डाँस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रगत चुस्दै गरेको डाँस

डाँस एक प्रकारको परजीवी किरा हो। यसको दुइवटा पखेटा र छ वटा खुट्टा हुन्छ। हेर्दा झिँगा जस्तै देखिने यो किरा पनि झिंगा समुह भित्र पर्ने किरा हो। डाँसको आकार झिंगाभन्दा केही ठुलो हुन्छ। पहाडीभेग तिर चैतको अन्तिमदेखि लगेर भदौ सम्म देखिने यो परजीवीले पशु तथा मान्छेको रगत चुसेर खाने गर्दछ। डाँसलाई आगोको धुवाँ लगाएर भगाउन सकिन्छ। दिनमा जङ्गलमा गएका पशु लगाएत मान्छेको डाँसले रगत चुस्ने गर्दछ त्यस्तै साँझ पख र बिहान पख डाँस आहाराको खोजीमा मान्छे तथा पशु भएको ठाउँमा गएर रगत चुस्ने गर्छ । डाँस रातीमा पानी नपर्ने ठाउँ जस्तै ओडार र रुखको टोडकामा बसेको पाइन्छ। कहिले कतै रगत चुस्न लागेको बेलामा झुक्याएर मात्र मार्न सकिने डाँस निकै चलाख हुन्छ। भनिन्छ डाँसले आफुलाई कुनै खतरा हुनु भन्दा पहिले नै त्यो खतराको जानकारी पाइसकेको हुन्छ। यसको टोकाइबाट विभिन्न रोगहरु सर्न सक्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]