द डार्क नाइट (चलचित्र)
द डार्क नाइट The Dark Knight | |
---|---|
![]() रङ्गमञ्च प्रदर्शित पोस्टर | |
निर्देशक | क्रिस्टोफर नोलन |
निर्माता |
|
पटकथा |
|
कथा |
|
आधारित | Characters appearing in comic books published लेखक: DC Comics |
कलाकार | |
सङ्गीत | |
छायाङ्कन | वाली फिस्टर |
सम्पादक | ली स्मिथ |
उत्पादन कम्पनीहरू |
|
वितरक | वार्नर ब्रोस पिक्चर्स |
प्रदर्शन मिति |
|
समयावधि | १५२ मिनेट[१] |
देश | |
भाषा | अङ्ग्रेजी |
लगानी | $१८५ मिलियन[३] |
कमाइ | $१.००५ बिलियन[३] |
द डार्क नाइट (अङ्ग्रेजी: The Dark Night) क्रिस्टोफर नोलनद्वारा निर्देशित, निर्माण र सह-लिखित सन् २००८ को सुपरहिरो चलचित्र हो। डिसी कमिक्स चरित्र ब्याटम्यानमा आधारित, चलचित्र नोलनको 'द डार्क नाइट ट्रिलोजी'को दोस्रो भाग हो र २००५ को 'ब्याटम्यान बिगिन्स'को उत्तरकथा हो, जसमा क्रिस्टियन बेल, माइकल केन, हिथ लेजर, गेरी ओल्डमन, एरन एकहार्ट, म्याग्गी जिलेनहाल र मोर्गन फ्रिम्यानले अभिनय गरेका छन्। चलचित्रमा ब्रुस वेन / ब्याटम्यान (बेल), पुलिस लेफ्टिनेन्ट जेम्स गोर्डन (ओल्डमन) र जिल्ला अटर्नी हार्वे डेन्ट (एकहार्ट) गोथम शहरमा सङ्गठित अपराध उन्मूलन गर्न एक गठबन्धन गठन गर्छन्, तर जोकर (लेजर) भनेर चिनिने एक अराजकतावादी मास्टरमाइन्डले धम्की दिन्छन्, जसले ब्याटम्यानको प्रभावलाई कमजोर पार्दछ र शहरलाई अराजकतामा पार्दछ।
जुलाई १८, २००८ मा प्रदर्शित भएपछि, 'द डार्क नाइट'ले महत्त्वपूर्ण आलोचनात्मक र व्यावसायिक सफलता हासिल गरेको थियो। विश्वव्यापी १ अर्ब डलरभन्दा बढीको आम्दानीको साथमा, यो २००८ को सबैभन्दा बढी कमाउने चलचित्र बनेको थियो र अहिलेसम्मको ४६औं सर्वाधिक कमाई गर्ने चलचित्र हो, जुन मुद्रास्फीतिको लागि अनुपयुक्त छ (प्रदर्शनको समयमा चौथो); यसले १५८ मिलियन डलरको साथ सबैभन्दा बढी कमाउने घरेलु उद्घाटनको कीर्तिमान पनि स्थापित गरेको थियो, जुन तीन वर्ष सम्म आयोजित गरिएको थियो।[४][५] ८१औं एकेडेमी पुरस्कारमा, चलचित्रले आठ नामाङ्कनहरू प्राप्त गरेको थियो; यसले सर्वश्रेष्ठ ध्वनि सम्पादन पुरस्कार जितेको थियो र लेजरलाई मरणोत्तर सर्वश्रेष्ठ सहायक अभिनेताबाट सम्मानित गरिएको थियो।[६] 'द डार्क नाइट'लाई यसको दशकको सर्वश्रेष्ठ चलचित्रहरू मध्ये एक र अहिलेसम्म निर्मित एक सबैभन्दा राम्रो सुपरहिरो चलचित्र मानिन्छ। ट्रिलोजीको अन्तिम चलचित्र 'द डार्क नाइट राइजेज' जुलाई २०, २०१२ मा प्रदर्शित भएको थियो।
कथानक[सम्पादन गर्ने]
नकाबधारी लुटेराको समुह गोथम शहरको बैङ्क लुट्छन र बैङ्क लुटे पछि एक अर्कालाई मार्छन्। अन्तिम लुटेरा बाच्नु भन्दा पहिले, असली 'जोकर' सबैलाई मारेर लुटेको सबै पैसा लिएर फरार हुन्छ।
डिस्ट्रिक अटार्नी न्यायधिवक्ता, हार्वी डेन्ट शहरलाई यस सङ्गठित अपराध मुक्त गर्नको लागि एक अभियानको अगुवाई गर्छन्, ताकी नागरिकहरू सुरक्षित पूर्वक जिउन सकुन्। पुलिस गोर्डन मार्फत, उनी ब्याटम्यानलाई पनि साझेदारे दिन आग्रह गर्छन्। गार्डन त्यो पाँच बैङ्कको नाम दिएर सर्च वारेन्ट जारी गर्छन्, जुनको माफियासँग गुप्त करार छ। त्यहीबेला वेयन इन्टरप्राइजेज का सि.इ.ओ लुसियास फक्स, चिनियाँ अकाउन्टेन्ट लाउको आधिकारिक रेकर्ड मा सन्देह हुनाले उनको सम्झौता रद्द गर्छन्। ब्रुस वेयन डिस्ट्रिक अटर्नी लाई आगामी चुनावको लागि फन्डरेजेर दिने कुरा गर्छन्।
माफिया साल मरोनी, ग्याम्बल र चेचेन भिडियो कन्फरेन्सबाट लाउ सँग उनको उसको बैङ्किङ फन्ड लैजाने र हङकङ फरार हुने सम्बन्धित कुरा गर्छन्। यसै बेला जोकर मिटिङमा हस्तक्षेप गर्छन्, र भन्छन् लि ब्याटम्यानको कुनै सिमितता छैन र लाउलाई जसरी पनि समाउनेछन्। त्यसकारण राम्रोको लागि जोकर ब्याटम्यानलाई मार्ने र त्यसको बदलामा सबै पैसाको आधा हिस्साको माग गर्छन्। जोकरको अनुचित मागबाट बिफराए ग्याम्बल जोकरलाई मार्ने सुपारी दिन्छन् तर आखिरीमा ऊ नै जोकरबाट मरिन्छ। र माफिया पनि जोकरको मद्दत लिने निर्णय गर्छन्।
ब्याटम्यान हङ्कङ गएर लाउलाई समाउछन् र गोथम फिर्ता ल्याएर पुलिसलाई बुझाउछन्। लाउद्वारा माफियाको विरुद्ध वयान दिएपछी डेन्ट ती ५४९ अपराधीलाई हिरासत मा पुराउछन्। त्यसै दिन जोकर टिभीमा धम्कि दिन्छन कि यदि ब्याटम्यानले आफ्नो असली पहिचान नबताए ऊ मानिसको ज्यान लिनेछन। जोकर आफ्नो योजना अनुसार हार्बी डेन्ट कमिश्नर लोयेब र न्यायाधीश सुरिलो, जसले माफिया बिरुद्दको मुद्धा सुनुवाई गरेका थिए,को ज्यान लिने सुराक दिन्छन्। कमिश्नर लोयेब र जज सुरिलोको हत्या हुन्छ तर डेन्टको हत्या प्रयास ब्याटम्यानले असफल गरी दिन्छन्। जोकर आफ्नो अर्को योजनामा मेयर एन्थोनी गार्सियाको हत्या गर्ने बनाउछन्। तर गार्डनले मेयरलाई बचाएर आफू सहिद हुन्छन्। पक्राउ परेका हत्याराबाट डेन्टलाइ जोकरको अर्को शिकार रेचल हो भन्ने थाहा हुन्छ।
ब्रुस बाध्य भएर ब्याटम्यानको पहिचान बताउने निर्णय गर्छन्, अर्को दिन पत्रकार सम्मेलनमा डेन्ट, ब्रुसले केहि गर्नु भन्दा पहिले नै, सबैकोको सामुन्ने आफू नै ब्याटम्यान भएको खुलासा गर्छन्। डेन्ट लाई सुरक्षा निगरानीमा कस्टडीमा लिइन्छ। बीच बाटोमा जोकर आफ्नो हतियारबन्द समुहको साथ घेराबन्दी तोड्दै डेन्ट माथि अचानक हमाला गर्छ। ब्याटम्यान यो हमलामा डेन्टलाई बचाउछन् र गार्डन, जसले आफ्नो मृत्युको अफवाह फैलाएको थियो, जोकरलाई गिरफ्तार गर्न सफल हुन्छन्। गोर्डनलाई मेयरले कमिश्नर पदमा पदोन्नती गर्छन्। तर चाडै नै डेन्ट र रेचल वेपत्ता भएको सुचना आउँछ, जसलाई पहिले नै जोकरद्वारा नियन्त्रित पुलिसकर्मी उनीहरूलाई हरण गरेका हुन्छन्। ब्याटम्यान सोधपुछको लागि जोकरको राम धुलाई गर्छन् र भन्छन् कि रेचल र डेन्ट लाई अलग अलग ठाउँमा विस्फोटक संगै बन्धक बनाइएको छ। ब्याटम्यान तब रेचल र गोर्डन डेन्टको उद्धारको लागि निस्कन्छन्। तर ब्याटम्यान लाई जोकराले दिएको ठेगानामा डेन्ट हुन्छन्। त्यसै बेला भवनमा धमाका हुन्छ र डेन्टको आधा अनुहार जलेकाले उसलाई अस्पताल भर्ना गरिन्छ। रेचललाई बचाउन गोर्डन असफल हुन्छन्। यस्तो अस्तव्यस्तको माझ जोकर लाउलाई लिएर जेलबाट भाग्छ।
कल्मेन रिज, जो वेयन इन्टरप्राइजेजमा अकाउन्टेन्ट हुन्छन्, जसलाई कम्पनिको फाइल जाँचको दौरान 'टम्बलर' वाहनको डिजाइन सम्बन्धित कागज मिल्छ। र पब्लिकमा म्याट म्यानको पहिचान सार्वजनिक गर्ने प्रचार गर्छ। उता जोकर माफियाको मिलेको पैसाले लाउलाई जिउँदै जलाउँछ, र चेचेनलाई पनि मारीदिन्छ।
रिजको दाबीमा आफ्नो मत राख्दै जोकर टिभीमा भन्छन् कि अब उसलाई ब्याटम्यानको को हो भन्ने जान्न पर्दैन। जोकरले फेरी टिभीबाट धम्कि दिन्छन् कि यदि रिजलाई चाडै नै नमारे देखि ऊ एउटा अस्पताल लाई नष्ट गरिदिन्छन्। त्यसैले रिज पब्लिकको निशाना बन्छ। गोर्डन गोथम शहरको हरेक अस्पताल खाली गर्ने निर्देशन दिएर रिजको सुरक्षाको लागि निस्कन्छन्। गोर्डन लाई ब्रुसले पुलिस वायरलेसबाट सुचना दिएर रिजलाई बचाउँछन्। जोकर अस्पतालमा डेन्टलाई खोजेर, उसलाई रिचलको मृत्युको बदला लिन उक्साउछन्। आखिरमा अस्पतालमा बिस्फोट गरेर, बन्धकले भरिएको बसमा सवार भएर जोकर भाग्छ। डेन्ट रेचलको मृत्युको बदलाको लागि रेचलको मृत्युको जिम्मेवार खोज्छ, र आखिरमा मरोनी लाई पनि मार्छ।
त्यहि रात, दूई पानी-जहाजमा बस्फोटक राखिएको जानकारी मिल्छ, जुन मध्ये एकमा आम सर्वसाधारण नागरिक र अर्कोमा कैदीहरूलाई उनीहरूको यथास्थानमा पुर्यैइदै थियो। जोकर रेडियोमा दुवै जहाजमा रहेका मानिसहरूलाई भन्छन् कि "मध्य-रातमा म दुवै जहाजलाई उदाइदिन्छ तर यदि उनीहरूलाई बाच्नु छ भने अर्को जहाज लाई बस्फोट गर। त्यसैले चाडो निर्णय गर्नु होला किनकी अर्को जहाजमा रहेकाहरूले पहिले रिमोट दबाउन सक्लान्"। दुवै जहाजका यात्री यसलाई नकार्छन्। तब सम्म ब्याटम्यान र स्वाट टिम जोकरको बिल्डिङमा गएर अन्य बन्धकलाई बचाउछन्। ब्याट-म्यानले जोकरलाई समाउछन् र जोकरले भन्छ कि "मैले त्यो सेतो सिपाही डेन्टलाई भ्रस्ट गरी दिए र अब उसले त्यही गर्छ जुन ऊ चाहन्छ"।
उता गोर्डन त्यही जर्जर बिल्डिङ मा पुग्छन् जहाँ रेचलको मृत्यु भएको थियो र अब त्यही डेन्ट बन्दुक ताकेर डेन्टको परिवारको साहारा आफ्नो बदला पुरा गर्न लाई धम्काउछ। ब्याटम्यान मामिला समाधान गर्ने प्रयास गर्छन् तर डेन्ट उसलाई गोली हान्छ। डेन्ट सिक्का उठाएर गोर्डनको छोरालाई दाउमा लगाउनु भन्दा पहिले नै ब्याटम्यानले डेन्टलाई भवनबाट धकेलेर डेन्टको मृत्यु हुन्छ। डेन्टको मृत्युको दोष ब्याटम्यान आफूले लिन्छन् र गोर्डनसँग डेन्टको आदर्शवादी पहिचान जोगाइ राख्न डेन्टको दोषमा पर्दाले छोप्न भन्छन्। गोर्डन अनिच्छाले ब्याटम्यानलाई भगौडा करार दिएर उसको पिछा गर्नुपर्ने हुन्छ।
गोर्डनले ब्याट सिग्नल नष्ट गर्छन्, अल्फ्रेडले रेचलको पत्र जलाउँछन्।
कलाकार / भूमिका[सम्पादन गर्ने]
- क्रिस्टियन बेल- ब्रुस वेन/ ब्याटम्यान
- माइकल केन - अल्फ्रेड पेनिवर्थ
- हेथ लेजर - जोकर
- गेरी ओल्डमन- जेम्स गोर्डन
- एरन एकहार्ट - हार्भी डेन्ट
- म्यागी जिलएनहाल- रेचल दस
- मोर्गन फ्रिम्यान - लुसियस फक्स
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "The Dark Knight", British Board of Film Classification, मूलबाट अगस्ट २०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १३, २०१४।
- ↑ २.० २.१ "Film: The Dark Knight", LUMIERE, मूलबाट सेप्टेम्बर २६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १५, २०१८।
- ↑ ३.० ३.१ "The Dark Knight (2008)", Box Office Mojo, मूलबाट फेब्रुअरी २१, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १९, २००९।
- ↑ "All Time Worldwide Box Office Grosses", Box Office Mojo, मूलबाट मे ३०, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २२, २०१६।
- ↑ "Movie Records", the-numbers.com, मूलबाट मे ८, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २४, २०१०।
- ↑ "Academy Awards Database – ACTOR IN A SUPPORTING ROLE, 2008", मूलबाट डिसेम्बर १७, २०१३-मा सङ्ग्रहित।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा द डार्क नाइट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- आधिकारिक वेबसाइट (वार्नर ब्रोस)
- आधिकारिक वेबसाइट (डिसी कमिक्स)
- इन्टरनेट चलचित्र डेटाबेसमा द डार्क नाइट
- द डार्क नाइट शीर्षक सूचीबद्ध इन्टरनेट काल्पनिक डाटाबेसमा
- द डार्क नाइट टीसीएम चलचित्र डाटाबेसमा
- द डार्क नाइट अलमुभीमा
- अङ्ग्रेजी भाषाका चलचित्रहरू
- अमेरिकी चलचित्रहरू
- अमेरिकी सुपरहिरो चलचित्रहरू
- अमेरिकी उत्तरकथा चलचित्रहरू
- अमेरिकी अपराध नाटक चलचित्रहरू
- अमेरिकी एक्सन थ्रिलर चलचित्रहरू
- बेलायती चलचित्रहरू
- बेलायती एक्सन थ्रिलर चलचित्रहरू
- बेलायती अपराध नाटक चलचित्रहरू
- बेलायती उत्तरकथा चलचित्रहरू
- द डार्क नाइट ट्रिलोजी
- क्रिस्टोफर नोलनद्वारा निर्देशित चलचित्रहरू