ढाँचा:प्रमुख लेख/रूख कटहर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रूख कटहर

रूख कटहर विभिन्न ग्रीष्मकालीन फलहरू मध्ये एक महत्त्वपूर्ण फल हो। यो नेपाल बाहेक भारत, म्यानमार, श्रीलङ्का, दक्षिणी चीन, केन्या, युगान्डा, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, ब्राजिल, ग्रीष्म अमेरिका, वेस्ट इन्डिज आदि देशहरूमा खेती गर्ने गरिन्छ। रूख कटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ जसमा कटहर, रूख कटहर, काँडेफल आदि समावेश छन्। संसारका फलहरू मध्ये सबैभन्दा ठूलो फल कटहरको हो। यो फल विशेष गरि तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ। यसको गुदी कोया सुगर र भिटामिनहरूको मूख्य स्रोत हो। यसको बीउमा प्रोटिन, कार्बोहाइड्रेट र खनिज तत्वहरू पाइन्छ । यसको फलमा भिटामिन ए र सीको साथै अनैकौ खनिज तत्वहरू पाइन्छ। यसको आर्थिक, सांस्कृतिक तथा धार्मिक महत्त्व रहेकोले पनि उपयोगिता बढेको छ। यी सबै विशेषताहरूले हाल देखा पर्ने खाद्यान्न सङ्कटलाई तथा कुपोषण समस्यालाई समाधान गर्न अति उपयोगी सिद्ध भएको छ। यस्को उत्पत्ति भारतको पश्चिमी भेगको वर्षे वनमा भएको मानिन्छ। त्यसपछि भारतको अरु भागमा, दक्षिणी एसिया, फिलिपिन्स, मध्य र पूर्वी अफ्रिकामा फैलिदै ब्राजिलसुरिनाममा प्रसिद्ध भएको छ। (पूरा  पढ्नुहोस्...)