नवौँ राष्ट्रिय खेलकुद २०७९
| नवौँ राष्ट्रिय खेलकुद २०७९ | |||
|---|---|---|---|
नवौँ राष्ट्रिय खेलकुद २०७९ को आधिकारिक लोगो | |||
| आयोजक सहर | पोखरा, कास्की जिल्ला[१] | ||
| राष्ट्र | |||
| सहभागी खेलाडी संख्या | ११ टिम | ||
| प्रतियोगिताहरू | ३६ खेल | ||
| उद्घाटन समारोह | २०७९ असोज २८ | ||
| समापन समारोह | २०७९ कार्तिक ०३ | ||
| आधिकारिक उद्घाटन गर्ने व्यक्ति | उपराष्ट्रपति नन्दबहादुर पुन | ||
| खेलाडीको तर्फबाट सपथ | ६ हजार १ सय ५७ | ||
| मुख्य आयोजना स्थल | पोखरा रङ्गशाला | ||
| |||
नवौँ राष्ट्रिय खेलकुद २०७९ (2022 9th National Games of Nepal) नेपाल राष्ट्रिय खेलकुदको नवौँ संस्करण हो । यस बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७९ असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना भएको थियो[२] । प्रतियोगितामा सातवटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्घ (एनआरएन) गरी कुल ११ टोलीबीच प्रतिस्पर्धा हुनेछ । कुल ६ हजार १ सय ५७ खेलाडीको खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् । यसपटक ४ सय ४ स्वर्ण, उति नै रजत पदक र त्यसभन्दा दोब्बर बढी कास्यका लागि प्रतिस्पर्धा हुनेछ[३] ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते शुक्रबार एक भब्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले आधिकारिक रुपमा उद्घाटन गरेका थिए ।
यस्तै, नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता भने भदौ २३ गतेदेखि काठमाडौंको टियु क्रिकेट मैदानमा सुरुवात भएको थियो[४]। नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै प्रतियोगिताको पहिलो स्वर्ण जित्न सफल भएको थियो । व्यक्तिगत स्पर्धामा भने बाग्मती प्रदेशकी शिक्षा नापितले फैन्सिङ तर्फको स्पर्धामा पहिलो स्वर्ण जितेकी थिइन् ।
उद्घाटन समारोह
[सम्पादन गर्नुहोस्]
करिब ४० वर्षपछि पोखरामा आयोजना गरिएको नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते शुक्रबार एक भब्य समारोहबीच उद्घाटन गरिएको थियो । पोखरा रंगशालामा २८ गते शुक्रबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुनले ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको यस खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटनको घोषणा गरेका थिए । उपराष्ट्रपति पुनले नेपाली खेलकुदको इतिहास बोकेको राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी फेरि पाएको गण्डकी प्रदेश बासीलाई बधाई दिँदै यसअघिकै प्रतिस्पर्धामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई बधाईसँगै अब प्रतिस्पर्धा गर्ने खेलाडीलाई पनि बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्रालय र ओलम्पिक कमिटिको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । यस उद्घाटन समारोहमा सबै सहभागी टिमहरुले मस्कटसहित मार्चपास गरेका थिए । सातै प्रदेशका सांस्कृतिक झाँकी, विद्यार्थीबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम, आतिशवाजी र मनोरञ्जनात्मक कार्यक्रमहरू समेत संचालन गराएको थियो । कुन्ती मोक्तान, आनन्द कार्की, शिव परियार, रचना रिमाल लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।
आयोजक सहर
[सम्पादन गर्नुहोस्]
यस नवौं राष्ट्रिय खेलकुद चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको अवसर प्राप्त गरेको थियो । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका जुरेको थियो ।
पूर्वाधार र सुविधा पर्याप्त नभएका कारण गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका प्रायः सबै स्पर्धाहरु कास्की जिल्लामै केन्द्रित हुने छ[५] ।
खेल स्थान
[सम्पादन गर्नुहोस्]प्रतियोगितालाई प्रदेशका सबै ११ जिल्लामा आयोजना गर्ने भनिएपनि मनाङ, मुस्ताङ र लमजुङमा सम्भव न भएकाले आयोजना गरिएन । अन्य जिल्लामा भने कुनै न कुनै प्रतियोगिता हुने भएको छ । आयोजकका अनुसार म्याग्दीमा महिला भलिबल र तेक्वान्दो, बागलुङमा आइटिएफ तेक्वान्दो, गोरखामा बुद्धिचाल, तनहुँमा बास्केटबल, स्याङ्जामा महिला फुटबल, पर्वतमा कराते र नवलपरासीमा कुस्ती, सेपाकताक्रो प्रतियोगिता हुने भएको छ । अन्य खेलको प्रतियोगितामा पोखरामा नै हुनेछ ।
- नेपालको नक्शामा नवौँ राष्ट्रिय खेलकुद २०७९को उद्घाटन भएको पोखराको पोखरा रंगशाला ।
| पोखरा रङ्गशाला |
|---|
| पोखरा |
| दर्शक क्षमता: १६,५०० |
सहभागी टोलीहरू
[सम्पादन गर्नुहोस्]
|
|
|
ट्रफी भ्रमण
[सम्पादन गर्नुहोस्]नवौं राष्ट्रिय खेलकुद २०७९ ट्रफिको २०७९ भदौ ३१ गते प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका माझ प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए । सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर बनाईएको रनिङ ट्रफी लगातार तिन संस्करण विजेता टोलीले स्थायी रुपमा पाउनेछ । ट्रफिमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ[६] ।
ट्रफिको डिजाइन नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठले गरेका हुन् । नवौंको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्याएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टुर कार्यदल गठन गरेको थियो । कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका थिए ।
- ट्रफी टुर
- भदौ ३१ गते सुदुरपश्चिम प्रदेशमा लगिने (बिहान ८ बजे मुख्यमन्त्रीबाट सार्वजनिक गरिने[७]।)
- असोज २ गते लुम्बिनी प्रदेशमा लगिने (मुख्यमन्त्रीबाट सार्वजनिक गरि मायादेवी मन्दिरमा फोटो सेसनमा राखिने)
- असोज ३ गते बागमती प्रदेशको हेटौंडामा राखिने
- असोज ७ गते नेपाली सेनाको मुख्यालय भद्रकालीमा राखिने
- असोज ८ गते प्रदेश १ मा लगिने
- असोज ९ गते नेपाल पुलिस क्लबको हेडक्वाटर नक्साल र सोही दिन सशस्त्र प्रहरी बल (एपीएफ) को मुख्यालय हल्चोकमा राखिने
- असोज ११ गते कर्णाली प्रदेशमा लगिने
- असोज १३ गते मधेश प्रदेशमा लगिने जानकी मन्दिरमा राखिने
- असोज २३ गते गण्डकी प्रदेशमा बाजागाजासहित नगर परिक्रमा गरि २८ असोजमा उद्घाटनमा पुनः रंगशाला राखिने।
खेलाडी छनोट
[सम्पादन गर्नुहोस्]| टिम | खेलाडी | अन्य प्रतिनिधि | जम्मा सहभागी | खेल | |
|---|---|---|---|---|---|
| कोशी प्रदेश | |||||
| मधेश प्रदेश | |||||
| वाग्मती प्रदेश | |||||
| गण्डकी प्रदेश | ७००+ | _ | ७००+ | ३८ | |
| प्रदेश नं. ५ | |||||
| कर्णाली प्रदेश | |||||
| सुदूरपश्चिम प्रदेश | |||||
| नेपाल आर्मी क्लब | |||||
| नेपाल प्रहरी क्लब | |||||
| एपिएफ क्लब | |||||
| एनआरएन |
- सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदको छनोटमा सहभागी हुने खेलाडीलाई दैनिक २ हजारका दरले भत्ता उपलब्ध गराएको थियो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा झन्डै तीन हजार खेलाडीले सहभागिता जनाएका थिए । त्यसमध्ये नवौं राष्टिय खेलकुदका लागि सुदूरपश्चिमबाट झन्डै सात सय खेलाडी छनोट भएका थिए[८] ।
गण्डकी प्रदेश
[सम्पादन गर्नुहोस्]गण्डकी प्रदेशबाट पहिलो चरणमा १४ खेलमा विशेष प्रशिक्षणसहित सोझै छनोट गरिएको थियो छ भने २२ खेलको लागि भने जिल्ला छनोटका खेलहरू संचालन भएको थियो । भदौ ३ गतेदेखि १४ गतेसम्म खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनोट प्रतियोगिता कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन गरिएको थियो[९] । यसैगरी २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात् पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम खेलाडी छनोट गरिएको थियो । गण्डकीबाट ३८ खेलमा सात सयभन्दा बढी खेलाडीले सहभागिता जनानाएका छन्[१०] ।
सहभागी खेलहरू
[सम्पादन गर्नुहोस्]- नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल सहभागी गराइएका छन् ।
| नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलहरू | ||||
|---|---|---|---|---|
|
क्रिकेट
[सम्पादन गर्नुहोस्]पुलिसले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै प्रतियोगिताको पहिलो स्वर्ण जित्न सफल भएको थियो । पुलिसले राष्ट्रिय खेलकुदमा क्रिकेटतर्फ पहिलो स्वर्ण जितेको थियो । जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो[११][१२]।
सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा कास्य पदक जितेको थियो । कास्य पदकका लागि सुदूरपश्चिम र एनरआएनए स्पोर्ट्स एकेडेमबीच खेल हुनुपर्ने थियो । पहिला टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमीविरुद्ध सुदूरले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर टस लगत्तै वर्षा भएको थियो । खेल हुन नसकेपछि कास्य पदकको लागि भएको टसमा सुदूरपश्चिमले जित्दै पदक पक्का गरेको थियो[१३]।
फेन्सिङ
[सम्पादन गर्नुहोस्]फेन्सिङ स्पर्धातर्फ बागमती प्रदेशकी शिक्षा नापितले पहिलो स्वर्ण हात पारेकी थिइन् । उनले व्यक्तिगत सेबरतर्फको इभेण्टमा एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी थिइन्[१४] । नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाएका थिए ।
प्रतियोगितामा ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा दुई विभागीयसहित ६ टिमले सहभागिता जनाएका थिए । फेन्सिङ प्रतियोगिताको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए ।
ट्राएथलन
[सम्पादन गर्नुहोस्]ट्राएथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका थिए । पुरुषतर्फ निर्धारित २० किमि साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ किमि दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पार गर्दै वसन्तले स्वर्ण पदक जितेका थिए । महिलातर्फ भने निर्धारित दुरि १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपीएफकी सोनीले स्वर्ण पदक जितेकी थिइन् ।
आर्चरी
[सम्पादन गर्नुहोस्]गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरीमा टिम च्याम्पियन बनेको थियो । कूल १३ स्पर्धामा भएको प्रतियोगितामा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित १२ पदकका साथ विजेता बनेको हो[१५]।
तेक्वान्दो
[सम्पादन गर्नुहोस्]म्याग्दीको बेनीमाबेनीम सम्पन्न तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ पुलिसले पदक तालिकाको शीर्षस्थान हासिल गरेको थियो[१६][१७] । ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको त्रिुभवन आर्मी क्लब दोस्रो, ३ स्वर्ण, २ रजत र ९ कास्य पदक जितेको एपीएफ पदक तालिकाको तेस्रो, १ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित मधेश प्रदेश चौथो स्थानमा रह्यो[१८] । प्रदेश १ ले ८ कास्य, २ बागमतीले १ रजत र ३ कास्य, गण्डकीले ७ कास्य, लुम्बीनीले २ रजत र ४ कास्य, कर्णालीले ३ कास्य, सुदूरपश्चिम र एनआरएनएले भने समान एक-एक रजत पदक जितेको थियो ।
अन्तिम पदक तालिका
[सम्पादन गर्नुहोस्]- नवौं राष्ट्रिय खेलकुद २०७९ को अन्तिम पदक तालिका
| बरियता | टोली | स्वर्ण पदक | रजत पदक | काश्य पदक | कुल |
|---|---|---|---|---|---|
| १ | नेपाल आर्मी क्लब | १७२ | ११० | ८८ | ३७१ |
| २ | एपिएफ क्लब | ६५ | ७१ | ८१ | २१९ |
| ३ | नेपाल पुलिस क्लब | ६१ | ६१ | ७३ | १९५ |
| ४ | गण्डकी प्रदेश* | ३२ | ३१ | ५७ | १२० |
| ५ | बागमती प्रदेश | २४ | ४७ | ७४ | १४५ |
| ६ | कोशी प्रदेश | १० | २३ | ५० | ८३ |
| ७ | सुदुरपश्चिम प्रदेश | १० | १० | ४३ | ६३ |
| ८ | एनआरएन | ९ | ७ | २६ | |
| ९ | लुम्बिनी प्रदेश | ६ | २२ | ४० | ६८ |
| १० | मधेस प्रदेश | ५ | ८ | २६ | ३९ |
| ११ | कर्णाली प्रदेश | २ | ४ | १२ | १८ |
| जम्मा (११ टिमहरु) | ३९७ | ३९८ | ५५२ | १,३४७ | |
कमजोर व्यवस्थापन र तयारी
[सम्पादन गर्नुहोस्]मैदान तयार नहुँदा र टोलीको जर्सी समयमै नआइपुग्दा केही खेलहरु ढिला गरी शुरु भएको छ । पर्याप्त मात्रामा पदक नआइपुग्दा फेन्सिङ खेल तर्क असोज २६ साँझ भएको ईपि इभेन्टका विजेतालाई प्रदान गर्ने पदक नभएपछि दिउँसो भएको इभेन्टका विजेताबाट खेलाडीले लगाएको पदक फिर्ता मागिएको थियो[१९] हक्की कल आयोजना हुन एक दिन बाँकी हुँदासम्म खेल मैदान भने पूर्ण रुपमा तयार भैसकेको थिएन[२०] ।
प्रविधि
[सम्पादन गर्नुहोस्]नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४० जना खेलाडीको एन्टी डोपिङका लागि नमूना संकलन गरिएको थियो । प्रतिबन्धित औषधी तथा उपायहरु प्रयोग गरेको हो या होइन् भनि जाँचका लागि गरिने यो डोपिङ संकलन दशक लामो राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहासमै पहिलो पटक यति ठूलो मात्रामा डोपिङ परिक्षणका लागि ४० नमूना संकलन गरि कतार पठाइएको थियो ।
लोगो तथा मस्कट
[सम्पादन गर्नुहोस्]नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्बजनिक २०७९ बैशाख २४ शनिबार, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौंसार्बजनिक गरेका थिए[२१] ।

यस मस्कट गण्डकी प्रदेशमा पनि पाइने लोपन्मुख तथा संरक्षित प्राणि कस्तुरी, मृगको बनाइएको छ । त्यस्तै, लोगो गण्डकी प्रदेशको राजधानी पोखरा र देशकै शोभा माछापुछ्रेलाई देखाइएको छ । त्यसको तल आकाशे निलो रेखाले परोक्ष रुपबाट शान्तिको प्रतिक परेवालाई प्रतिबिम्बित गर्छ भने रातो रंगको चार धर्साले परेवाको पखेटा दर्शाई परेवाको आकृतिलाई पूर्णता प्रदान गरेको छ। साथै लोगोमा रहेको चन्द्र सुर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्बित गर्नुका साथै सहभागी हुने सबै टिमको प्रतिनिधित्व गरेको छ ।
समापन समारोह
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने पक्का (khelpati.com)
- ↑ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने (nepalkhabar.com)[स्थायी मृत कडी]
- ↑ "नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन", .hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच असोज २८, २०७९।
- ↑ "वर्षा बन्यो युवा खेलाडीलाई ज्ञानेन्द्रसँग सिक्ने अवसर बिहीबार, भदौ २३, २०७९", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ २३, २०७९।
- ↑ "नवौं राष्ट्रिय खेलकुदका लागि तयारी स्वरुप सुझाव संकलन गण्डकी प्रदेशको राजधानी पोखरामा करिव ३९ वर्ष पछि हुने राष्ट्रिय खेलकुद हुने", Pokhara Hotline (नेपालीमा), अन्तिम पहुँच २०७९ बैशाख ४ गते आईतवार १२:५४। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०९-२२ मिति
- ↑ "गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। २०७९", nepalkhabar.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ ३१, २०७९।
- ↑ "नवौं राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा। २०७९", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, असोज ०८, २०७९।
- ↑ "नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ७ सय खेलाडी २०७९", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ ३१, २०७९।
- ↑ "नवौँ राष्ट्रिय खेलकुद : ३६ खेलमा ३९३ स्वर्णका लागि प्रतिस्पर्धा २०७९", nayapatrikadaily.com (नेपालीमा), अन्तिम पहुँच २०७९ श्रावण २१ शनिबार।
- ↑ "नवौं राष्ट्रिय खेलकुद : कार्यतालिका सार्वजनिक २०७९", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ ३१, २०७९।
- ↑ "दीपेन्द्रको पहिलो कप्तानीमै पुलिसलाई स्वर्ण २०७९", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ ३१, २०७९।
- ↑ "एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिबिहीबार, भदौ ३०, २०७९।
- ↑ "टस जितेरै सुदूरले नवौंको कास्य जित्यो २०७९", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिबिहीबार, भदौ ३१, २०७९।
- ↑ "नवौं राष्ट्रिय खेलकुदः शिक्षाले जितिन् पोखरामा पहिलो स्वर्ण", deshsanchar.com (नेपालीमा), अन्तिम पहुँच असोज २४, २०७९।
- ↑ "नवौंको आर्चरीमा गण्डकी च्याम्पियन", nepalkhabar.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ ३१, २०७९।
- ↑ "नवौंको तेक्वान्दोमा पुलिसलाई सर्वाधिक ११ स्वर्ण पदक", nepalkhabar.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ ३१, २०७९।
- ↑ "तेक्वान्दोमा पुलिस टिम च्याम्पियन", gorkhapatra.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ ३१, २०७९।
- ↑ "तेक्वान्दोका सबै खेल सकिँदा पुलिसले जित्यो ११ स्वर्ण", nepalsamaya.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ ३१, २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-१९ मिति
- ↑ "नवौं राष्ट्रिय खेलकुद : मन्त्री आएपछि खेलाडीले लगाएको मेडल फिर्ता मागियो", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बुधबार, असोज २६, २०७९।
- ↑ "हक्की भोलीदेखि, तर मैदान अझै तयार भएन", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बुधबार, असोज २६, २०७९।
- ↑ "नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक २०७९", gov.np (नेपालीमा), अन्तिम पहुँच शनिबार, वैशाख २४, २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-०२ मिति
