्त्रको स्थापना
  • चीनमा अस्थिरता
  • Self-proclaimed secession of Outer Mongolia, Tannu Uriankhai, and Tibet
योद्धा

क्विङ राजवंश Government

चीन Revolutionaries


Separatists

सेनापतिहरू
Xuantong Emperor
Empress Dowager Longyu
Zaifeng, Prince Chun
Yuan Shikai
Feng Guozhang
Ma Anliang
Duan Qirui
Zhang Zuolin
Yang Zengxin
Zhao Erfeng
Ma Qi
Various other nobles of the Qing dynasty

Sun Yat-sen
Chiang Kai-shek
Huang Xing
Li Yuanhong
Song Jiaoren
Chen Qimei
Cai Genyin
Hu Hanmin


Tögs-Ochiryn Namnansüren
तिब्बत Thubten Gyatso
तिब्बत Tsarong
Oyun Ölzey-Ochur oglu Kombu-Dorzhu
शक्ति
200,000

100,000


unknown
मृत्यु र क्षति
~170,000

~50,000


unknown
चीनको क्रान्ति, सन् १९११
"Xinhai Revolution" in Chinese characters
चिनियाँ 辛亥革命
अनुवादित अर्थ "Xinhai (stem-branch) revolution"

चीनको १९११को क्रान्तिको नतिजा स्वरुप चीनको अन्तिम राजवंश (चिङ राजवंश)को अन्त्य भयो र गणतन्त्र चीनको स्थापना भयो। यो एक निकै ठूलो घटना थियो। पछिल्लो तीन सय वर्ष देखि शासनमा रहेको चिङ वंशको समाप्ति यसै क्रान्तिबाट भयो। बिसौं शताब्दीमा चीन एशियाको प्रथम देश थियो, जहाँ गणतान्त्रिक सरकारको स्थापना भएको थियो। चीनका क्रान्तिकारिहरूले फ्रान्सेली क्रान्तिकारीहरूको अनुकरण गरे र राजतन्त्रको बिदाइ गरे।

यसको सफलताले चिनियाँ राजतन्त्रको पतन, चीनमा 2,132 वर्षको शाही शासनको अन्त्य र 276 वर्षको किंग राजवंशको अन्त्य र चीनको प्रारम्भिक गणतन्त्र युगको सुरुवात।[१]

क्रान्तिको कारणहरू[सम्पादन गर्नुहोस्]

विदेशी शोषण विरूद्ध प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

अन्तराष्ट्रिय जगतमा चीनले सधैं आफूलाई सर्वश्रेष्ठ राष्ट्र मान्ने गर्छ। तर दुई अफिम युद्धमा पराजित भएपछि चीनको सम्पूर्ण स्वाभिमान र गर्व चकनाचुर भयो। जब युरोपेली लुटेराहरूले चीनको ढोका जबर्जस्ती खोलेर चीनमाथि आर्थिक प्रभुत्व कायम राख्न युरोपेली देशहरूमा एक भीषण होड सुरु भयो। चीनका केही देशभक्त नागरिक आफ्नो देशको यो दुर्दशा देखेर निकै चिन्तित थिए। उनीहरूले "जबसम्म चीनलाई विदेशीबाट छुटकारा मिल्दैन , तबसम्म उनीहरूको अवस्थामा कुनै सुधार हुँदैन" भन्ने कुरा बुझेका थिए। उनीहरू मंचू-शासनलाई चिनियाँ जनताको विदेशीहरू द्वारा चिनियाँ जनताको शोषणको लागि उत्तरदायी मान्थे । त्यसैले विदेशीहरूको विरोध गर्नको लागि र मंचू-शासनको अन्त्य गर्नको लागि उनीहरू आफ्नो संगठन बनाउन थाले। १९औं शताब्दीको अन्तमा विदेशीहरूद्वारा शोषण यस किसिमले बढ्यो कि चिनका नागरिक हरूको अगाडि विदेशी शोषणबाट छुटकारा प्राप्त गर्नको लागि अब एक व्यापक क्रान्ति बाहेको आर्को विकल्प थिएन।

सुधारकार्यको असफलता[सम्पादन गर्नुहोस्]

यस्तो स्थितिमा देशलाई विद्रोह/ क्रान्तिबाट बचाउने एक उपाय -शासन व्यवस्थामा सुधार गर्नु थियो । चीनमा सुधारको लागि केहि दिन देखि आन्दोलन भैरहेको थियो, तर सम्राज्ञी त्जूशी एक प्रतिक्रियावादी शासिका थिइन्। उनी शासन व्यवस्थामा कुनै पनि किसिमको परिवर्तन चाहदैनन् । यस्तो अवस्थामा चीनका देशभक्तहरू मंचु शासन अन्त्य गरेर एक नयाँ क्रान्तिकारी सरकार स्थापना गर्ने सोच बनाए। विदेशी शोषणबाट देशको रक्षाको लागि यो नै एक मात्र उपाय थियो। बक्सर विद्रोह पश्चात चीनका सुधारवादीहरूले शासनलाई केहि सुधार योजना कार्यन्वयन गर्न बाध्य बनाएको थियो। त्यसकारण चीनमा सुधारको एक योजना लागू गरिएको थियो। सेनाको संगठनमा कयौं सुधार गरिए। १९०५ ई. मा चीनको पुरानो परीक्षा पद्धति सामाप्त गर्ने आदेश जारी भयो र चिनियाँ शासन पद्दति लाई आधुनिक ढंगले चलाउने प्रयास भयो। रूस र जापानको युद्धमा जापान विजयी भएपछी चीनमा सुधारवादी आन्दोलनलाई पर्याप्त बल मिल्यो । यस्तो अवस्थामा चीनमा सुधार आन्दोलन ले तीव्र रूप धारण गर्यो, तर सरकारको तर्फबाट सुधार-कार्य अत्यंत सुस्त गतिमा भैरहेको थियो। सुधारवादी मानिसहरू चीनमा संसदीय शासन र संवैधानिक राजसत्ताको स्थापना गर्न चाहन्थे। तर सरकारले संसदीय व्यवस्था कायम गर्ने माग अस्वीकार गर्यो । यस अवस्थामा क्रान्ति हुनु अवश्यंभावी बन्यो।

जनसंख्या वृद्धि[सम्पादन गर्नुहोस्]

१८८५ मा चीनको कुल जनसंख्या ३७ करोड ७० लाख थियो तर १९११ मा यो ४३ करोड पुग्यो । मंचु शासनमा उत्पादन वृद्धिको लागि विशेष प्रयास केहि पनि गरिएन र र खेतीको लागि अतिरिक्त भूमिको व्यवस्था पनि गरिएन। खाद्यान्न उत्पादन तथा फल पैदावरको कमीको कारणले भोकमरी फैलियो र सर्वसाधारणको लागि जीवन निर्वाह गर्नु कठिन बन्दै गयो ।

नयाँ विचारधाराको उदय[सम्पादन गर्नुहोस्]

चीनको नयाँ पिढीमा जागरण आउनु चिनियाँ क्रान्ति को आधारभूत कारण थियो। सन् १९०५ मा चीनमा प्राचीन परीक्षा पद्धति र राजकीय पद्धतिको अन्त्य भयो र राजकीय पदमा नियुक्तिको लाग आधुनिक शिक्षालाई महत्व दिइयो। यसकारण १९०५ पछी धेरै चिनियाँ विद्यार्थीहरू अमेरिका र यूरोप जाने थाले, तर युरोप र अमेरिका जान नसक्ने मानिसहरू जापानमा नै शिक्षा लिन थाले।यश प्रकार चिनियाँहरू विदेशीको सम्पर्कमा आउन थाले। उनीहरू युरोप अमेरिका आदि देशको शासन पद्धतिबाट प्रभावित भए र आफ्नो देशको उद्धारको लागि यी पश्चिमी देशको सुधारको पक्षपाती बने।

यसै समय जापानमा चीन सरकारको कोपाभाजनमा परेका र देशबाट निकालिएका धेरै चिनियाँ देशभक्तहरू थिए। जापानमा यीनिहरूले क्रान्तिकारी संगठन स्थापना गरे। जापान जाने चिनियाँ विद्यार्थीहरू यी क्रान्तिकारी संगठनको सम्पर्कमा आउँथे र स्वदेश फर्कने बेलामा नवीन विचारबाट ओतप्रोत भए।

यिनै नवीन विचारधाराबाट चीनमा क्रान्तिको वतावरण सिर्जना भयो।

आर्थिक अधोगति[सम्पादन गर्नुहोस्]

आर्थिक दृष्टिबाट चिनियाँ जनतामा घोर अशान्ति थियो। चीनको जनसंख्या तीब्र गतिमा बढिरहेको थियो र सरकार बढ्दो जनसंख्यालाई गाँस, बाँस, कपासको प्रबन्ध गर्न असफल भैरहेको थियो। देशमा बाढी पहिरोले खेती किसानीमा निकै क्षति पुर्याएको थियो। १९१०-११ मा चीनको कयौं नदीमा भयंकर बाढी आयो। यसबाट कृषि त नष्ट भयो नै हजारौं गाउँहरू पनि डुबानमा परे। लाखौं मानिसहरू बेघरबार भए र जीविकाको कुनै साधन थिएन। यस्तो स्थितिमा सरकारले जनताको सहायताको लागि कुनै व्यवस्था गरेन। यस्तो प्रकारको आर्थिक स्थितिमा क्रान्तिको विचार आउनु स्वाभाविक थियो।

चीनका मजदूरहरूको प्रभाव[सम्पादन गर्नुहोस्]

क्रान्तिकारी प्रवृत्तिको विकास[सम्पादन गर्नुहोस्]

सनयात सेनको कार्य[सम्पादन गर्नुहोस्]

तात्कालिक कारण[सम्पादन गर्नुहोस्]

१९११ ई. पूर्व सही पेकिङ को केन्द्रीय सरकार विरुद्ध प्रांतीय शासकहरूमा विरोधको भावना विकसित हुदै थियो। पेकिङ को सरकार बाट अनुमति प्राप्त कयौ विदेशी फर्म चीनमा रेल वे लाइनको निर्माण गरिरहेका थिए। चीनका कयौं प्रान्तपतिहरू उनीहरूलाई नै रेल्वे लाइन निर्माण अधिकार मिलोस भन्ने चाहन्थे। तर पेकिङ सरकार यस्तो चाहेन। चीन सरकार विदेशी संग कर्जा लिएर यो काम पुरा गर्न चाहन्थ्यो। विदेशी कर्जा लिनको लागि चीनको केन्द्रीय सरकार माथि विदेशीको प्रभाव बढिरहेको थियो। यसकारण विभिन्न प्रान्तका शासकहरू निकै चिन्तित थिए र आफ्नो प्रदेशमा रेल निर्माणको अधिकार उनीहरूलाई नै प्रदान गरियोस् भन्ने चाहन्थे। यस विषयमा केन्द्रीय र प्रांतीय सरकार बीच मतभेद निकै बढ्दै गयो। प्रान्तमा केन्द्रीय शासनको नीति को कारण असन्तोष बढ्दै गयो र यसै समय जब एक विदेशी कम्पनीलाई रेल्वे लाइन बनाउने अधिकार दिइयो तब क्रान्ति को लहर चारै तर्फ फैलियो। अनेक स्थानमा मञ्चू शासनको विरुद्ध विद्रोह शुरू भयो।

क्रान्तिको घटनाक्रम[सम्पादन गर्नुहोस्]

पेकिङ मा संवैधानिक सरकार[सम्पादन गर्नुहोस्]

युआन शिकाई

यी घटनाबाट पेकिङमा हलचल फैलियो। सरकारले युआन शीह काई (Yuan Shikai) लाई हुपेलहुनान को गभर्नर नियुक्त गर्यो। उनले यो पद सम्हाल्नको लागि सर्तहरू राखे:

  1. अर्को साल संसद बैठक बोलाइनेछ, उनी प्रति उत्तरदायी मन्त्रिमण्डल बनाइनेछ।
  2. उनलाई सेना पुनर्गठन गर्ने सम्पूर्ण अधिकार दिइनेछ र क्रान्तिकारी दललाई मान्यता दिइनेछ।

२७ अक्टोबर मा युआनलाई सम्पूर्ण सेनाको उच्चाधिकारी नियुक्त गरियो।

यसै बीच उसने २२ अक्टोबर १९११ मा केन्द्रीय संसद बैठक बोलाइयो। संसदमा यो समय शासनमा सुधार गर्ने प्रस्ताव गरिएको थियो। संसदमा विदेशीको समर्थक रहेका पदाधिकारीहरूलाई अपदस्त गरिनुपर्ने माग उठ्यो। राजा बाध्य भएर यो काम गर्नु पर्यो र बिदेशीको समर्थक सबै अधिकारीहरूलाई बर्खास्त गरियो।

यो समय शासन व्यवस्था सञ्चालन गर्न एक योग्य व्यक्तिलाई दिनु एक आवस्यक कुरा थियो। जो अव्यव्स्था र विद्रोहको अन्त्य गरि देशमा अमन शान्ती कायम गर्न सकोस्। यो कामको जिम्मेवारी युआन शीह काई लाई दिइयो। १ नोबेम्बर १९११ मा उनलाई प्रधानमन्त्री नियुक्त गरियो। यसै बीच संसदले उन्नाइस धाराको संवैधानिक राजतन्त्र सहितको एक संविधान तयार गर्यो। १६ नोभेम्बर १९११ मा युआन शीह काई ले आफ्नो सरकार बनाए।

सनयात सेनको आगमन[सम्पादन गर्नुहोस्]

क्रान्तिको परिणाम[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. Li, Xiaobing. [2007] (2007). A History of the Modern Chinese Army. University Press of Kentucky. आइएसबिएन ०-८१३१-२४३८-७, आइएसबिएन ९७८-०-८१३१-२४३८-४. pp. 13, 26–27.