ढाँचा:प्रमुख लेख/दार्जिलिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दार्जिलिङ हिमालयन रेलवे

दार्जिलिङ भारतको पश्चिम बङ्गाल राज्यको उत्तरी क्षेत्रमा पर्ने एउटा नगरपालिका हो। पूर्वी हिमालयमा अवस्थित, यसको औसत उचाइ २,०४५ मिटर (६,७०९ फिट) छ। दार्जिलिङको पश्चिममा नेपालको सबैभन्दा पूर्वी प्रदेश, पूर्वमा भुटान राज्य, उत्तरमा भारतीय राज्य सिक्किम र टाढा उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र रहेको छ। बङ्गलादेश दक्षिण र दक्षिणपूर्वमा अवस्थित छ, र पश्चिम बङ्गाल राज्यको अधिकांश भाग दक्षिण र दक्षिणपश्चिममा अवस्थित छ, दार्जिलिङ क्षेत्रसँग साँघुरो बाटोले जोडिएको छ। कञ्चनजङ्घा, विश्वको तेस्रो-अग्लो हिमाल, उत्तरतिर उक्लिएको छ र स्पष्ट दिनहरूमा स्पष्ट रूपमा देखिन्छ। (पूरा  पढ्नुहोस्...)

हालसालै प्रदर्शित: