सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:लेखराज जोशी/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

‘के हो, अष्टाङ्गयोग ?

[सम्पादन गर्नुहोस्]

योग हिन्दू संस्कृतिको एक महान, रहस्यमय एवं गुह्य विज्ञान हो । यसको प्रमाणिक प्रादुर्भाव करवि ५००० वर्ष पहिले भएको पाइन्छ । योग सम्बन्धि उपलब्ध प्राचीन प्रमुख ग्रन्थ हरुमा महर्षि पतञ्जली द्वारा रचित पातञ्जलयोगप्रदीप प्रमुख एवं प्रमाणिक ग्रन्थ हो । योग सम्बन्धि अन्य प्राचीन ग्रन्थहरुमा महर्षि घेरण्ड द्वारा रचित घेरण्डसंहिता, योगताराबली, हठयोगप्रदीपिका, योगशिखोपनिषद्, दत्तात्रेय–योगशास्त्र, बहिरंगयोग , पराशर संहिता , याज्ञवल्क्य संहिता, ध्यानविन्दुपनिषद्, श्रीमद्भगवत् गीता, गोरक्ष संहिता इत्यादी हुन् । इतिहासकारहरुले पतञ्जली लाई ईशापूर्व दोश्रो शताब्दीका मानेका छन् । कैयन् इतिहासकार हरुले महर्षि चरकपतञ्जली एउटै व्यक्तिहुन् पनि भनेका छन् । आयुर्वेद क्षेत्रका महान विद्वान् श्री चक्रपाणि, विज्ञान भिक्षु तथा भाव मिश्रले पनि चरक र पतञ्जली एउटै व्यक्ति हुन भनि लेखेका छन् । पतञ्जली योगसूत्रमा जम्मा ४ पाद छन् । प्रथम समाधी पाद जसमा ५१ सूत्र छन्, दोश्रो साधना पाद , जसमा ५५ सूत्र छन् । तेश्रो विभूति पाद जसमा ५५ सूत्र छन् र चौथो कैवल्य पाद,जसमा ३४ सूत्र छन् । यसरी पतञ्जली योग सूत्रमा कुल १९५ सूत्र छन् । सूत्र भनेको कुनैज्ञानको बिजगणितीय सूत्र जस्तै संक्षिप्त प्रारुप हो । जस्तै :- योगच्श्रित्तवृत्तिनिरोधः [] अर्थात चित्तवृत्तिको निरोध हुनुनै योग हो । अथवा मनमा कुनैपनि इच्छा, कल्पना, चिन्ता, चिन्तन, विचार भय, इत्यादी आउनै नदिनु, विचारको निरोध गरिदिनुनै योग गर्नु हो । त्यस्तो अवस्था भएपछि मन स्वतः विचार शून्य हुन्छ । मन विचारशून्य भएपछी यो आफै ध्यान धारणासमाधीतिर उन्मुख हुन्छ । त्यसैले मन लाइ विचार हुन्य बनाउने प्रविधिलाइ पनि योग भन्न सकिन्छ । तर मनलाई विचार शून्य बनाउन धैरै कठिन छ । यो अवस्था प्राप्त गर्न त्यती सहज हुदैन । भगवान श्रीकृष्ण गीतामा अर्जुन संग भन्नुहुन्छ  :-

  • असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् । अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।। [] अर्थाते : हे महाबाहु अर्जुन ! मनलाई नियन्त्रण गर्न धेरै कठिन छ , तापनी यसलाइ अभ्यास वा वैराज्ञले नियन्त्रिण मा ल्याउन सकिन्छ । योगको प्रमुख उद्येश्य शरीर र मन लाई मल रहित बनाई आत्मालाई परमात्मामा एकीकरण वा विलय गराउनु हो । योगका कैयौं प्रकारहरु छन् । जस्तै:- हठयोग, ध्यान योग , ज्ञान योग, सांख्य योग, कर्मयोग , भक्तियोग, इत्यादि । यी सवैको एउटै उद्येश्य ईश्वर साक्षात्कार गर्नुहो । तं विद्याद्दुःख संयोग वियोग योग संज्ञितम् । अर्थात जो दुःख रुप संसारको संयोग बाट रहित छ त्यही नै योग हो । यो महान लक्ष प्राप्त गर्न महाऋषी पतञ्जलीले योगमार्गमा कुल ८ वटा नियमहरुको पालना गर्नुपर्ने कुरा औल्याएका छन् । जस्तै :-
  • यमनियमासनप्राणायामप्रत्याहार धारणा ध्यान सामाध्योऽष्टावङ्गानि । []

अर्थात् :- यम,नियम,आसन,प्रणायाम,प्रत्याहार,ध्यान,धारणासमाधी यी योगका आठ अंग हुन् । तर गुरु गोरखनाथले योगका ६ वटा अंग मात्रै स्वीकार गरेका छन् । उहाँले महाऋषी पतञ्जली निर्मित योगका सुरुका दुई अंगहरु यमनियमको अनुमोदन गर्नु भएको छैन । जस्तै :-

  • आसनं प्राणसंरोध प्रत्याहारश्च धारणा । ध्यानं समाधी रेतानि योगांगांनी वदन्तिषट् ।। [] । अर्थात :- आसन,प्राणयाम,प्रत्याहार,धारणा,ध्यानसमाधी लाई योगका ६ अंग भन्दछन् । तर अधिकांश योगाचार्य हरुको मतमा योगसिद्घिको लागि आठवटा नियमहरुको अनिवार्यता भएकोले निम्न ८ वटा योगमार्गको अनुसरण बाट मात्रै योगको पूर्ण लक्ष प्राप्त गर्न सकिन्छ । जुन यसप्रकार छन् :-

यम भित्र (अहिंसा,सत्य,अस्तेय,ब्रह्मचर्य र अपरिग्रह)पर्दछन् [] :- कुनै निरपराध प्राणी लाई कुनै पनि किसिम बाट दुःख पु¥याउनु हिंसा हो । अहिंसा भनेको कसैलाई पनि मन, बचन र कर्मले दुःख नदिनुहो । तर आततायी, डाँकु, डान, र दुष्टहरुको नाश गर्नु लाईपनि अहिंसा भनिन्छ । किनभने यसो गर्नाले कैयौ निरपराध प्राण्ीा हरुको ज्यान बच्दछ । उनिहरुले शान्ति पाउछन् । समाजमा सुख शान्ति कायम हुन्छ । मन बचन र कर्मले सत्य बोल्नु, सत्य ब्यवहार गर्नु सत्यहो । सत्यको परिभाषा गर्न कठिन हुन्छ । तपाईले बोलेको सत्य बचनले यदि कुनै निरपराध प्राण्ीाको हिंसा हुन्छ भने त्यो सत्य होइन । तपाईले बोलेको असत्य बचनले पनि यदि कसैको भलो हुन्छ भने त्यो सत्य मानिन्छ । कुनैपनि प्रकारले चोरी/ठगी नगर्नु अस्तेय हो । आस्तेयको पनि सत्यको जस्तै क्लिष्ट परिभाषा छ । चोरीमा अरुको चीज आफ्नो बनाउने प्रयास हुन्छ । चोरीको भौतिक अर्थ भन्दा अध्यात्मकि अर्थ गहन छ । तपाई भित्र जे छ, बाहिर त्यही हुन नसक्नु/नदेखिनु पनि एक प्रकारको ठगी वा चोरी हो । कसैको विवशताको लाभ लिएर जमीन इत्यादि सस्तो मूल्यमा किन्नु पनि चोरीहो । कसैको वस्तु उसको आज्ञा विना प्रयोग गर्नु पनि चोरी हो । यी यावत् कर्महरुको मन, वचन र कर्मले त्याग गर्नुअस्तेयहो । मन वचन र कर्मले कामवाशनाको पूर्ण निरोध बह्मचर्य हो । योगशास्त्रहरुमा अनावश्यक यौनकृया अथवा संभोगले मानिसमा रहेको दिव्य ऊर्जा नाशहुन्छ भनि बताइएको छ । जस्तै :-

  • मरणं विन्दुपातेन जीवनं विन्दुधारणात्[] योगशास्त्र अनुसार चेतनाको उच्चस्तर विकासमा अनावश्यक संभोग बाधक छ । यसको इच्छा प्रथमतः मनमा जाग्दछ , अतः यसको कामना मानसिक धरातलमै नआओस भनि यसको निरोधको अभ्यास गर्नु भनेको ब्रह्मचर्य हो । भनिएको छ :-
  • कर्मणा मनसा वाचा सर्वावस्थासु सर्वदा । सर्वत्र मैथुन त्यागी ब्रह्मचर्य प्रचक्षते।।[] अर्थात:- मन, वचन र कर्मले हुने सवै किसिमका मैथुनको त्याग गर्नुनै ब्रह्मचर्य हो । तपाईले अश्लील वार्ता सुन्नु मात्रै भयो भने तपाई ब्रह्मचारी मानिनु हुन्न । यो ब्रह्मचर्यको परिभाषा हो । अपरिग्रह भनेको आफुलाई नचाहिने अनावश्यक बस्तुको संग्रह नगर्नु हो । हरेक वस्तु वा सम्पत्तिको मालिक आपूmलाई ठान्नु परिग्रह हो । यसको विपरित ती यावत् वस्तुहरुको स्वामित्व बाट अलग्गिनु अपरीग्रह हो । संक्षेपमा संक्षिप्त जीवन यापन भन्दा बढी अनावश्यक भौतिक बस्तुको संग्रह नगर्नु नै अपरीग्रह हो । भगवान बुद्घले पनि आफ्नो साधना पद्घती विपश्यनाका साधकहरु लाई यी उपर्युक्त अनुशासनहरुको अनिवार्य पालना गर्ने निर्देशन दिनु भएको थियो । उपर्युक्त सवै नियमहरुको पालना गर्नु लाई यम भनिन्छ ।

योगशास्त्रमा नियम भित्र (शौच, सन्तोष,तप,स्वध्याय र ईश्वरप्रणिधान)पर्दछन् |[] माथिका यम सम्बन्धी अनुशासनहरुले व्यक्तिलाई सामाजिक, व्यवहारिक र आत्मिक रुपमा शुद्घ बनाई ईश्वर प्राप्तिको योग्य उमेद्वार बनाउँछ । मानव शरीरमा रहेका विभिन्न मलहरुलाई रेचन गरी देहलाई निर्मल बनाउने यौगिक प्रकृयालाई शौच भनिन्छ । शारीरिक र मानसिक शुद्घता विना साधनामा प्रगति हुन सक्दैन । काम, क्रोध , लोभ मोह, र अहंंकारको परित्याग गरी मन लाई शुद्घ पार्नु मानसिक शौच हो भने, स्व–परिश्रमले अर्जित धन (१नम्वर पंैशा) बाट मात्रै जीवन यापन गर्नु, सात्विक ,शुद्घ, एवं ताजा अन्न मात्रै खानु, दिशा, पिशाव गरिसके पछि गुप्ताङ्गलाई जलले स्वच्छ बनाउनु ,सफा धोएका वस्त्र मात्रै लगाउनु ,प्रातःब्रह्म मुहुर्तमा स्नान गर्नु, इत्यादी शरीरलाई शुद्घ बनाइराख्ने प्रकृया लाई शारीरिक शौच भनिन्छ । आफ्नो जातिगत कार्य, क्षमतागत, वा स्वभावगत कार्य गरी जीविका चलाउनु र प्राप्त लाभ–हानीमा न हर्श न विस्मातको अवस्थामा रहनु भनेको सन्तोष हो । तप भनेको आत्मपीडन होइन , उपर्युक्त सवै अनुशासन हरुको दृढताका साथ पालना गर्नु भनेको नै तप हो । गुरुद्वारा प्राप्त मन्त्रको जप गर्नु, सत्पुरुष हरुको सान्निध्य र सम्पर्कमा रहनु , अध्यात्म सम्वन्धि ग्रन्थहरुको नियमित पठन–पाठन गर्नु भनेको स्वाध्यायहो र सवै प्राणीहरुमा सर्वव्यापी परमात्मा ईश्वरको अंशको/अस्तित्वको दर्शन गर्नु भनेको ईश्वरप्रणिधान हो । उपर्युक्त सबै अनुसाशनहरुको पालना गर्नुलाई नियम भनिन्छ ।

योगशास्त्रमा ।(सुखपूर्वक लामोसमयसम्म स्थीर भएर बस्ने अभ्यास) लाइ आसन भनिन्छ | अष्टाङ्ग योगको तेश्रो अंग आसन हो । अहिले यसले व्यायामको जस्तै रुप लिएको छ । व्यायामको रुपमा देखिने यो पद्घति संसारमा चलन चल्तीका रुपमा रहेका अन्य व्यायाम प्रकृया भन्दा फरक छ । संसारका अन्य व्यायाम पद्घति हरुले शरीरका मांसपेशीहरुको बृद्घि र विकासमा मात्रै बढी ध्यान केन्द्रित गरेका छन् । तर अष्टाङ्ग योगका आसन हरुको उद्येश्य शरीर मा भएका प्रत्येक नस, नाडी मांसपेशी, भित्री अंग र जोर्नी हरु लाई लचिलो बनाई शरीरलाई स्वच्छ र रोग मुक्त राख्नमा सहयोग पु¥याउनु हो । जसरी भिजेको कपडालाई निचोरेर त्यस भित्रको सबै मल र अशुद्घि निष्काशन गरिन्छ , त्यसरीनै योगाशनहरुको अभ्यासले शरीरगत मल वा रोगको सफाई हुन्छ । शरीर स्वच्छ भएमात्रै मन स्वच्छ हुन्छ, जवसम्म मन स्वच्छ हुदैन, तवसम्म यसलाई कुनै एक ध्येय वा शून्यमा केन्द्रित गर्न सकिदैन । जवसम्म मन कुनै एक ध्येयमा केन्द्रित हँुदैन तव सम्म योग हँुदैन अथवा यसबाट कुनै विशिष्ट उपलब्धी प्राप्त गर्न सकिदैन । शास्त्रमा भनिएको छ :-

  • मन एव मनुस्याणां कारणं बन्ध मोक्षयो[]

अर्थात बन्धन् या मुक्तिको कारक तत्व भनेको पनि यही मन हो । मन अशुद्घ वा अशान्त भए संसारका समस्त भौतिक सुखभोग उपलब्ध गराइए पनि मानसिक सुख मिल्न सक्दैन । अथवा उ सुखको अनुभूति गर्न सक्दैन । त्यसैले यसको परिष्कार र परिमार्जन अत्यावश्यक छ । शरीरको स्थिति, मनको एकाग्रता, र स्वाश–प्रश्वासको लयबद्घताको मेलबाट मात्रै आसनपूर्ण हुन्छ । यी तीनको मेलले शरीर, मन र प्राण निर्मल हुन्छ , रोग शोक र पीडा एकैपटक समाप्त हुन्छ र पूर्णस्वाथ्य प्राप्त गर्न सकिन्छ । महर्षि पतञ्जली लेख्नुहुन्छ :-

  • प्रयत्नशैथिल्यानन्त समापत्तिभ्याम [१०]

अर्थात :- शिथिलताको प्रयत्न र अनन्तमा मन लगाइ राख्नाले आशन सिद्घ हुन्छ । यो उपलब्धि संसारका अन्य व्यायाम पद्घति बाट पाइँदैन । हाल योगको रुपमा संसारभर सर्वत्र अभ्यास गरिने यिनै योगका ८४ आसनहरु हुन् । योगका आसनहरुको अभ्यास गर्दा पेट पूर्ण खाली हुनु पर्दछ । कुन रोगीले कुन प्रकारका आसन गर्नुहुदैन , यसको पूर्ण जानकारी राख्नु पर्दछ । विशेष गरेर विहानको शौच पछि योगाशन गर्ने उत्तम समय हो ।

प्रणायाम भनेको ।(प्राणको अभिबृद्घि र व्यवस्थापन) हो | प्राण भनेको जीवनहो । वैज्ञानिक भाषामा यसलाई अक्सीजन भन्दछन् । भोजन र पानी विना केही दिन जिउन सकिएला, तर प्राण विना २० मिनेट पनि जिउन सकिन्न । शरीरगत जैविक विद्युत लाई नै प्राण भन्दछन् । हामीले घरमा प्रयोगगर्ने विद्युत पूर्ण भौतिक र निर्जीव हुन्छ भने, शरीरगत विद्युत या प्राण अत्यन्तै सुक्ष्म र चेतनशील हुन्छ । जस्तै हामी निदाएको बेला पनि यसले आफ्नै हिसावले भोजन पचाउने कार्य गरिरहेको हुन्छ । यसको लागि मस्तिष्क बाट निर्देशन लिनु पर्दैन । रक्त संचारगर्ने, भोजन पचाउने, मलमूत्र निष्काशन गर्ने, शरीरलाई निन्द्रामा लैजाने, शरीर लाई आवश्यक गर्मी वा ठण्डक प्रदान गर्ने इत्यादि सबै कार्य प्राणले स्वतःगर्ने कार्यहरु हुन् । जव हाम्रो शरीर भित्र कुनै रोगको जीवाणुको प्रवेश हुन्छ, प्राणले त्यस लाइ चिन्ने वित्तिकै त्यसलाई मार्न शरीरलाई अत्यधिक गरम बनाउछ र हामीलाई ज्वरो आएको अनुभूति हुन्छ । यो प्राण चेतनशील भएकोे एउटा उदाहरण हो । प्रणायामको अभ्यासले प्राण को अभिबृद्घी हुनुका साथै यो साधकको अधिनमा आउछ । हिमालयवासी योगी र तपस्वीहरु हरु हिमालयमा लामो समय सम्म अविचलित रहनुको रहस्य यही प्राण सिद्घ हुनुहो । उनिहरु आफ्नो शरीर लाई चाहिएजति गरम या ठन्डा बनाउन सक्दछन् । प्राणलाई नियन्त्रित र अभिवृद्घि गर्ने प्रणाली लाई प्रणायाम भनिन्छ । अथवा प्राणायाम भनेको श्वाश–प्रश्वास संग सम्वन्धित यौगिक अभ्यासहो । महर्षी पतञ्जली भन्नुहुन्छ :-

  • श्वास प्रश्वास योर्गतिविच्छेदः प्राणायामः [११]

अर्थात् : श्वास प्रश्वासको गती विच्छेद गरीदिनु भनेको प्रणायामहो ; यो कुरा लाई यसरी पनि बुभ्mन सकिन्छ, प्राणवायु नत शरीरभित्र प्रविष्ट होस् ,न बाहिर जाओस् , यसको गति वा व्यवहार रोक्नु नै प्राणायाम हो । योग शास्त्रमा मन र प्राण को एक आपसमा घनिष्ठ सम्वन्ध हुन्छ भनेर व्याख्या गरिएको छ । जसरी गाई र उसको बाच्छाको एक आपसमा घनिष्ठ सम्बन्ध हुन्छ, त्यस्तै मन र प्राण को पनि सम्वन्ध हुन्छ । भागीरहेको गाई लाई नियन्त्रणमा लिन उसको बाच्छो लाई समाते पुग्दछ । त्यस्तै चन्चल मनलाई नियन्त्रण गर्न प्राण, वा प्राण लाई नियन्त्रण गर्न मनलाई नियन्त्रण गरे हुन्छ । मनलाइ सिधै नियन्त्रण गर्न ज्यादै कठिन छ । तर प्राण नियन्त्रण गर्न मन भन्दा सजिलो छ । त्यसैले प्राणको माध्यम बाट मनलाई नियन्त्रण गर्न सहज हुन्छ । प्राणायामको निरन्तर अभ्यासले प्राणको अभिवृद्घि हुनुका साथै यो नियन्त्रणमा आउँछ । प्राण नियन्त्रणमा आए मन स्वतः नियन्त्रणमा आउँछ भनि योगशास्त्रमा उल्लेख गरिएको छ । प्राणयाम गर्ने तरीका सयौं छन् । तर यसका मुख्य ३ चरण हुन्छन् । रेचक अर्थात् पेट भित्रको हावा विस्तारै बाहिर निकाल्नु । पूरक अर्थात् बाहिको हवा लाई विस्तारै पेटभित्र भर्दे जानु र पूर्ण रुपमा भर्नु । कुम्भक अर्थात वायुलाई केही बेर रोकि राख्नु । कुम्भक दुई प्रकारकोहुन्छ वाह्यः कुम्भक अर्थात् पेटको हावालाई बाहिर निकाली बाहिरको बाहिरै रोकिराख्नु र अन्तःकुम्भक अर्थात् पेटभित्र पूर्ण हवाभरी भित्राभित्रै रोकिराख्नु । सम्पूर्ण प्राणयामहरुको आधारभूत विधि वा तरीका यही हो । विशेषतः यसमा पेट भित्र हवाभर्न वा पूरकमा १० सेकेन्ड लाग्छ भने हवा रोकिराख्न वा कुमभकमा २० सेकेन्ड लगाउनु पर्दछ , त्यस्तै हवा निष्कासन गर्न वा रेचकमा ४० सेकेन्ड लगाउनुपर्दछ र बाह्य कुम्भकमा १० सेकेन्ड लगाउनुपर्दछ । प्राणायामको समय बृद्घि सगै पूरक, कुम्भक र रेचकको समय त्यही अनुपातमा बढाउदै लैजानु पर्दछ । यो प्राणायामको आधाभूत विधी हो । प्राणायाम गर्दा कृया र मनको पूर्ण तादात्म्य हुनु पर्दछ । नत्र प्रणायामको उद्येश्य पूराहुदैन । शरीरले प्रणायामको अभिनय गर्ने, मन कहीँ अन्तै लगाउनेहो भने त्यो खाली गहिरो स्वास–प्रश्वासको अभ्यास मात्रै हुन जानेछ । हठयोगप्रदीपिका मा लेखिएको छ :-

  • यदातु नाडी शुद्घिः स्यात्तथा चिन्हानि बाह्यतः। कायस्य कृशता कान्तिस्तदा जायेत निश्चितम् ।।[१२] अर्थात प्राणयाम गर्दा–गर्दै जव नस–नाडिहरु शुद्घ हुन्छन् , तव उसको वाह्यलक्षण स्पष्ट देखिन्छ । शरीर कृश वा पातलो एवं चेहरा तेजिलो हुन जान्छ, यो प्रााणयाम सिद्घिको पहिलो लक्षणहो ।

५ प्रत्याहार

[सम्पादन गर्नुहोस्]

समग्रमा (विषय वासना बाट इन्द्रियहरु लाई पूर्ण मुक्त गर्नु)लाइ प्रत्याहार भनिन्छ ।

  • चरतां चक्षुरादीनां विषयेषु यथाक्रमम् । यत्प्रत्याहरणं तेषां प्रत्याहार स उच्यते।। [१३]

अर्थात्ः आँखा आदि पाँच ज्ञानेन्द्रीय हरुका रुप, रस, गन्ध स्पर्श र शब्दश्रवण यी ५ विषयहरु छन् । यी विषयहरु बाट ती ज्ञानेन्द्रीयहरु लाई अलग गरिदिनु लाई प्रत्याहार भनिन्छ । प्रत्याहारको अवस्थामा आँखाले देख्ने, कानलेसुन्ने, नाकले गन्धको अनुभव गर्ने, जिब्रोले स्वादको अनुभव गर्ने, र छालाले स्पर्शको अनुभूति गर्ने कार्य रोकिन्छ । ध्यानस्थ यो मुद्रामा शरीर चेतनाशून्य भएको तथा एकदमै हलुको भएको महसुस हुन्छ । मन्त्र जाप द्वारा पनि यो स्थितिमा पुग्न सकिन्छ । निरन्तर प्राणायामको अभ्यास बाट पनि यो अवस्थामा पुग्न सकिन्छ । भक्ति योग वा भजन–कीर्तनबाट पनि यो अवस्थामा पुग्न सकिन्छ । जव यो घट्छ मन पूर्ण रुपमा शान्त भएर अन्तरमुखी हुन्छ । मनको तेश्रो आँखा खुल्दछ र यसले सुक्ष्म शरीरगत चक्रहरुको अवलोकन गर्ने गर्दछ । योग शास्त्रमा यो स्थिति लाई शरीरगत ऊर्जाको उध्र्वगमन भनिन्छ । तन्त्रशास्त्रमा यसलाइ शरीरगत कुण्डलिनी शक्तिको जागरणको तयारी मानिन्छ । प्रत्याहारमा नपुगी ध्यान, धारणासमाधिको अनुभव गर्न सकिदैन । यी पाँचवटा बहिरंग साधना सिद्घ छन् भने, बाँकी ३ साधना (धारण, ध्यान र समाधी) अतिशीघ्र सहज रुपमा सिद्घ हुन्छन् । प्रत्याहार योग मार्ग मा एस.एल.सि.जस्तै खुट्किला हो । बौद्घ दर्शनमा यसलाई वोधिसत्व भन्दछन् । एक अनुभवी साधकको अनुभवमा प्रत्याहार सम्म यम–नियमको अभ्यास नगर्ने , आचार विचार ठिक नभएको, जथाभावी खाने, मांस मदिरा भक्षणगर्ने, हिप्नोटिज्म वा मेस्मरेजिम(सम्मोहनशास्त्रका) विद्यार्थिहरु पनि पुग्न सक्दछन् । तर योभन्दा पछिको साधनामा साधकमा अति मानवीय शक्तिको विकास हुने भएकोले सुक्ष्म जगतमा विचरणगर्ने देवी–देवताहरु यम–नियमको पालना नगर्ने साधकको साधना भ्रष्ट गराइ दिन्छन् । [१४] प्रत्याहार सिद्घ नभए योगको मूल तत्व ध्यान,धारणा र समाधि सम्म पुग्न सकिदैन । प्रत्याहार सिद्घहुनु योग मार्गमा सफलताको लक्षण पनि हो । पातञ्जल योगदर्शनमा महर्षि पतञ्जली लेख्नु हुन्छ :-

  • स्वाविषया सम्प्रयोगे चित्तस्वरुपानुकार इवेन्द्रियाणाप्रत्याहारः ।। [१५] अर्थात : ज्ञानेन्द्रीय हरुले आफ्नो विषयको सम्वन्ध बाट विच्छेद भई चित्तको स्वरुपमा तदाकार हुनुनै प्रत्याहार हो ।

(मन लाई कुनै एक ध्येयमा पूर्णरुपमा एकाग्र बनाउनु)लाइ धारणा भनिन्छ । पतञ्जली भन्नु हुन्छ :- देशबन्धश्चीत्तस्य धारणा[१६] अथवा मनलाई बाहिर या भित्र कुनै एक प्रतीक वा शून्यमा एकाग्र गर्नु धारणाहो । आमा जसरी आफ्नो वालक बाट इच्छित कार्य गराउन मिठाइँ, खेलौना इत्यादी दिएर उसको मन लाइ भुलाइ राख्नुहुन्छ, रुन दिनुहुन्न, ठिक त्यसै गरेर धारणाले विभिन्न कल्पनाहरु र विषयहरु द्वारा मनलाइ बाँधी राख्न वा एकाग्र बनाइ राख्नमा सहयोग पु¥याउँछ । योग शास्त्रमा यस्ता ११२ धारणाहरुको वर्णन गरिएको छ । [१७]कष्ट, पीडा,र छटपटाहट बाट मन एकाग्र हुन्छ । प्रेमको प्रगाढताले पनि एकाग्रता दिन्छ । कला, संगीत, भजन ,कीर्तन बाट पनि मानसिक एकाग्रता आउछ । त्यस्तै गरेर भगवानको मुर्ति, कुनै चित्र, कुनै विन्दु, विभिन्न प्रतीकहरुमा मनको केन्द्रीकरण, निरन्तर उच्चारण भइरहने शब्दश्रवण, या स्पर्श द्वारा पनि मन लाई एकाग्र गर्न सकिन्छ । मन केन्द्रीकरण गर्नका लागि सैकडौ विषय या कल्पनाहरु हुन सक्दछन् । यिनै विषयहरु लाई धारणा भन्दछन् । विना धारण ध्यान हुनै सक्दैन । यो, मन लाई अड्काइ राख्ने भनौ या फसाई राख्ने पनि प्रविधी हो ।

अर्थात (कुनै एक विचार वा छवीमा मन लाई निरन्तर स्थीर गर्नु) लाइ ध्यान भनिन्छ । मनलाई जहाँ धारणा गराइएको हुन्छ, अथवा जुन प्रतिकमा मन अड्काइएको हुन्छ , अथवा मन जहाँ लगाइएको हुन्छ भनौ , त्यसै वृत्तिमा एकतार भएर मन लगाईरहनु ,मन लाइ यताउता भड्किन नदिनु लाई ध्यान भनिन्छ । पातञ्जल योग प्रदीप मा लेखिएको छ :-

  • तत्र प्रत्यैकतानता ध्यानम् । अर्थात् : जहाँमन लगाइएको छ त्यसै वृत्तिमा एकनासले मन लगाइरहनु ध्यान हो । यो एकाग्रता मनमा दोश्रो विचार आएर बाधित नभए सम्म ध्यान मानिन्छ । गोरक्ष संहितामा गुरु गोरख नाथले ध्यानको यस्तो व्याख्या गर्नुभएकोछ :-
  • स्मृत्यसेव सर्व चिन्तया धातुरेकः प्रपद्यते । यच्चितै निर्मला चिन्ता तद्विध्यानं यचक्षते ।।
  • द्विविधं भवति ध्यानं सकलं निष्कलं तथा । चर्याभेदेन सकलं निष्कलं निर्गुणं भवेत् ।। [१८] अर्थात् ध्यान सगुण/साकार र निर्गुण/निराकार दुई प्रकारको हुन्छ । सगुण ध्यान गर्नाले अणिमा आदि अष्ट सिद्घी प्राप्त हुन्छन् भने, निर्गुण ध्यान बाट समाधिको अवस्था प्राप्त हुन्छ । योग तत्वोपनिषद्ले पनि यो तथ्य लाइ थप स्पष्ट गरेको छ :-
  • सगुणध्यानमेतत्स्यादणिमादिगुणप्रदम् । निर्गुणध्यानयुक्तस्य समाधिश्चततो भवेत् ।।

[१९] यसको भावार्थ पनि माथि लेखिए जस्तै हो । योग ग्रन्थहरुमा ध्यानको महिमा यसरी लेखिएको छ :-

  • अश्वमेध सहस्त्राणी वाजपेय शतानि च । एकस्य ध्यान योगस्य तुलांनार्हन्ति षोडशीम् ।। [२०] अर्थात हजारौ अश्वमेध यज्ञ वा सयकडौं वाजपेय यज्ञको फल ध्यान योगको सोलह भाग जति पनि हँुदैन । अर्थात् इष्टदेवको ध्यान गर्नाले पूजा, पाठ, यज्ञ, दान, तप, गरेको भन्दा १६ गुना बढी फल प्राप्त हुन्छ ।

संक्षेपमा ।(मनको आत्मामा विलय र आत्माको परमात्मा संग मिलन) लाइ समाधि भनिन्छ |महर्षि पतञ्जली लेख्नुहुन्छ :-

  • तदेवार्थमात्रनिर्भासं स्वरुप शून्यमिव समाधिः [२१]

अर्थात ध्यानगर्दा गर्दै जव केवल ध्येयको मात्रै अस्तित्व बाँकी रहन्छ तव त्यो ध्यान स्वतः समाधिमा रुपान्तरित हुन्छ । गोरक्ष संहितामा गुरु गोरखनाथले समाधिको व्याख्या यसरी गरेका छन् :-

  • न गन्धं न रसं रुपं न च स्पर्शन निःस्वनम् । नात्मानं न परस्वं च योगी युक्तः समाधिना ।।

[२२] अर्थात :- समाधिमा लीन योगी लाई गंध, स्वाद, रुप ,स्पर्श र शब्द श्रवण यी पाँच विषयको तथा आफ्नो परायाको ज्ञान हुदैन । समष्टिमा ऊ कोमा वा निश्चेत भए जस्तै हुन्छ । उसको श्वास–प्रश्वास रोकिएको हुन्छ । डाक्टरहरु उसलाई मृत सम्झिन्छन् । तर उ जीवितै हुन्छ । आजभन्दा ३/४ महिना अगाडि हाम्रो देश नेपालको कास्की पोखरामा पनि एक जना श्रीवैष्णव सन्त स्वामी हरिदासजीले भौतिक विज्ञान लाई लत्याउदै हजारौ मानिसहरुको वीचमा ९ दिन सम्म १० फुट गहिरो खाल्टोमा समाधिस्थ हुनु भएको थियो । उहाँ समाधिस्थ हुनुभएको खाल्टो माथिबाट माटोले पुरी जमरा समेत लगाइएको थियो । तर उहाँ ९ दिन पछि सकुसल बाहिर आउनुभयो । समाधिको विषयमा गुरु गोरखनाथ अभैm थप स्पष्ट पार्नु हुन्छ :-

  • अम्बूसैन्धवयो रैक्यं यथा भवति योगतः । यदात्मन सोरैक्यं समाधिः सोऽभिधीयते ।।[२३]

अर्थात् पानीमा जसरी सीधा नून हालेर घोले पछि पानी र नून एकै हुन्छ, छुटयाउन सकिदैन त्यसै गरेर मन , आत्मा र इन्द्रियको एकीकरण गर्नु नै समाधि हो । गुरु गोरखनाथ फेरी स्पष्ट पार्नु हुन्छ :-

  • धारणा पञ्चनाड्ीभिध्र्यानं च षष्टनाडिभिः। दिनद्वादशकेन स्यात्माधिः प्राण संयमात् ।।[२४]

अर्थात् २ घण्टा सम्म मन र प्राणवायु रोकिराख्नु लाई धारणा ,२४ घंटा सम्म रोकिराख्नु लाई ध्यान, १२ दिन सम्म रोकि राख्नु लाई समाधि भनिन्छ । अव प्रश्न यो उठ्छ कि मानव शरीर यत्रो दिन सम्म भोक, प्यास ,निन्द्रा, मल–मूत्र त्याग, इत्यादि बाट कसरी अलग्गिएर बस्न सक्दछ ? यसको उत्तर योछ कि जसरी धु्रवीय भालुहरु ८/८ महिना सम्म शीतनिन्द्रामा जान सक्छन् , त्यसैगरी यौगिक क्रियामा यो अद्भुत क्षमता हुन्छ की ऊ समाधिस्थ भएपछि साधकको भोग, प्यास, ,मल, मूत्र, निन्द्रा ,रोग, मृत्यु ,उमेर र समय उसको समाधि नखुल्दा सम्म रोकिएको हुन्छ । जुन अज्ञात शक्तीले भालुहरुलाई महिनौसम्म विना आहार विहार निन्द्रीत गराउने ब्यवस्था मिलाउछ , त्यसैशक्तीले समाधिस्थ योगीहरुको सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउछ । उ समाधि बाट व्युँझिए पछि म यति समय देखी समाधिस्थ थिए भन्ने उसलाइ लाग्दै लाग्दैन । उसलाइ भर्खर निन्द्रा बाट व्यँुझिए जस्तै आभास हुन्छ । तर निन्द्रा र समाधी मा आकास–पाताल को अन्तर छ । निन्द्रीत अवस्थामा हामी लाई स्व को बोध हुदैन, अर्थात म सपना देखिरहेको छु भन्ने ज्ञान हुदैन । समाधिस्थ अवस्थामा स्व को बोधहुन्छ । समाधि लाइ योगनिन्द्रा पनि भन्दछन् । महर्षि पतञ्जलीले आफ्नो योग दर्शनको विभूतिपादमा योगाभ्यासबाट प्राप्तहुने धैरै अद्भूत सिद्घिहरुको वर्णन गरेका गर्नुभएको छ । यद्यपि आजको युगमा ती सिद्घिहरु अप्राप्प्य छन् ; तापनि योग मार्ग का साधकहरुले केही न केही अतिमानवीय शक्ति आर्जन गरेकै हुन्छ । जस्तै स्वामी विवेकानन्द कितावका पाना लाई एक पटक सर्सर्ती हेर्दथे ; त्यसपछि त्यो पुरै किताव उनलाइ कण्ठस्थ हुन्थ्यो । यसको प्रदर्शन उनले अमेरिकामा गरेका थिए । खप्तड बाबा महिनौ सम्म निराहार भइ गुफामा बस्दथे । बाालागुरु षडानन नदीको पानी माथि रुमाल बिछयाएर त्यसमा बसी नदी पार गर्ने गर्दर्थे । महाप्रभू योगानन्द परमहंसले आफू महा समाधिमा जानुपूर्व सन् १९५२ मा अमेरिकाको लस एन्जलस स्थित आफ्नो आश्रममा अमेरिका स्थित भारतीय राजदूत विनयरञ्जन सेन लाई बोलाई उहाँको सम्मानमा रात्रिभोज दिई सवैबाट अन्तिम विदा लिइ ध्यानस्थ अवस्थामा आप्mनो ब्रह्माण्ड भेदन गरी (तालु फुटाई) महासमाधिमा गएका थिए । [२५] यसको तात्पर्य उहाँले मृत्यु जित्नु भएको थियो । उहाँले जव चाहनु भयो आफै मृत्युमा जानु भयो ।[२६] महर्षी रमणस्वामी अरविन्द पनि ६/६ महिना सम्म अन्न जल विना नै अविछिन्न समाधिस्थ हुन्थे । [२७] | हाम्रो देश नेपालमा पनी करिव १० बर्ष अगाडि रामबहादुर वम्जन नाम गरेका एकजना बौद्घ लामा निर्जन जंगलमा महिनौ अन्न–जल विना समाधिस्थ भएका थिए । योगी नरहरीनाथ कैयौं दिन लागेर पुगिने ठाउँमा केही घण्टामै पुग्न सक्दथे । महेशयोगी, कृपालुजी महाराज, आनन्दमयी माता, स्वामी रामदेव जस्ता थुप्रै महापुरुषहरु यस युगका योग सिद्घ योगीहरु हुन् । योगसाधनाको लागी सन्यासिनै हुनुपर्ने प्रवधान छैन । कैयौ गृहस्थव्यक्तिले पनि योगमार्गमा उल्लेख्य सफलता प्राप्त गरेका छन् । जस्तै श्यामाचरण लाहिडी, महर्षि रमण, ओशो रजनीश, डा. विकाशानन्द इत्यादी । यस्ता सिद्घ योगीहरु कुनै व्यक्तिको विषयमा त्यसको अनुहार हेरेर मात्रै त्यसको विषयमा सवैकुरा थाहा पाउन सक्दछन् । कसैको मनो विचार पढ्न सक्छन् । संसारको कुनै भागमा घट्ने घटना र घटिरहेको घटना स्वतः थाहा पाउन सक्छन् । कसैलाई आशिर्वाद दिई उसको कल्याण गर्न सक्दछन् । समाधि सिद्घ योगी हरुले केहिनकेही अतिमानवीय शक्तीप्राप्त गरेकै हुन्छन् । यो प्राचिन गुह्यविज्ञान महान आर्य सभ्यताको उत्कृष्ट धरोहर र पहिचान हो । तर आज योे योग विज्ञान संकटमा छ । योग आफ्नोमुल स्वरुप बाट परिवर्तन हुदैछ । वर्तमानमा योग भनेर शरीर लाई निरोग बनाई राख्ने प्रविधीमा आधारित शारीरिक आसनहरु एवं श्वास प्रश्वासको अभ्यास भनेर मात्रै अधिकांश मानिसहरुले बुझ्ने गर्दछन् । तर यसको क्षेत्र यो भन्दा पनि व्यापक र विस्तृत छ । यहि व्यापकता र महानता सवैले बुझीदिउन् भन्ने योलेखको उदेस्य हो । योगमार्ग सबै जात–जातिको लागि हो । यसमा ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र भन्ने भेदभाव हँुदै–हँुदैन । किनकि यो कर्मकाण्ड होइन । यो विशुद्घ वैज्ञानिक हो । यसको अभ्यास सवैले गर्न सक्दछन् ।

वर्तमान अवस्थामा ध्यानको महत्व

[सम्पादन गर्नुहोस्]
ध्यान Meditation भन्ने वित्तिकै उपासना वा कर्मकाण्ड तर्फ कुरो मोड्ने  गरिन्छ । साथै अन्दाज पूर्ण भाषामा यसलाइ सामान्य रुपमा लिने गरिन्छ । तर वास्तवमै भन्नुपर्दा ध्यान भनेको अहिलेको अवस्थामा मानव जीवनलाइ आमूल परिवर्तन गर्ने एक रहस्यमय पाटो हो ।  ध्यान भनेको असल जीवन जिउन सिकाउने एक उत्कृष्ट अध्यात्मिक कला पनि हो । जसलाइ संसारका सबै धर्म ,सम्प्रदाय ,संस्कृति र वैज्ञानिकहरुले पनि एकमतले स्वीकार गरिसकेका छन् । यसको निरन्तर अभ्यासले जीवनलाइ तनाव मुक्त, रोग मुक्त, वा दुःख मुक्त बनाउँन सकिन्छ, र यसले जीवनमा स्थिरता प्रदान गर्दछ । 

बचपनमा मानिसकोे मन धैरै एकाग्र हुन्छ । किनभने त्यो बेलामा उसका इच्छाहरु निकै कम हुन्छन् र पारिवारिक जिम्मेवारीको मानसिक बोझ पनि उस माथि हँुदैन । मानव मन आफ्नो पूर्ण प्राकृतिक स्वरुपमा निमग्न रहेको हुन्छ । त्यसबेला मनमा सकारात्मक विचारहरु मात्रै आउँछन् । जस्तै म त्यो काम अवश्य पूरा गर्न सक्ने छु , मेरो जीवन सुनौलो छ , म जिन्दगीमा आँटेको काम अवश्य पूरा गर्न सक्ने छु , जीवन भनेको सुखको सागर हो, इत्यादी । विस्तारै–विस्तारै जव उसको उमेर बढ्दै जान्छ, अथवा ऊ ठुलो हुदै जान्छ, उसका इच्छा र चाहनाहरु पनि बढ्दै जान्छन् र जिम्मेवारीको बोझ पनि उसमाथि थपिदै जान्छन् । तब उसको मनमा तनाव सिर्जना हुँदै जान्छ । तनावको सिर्जनाले मन चञ्चल,विकृत, र वेचैन हुँदै जान्छ । मन बेचैन भयो भने उसको मानसिक शरीर पनि कमजोर हुँदै जान्छ । अथवा उ मानसिक रुपमा थाकीसकेको हुन्छ वा हारिसकेको हुन्छ । अनि उसको मनमा विस्तारै–विस्तारै नकारात्मक विचारहरु आउने गर्दछन् । जस्तै :- जिन्दगी भनेको सजाय हो, म यो जीवनमा सफलता प्राप्त गर्न सक्दैन, मैलै बाँचेर के गर्नु ,म त्यो काम पुरागर्न सक्दैन, संसार भनेको दुःखको सागर हो आदी..। पछि गएर यसले अल्जाइमर (भयानक भुल्नेरोग) र डिप्रेसन वा (चिड–चिड गरिरहने अर्ध पागल जस्तो रोग) को स्वरुप लिन्छ । मनो वैज्ञानिकहरुले युवा आत्महत्याको मूलकारण यसै डिप्रेसन रोग लाइ नै मानेका छन् । डिप्रेसनको प्रमुख कारण आजको विकृत आधुनिक जीवनशैली हो । आजको जीवन पद्घतिमा चाहना ,इच्छाहरु र विचारहरु अनन्त भैसके । चाहना र इच्छाहरु जति धेरै हुन्छन् , मन पनि त्यसै अनुपातमा दूषित र विकृत हुने गर्दछ । उसका यी चाहनाहरु पूर्ति गरी मन लाइ संतुष्ट वा एकाग्र गर्न असम्भव छ । आजका युवाहरुको मन कस्तो छ भने उसलाइ आफ्ना अरु साथीहरुको जस्तै थ्री–जी मोवाइल चाहियो , मोटरसाइकिल चाहियो ,आधुनिक फेसनका कपडाहरु चाहिए ,कार चाहियो, उनिहरुको जस्तै जागिर चाहियो, साथीहरु संगै महंगा होटलमा भोज–भतेर गर्ने, मोज–मस्ती गर्ने पँैसा चाहियो । अथवा जे आफ्ना दौतरीहरु संग छ त्यो सबै चाहियो । यी यावत् चाहनाहरु पुरा हुन नसके पछि तिनिहरुमा डिपे्रसन वा मनोरोग उत्पन्न हुन्छ । जसले गर्दा शुरुमा उनिहरु अर्धपागल जस्तै हुन्छन् भने पछिगएर डिप्रेसनले आत्महत्या समेत गराउँछ । यसै मानसिक तनाव बाट बच्नका लागि नै कतिपय युवाहरुले लागुऔषधि ,ड्रग्स रक्सी इत्यादीको सेवन गर्ने गरेका हुन्छन् । बढीजसो युवाहरुले तिनिहरुकै देखासिकिमा कुलत सिकेका हुन्छन् । यो कुलतको रोग कहाँ सम्म छ भने स्कूल नजाने , गए पनि राम्रोसंग पढाइ नगर्ने , गफ–गाफमै समय विताउने, तर परीक्षामा पास भएन भने आत्महत्या समेत गरिदिने प्रवृत्ति । यो आधुनिक जीवनशैलीको सर्वाेच्च तिक्त उपज हो । यो समस्याको एकमात्र सर्वोत्कृष्ट उपचार पद्घतिहो ध्यान Meditation साधारण मानीसहरुले ध्यान भनेको कुनै पूजा वा उपसना पद्घति हो भनेर बुझेका हुन्छन् । तर ध्यानको परिभाषा यसभन्दा पनि व्यापक छ । हो ,ध्यान द्वारा पनि ईश्वरको उपासना गर्न सकिन्छ । तर यहाँ ध्यानको विज्ञान सम्मत परीभाषा गर्न खोजिएको हो । मनो वैज्ञानिकहरुले ध्यान गर्नाले मानसिक शक्तिहरुको समुचित विकास हुन्छ र यसले समस्त मानसिक रोगहरुलाइ निर्मूल गर्दछ ,भनेर एकमतले स्वीकार गरिसकेका छन् । ध्यान Meditation कसरी गर्ने भन्ने कुरा गर्नु भन्दा अगाडी हामीले मनको चरित्र वा प्रकृति बुझ्न आवश्यक छ । वास्तबमै मन तत्व पूर्ण अदृश्य छ । तर यसको अस्तित्व सर्ब स्वीकार्य छ । यसको अनुभव गर्न सकिन्छ । यो मन भन्ने तत्व चौविसौ घण्टा विविध प्रकारका इच्छाहरु, कल्पाना , चिन्तन ,मनन, चिन्ता, डर, घृणा ,विचार, शोक इत्यादीमा घुमिरहेको हुन्छ । हामी सुतिरहेको बेला पनि मन स्वप्नको माध्यम बाट यी कुराहरुमा घुमि रहेको हुन्छ । यसले शरीर गत सूक्ष्म विद्युत खर्च गरी रहेको हुन्छ । तर उपर्युक्त सबै कुराहरु बाट मनलाइ अलग गरिदिने हो भने मन पूर्ण विश्रामको स्थितिमा जान्छ । यो स्थिति लाइ समाधी, भन्दछन् । ओसो रजनीसले ध्यानको यो पराकाष्ठा लाइ बोधीसत्व भनेका छन् । यस्तो स्थितिमा शरीरको जैवविद्युत खर्च हुन बाट रोकिन्छ र त्यो बचत भएको उर्जाले शरीरका अन्य जरुरतहरु पुरा गर्ने गर्दछ वा शरीरलाइ रोग मुक्त गर्ने काम गर्दछ । ध्यानको अवधिमा कुनै एक, विचार ,प्रतीक चित्र, वा बिन्दुमा मनलाइ निरन्तर रोकेर राखिन्छ । यो अवधिमा मनमा अन्य विचारहरु आए त्यो ध्यान हुँदैन ।

मनलाइ एकाग्र गर्ने धेरै तरिकाहरु छन् । पहिलो लोकप्रिय तरिका हो :- खालीपेट भएको बेला पद्माशनमा बसी मेरुदण्डलाइ एकदमै सिधा राखेर दुबै आँखा बन्द गरी दुबै आँखाको वीच भागमा पर्ने केन्द्रविन्दुमा श्वेत ज्योतीको दर्शन गर्ने । विविध योगशास्त्रहरुमा यस केन्द्रलाइ आज्ञा चक्र वा भ्रुकुटी भनिएको छ । ध्यानावस्थामा त्यसमा देखिने त्यो ज्योतीको निरन्तर, अविच्छिन्न, र निर्विकार भावले दर्शन गरिरहनु पर्दछ । त्यतिबेला मनमा कुनै विचारहरु आउँन दिनु हुदैन । 

[२८] शुरु–शुरुमा यो प्र्रव्रिmया अलि अफ्टेरो भए पनि अभ्यासको माध्यम बाट यो विस्तारै–विस्तारै सहज र सरल हुँदै जान्छ । आमके आम गुठिलीके दाम भन्ने हिन्दी उखान जस्तै जवसम्म भु्रकुटिमा हामी ध्यान गरिरहेका हुन्छौ, तव सम्म हाम्रो शरीरको रहस्यमय दिव्य उर्जा खर्चहुन बाट रोकिएको हुन्छ र ध्यान मार्फत थप उर्जा प्राप्त भै राखेको हुन्छ । यो प्राप्प्त उर्जाले मानसिक र शारीरीक रोगहरु निर्मूल गर्नुका साथै मस्तिष्कको पनि उच्चतम विकास गर्ने गर्दछ । यसको निरन्तर लामो अभ्यासले मानिसमा अति मानवीय शक्तिको विकास हुन्छ भनेर थुप्रै योगशास्त्रहरुमा वर्णन गरिएको छ । यो आज्ञाचक्र ध्यानको ठिक–ठिक अभ्यास बाट १० /१५ दिनमै फाइदा पुगेको अनुभव गर्न सकिन्छ । यदी दिनमा २ घण्टा सम्म सही रुपमा ध्यान गर्न सकियो भने त्यो व्यक्तिलाइ निन्द्राको खाँचो पर्दैन । ७ घण्टा निन्द्रा बाट प्राप्त हुने ऊर्जालाइ उसले ध्यान बाट प्राप्त गरि सकेको हुन्छ । हाल आएर यो तथ्यलाइ वैज्ञानिकहरुले पनि स्वीकार गरिसकेका छन् ।

अर्काे तुरन्त प्रभावकारी अभ्यास यस्तो छ :- खाली पेटमा आराम कुर्र्शी वा पद्मासनमा बसेर मेरुदण्डलाइ सिधा राख्दै दुबै आँखाको सिधा चारफीटको दुरीमा बलिरहेको मैनबत्ती वा अन्यकुनै बिन्दुमा एकटक हेरीरहने अभ्यास । यो अभ्यासको समयमा पनि मन पूर्ण विचाररहित हुनु पर्दछ । नत्र अभ्यासको उद्येश्य प्राप्त गर्न सकिदैन । जव आँखामा आँसु आउँछन् यो प्रकृया बन्द गर्नु पर्दछ । शुरु–शुरुमा ५ मिनट मात्रै यो अभ्यास गर्नु पर्दछ । पछि–पछि आँसु पनि ढिला–ढिला आउँछन् र अभ्यासको समय स्वतः बढ्दै जान्छ । योगशास्त्रमा यसलाइ त्राटक भन्दछन् । यो अभ्यास दिनको दुइ पटक खाली पेटमा मात्रै गर्न सकिन्छ । यो त्राटकध्यान शरीर शुद्घ गर्ने योगशास्त्रका षट्कर्म अन्तरगत आउँछ । तर जसको आँखामा रोग छ त्यसले यो अभ्यास गर्नु हँुदैन । उनिहरुका लागि माथिको दुबै आँखा बन्द गरी गरीने भृकुटीध्यानको अभ्यास नै श्रेष्ठ छ । 

[२९] जो व्यक्ति जन्मेको बाह्रबर्षको उमेर बाटै ध्यानको Meditation अभ्यास गर्ने गर्दछ । त्यो व्यक्तिको मस्तिष्क अत्यन्तै उर्बरक हुन्छ र उसको भविष्य रोगमुक्त हुनेछ भनी ओशो रजनीसले भन्नु भएको छ । त्यो निश्चित रुपमा असल बाटो तर्फ लाग्नेछ र जीवनमा सफलता प्राप्त गर्नेछ । किनभने जति–जति उमेर बढ्दै जान्छ , मन पनी त्यति नै चञ्चल र विक्षुब्द हुँदै जान्छ । उमेर बढेसंगै मनलाइ नियन्त्रण गर्न झन्–झन् कठिन हुने योगशास्त्रीहरु बताउनु हुन्छ । आजका २० बर्षभन्दा माथिका युवाहरुलाइ ध्यानको अत्यन्तै खाँचो छ । किनभने पहिलो त यस अवस्थामा उनिहरुका इच्छा र चाहनाहरु धेरै बढिसकेका हुन्छन् , साथै दोश्रो उनिहरुमा परिवार प्रतिको जिम्मेदारीको बोध पनि भइसकेको हुन्छ । जसले गर्दा उनिहरुको मन अतिरिक्त तनावमा हुने गर्दछ । यो तनाव मुक्त गरिएन भने केही समय पछि यो मानसिक रोगको रुपमा प्रकट हुने गर्दछ । इच्छापूर्ति बाट तनाव मुक्त गराउनु प्रायः असम्भव छ ,तर ध्यान बाट सजिलै तनाव मुक्त गराउन सकिन्छ । त्यसैले आजका योे दौड भागको जिन्दगी बाट विचलित भएको मनलाइ ऊर्जावान दिव्य र ईश्वरीय बनाउनका लागि केही समय निकाली ध्यान गर्ने गरौ । आफ्नो जीवनलाइ सफल पारौ र अरुहरुलाइ पनि यसका विषयमा बताऔं ।[३०] यस युगका महान योगऋषि ओशो रजनीस जसले आफ्नो आधा भन्दा बढी जिन्दगी ध्यान Meditation को प्रचार प्रसारमा लगाए, उहाँका दिव्य बाणीहरु पुस्तकका रुपमा संग्रहित भएका छन् । ति पुस्तकहरुको अध्ययन बाट ध्यान विषयक सम्पूर्ण जानकारी र बौद्घ दर्शनको पूर्ण जानकारी पाउँन सकिन्छ ।

हिन्दु दर्शनशास्त्र

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. पातञ्जलयोगप्रदीप।
  2. श्रीमद्भगवत् गीता।
  3. पातञ्जलयोगप्रदीप।
  4. गोरक्ष संहिता।
  5. पातञ्जलयोगप्रदीप।
  6. योगताराबली।
  7. योगताराबली।
  8. पातञ्जलयोगप्रदीप।
  9. योगतारावली।
  10. पातञ्जलयोगप्रदीप।
  11. पातञ्जलयोगप्रदीप।
  12. हठयोगप्रदीपिका।
  13. गोरक्षसंहिता।
  14. महाप्रभु योगानन्द।
  15. गोरक्षसंहिता।
  16. प.योगदर्शन
  17. प.योगदर्शन
  18. गोरक्ष संहिता।
  19. योग तत्वोपनिषद्
  20. योग तत्वोपनिषद्
  21. पातञ्जल योगप्रदीप
  22. गोरक्ष संहिता
  23. गोरक्ष संहिता
  24. गोरक्ष संहिता
  25. एक योगीको आत्मकथा
  26. एक योगीको आत्मकथा
  27. महर्षि रमणको आत्मकथा
  28. गायत्री महाविज्ञान प्रथम भाग (शांतिकुञ्ज,हरिद्वार)
  29. गायत्री महाविज्ञान तृतिय भाग (शांतिकुञ्ज,हरिद्वार)
  30. ओशो साहित्य