नेपाल राष्ट्रिय खेलकुदको ट्रफी
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– लेख छोटो हुनुका साथै लेखको विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी रहेको। हेर्नुहोस् शीमे ले१।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। प्रशासकहरू: कृपया मेट्नुभन्दा पहिले यो पृष्ठसँग के जोडिन्छ, इतिहास (भिन्नता), र लग हेर्नुहोला। साथै गुगल गरेर हेर्नुहोला। यस पष्ठको अन्तिम सम्पादक: हिमाल सुवेदी (योगदान | लग) समय: १०:२७, ९ फेब्रुअरी २०२६ (UTC) (२ दिन पहिले) |
| Awarded for | नेपाल राष्ट्रिय खेलकुदको विजेतालाई प्रदान गरिन्छ । |
|---|
नेपाल राष्ट्रिय खेलकुदको ट्रफिको २०७९ भदौ ३१ गते प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका माझ प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए । सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर बनाईएको रनिङ ट्रफी लगातार तिन संस्करण विजेता टोलीले स्थायी रुपमा पाउनेछ । ट्रफिमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ[१] ।
ट्रफिको डिजाइन नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठले गरेका हुन् । नवौंको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्याएको थियो ।
पहिलो ट्रफी टुर
[सम्पादन गर्नुहोस्]राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टुर कार्यदल गठन गरेको थियो । कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका थिए ।
- ट्रफी टुर
- भदौ ३१ गते सुदुरपश्चिम प्रदेशमा लगिने (बिहान ८ बजे मुख्यमन्त्रीबाट सार्वजनिक गरिने[२]।)
- असोज २ गते लुम्बिनी प्रदेशमा लगिने (मुख्यमन्त्रीबाट सार्वजनिक गरि मायादेवी मन्दिरमा फोटो सेसनमा राखिएको)
- असोज ३ गते बागमती प्रदेशको हेटौंडामा राखिएको
- असोज ७ गते नेपाली सेनाको मुख्यालय भद्रकालीमा राखिएको
- असोज ८ गते प्रदेश १ मा लगिएको
- असोज ९ गते नेपाल पुलिस क्लबको हेडक्वाटर नक्साल र सोही दिन सशस्त्र प्रहरी बल (एपीएफ) को मुख्यालय हल्चोकमा राखिएको
- असोज ११ गते कर्णाली प्रदेशमा लगिएको
- असोज १३ गते मधेश प्रदेशमा लगिने जानकी मन्दिरमा राखिएको
- असोज २३ गते गण्डकी प्रदेशमा बाजागाजासहित नगर परिक्रमा गरि २८ असोजमा उद्घाटनमा पुनः रंगशाला राखिएको।
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। २०७९", nepalkhabar.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ ३१, २०७९।
- ↑ "नवौं राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा। २०७९", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, असोज ०८, २०७९।