छैटौँ राष्ट्रिय खेलकुद २०६८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छैठौं राष्ट्रिय खेलकुद २०६८
छैठौं राष्ट्रिय खेलकुदको मुख्य आयोजक जिल्ला कैलाली
आयोजक सहरसात सहरहरू सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र
राष्ट्र नेपाल
सहभागी खेलाडी संख्याएक हजार ६२
प्रतियोगिताहरू३२ खेल
उद्घाटन समारोह१४ फागुन २०६८
समापन समारोह२१ फागुन २०६८
आधिकारिक उद्घाटन गर्ने व्यक्तिडा. रामवरण यादव
खेलाडीको तर्फबाट सपथभरत शाह
मुख्य आयोजना स्थलधनगढी रंगशाला
२०६५ २०७३  >

छैटौँ राष्ट्रिय खेलकुद २०६८ नेपाल राष्ट्रिय खेलकुद प्रतियोगिताको छैठौं संस्करण हो। सुदुरपश्चिमाञ्चलमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ छैटौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता २०६८ फागुन १४ गते आइतवारबाट शुरू भएको थियो। सुदूरपश्चिमको व्यापारिक केन्द्र धनगढीको बजारमा अवस्थित नवनिर्मित रङ्गशालामा राष्ट्रपति डा. रामवरण यादवले वृहत् खेलकुद महोत्सवको औपचारिक उद्घाटन गरेका थिए । प्रतियोगिता शुरू भएको घोषणा गर्दै राष्ट्रपति यादवले खेलकुदको माध्यमबाट समग्र मुलुकलाई एकताको सूत्रमा बांध्नुपर्ने समेत बताएका थिए ।

सोही समारोहमा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो अङ्कित झन्डाको झन्डोत्तोलन गर्दै तत्कालीन नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रतियोगिताको सफल आयोजनाले सुदुरपश्चिममा समग्र विकासको ढोका खोल्ने धारणा व्यक्त गरेका थिए । 

धनगढी रङ्गशालामा आयोजित विशेष समारोहमा ओलम्पियन दीपक विष्टले छैटौँ राष्ट्रिय खेलकुदको ज्योति प्रज्वलन गरेका थिए । गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट ल्याइएको ज्योतिलाई पूर्व ओलम्पियनहरूको टोलीले धनगढी रङ्गशालासम्म पुर्‍याएका थिए । भने समारोहमा सुदूरपश्चिममा जन्मिएर भलिबलका राष्ट्रिय कप्तान बन्न सफल हुनुभएका खेलाडी भरत शाहले समग्र खेलाडीका तर्फबाट र खेल पदाधिकारी एवम् निर्णायकहरूका तर्फबाट भारत्तोलनका रेफ्री ठक्करबहादुर बलले शपथ लिएका थिए।

उद्घाटन समारोहमा सुदूरपश्चिमका नौ वटै जिल्लाका मौलिक संस्कृति तथा देशका विभिन्न जातजातिका नृत्य एवम् झाँकी प्रस्तुत गरिएको थियो । त्यस्तै, ३ हजार ६ सय १९ खेलाडी र १ हजार ९ सय ४० पदाधिकारी परेडमा सहभागी भएका थिए । धनगढीमा शुरू भएको प्रतियोगिता फागुन २१ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनमुक्ति सेना, विश्वविद्यालय खेलकुद सङ्घ गरी नौ टिमका दुई हजार २३४ पुरुष, एक हजार ३८५ महिला खेलाडीका साथै २६७ व्यवस्थापक, ३९० प्रशिक्षक, एक हजार १७७ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक, ९६ राष्ट्रिय सङ्घका पदाधिकारी, २० विभागीय टिमका प्रतिनिधि र १५ क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।  प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीको भने सहभागिता रहेको थिएन । कुल ३१ खेल समावेश गरिएको यो प्रतियोगितामा ३०५ स्वर्ण, ३०५ रजत र ४५२ कास्यपदकका लागि एक हजार ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगिताको उद्घाटन समारोहमा सुदूरपश्चिमको लोकसंस्कृति झल्किने विभिन्न झाँकी एवम् नृत्य प्रस्तुत गरिएको थियो भने प्रतियोगितामा सहभागी सबैजना  खेलाडीले रङ्गशालामा उत्कृष्ट मार्चपास गरेका थिए । साँझ रङ्गशालामा प्रज्वलित विभिन्न रङ्गका बत्ती, पटाका, झिरझिरे र आतसबाजीले धनगढी बजार बेहुलीझैँ सिङ्गारिएको भान हुन्थ्यो । समारोहमा धनगढीको १७ विद्यालयका विद्यार्थीले सामूहिक नृत्य, शसस्त्र प्रहरी बलले कलात्मक नृत्य प्रतुत गरेका थिए । 

यस प्रतियोगिताको कलात्मक लोगो कलाकार जीवनराज उपाध्यायले बनाएका थिए । लोगोले राष्ट्रिय एकता, शान्ति र सुन्दर सुदूरपश्चिममा चर्चित डेउडा नाचको झल्को दिएको छ । प्रतियोगितको मस्कटमा भने यसै भेगमा पाइने बाह्रसिङे जरायोलाई अङ्कित गरिएको थियो । [१]

समावेश टिमहरू[सम्पादन गर्नुहोस्]

यस राष्ट्र खेलकुदमा कुल ९ टिमहरूको सहभागीता रहेको थियो ।२०५५ सालको चौथो राष्ट्रिय खेलकुद देखि राष्ट्रिय खेलकुदमा सहभागीता जनाउँदै आएको नेपाली सेनाको टिमले भने यस पटक सहभागीता जनाएको थिएन।

छैठौं राष्ट्रिय खेलकुदमा सहभागी कुल ९ टिमहरू
-

अन्तिम पदक तालिका[सम्पादन गर्नुहोस्]

स्थान टिम स्वर्ण रजत कांस्य कुल
१. मध्यमाञ्चल १३१ ८४ ८५ ३००
२. नेपाल प्रहरी ५४ ४२ ३४ १३०
सशस्त्र प्रहरी ४६ ४२ ४७ १३५
जम्मा

लोगो तथा मस्कट[सम्पादन गर्नुहोस्]

राष्ट्रिय खेलकुद परिषदले सूदुरपश्चिमाञ्चलमा २०६८ फागुण १४ गतेदेखि २१ गतेसम्म भएको छैठौं राष्ट्रिय खेलकुदको प्रतिक चिन्ह लोगो सार्वजनिक गरेको थियो। चन्द्र सूर्य रातो र निलो रङगले राष्ट्रियता परेवाले शान्तिको प्रतिक पाँच ओलम्पिक रिङले पाँच विकास क्षेत्र रिङलाईनै आधार मानी मानिसहरूको चेनले सूदुरपश्चिमाञ्चलमाको लोकप्रिय नाच देउडा नाच र खेलाडीहरूको जमघटलाई लोगोले प्रतिनिधित्व गरेको छ ।

छनोट[सम्पादन गर्नुहोस्]

काठमाण्डौका कलाकार जीवन राजोपाध्यायले बनाएको लोगोलाई छनौट समितिको निर्णय बमोजिम छनौट गरिएको संयोजक राष्ट्रिय खेलकुद परिषदका बरिष्ठ अधिकृत कमल खनालले जानकारी दिएका थिए । राष्ट्रिय खेलकुद परिषदले प्रतिस्पर्धाका आधारमा लोगो डिजाइनका लागि आह्वान गरे अनुसार १८ प्रतिस्पधी प्रतिक चिन्ह मध्येबाट पहिलो चरणमा ३ प्रतिस्पर्धीहरूको चिन्हलाई छनौट गरी अन्तिम चरणमा राजोपाध्यायको लोगो छानिएको थियो ।

तीन सदस्यिय छनौट समितिमा राष्ट्रिय खेलकुद परिषदका बरिष्ठ अधिकृत कमल खनाल संयोजकत्व प्रेस सल्लाहकार दिवस गुरागाईं र काठमाण्डौ विश्वविद्यालयका कला विभाग प्रमुख सुजन चित्रकार सदस्य हुनुहुन्थ्यो । प्रतिक चिन्ह बनाउने कलाकार राजोपाध्यायलाई पुरस्कार स्वरुप ४० हजार रुपैयाँ नगद प्रदान गरेको थियो ।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]