सामग्रीमा जानुहोस्

पुनर्वास नगरपालिका

पुनर्वास नगरपालिका
पुनर्वास नगरपालिका पुनर्वास नगरपालिका-को अवस्थिति
पुनर्वास नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा पुनर्वास नगरपालिकाको अवस्थिति
पुनर्वास नगरपालिका कञ्चनपुर जिल्ला-को अवस्थिति
पुनर्वास नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा पुनर्वास नगरपालिकाको अवस्थिति
पुनर्वास नगरपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
पुनर्वास नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा पुनर्वास नगरपालिकाको अवस्थिति
पुनर्वास नगरपालिका नेपाल-को अवस्थिति
पुनर्वास नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा पुनर्वास नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २८°३८′ उत्तर ८०°२९′ पूर्व / २८.६३° उत्तर ८०.४८° पूर्व / 28.63; 80.48
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखतोयप्रसाद शर्मा (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखभुलियाकुमारी राना (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१०३.७१ किमी२ (४०.०४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६१,७४८
 • घनत्व६००/किमी२ (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९९
केन्द्रसाविक त्रिभुवनवस्ती गाविस वडा नम्बर २
वेबसाइटआधिकारिक वेबसाइट

पुनर्वास नगरपालिका कञ्चनपुर जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका परासन, त्रिभुवनवस्ती र कालिका गाविसहरू समावेश गरिएका थिए भने २०७३ फागुन २७ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा बाइसी बिचवा (५-९) गाविस यसमा गाभिएको थियो।

इतिहास

[सम्पादन]

वि.सं.२०२८ सालमा तत्कालिन नेपाल पुनर्वास कम्पनिद्वारा व्यवस्थित रुपले बसोबास गराएको हुँदा सोहि समयदेखि नै यस क्षेत्रलाई पुनर्वास क्षेत्र भनिएको हो ।[४] २०२८ सालतिरै राजा महेन्द्रले पहाडका मानिसहरूलाई कञ्चनपुरमा बसाइ सर्न आमन्त्रण गरेका थिए। राजा महेन्द्रले धेरै संख्याका नेपाली मूलका बर्मेलीलाई यसै शहरमा खेती गर्ने जमीन सहित घडेरी उपलब्ध गराएका थिए।[५] यसरी अन्य ठाउँबाट मानिसहरू आएर बसोबास गरेपछि कैलाली, कञ्चनपुरमा पुस्तौंदेखि बसोबास गर्दै आएका राना थारू आफ्नै ठाउँमा अल्पसंख्यक बन्न पुगे र केही हदसम्म विस्थापित पनि भए। उनीहरू र दाङबाट बसाइ सरेर आइसकेका डगौरा थारू बन्दै गएको मिश्रित समाजको हिस्सा हुन पुगे। कञ्चनपुरमा सघन रूपमा पुनर्वास गराइएका मानिसहरूको बसोबास भएको ठाउँलाई पञ्चायत कालमा ‘पुनर्वास पञ्चायत’ भनियो। [६]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पुनर्वास नगरपालिकाको कुल जनसङ्ख्या ६१,७४८ रहेको छ भने यहाँ १३,६२६ घरधुरी रहेका छन्।[२]

पुनर्वास नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१कालिका (६,८-९)७६२३१५.४४९५.००
२कालिका (१-२,५,७)६६४३६.३५१०४६.१४
३कालिका (३-४)२३३८३.७२६२८.४९
४त्रिभुवनवस्ती (४-५)४४३९४.४७९९३.०६
५त्रिभुवनवस्ती (६-९)७०४८९.३७५७.८५
६त्रिभुवनवस्ती (१-३)५४८४५.८४१३९.०४
७परासन (१-२)३३०४१२.३८२६६.८८
८परासन (३-४,९)४९२३१२.०१४०९.९१
९परासन (५-८)७२८९१३.७३५३०.८८
१०बाइसे विचवा (५-६)६५२७७.२३९०२.७७
११बाइसे विचवा (७–९)६१३०१३.२७४६१.९४
जम्मा६१,७४८१०३.७५९५.४५

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. ↑ "संक्षिप्त परिचय | पुनर्वास नगरपालिका", punarbasmun.gov.np (नेपालीमा), मूलबाट २०२६-०६-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२६-०५-१५।
  5. ↑ Aaja, Paschim (२०२५-०७-२८), "न्यायको खोजीमा महेन्द्रनगर", पश्‍चिम आज (en-USमा), अन्तिम पहुँच २०२६-०५-१५।
  6. ↑ महेन्द्रनगर, चेतन अधिकारी-आप्रवासीहरूको थलो, "आप्रवासीहरूको थलो महेन्द्रनगर", आप्रवासीहरूको थलो महेन्द्रनगर, अन्तिम पहुँच २०२६-०५-१५।

बाह्य कडीहरू

[सम्पादन]