चीनको क्रान्ति, सन् १९११
| Xinhai Revolution 辛亥革命 | |||||||
|---|---|---|---|---|---|---|---|
| Anti-Qing Movementsको भाग | |||||||
Nanjing Road (Nanking Road) in Shanghai after the Shanghai Uprising, hung with the Five Races Under One Union flags then used by the revolutionaries in Shanghai and Northern China. | |||||||
| |||||||
| योद्धा | |||||||
|
| ||||||
| सेनापतिहरू | |||||||
|
Various other nobles of the Qing dynasty |
| ||||||
| शक्ति | |||||||
| 200,000 |
100,000 unknown | ||||||
| मृत्यु र क्षति | |||||||
| ~170,000 |
~50,000 unknown | ||||||
| चीनको क्रान्ति, सन् १९११ | |||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| "Xinhai Revolution" in Chinese characters | |||||||||||||||||||||
| चिनियाँ | 辛亥革命 | ||||||||||||||||||||
| अनुवादित अर्थ | "Xinhai (stem-branch) revolution" | ||||||||||||||||||||
| |||||||||||||||||||||
चीनको १९११को क्रान्तिको नतिजा स्वरुप चीनको अन्तिम राजवंश (चिङ राजवंश)को अन्त्य भयो र गणतन्त्र चीनको स्थापना भयो। यो एक निकै ठूलो घटना थियो। पछिल्लो तीन सय वर्ष देखि शासनमा रहेको चिङ वंशको समाप्ति यसै क्रान्तिबाट भयो। बिसौं शताब्दीमा चीन एशियाको प्रथम देश थियो, जहाँ गणतान्त्रिक सरकारको स्थापना भएको थियो। चीनका क्रान्तिकारिहरूले फ्रान्सेली क्रान्तिकारीहरूको अनुकरण गरे र राजतन्त्रको बिदाइ गरे।
यसको सफलताले चिनियाँ राजतन्त्रको पतन, चीनमा 2,132 वर्षको शाही शासनको अन्त्य र 276 वर्षको किंग राजवंशको अन्त्य र चीनको प्रारम्भिक गणतन्त्र युगको सुरुवात।[१]
पृष्ठभुमि
[सम्पादन गर्नुहोस्]
१८४२ को पहिलो अफिम युद्धमा पश्चिमासंग पराजित भएपछि , परम्परावादी दरबारी संस्कृतिले सुधारका प्रयासहरूलाई बाधा पुर्यायो र स्थानीय अधिकारीहरूलाई अधिकार सुम्पन चाहेन। १८६० को दोस्रो अफिम युद्धमा पराजय भोगेपछि, किङ राजवंशले आत्म-सुदृढीकरण अभियान मार्फत पश्चिमी प्रविधिहरू अपनाएर आधुनिकीकरणको प्रयास सुरु गरे। ताइपिङ बिद्रोह (१८५१-१८६४), नियाअन बिद्रोह (१८५१-१८६८), प्यान्थे बिद्रोह (१८५६-१८७३), र डुङान बिद्रोह (१८६२-१८७७) मा, दरबार स्थानीय अधिकारीहरूले खडा गरेको सेनामा निर्भर थियो। [२] पश्चिमी नौसेना र हतियार प्रविधि आयातमा सापेक्षिक सफलताको एक पुस्ता पछि, १८९५ मा पहिलो चीन-जापानी युद्धमा पराजय अझ अपमानजनक थियो र धेरैलाई संस्थागत परिवर्तनको आवश्यकतामा विश्वस्त गरायो।[३] दरबारले युआन शिकाईको नेतृत्वमा नयाँ सेना स्थापना गर्यो, र धेरैले निष्कर्ष निकाले कि प्राविधिक र व्यावसायिक प्रगति सफल हुनको लागि चिनियाँ समाजलाई पनि आधुनिकीकरण गर्न आवश्यक छ।
१८९८ मा, गुआङ्सु सम्राटले काङ युवेई र लियाङ किचाओ जस्ता सुधारकहरूतर्फ ध्यान खिचे, जसले जापानमा भएका सुधारहरूबाट धेरै हदसम्म प्रेरित कार्यक्रम प्रस्ताव गरे। उनीहरूले शिक्षा, सैन्य र अर्थतन्त्रमा आधारभूत सुधारको प्रस्ताव राखे, जसलाई सय दिनको सुधार भनिन्थ्यो। [३] महारानी डोवागर सिक्सीको नेतृत्वमा भएको पुरातनवादी विद्रोहले सुधार अचानक रद्द गर्यो।[४] सम्राटलाई जुन १८९८ मा घरमै नजरबन्दमा राखिएको थियो, जहाँ उनी १९०८ मा आफ्नो मृत्यु नहोउन्जेलसम्म रहे।[२] सुधारक काङ र लियाङ मृत्युदण्डबाट बच्न आफैं निर्वासनमा लगे। युआन जस्ता अधिकारीहरूको समर्थनमा १९०८ मा उनको मृत्यु नहोउन्जेलसम्म महारानी डोवागरले नीति नियन्त्रण गरिन्। महारानी डोवागरद्वारा प्रोत्साहित गरिएको बक्सर विद्रोहमा विदेशीहरू र चिनियाँ ईसाईहरूमाथि आक्रमणले १९०० मा बेइजिङमा अर्को विदेशी आक्रमणलाई निम्त्यायो।
क्रान्तिको कारणहरू
[सम्पादन गर्नुहोस्]विदेशी शोषण विरूद्ध प्रतिक्रिया
[सम्पादन गर्नुहोस्]अन्तराष्ट्रिय जगतमा चीनले सधैं आफूलाई सर्वश्रेष्ठ राष्ट्र मान्ने गर्छ। तर दुई अफिम युद्धमा पराजित भएपछि चीनको सम्पूर्ण स्वाभिमान र गर्व चकनाचुर भयो। जब युरोपेली लुटेराहरूले चीनको ढोका जबर्जस्ती खोलेर चीनमाथि आर्थिक प्रभुत्व कायम राख्न युरोपेली देशहरूमा एक भीषण होड सुरु भयो। चीनका केही देशभक्त नागरिक आफ्नो देशको यो दुर्दशा देखेर निकै चिन्तित थिए। उनीहरूले "जबसम्म चीनलाई विदेशीबाट छुटकारा मिल्दैन , तबसम्म उनीहरूको अवस्थामा कुनै सुधार हुँदैन" भन्ने कुरा बुझेका थिए। उनीहरू मंचू-शासनलाई चिनियाँ जनताको विदेशीहरू द्वारा चिनियाँ जनताको शोषणको लागि उत्तरदायी मान्थे । त्यसैले विदेशीहरूको विरोध गर्नको लागि र मंचू-शासनको अन्त्य गर्नको लागि उनीहरू आफ्नो संगठन बनाउन थाले। १९औं शताब्दीको अन्तमा विदेशीहरूद्वारा शोषण यस किसिमले बढ्यो कि चिनका नागरिक हरूको अगाडि विदेशी शोषणबाट छुटकारा प्राप्त गर्नको लागि अब एक व्यापक क्रान्ति बाहेको आर्को विकल्प थिएन।
सुधारकार्यको असफलता
[सम्पादन गर्नुहोस्]यस्तो स्थितिमा देशलाई विद्रोह/ क्रान्तिबाट बचाउने एक उपाय -शासन व्यवस्थामा सुधार गर्नु थियो । चीनमा सुधारको लागि केहि दिन देखि आन्दोलन भैरहेको थियो, तर सम्राज्ञी त्जूशी एक प्रतिक्रियावादी शासिका थिइन्। उनी शासन व्यवस्थामा कुनै पनि किसिमको परिवर्तन चाहदैनन् । यस्तो अवस्थामा चीनका देशभक्तहरू मंचु शासन अन्त्य गरेर एक नयाँ क्रान्तिकारी सरकार स्थापना गर्ने सोच बनाए। विदेशी शोषणबाट देशको रक्षाको लागि यो नै एक मात्र उपाय थियो। बक्सर विद्रोह पश्चात चीनका सुधारवादीहरूले शासनलाई केहि सुधार योजना कार्यन्वयन गर्न बाध्य बनाएको थियो। त्यसकारण चीनमा सुधारको एक योजना लागू गरिएको थियो। सेनाको संगठनमा कयौं सुधार गरिए। १९०५ ई. मा चीनको पुरानो परीक्षा पद्धति सामाप्त गर्ने आदेश जारी भयो र चिनियाँ शासन पद्दति लाई आधुनिक ढंगले चलाउने प्रयास भयो। रूस र जापानको युद्धमा जापान विजयी भएपछी चीनमा सुधारवादी आन्दोलनलाई पर्याप्त बल मिल्यो । यस्तो अवस्थामा चीनमा सुधार आन्दोलन ले तीव्र रूप धारण गर्यो, तर सरकारको तर्फबाट सुधार-कार्य अत्यंत सुस्त गतिमा भैरहेको थियो। सुधारवादी मानिसहरू चीनमा संसदीय शासन र संवैधानिक राजसत्ताको स्थापना गर्न चाहन्थे। तर सरकारले संसदीय व्यवस्था कायम गर्ने माग अस्वीकार गर्यो । यस अवस्थामा क्रान्ति हुनु अवश्यंभावी बन्यो।
जनसंख्या वृद्धि
[सम्पादन गर्नुहोस्]१८८५ मा चीनको कुल जनसंख्या ३७ करोड ७० लाख थियो तर १९११ मा यो ४३ करोड पुग्यो । मंचु शासनमा उत्पादन वृद्धिको लागि विशेष प्रयास केहि पनि गरिएन र र खेतीको लागि अतिरिक्त भूमिको व्यवस्था पनि गरिएन। खाद्यान्न उत्पादन तथा फल पैदावरको कमीको कारणले भोकमरी फैलियो र सर्वसाधारणको लागि जीवन निर्वाह गर्नु कठिन बन्दै गयो ।
नयाँ विचारधाराको उदय
[सम्पादन गर्नुहोस्]चीनको नयाँ पिढीमा जागरण आउनु चिनियाँ क्रान्ति को आधारभूत कारण थियो। सन् १९०५ मा चीनमा प्राचीन परीक्षा पद्धति र राजकीय पद्धतिको अन्त्य भयो र राजकीय पदमा नियुक्तिको लाग आधुनिक शिक्षालाई महत्व दिइयो। यसकारण १९०५ पछी धेरै चिनियाँ विद्यार्थीहरू अमेरिका र यूरोप जाने थाले, तर युरोप र अमेरिका जान नसक्ने मानिसहरू जापानमा नै शिक्षा लिन थाले।यश प्रकार चिनियाँहरू विदेशीको सम्पर्कमा आउन थाले। उनीहरू युरोप अमेरिका आदि देशको शासन पद्धतिबाट प्रभावित भए र आफ्नो देशको उद्धारको लागि यी पश्चिमी देशको सुधारको पक्षपाती बने।
यसै समय जापानमा चीन सरकारको कोपाभाजनमा परेका र देशबाट निकालिएका धेरै चिनियाँ देशभक्तहरू थिए। जापानमा यीनिहरूले क्रान्तिकारी संगठन स्थापना गरे। जापान जाने चिनियाँ विद्यार्थीहरू यी क्रान्तिकारी संगठनको सम्पर्कमा आउँथे र स्वदेश फर्कने बेलामा नवीन विचारबाट ओतप्रोत भए।
यिनै नवीन विचारधाराबाट चीनमा क्रान्तिको वतावरण सिर्जना भयो।
आर्थिक अधोगति
[सम्पादन गर्नुहोस्]आर्थिक दृष्टिबाट चिनियाँ जनतामा घोर अशान्ति थियो। चीनको जनसंख्या तीब्र गतिमा बढिरहेको थियो र सरकार बढ्दो जनसंख्यालाई गाँस, बाँस, कपासको प्रबन्ध गर्न असफल भैरहेको थियो। देशमा बाढी पहिरोले खेती किसानीमा निकै क्षति पुर्याएको थियो। १९१०-११ मा चीनको कयौं नदीमा भयंकर बाढी आयो। यसबाट कृषि त नष्ट भयो नै हजारौं गाउँहरू पनि डुबानमा परे। लाखौं मानिसहरू बेघरबार भए र जीविकाको कुनै साधन थिएन। यस्तो स्थितिमा सरकारले जनताको सहायताको लागि कुनै व्यवस्था गरेन। यस्तो प्रकारको आर्थिक स्थितिमा क्रान्तिको विचार आउनु स्वाभाविक थियो।
चीनका मजदूरहरूको प्रभाव
[सम्पादन गर्नुहोस्]क्रान्तिकारी प्रवृत्तिको विकास
[सम्पादन गर्नुहोस्]सनयात सेनको कार्य
[सम्पादन गर्नुहोस्]तात्कालिक कारण
[सम्पादन गर्नुहोस्]१९११ ई. पूर्व सही पेकिङ को केन्द्रीय सरकार विरुद्ध प्रांतीय शासकहरूमा विरोधको भावना विकसित हुदै थियो। पेकिङको सरकार बाट अनुमति प्राप्त कयौ विदेशी फर्म चीनमा रेल वे लाइनको निर्माण गरिरहेका थिए। चीनका कयौं प्रान्तपतिहरू उनीहरूलाई नै रेल्वे लाइन निर्माण अधिकार मिलोस भन्ने चाहन्थे। तर पेकिङ सरकार यस्तो चाहेन। चीन सरकार विदेशी संग कर्जा लिएर यो काम पुरा गर्न चाहन्थ्यो। विदेशी कर्जा लिनको लागि चीनको केन्द्रीय सरकार माथि विदेशीको प्रभाव बढिरहेको थियो। यसकारण विभिन्न प्रान्तका शासकहरू निकै चिन्तित थिए र आफ्नो प्रदेशमा रेल निर्माणको अधिकार उनीहरूलाई नै प्रदान गरियोस् भन्ने चाहन्थे। यस विषयमा केन्द्रीय र प्रांतीय सरकार बीच मतभेद निकै बढ्दै गयो। प्रान्तमा केन्द्रीय शासनको नीति को कारण असन्तोष बढ्दै गयो र यसै समय जब एक विदेशी कम्पनीलाई रेल्वे लाइन बनाउने अधिकार दिइयो तब क्रान्ति को लहर चारै तर्फ फैलियो। अनेक स्थानमा मञ्चू शासनको विरुद्ध विद्रोह शुरू भयो।
क्रान्तिको घटनाक्रम
[सम्पादन गर्नुहोस्]पेकिङमा संवैधानिक सरकार
[सम्पादन गर्नुहोस्]
यी घटनाबाट पेकिङमा हलचल फैलियो। सरकारले युआन शीह काई (Yuan Shikai) लाई हुपेल र हुनान को गभर्नर नियुक्त गर्यो। उनले यो पद सम्हाल्नको लागि सर्तहरू राखे:
- अर्को साल संसद बैठक बोलाइनेछ, उनी प्रति उत्तरदायी मन्त्रिमण्डल बनाइनेछ।
- उनलाई सेना पुनर्गठन गर्ने सम्पूर्ण अधिकार दिइनेछ र क्रान्तिकारी दललाई मान्यता दिइनेछ।
२७ अक्टोबर मा युआनलाई सम्पूर्ण सेनाको उच्चाधिकारी नियुक्त गरियो।
यसै बीच उसने २२ अक्टोबर १९११ मा केन्द्रीय संसद बैठक बोलाइयो। संसदमा यो समय शासनमा सुधार गर्ने प्रस्ताव गरिएको थियो। संसदमा विदेशीको समर्थक रहेका पदाधिकारीहरूलाई अपदस्त गरिनुपर्ने माग उठ्यो। राजा बाध्य भएर यो काम गर्नु पर्यो र बिदेशीको समर्थक सबै अधिकारीहरूलाई बर्खास्त गरियो।
यो समय शासन व्यवस्था सञ्चालन गर्न एक योग्य व्यक्तिलाई दिनु एक आवस्यक कुरा थियो। जो अव्यव्स्था र विद्रोहको अन्त्य गरि देशमा अमन शान्ती कायम गर्न सकोस्। यो कामको जिम्मेवारी युआन शीह काई लाई दिइयो। १ नोबेम्बर १९११ मा उनलाई प्रधानमन्त्री नियुक्त गरियो। यसै बीच संसदले उन्नाइस धाराको संवैधानिक राजतन्त्र सहितको एक संविधान तयार गर्यो। १६ नोभेम्बर १९११ मा युआन शीह काई ले आफ्नो सरकार बनाए।
सनयात सेनको आगमन
[सम्पादन गर्नुहोस्]गणतन्त्रको स्थापना
[सम्पादन गर्नुहोस्]गणतन्त्र चीन घोषणा र राष्ट्रिय झण्डा जारी
[सम्पादन गर्नुहोस्]२९ डिसेम्बर १९११ मा, सन यत-सेन पहिलो अस्थायी राष्ट्रपति चुनिए।[५] १ जनवरी १९१२ लाई गणतन्त्र चीनको पहिलो वर्षको पहिलो दिनको रूपमा चयन गरियो।[६] ३ जनवरीमा, प्रतिनिधिहरूले ली युआनहोङलाई अस्थायी उप-राष्ट्रपतिको रूपमा सिफारिस गरे।[७]
सम्राटद्वारा पदत्याग
[सम्पादन गर्नुहोस्]राजधानीबारे बहस
[सम्पादन गर्नुहोस्]क्रान्तिको परिणाम
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Li, Xiaobing. [2007] (2007). A History of the Modern Chinese Army. University Press of Kentucky. आइएसबिएन ०-८१३१-२४३८-७, आइएसबिएन ९७८-०-८१३१-२४३८-४. pp. 13, 26–27.
- ↑ २.० २.१ Wang 1998, पृष्ठ. 106, 344.
- ↑ ३.० ३.१ Bevir, Mark (२०१०), Encyclopedia of Political Theory, Thousand Oaks, CA: Sage, पृ: १६८, आइएसबिएन 978-1-4129-5865-3।
- ↑ Chang, Kang-i Sun; Owen, Stephen (२०१०), The Cambridge History of Chinese Literature 2, Cambridge University Press, पृ: ४४१, आइएसबिएन 978-0-5211-1677-0।
- ↑ Lane, Roger deWardt. [2008] (2008). Encyclopedia Small Silver Coins. आइएसबिएन ०-६१५-२४४७९-३, आइएसबिएन ९७८-०-६१५-२४४७९-२.
- ↑ Welland, Sasah Su-ling. [2007] (2007). A Thousand miles of dreams: The journeys of two Chinese sisters. Rowman Littlefield Publishing. आइएसबिएन ०-७४२५-५३१४-०, आइएसबिएन ९७८-०-७४२५-५३१४-९. p.87.
- ↑ Yu Weichao Yu. [1997] (1997). A Journey into China's Antiquity: Yuan Dynasty, Ming Dynasty, Qing Dynasty. Volume 4. Morning Glory Publishers. आइएसबिएन ७-५०५४-०५१४-४, आइएसबिएन ९७८-७-५०५४-०५१४-१.