नयनबहादुर खत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नयन बहादुर खत्रीबाट अनुप्रेषित)
सम्माननीय
नयनबहादुर खत्री
सर्वोच्च अदालतको प्रधान न्यायाधीश
कार्यकाल
२०३३ साउन २४ – २०४२ मङ्सिर २५[१]
पूर्वाधिकारीरत्नबहादुर विष्ट
उतराधिकारीधनेन्द्रबहादुर सिंह
चीनका लागि राजदूत
पूर्वाधिकारीगुण शमशेर जबरा
उतराधिकारीबासुदेव चन्द्र मल्ल
राष्ट्रिय मानब अधिकार आयोगको अध्यक्ष
कार्यकाल
वि सं २०५७ जेठ १३ – २०६३ असार २५ [२]
पूर्वाधिकारीप्रथम
व्यक्तिगत विवरण
जन्म१९८० असोज ३
ललितपुर
मृत्युमेडिसिटी अस्पताल
२०७६ जेठ ०८

नयनबहादुर खत्री सर्वोच्च अदालतमा सबैभन्दा लामो समय बहाल भएका प्रधानन्यायाधीश हुन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

ललितपुरमा जन्मिएका खत्रीले ७ वर्षको उमेरमा १९८५ मा ब्राहखरीको पढाई, विं.स १९९५ मा एसएलसीत्रिचन्द्र कलेजबाट आईए पढेका थिए । भारतको लखनउबाट अर्थशास्त्रमा एमए र कानुनमा बीएल गरेका थिए ।

सेवा[सम्पादन गर्नुहोस्]

खत्रीले २००४बाट सरकारी सेवा सुरु गरेका थिए । खत्री २४ वर्षको उमेरमा २००४ सालबाट मुलुकी अड्डा ऐनसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २००५ सालमा मेजर दर्जामा ल्हासाको वकिल नियुक्त भएका थिए । खत्री २००९ सालमा कानुन मन्त्रालयको सचिव नियुक्त भएका थिए । २०१६ देखि २०३३ साउन २३ सम्म सर्वोच्च अदालतको न्यायाधीश भएका खत्री २०१६, २०२८ र २०४८ सालमा कानुन सुधार आयोगको अध्यक्ष बनेका थिए । कानुनतर्फ नयनबहादुर खत्री, विश्वनाथ उपाध्याय, अनिरुद्धप्रसाद सिंह, भगवतीप्रसाद सिंह, विनोदप्रसाद धिताल, प्रो रत्नबहादुर विष्ट, शम्भुप्रसाद ज्ञवाली आदि त्यतिबेला राजा महेन्द्रले पत्याएका मानिसहरू थिए ।[३]

पञ्चायतकालमा २०४३ मा चीनका लागि राजदूत समेत बनेका खत्रीले कानुन मन्त्रालयमा सेक्रेटरी सचिव, सर्वोच्चका प्रधानन्यायाधीश, कानुन, आयोग र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष[४] भएर समेत काम गरेका थिए ।

वि.सं. २०३१ देखि २०३२ सम्म प्रेस काउन्सिलका अध्यक्ष रहेका खत्री २०२४ सालमा गठित प्रेस सल्लाहकार समितिका अध्यक्षसमेत रहेका थिए ।

प्रधानन्यायाधीश[सम्पादन गर्नुहोस्]

खत्री २०३३ सालमा प्रधानन्यायाधीमा नियुक्त भई २०४२ सालमा सेवानिवृत्त भएका थिए ।

राजनीतिक बन्दी, सञ्चार माध्यम, सङ्गठन खोल्ने अधिकार विरुद्धका हर्कत रोक्नका लागि अदालती आदेशहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रजातन्त्रका लागि सङ्घर्षरत नेता बीपी कोइरालालाई फाँसीको माग गर्दै दायर गरएिको रिट २०३३ सालमा सर्वोच्चले खारेज गरिदएको थियो । त्यस्तै, विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने तत्कालीन सरकारको निर्णय बदर हुने फैसला पनि त्यतिबेलै भएको थियो । तत्कालीन शासक र व्यवस्थाका विपक्षमा रहेका यी फैसला सुनाउँदा प्रधानन्यायाधीश नयनबहादुर खत्री थिए ।[५]

मृत्यु[सम्पादन गर्नुहोस्]

खत्रीको २०७६ जेठ ८ मा बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा सर्वोच्च अदालतको पूर्ण बैठकले आइतबार देशभरका सबै अदालत विदा दिने निर्णय गरेको थियो । सर्वोच्च अदलतका मुख्य रजिस्ट्रार नृतपध्वज निरौलाले शनिबार जारी गरेको विज्ञप्तिमा खत्रीको असामयिक निधनबाट न्याय, कानून र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख थियो । सर्वोच्च अदालतको न्यायाधीश र प्रधान न्यायाधीशको रूपमा लामो समयसम्म सेवारत खत्रीले स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्‍याएको सर्वोच्चद्वा जारी विज्ञप्तीमा छ । खत्रीको निधनमा शोक प्रकट गर्न आइतबार नेपाल भरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा न्यायाधिकरणहरू शोक विदाको रूपमा बन्द रहने विज्ञप्तीमा जनाइएको थियो ।[६]

पुस्तक[सम्पादन गर्नुहोस्]

मेरो जीवना यात्रा: अनुभव र अनुभूति[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]