सामग्रीमा जानुहोस्

आठौँ राष्ट्रिय खेलकुद २०७५-०७६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आठौँ राष्ट्रिय खेलकुद, २०७५/२०७६
आठौँ राष्ट्रिय खेलकुदको आधिकारिक लोगो
आयोजक सहरकाठमाडौ , दाङ, नेपालगन्ज
राष्ट्र नेपाल
प्रतियोगिताहरू३५ खेल
उद्घाटन समारोह२०७६ बैशाख ५ गते, बिहीबार
समापन समारोह२०७६ बैशाख ११ गते
आधिकारिक उद्घाटन गर्ने व्यक्तिराष्ट्रपति विद्यादेवी भण्डारी
मुख्य आयोजना स्थलनेपालगन्ज रंगशाला
<  २०७३ २०७९  >

आठौँ राष्ट्रिय खेलकुद २०७५ नेपाल राष्ट्रिय खेलकुदको आठौँ संस्करणको खेलकुद हो । यो आठौँ संस्करणको खेलकुद प्रतियोगिताका अधिकांश खेलहरू प्रदेश नंबर ५ अन्तर्गतको बाँके जिल्लामा संचालन भएको थियो, भने केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत आयोजना भएको थियो []

बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल यो संस्करणमा पहिलो पटक समावेश गरिएको थियो भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी भएको थियो ।

उद्घाटन समारोह

[सम्पादन गर्नुहोस्]

राखेपले साउन ११, २०७५ मा बसेको बैठक मार्फत आठौँ राष्ट्रिय खेलकुदको लागि खेल स्थल तय गरेको थियो । प्रतियोगिताका अधिकांश खेल बाँके जिल्लाका विभिन्न खेलस्थलमा हुने र केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहीकाठमाडौंमा समेत हुने गरी राखेपले खेल स्थल तय गरेको थियो । बैठकले नेपालगञ्ज रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णय अनुसार पुरुष फुटबल सहित एथ्लेटिक्सका विभिन्न स्पर्धा बाँकेको नेपालगञ्ज रंगशालामा हुने निर्णय गरेको थियो । मुल आयोजक समारोह समितिले गरेको निर्णय अनुसार बाँकेमा विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् । बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु आयोजना हुनेछन् । नेपालको राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक हुन गइरहेको प्याराग्लाइडिङ खेल भने पूर्वाधार अभावका कारण कास्कीमा आयोजना भएको थियो ।[]

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]
  • प्रदेश नम्बर १
  • प्रदेश नम्बर २
  • प्रदेश नम्बर ३
  • गण्डकी प्रदेश
  • प्रदेश नम्बर ५
  • प्रदेश नम्बर ६
  • प्रदेश नम्बर ७
  • नेपाल पुलिस क्लब
  • नेपाल आर्मी क्लब
  • एपीएफ क्लब
  • एनआरएन टिम

अन्तिम पदक तालिका

[सम्पादन गर्नुहोस्]
आठौँ राष्ट्रिय खेलकुद
- २०७५ को अन्तिम पदक तालिका

[][]

स्थान टिम स्वर्ण रजत कांस्य कुल
१. नेपाली सेना १४० ८२ ६७ २८९

लोगो तथा मस्कट

[सम्पादन गर्नुहोस्]

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले २०७४ फाल्गुन ०८ गते मंगलबार नेपालगन्जमा लोगो, गीत, नारा र मस्कोट सार्वजनिक गरेका थिए । प्रतियोगिताको नारा ‘आठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय गरिएको छ । यो नारा सदस्य सचिव विष्टले लेखेका हुन् । भने प्रतियोगितको गीत नारायण खतिवडाले लेखेका हुन् ।[]

प्रदेश नम्बर ५ मा बाँके र बर्दिया राष्ट्रिय निकुन्ज रहेकाले पर्यटन प्रवर्द्धनका लागि मस्कट हात्तीको छावा तय गरिएको सदस्य सचिव विष्टले बताएका थिए । उनले लोगोमा शान्तिका दूत गौतम बुद्ध, शान्तिको प्रतीक परेवा, बर्दियाको राष्ट्रिय निकुन्ज ठाकुरद्वारालाई प्रतिविम्बित गरेको जानकारी दिएमा थिए । लोगो बनाउनका लागि राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिकरूपमा प्रतिस्पर्धा गराएको थियो ।

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू

[सम्पादन गर्नुहोस्]
पूर्वाधिकारी नेपाल राष्ट्रिय खेलकुद
आठौँ राष्ट्रिय खेलकुद २०७५

२०७५-७६
उतराधिकारी