बन्दाको पुतली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

बन्दाको पुतली भन्नाले काउली समूहका तरकारीहरू, विशेषतः बन्दागोभीलाई हानी पुर्याउने किराहरू हुन् । यो पाइरिडि परिवारमा पर्दछ ।

बनोट[सम्पादन गर्ने]

अण्डा[सम्पादन गर्ने]

यस किराका अन्डा पहेँला रङका हुन्छन् र चौबिस घन्टा पछि गाडा पहेँलो रङका बन्छन्, अन्तमा लार्भा निस्कने समयमा काला रङमा परिवर्तन हुन्छन् ।[१]

काउलीका पातमा रहेका यस किराका अन्डाहरू

लार्भा[सम्पादन गर्ने]

ठुला सेता लार्भा वयस्क बन्न चार तह पार गर्छन् ।[२] पहिलो तह अण्डाबाट निस्किए पछि हुन्छ । लार्भाहरू पहेँला हुन्छन्, टाउका खैरा हुन्छन् र शरीर कमलो हुन्छ । दोस्रो चरणमा यसका शरीरभरि काला रौँ देखिन्छन् । तेस्रो चरण पश्चात् यसका क्रियाकलाप बढ्न थाल्छ र धेरै खन्चुवा बन्छन् । यसले काउली परिवारका बोटहरूलाई नोक्सान गर्छ । तेस्रो चरण पछि यिनिहरू पूर्ण रुपमा पहेँला देखिन्छन् । यति बेला टाउका खरानी-काला रङको हुन्छ । यस क्रममा यो धेरै खाने र छिटो बढ्ने विशेषता देखाउँछन् ।[१][३]

वयस्क[सम्पादन गर्ने]

वयस्क भाले र पोथीको पखेटा सेता रङकट हुन्छन् भने टुप्पामा काला रङ हुन्छन् । पोथीको अघिल्लो पखेटामा दुइटा गोलाकारमा काला धब्बाहरू देखिन्छन्, पछिल्ला पखेटाको भित्री किनारमा एक एक वट ठूलो काला धब्बा साथै बाहिरी किनारमा ४-५ वटा साना धब्बाहरू हुन्छन् । ठुला पुतलीको पेखेटा साधारणत: ५ देखि ६.५ सेमी हुन्छन् ।[१]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ Molet, T. 2011. CPHST Pest Datasheet for Pieris brassicae. USDA-APHIS-PPQ-CPHST.
  2. Bhubaneshwari; A. Kananbala; L. Joymati; L. Ronikumar; A. Binarani (डिसेम्बर २०१२), "Morphometric Measurement of Cabbage Butterfly Pieris Brassicae Linn (Lepidoptera: Pieridae) in the Agro-Ecosystem of Manipur", International Journal of Basic and Applied Medical Sciences 2 (3): 31–33, अभिगमन मिति १ डिसेम्बर २०१३ 
  3. Metspalu, L., K. Hiiesaar, J. Joudu, and A. Kuusik. "Influence of Food on Growth, Development and Hibernation of Large White Butterfly." Agronomy Research 1 (2003): 85-92. Print.