इँटबुट्टे पुतली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इँटबुट्टे पुतली
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
वर्ग:
इङ्सेक्टा
गण:
लेपिडोपट्रा
कुल:
प्लुटेलिडा
वंश:
Plutella
प्रजाति:
P. xylostella
वैज्ञानिक नाम
Plutella xylostella
(Linnaeus, 1758)
पर्याय
  • Phalaena xylostella Linnaeus, 1758
  • Phalaena tinea xylostella Linnaeus, 1758
  • Cerostoma xylostella (Linnaeus, 1777)
  • Cerostoma maculipennis Curtis, 1832
  • Plutella maculipennis
  • Plutella albovenosa (Walsingham, 1907)
  • Plutella karsholtella Baraniak, 2003
  • Plutella cruciferarum Zeller, 1843
  • Plutella brassicella Fitch, 1856
  • Plutella limbipennella Clemens, 1860
  • Plutella mollipedella Clemens, 1860
  • Gelechia cicerella Rondani, 1876
  • Tinea galeatella Mabille, 1888
  • Plutella dubiosella Beutenmüller, 1889
  • Plutella dudiosalla Moriuti, 1977

इँटबुट्टे पुतली (अङ्ग्रेजी: Diamondblack moth वा Cabbage Moth, Plutella xylostella) पातको तल्लो भागमा बसी पात कोत्रेर खाइ पातको माथिल्लो झिल्ली मात्र बाँकी राखी नष्ट गर्ने कीरा हुन् ।[१] क्रुसिफेरि बालीको मुख्य किराका रूपमा लिइने यस किरा प्लुटेलोडि परिवारमा पर्दछ ।

जीवन चक्र[सम्पादन गर्नुहोस्]

यसका पखेटा १५ मिलिमिटर हुन्छ भने अगाडिका पखेटा खैरो-खरानी रङका हुन्छन् जसमा डायमन्ड आकारका थोप्लाहरु हुन्छन् । भाले पुतलीका आयु छोटा हुन्छन् भने पोथीका तीन देखि चार हप्ता हुने गर्दछ ।

कृषिमा असर[सम्पादन गर्नुहोस्]

लार्भाले मुख्य रूपमा क्रसिफेरी परिवारका पात, फूल, र बिउलाई हसर गर्दछ । लार्भा सानो भएपनि धेरै भएको अवस्थामा पातहरु पूरा नष्ट गर्ने गर्दछ र बन्दा, ब्रोकाउली र काउलीलाई पूर्ण रूपमा नष्ट पार्न पनि सक्दछ । मुख्यत: त्यति बढी चिसो नभएको ठाउँमा यो रहन्छ ।

समाधान[सम्पादन गर्नुहोस्]

काउली समूहका तरकारी बालीहरूको बाँकी रहेका अवशेष नष्ट गर्नुपर्छ । बेर्ना सारेको २० दिनदेखि निम मार्क ३–५ एम.एल/ली. पानीमा झोल बनाइ छर्ने र १५–१५ दिनको फरकमा पुनः छरी रहनु पर्छ । जैविक विषादी का रूपमा रहेको ब्यासिलस थुरेन्जेन्सिस (बि.टि.) नामक पदार्थ ०.५ किलोग्राम/हे.को दरले प्रयोग गर्न सकिन्छ । किटनाशक रसायनको प्रयोग :फेनवेलरेट २ ०.७५–१.०/ केलडान ५० ए.पी. २ २.०/न्यूकिल्न १० ई.सी. १.५/डुनेट १२.५ एल २ ६–९ एम.एल. वा ग्राम प्रति लीटर पानीमा १ एम.एल. स्टीकर मिसाई छर्नुपर्छ । बेर्ना सारेको १० दिन पछि २५ के.जी. केलडान (४ जी.) माटोमा छर्नुपर्छ । विषादी प्रतिरोधात्मक शक्ति यसमा विकास भएको पाइनु पनि यसको मुख्य समस्या बनेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. N. S. Talekar; A. M. Shelton (१९९३), "Biology, ecology and management of the diamondback moth", Annual Review of Entomology 38: 275–301, डिओआई:10.1146/annurev.en.38.010193.001423 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]