ढाँचा:प्रमुख लेख/बङ्गाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{2}}}

बङ्गाल पाकिस्तानको विभाजन भन्दा पहिला भारतीय उपमहाद्वीपमा भारतको एक संयुक्त प्रान्त थियो। पश्चिम बङ्गाल, बङ्गलादेश र केही छिमेकी प्रान्त जस्तै बिहार, उडिसा आदिका केही भू-भाग बङ्गाल क्षेत्रमा पर्ने गर्दथ्यो। पाकिस्तान विभाजन पछि बङ्गाल क्षेत्रको पूर्वी भाग (पूर्व बङ्गाल) पूर्व पाकिस्तान बनेको थियो। पछि पूर्व पाकिस्तान पाकिस्तानबाट विभाजित भएर बङ्गलादेश नामबाट एउटा देश बनेपछि ढाकालाई देशको राजधानी बनाइएको थियो। पूर्व बङ्गाल बङ्गलादेशमा परिणत भएपनि पश्चिम बङ्गाल अहिले पनि भारतको एक प्रान्तको रूपमा छ जसको प्रान्तीय राजधानी कलकत्ता हो।

राजनैतिक रूपमा बङ्गाललाई पूर्वमा बङ्गलादेश र भारतीय राज्य पश्चिम बङ्गालमा विभाजन गरिएको छ। बङ्गाल सल्तनत र औपनिवेशिक कालखण्डमा यस क्षेत्रलाई आधुनिक बिहार, झारखण्ड, उडिसा, असम, त्रिपुरा, मिजोरम, मेघालय, नागाल्यान्ड र भारतको मणिपुर राज्यहरू र बर्माका केही भागहरू समावेश थिए।(पूरा  पढ्नुहोस्...)