सामग्रीमा जानुहोस्

प्रथम राष्ट्रिय खेलकुद २०३८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रथम राष्ट्रिय खेलकुद २०३८
प्रथम राष्ट्रिय खेलकुद २०३८ को आयोजना भएको दशरथ रंगशाला
आयोजक सहरकाठमाडौ ,बाग्मती अञ्चल
राष्ट्र नेपाल
सहभागी खेलाडी संख्या१४४३ जना
(पुरूष - २२३)
(महिला - २२३)
प्रतियोगिताहरू१६ खेलको ७८ स्पर्धाहरू
उद्घाटन समारोह२७ भदौ २०३८
समापन समारोह४ असोज २०३८
मुख्य आयोजना स्थलदशरथ रंगशाला
२०४०  >

प्रथम राष्ट्रिय खेलकुद २०३८ (अंग्रेजी:-First National Games of Nepal) नेपालको राष्ट्रिय खेलकुदको पहिलो संस्करण वि.स. २०३८ साल भदौ २७ गतेदेखि असोज ४ गतेसम्म [] काठमाडौंको दशरथ रंगशालामा आयोजना भएको थियो । बागमती अञ्चलमा आयोजना भएको यस प्रथम राष्ट्रिय खेलकुद ९ दिनसम्म चले को थियो ।[]

९ दिन सम्म संचालित उक्त प्रतियोगितामा कुल ७८ स्वर्ण , ७६ रजत साथै ७२ कास्य पदक गरी कुल २६६ पदकहरू समावेश गरिएको थियो ।यस प्रतियोगितामा नेपालका १४ अञ्चलका जम्मा १४४३ जना खेलाडीहरूले सहभागीता जनाएका थिए।जसमा १२२० पुरूष र सानो संख्यामा वा जम्मा २२३ जना महिलाहरूको सहभागी रहेको थियो ।

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]

यस प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालका कुल १४ अञ्चल समावेश रहेको थियो ।

समावेश खेलहरू

[सम्पादन गर्नुहोस्]

यस प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल १६ खेलहरू समावेश गरिएको थियो ।

नेपालको राष्ट्रिय पक्षी डाँफे जुन यस प्रतियोगिताको लोगोका रूपमा रहेको थियो ।

यस प्रथम राष्ट्रिय खेलकुदमा लोगोका रूपमा नेपालको राष्ट्रिय पक्षी डाँफे राखिएको थियो ।

स्थान अञ्चल स्वर्ण रजत कांस्य कुल
१.बागमती अञ्चल४४३३२५१०१
२.गण्डकी अञ्चल२४
३.कोशी अञ्चल१३२५
४.नारायणी अञ्चल१७
५.जनकपुर अञ्चल
६.सेती अञ्चल-१०
७.लुम्बिनी अञ्चल-
८.भेरी अञ्चल११
९.महाकाली अञ्चल -
१०.धौलागिरी अञ्चल-
११.सगरमाथा अञ्चल
१२.मेची अञ्चल-
१३.राप्ती अञ्चल--
१४.कर्णाली अञ्चल---
जम्मा७८७६७२२६६

पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]
विधा अञ्चल
मार्चपास्टमा सर्वोत्कृष्टगण्डकी अञ्चल
उत्कृष्ट खेल प्रदर्शनगण्डकी अञ्चल
अनुशासनधौलागिरी अञ्चल´
पोसाककर्णाली अञ्चल

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. स्पोर्ट्स डाइजेस्ट (पुस्तक)
  2. प्रथम राष्ट्रिय खेलकुद www.onlinekhabar.com
पूर्वाधिकारी
यो नै पहिलो संस्करण
नेपाल राष्ट्रिय खेलकुद
प्रथम राष्ट्रिय खेलकुद २०३८

२०३८
उतराधिकारी