बन्दाको पुतली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बन्दाको पुतली
वयस्क भाले
वयस्क पोथी
वैज्ञानिक वर्गीकरण edit
Unrecognized taxon (fix): Pieris (butterfly)
प्रजाति:
Template:Taxonomy/Pieris (butterfly)P. b. (ब्रासिकि)
वैज्ञानिक नाम
Template:Taxonomy/Pieris (butterfly)Pieris brassicae (ब्रासिकि)
(Linnaeus, 1758)
पर्याय
  • Papilio brassicae Linnaeus, 1758

बन्दाको पुतली (Pieris brassicae) भन्नाले काउली समूहका तरकारीहरू, विशेषतः बन्दालाई हानी पुर्याउने किरा हुन् । यो पाइरिडि परिवारमा पर्दछ ।

बनोट[सम्पादन गर्नुहोस्]

अण्डा[सम्पादन गर्नुहोस्]

यस किराका अन्डा पहेँला रङका हुन्छन् र चौबिस घन्टा पछि गाडा पहेँलो रङका बन्छन्, अन्तमा लार्भा निस्कने समयमा काला रङमा परिवर्तन हुन्छन् ।[१]

काउलीका पातमा रहेका यस किराका अन्डाहरू

लार्भा[सम्पादन गर्नुहोस्]

ठुला सेता लार्भा वयस्क बन्न चार तह पार गर्छन् ।[२] पहिलो तह अण्डाबाट निस्किए पछि हुन्छ । लार्भाहरू पहेँला हुन्छन्, टाउका खैरा हुन्छन् र शरीर कमलो हुन्छ । दोस्रो चरणमा यसका शरीरभरि काला रौँ देखिन्छन् । तेस्रो चरण पश्चात् यसका क्रियाकलाप बढ्न थाल्छ र धेरै खन्चुवा बन्छन् । यसले काउली परिवारका बोटहरूलाई नोक्सान गर्छ । तेस्रो चरण पछि यिनिहरू पूर्ण रूपमा पहेँला देखिन्छन् । यति बेला टाउका खरानी-काला रङको हुन्छ । यस क्रममा यो धेरै खाने र छिटो बढ्ने विशेषता देखाउँछन् ।[१][३]

वयस्क[सम्पादन गर्नुहोस्]

वयस्क भाले र पोथीको पखेटा सेता रङका हुन्छन् भने टुप्पामा काला रङ हुन्छन् । पोथीको अघिल्लो पखेटामा दुइटा गोलाकारमा काला धब्बाहरू देखिन्छन्, पछिल्ला पखेटाको भित्री किनारमा एक एक वट ठूलो काला धब्बा साथै बाहिरी किनारमा ४-५ वटा साना धब्बाहरू हुन्छन् । ठुला पुतलीको पेखेटा साधारणत: ५ देखि ६.५ सेमी हुन्छन् ।[१]

कृषिमा असर[सम्पादन गर्नुहोस्]

यस पुतली चिन, नेपाल, भारत र रसिया जस्ता मुलुकमा ४०% उत्पादनमा ह्रास ल्याउने कारकका रूपमा रहेका छ ।[४]

रोकथाम[सम्पादन गर्नुहोस्]

हातले फूल, लार्भा र प्यूपाहरू नष्ट गर्न सकिन्छ । इट्रेपिड किटनाशक १.५–२ एम.एल. प्रतिलिटर पानीमा १ एम.एल. स्टीकर हाली छर्न सकिन्छ । साइपरमेथ्रिन (२० र्इं.सी.) १ एम.एल. प्रति लीटर पानीमा झोल बनाइ छर्ने ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ Molet, T. 2011. CPHST Pest Datasheet for Pieris brassicae. USDA-APHIS-PPQ-CPHST.
  2. Bhubaneshwari; A. Kananbala; L. Joymati; L. Ronikumar; A. Binarani (डिसेम्बर २०१२), "Morphometric Measurement of Cabbage Butterfly Pieris Brassicae Linn (Lepidoptera: Pieridae) in the Agro-Ecosystem of Manipur", International Journal of Basic and Applied Medical Sciences 2 (3): 31–33, अन्तिम पहुँच १ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ३ डिसेम्बर २०१३ मिति
  3. Metspalu, L., K. Hiiesaar, J. Joudu, and A. Kuusik. "Influence of Food on Growth, Development and Hibernation of Large White Butterfly." Agronomy Research 1 (2003): 85-92. Print.
  4. "Pieris brassicae", अन्तिम पहुँच २१ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ३ डिसेम्बर २०१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]