प्रयोगकर्ता:TseRigs/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महासन्धि परम्पराको इतिहास[सम्पादन गर्नुहोस्]

गौतम बुद्धको महापरिनिर्वाण पछि आचार्य सुरतिवज्रको जन्म[सम्पादन गर्नुहोस्]

तथागत गौतम बुद्धको महापरिनिर्वाणको तीन सय साठी वर्ष पछि पश्चिम भारत ओडियनको धनकोष द्वीपमा एउटा शंकरकूट नामक मन्दिर थियो जहाँ राजा उपराज तथा महारानी आलोकाभासवती रहन्थ्यो। उनको एउटा मात्र छोरीको नाम राजकुमारी सुधर्मा थियो जुन बौद्ध भिक्षुणी बने। उनी आफ्नो सेविकाको साथ एउटा द्वीपमा साधना गरिरहेको एक रात उनको सपनामा देखेको थियो कि एक सेतो व्यक्तिले पाँच अक्षर अर्थात् ॐ आः हूं स्वाहाले अलंकृत एउटा स्फटिक कुम्भलाई उनिको शिरमा तीन चोटि राखे, ति कुम्भबाट प्रकाश फैलिएर ति प्रकाश द्वारा उनीले तीन लोकधातुका साक्षात्कार गरे। अनन्तर देवलोकमा अनुत्तर महासन्धि तन्त्रको प्रवर्तक वज्रसत्त्वको अवतार देवपुत्र अधिचित्तको प्रभाव द्वारा उस भिक्षुणीको गर्भबाट एउटा पुत्रको जन्म भए। भिक्षुणीलाई एकदमै लाजको अनुभूति भईन र बालकको जन्मलाई सर्वथा अनुचित थाहाँ पाएर विलाप गर्न थालिन्। उनको सेविकाले यो बुद्धको पुत्र हो। यसकारण विलाप गर्नु उचित होइन भनेर सम्झाएको थियो। तर सेविकाको कुरामा केहि वास्ता नगरी भिक्षुणीले बालकलाई एउटा खाल्टोमा फालिदिए, परन्तु अकस्मात् उसको शरीर बाट शब्द र प्रकाश आदि निस्किन्नु थाले। तीन दिन बिते पछि हेर्दा पनि शिशुलाई कुनै हानी नभई स्वस्थ र सुरक्षित थियो। त्यसै कारण उनीले यो अवश्यनै अवतारी हो भनेर स्वीकार गरिन्। बालकलाई खाल्टो बाट बाहिर निकालेर ल्याउदा लौकिक देवताहरू एकत्रित भएर श्रद्धापूर्वक बालकको वन्दना र स्तुति गरे। सात सालको बाल्यकाल उमेर मै ति बालकले महाराज उपराजको पाँच सय विद्वानहरू संग धार्मिक परिसम्वाद एवं वादविवाद गरी उनका मानमर्दन गरे। निकै आदर सत्कार सहित उनको नाम प्रज्ञाभव राखियो। राजा स्वयम् पनि एकदम प्रसन्न हुनुभए र उहाँले बालकलाई महान् आचार्यको उपाधि दिएर उनको नाम सुरतिवज्र राखे। सुरतिवज्रलाई महासन्धिको चौसठी लाख तन्त्र कण्ठस्थ थियो। अतः वज्रसत्त्वले स्वयम् प्रकट भएर विद्या कलशाभिषेक दिई उनले अशैक्षमार्गीय ज्ञानको अभिभुखी गर्नु सक्ने बताए।

मञ्जुश्रिमित्रलाई पचहत्तर वर्षसम्मको धर्मदेशना पछि सुरतिवज्रको महापरिनिर्वाण[सम्पादन गर्नुहोस्]

जुनबेला उहाँ शीतवन महाश्माशनमा डाकिनी सूर्यकिरण सहित अपरिमित शिष्यहरूको धर्म देशना गरिरहेको थियो, त्यसैबेला आर्यमञ्जुश्रितीक्ष्ण द्वारा व्याकरण गरिरहेको बेला आचार्य मञ्जुश्रिमित्र शीतवनमा पुगे र उनले आचार्य सुरतिवज्र बाट पचहत्तर वर्षसम्म श्रवण गरे। सम्पूर्ण अववादहरू ममञ्जुश्रिमित्रलाई प्रदान गर्नुभई आचार्य सुरतिवज्र दन्तिका नामक नदीको किनारमा अनास्रवधातुलोकमा महापरिनिर्वाण प्राप्त गर्नुभए।

आचार्य मन्जुश्रिमित्र र श्रीसिंह द्वारा चौसठी लाख महासन्धि तन्त्रको विभाजित[सम्पादन गर्नुहोस्]

आचार्य मन्जुश्रिमित्रले महासन्धिको चौसठी लाख तन्त्रहरूलाई चित्तवर्ग, धातुवर्ग र अववादवर्ग गरी तीन भागमा विभाजन गर्नुभए। उहाँले सम्पूर्ण गुह्यतन्त्रहरू, विशेष गरी थिगले-रङ्-नद्-दु-बब्-प मा संगृहित गरी उसलाई मौखिक परम्परा र व्याख्या परम्परा अर्थात् दुई भागमा विभाजित गर्नु भए। उहाँ महाश्मशान द्वीपमा डाकिनी र अन्य सत्त्वहरूको धर्म देशना गर्दै एक सय उन्तीस सालसम्म जीवित रहन्नु भएको थियो। त्यसपछि उहाँको शिष्य श्रीसिंहले अतियोग तन्त्रको अववादवर्गलाई बाह्यातन्त्र, अध्यात्मतन्त्र, गुह्यतन्त्र तथा अनुत्तरगुह्यतन्त्र गरी चार भागमा विभाजित गरे। त्यसपछि श्रीसिंहको शिष्य आचार्य ज्ञानसुत्र एवं गुरु पद्मसम्भवको यो परम्परा प्राप्त भएको थियो। आचार्य पगोर वैरोचनले अतियोगतन्त्रको चित्तवर्ग एवं धातुवर्गलाई श्रीसिंह बाट प्राप्त गर्नुभए। ज्ञानसुत्रले आचार्य विमलमित्रलाई यस परम्पराको प्रदान गरे। उहाँ तिब्बतमा जानुभई ञगस् तिङ्जीन जाङ्पो, कावापल्चेगस्, चोगरो लुयी ग्याल्छन, ञगस् ज्ञानकुमार, धर्मराज ठ्रिस्रोङ देउचन आदि अनेक प्रमुख शिष्यहरूलाई यस परम्परा प्रदान गर्नुभए। अचार्य विमलमित्रले अचार्य श्रीसिंह बाट पनि यस परम्पराको प्राप्त गर्नु भएको थियो र सुरतिवज्रबाट साक्षात्कार द्वारा प्राप्त गरे। गुरु पद्मसम्भवले वास्तवमा अतियोगतन्त्रको शिक्षा सुरतिवज्र, मन्जुश्रिमित्र र श्रीसिंह तिनै जना बाट प्राप्त गर्नुभएपनि लोक व्यवहारमा केवल श्रीसिंहबाट मात्र हासिल गरेको मानिन्छ।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ञिङमा मोन्लम छेन्मोको पत्रिका, पृष्ठ नं. १८. | सन् २००१ मा ङग्युर रिग्जोद सम्पादकीय समिति (एन.अर.इ.सि.) द्वारा प्रकाशित
  2. गुरु समन्तभद्र मुखागमको भूमिका, पृष्ठ नं. xlix-li | बुद्धाब्द २५५३ मा केन्द्रीय उच्च तिब्बती शिक्षा संस्थान, सारनाथ, वाराणसी बाट प्रकाशित

तीन गुह्यतन्त्रको तिब्बती परम्परा[सम्पादन गर्नुहोस्]

विशेष लेखको सूची[सम्पादन गर्नुहोस्]

मरातिक गुफा
हलेसी गुफा
བྲག་ཕུག་མ་རཱ་ཏི་ཀ
Maratika Cave
मरातिक गुफाको दृश्य
स्थानहलेसी, खोटाङ जिल्ला,  नेपाल
निर्देशाङ्क२७°११′२४″N ८६°३७′२१″E / २७.१९००६°N ८६.६२२३९१°E / 27.19006; 86.622391निर्देशाङ्कहरू: २७°११′२४″N ८६°३७′२१″E / २७.१९००६°N ८६.६२२३९१°E / 27.19006; 86.622391
लम्बाइअनुमानित २६ रोपनी
उचाइ४,७३६ फिट
खोजी८औं शताब्दीमा गुरु पद्मसम्भव द्वारा
पहुँचसार्वजनिक

मरातिक गुफा (संस्कृत: मरातिक; तिब्बती: མ་རཱ་ཏི་ཀ, འཆི་བ་མཐར་བྱེད།, वयली: 'chi ba mthar byed), खोटाङ जिल्लाअन्तर्गत पूर्वी नेपालको पहाडी भूभागमा अवस्थित एक प्रख्यात तीर्थस्थल हो। यो तीर्थस्थल सगरमाथा देखि दक्षिण-पश्चिम तिर लगभग १८५ किलोमिटरको टाढामा रहेको हलेसी गा.वि.स. को वार्ड नम्बर ४ मा रहेको छ। यस गुफाको प्राकृतिक भू-बनोट विश्वमै अनौठो मानिन्छ। यहाँ तीर्थस्थल तिब्बती वज्रयान बौद्ध धर्मको ग्रन्थ र इतिहासहरू[१][२]मा उल्लेख गरिएकोअनुसार गुरु पद्मसम्भव र राजकुमारी मन्दारवाले बुद्ध अमिताभ बाट अयुसिद्धिको प्राप्ति गर्नुभएको पवित्र भूमि हुनाले देशविदेशबाट हजारोंको संख्यामा बौद्ध धर्मालम्बीहरू दर्शन र वार्षिक पूजापाठको लागि उपस्थित हुने गर्दछन्। साथै हिन्दु धर्मालम्बीहरूले पनि यहाँ असुर भस्मासुरबाट महादेवको लुगेको भन्ने मौखिक कथनको व्यख्या साथ एक विशेष तीर्थस्थलको रूपमा मनिन्ने गरेको छ।

मरातिकको नामकरण[सम्पादन गर्नुहोस्]

पद्मसम्भवाको जीवनीहरूमा उल्लिखित मरातिकको इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kathang Zanglingma, a biography of Padmasambhava, a terma revealed and transmitted by Nyangrel Nyima Ozer (12th century)
  2. Skyes-rabs-rnam-thar-dri-ma-med-pa (A Biography of Padmasambhava which was revealed from its place of concealment/by Gter-ston-Stag-sham-Nus-ldan-rdo-je, alias Bsam-btan-gling-pa 1682-?)

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]

ढाँचाको सूची[सम्पादन गर्नुहोस्]

LIST OF INFO BOX

धार्मिक व्यक्तिको ढाँचा[सम्पादन गर्नुहोस्]

Infobox Religious Biography

बौद्ध तिर्थस्थलको ढाँचा[सम्पादन गर्नुहोस्]


व्यक्तिको ढाँचा[सम्पादन गर्नुहोस्]

Infobox Person

प्रयोगकर्ताको ढाँचा[सम्पादन गर्नुहोस्]

Infobox Wikipedia user

आरोहीको ढाँचा[सम्पादन गर्नुहोस्]

Template:Infobox mountaineer

བསྟན་འཛིན་ནོར་རྒྱས་ཤར་པ།

तेन्जिङ नोर्गे शेर्पा
तेन्जिङ नोर्गे शेर्पा (सन् १९६७ स्वीडेनमा)
व्यक्तिगत विवरण
बाल्यकालको नामनामग्याल वाङ्दुस
རྣམ་རྒྱལ་དབང་འདུས།
प्रमुख क्षेत्रपर्वतारोही
जन्मसन् १९१४ मे २९ तारिख
नेपाल खुम्बु, नेपाल
मृत्यु९ मे १९८६(1986-05-09) (उमेर ७१)
दार्जिलिङ, भारत
नागरिकतानेपाली
करियर
सुरुको उमेर१९ वर्ष देखि
सुरुको क्षेत्रपर्वतारोही टुर गाइड
उल्लेखनिय आरोहणसन् १९५३ मा सगरमाथाको पहिलो आरोहण
चर्चित साझेदारीएडमन्ड हिलारी
परिवार
जीवन साथी
  • दावा बुठ्रीद् (१९३५-१९४४)
  • आङ ल्हमो (१९४५-१९६४)
  • दक्कु (?-?)
सन्तान
  • पेम पेम
  • ञिमा दोर्जे
  • ञिमा
  • जम्लिङ
  • नोर्बु
  • देक्यीद
  • दोमेद
अविभावक(?-?)

लोचावाको विवरण[सम्पादन गर्नुहोस्]

कर्म लोचावा रिन्छेन ट्राशीस्
रिन्छेन दोनड्रुब
जन्मतिब्बत
राष्ट्रियतातिब्बती
अन्य नाम
  • रिन्छेन ट्राशीस्
  • क्योग्सतोन लोचावा
  • ङग्वाङ रिन्छेन ट्राशीस्
  • क्योग्स लोचावा ङग्वाङ रिन्छेन ट्राशीस्
  • रिन्छेन ट्राशीस् लोड्रो ङोछर ज्येवायितेरजोद
  • मोन्ड्रुब लोचावा कर्म रिन्छेन ट्राशीस्
  • क्योग्सतोन रिन्छेन ट्राशीस्
पेशाअनुवादक र लेखक
चिनारीको कारण
  • १५औं शताब्दीको प्रख्यात अनुवादक (लोचावा)
  • व्याकरण शिक्षाको प्रसारणमा महत्त्वपूर्ण आंकडा
उल्लेखनीय कार्य
संस्कृत बौद्ध ग्रन्थहरू तिब्बतीमा अनुवाद
उपाधिलोचावा
धर्मबौद्ध धर्म

प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ

यस ढाँचाको प्रारम्भिक दृश्यता सेट गर्न, |state= प्यारामिटर प्रयोग गर्न सकिन्छ:

  • |state=collapsed: {{TseRigs|state=collapsed}} ढाँचा संक्षिप्त देखाउनको लागि, अर्थात्, यसको शीर्षक पट्टीबाट अलग लुकाउन
  • |state=expanded: {{TseRigs|state=expanded}} ढाँचा विस्तारित देखाउन, अर्थात्, पूर्ण रूपमा देखिने
  • |state=autocollapse: {{TseRigs|state=autocollapse}}
    • यदि पृष्ठमा {{navbox}}, {{sidebar}}, वा ढल्न मिल्ने योग्य विशेषता भएको केही अन्य तालिका छ भने शीर्षक पट्टीमा ढाँचा संक्षिप्त देखाउँदछ।
    • यदि पृष्ठमा कुनै अन्य मिलाउन मिल्ने वस्तुहरू छैनन् भने ढाँचालाई विस्तारित अवस्थामा देखाउँछ

यदि यस पृष्ठको ढाँचामा |state= प्यारामिटर सेट गरिएको छैन भने, ढाँचाको प्रारम्भिक दृश्यता |default= प्यारामिटर कोलेप्सेबल विकल्प ढाँचाबाट लिइन्छ। यस पृष्ठको ढाँचाको लागि, जुन हाल autocollapse मूल्याङ्कन गर्दछ।