प्रेमराजा महत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रेमराजा महत
बाल्टिमोर पत्रिकालाई अन्तर्वार्ता दिँदै महत
जन्मसेप्टेम्बर २२
तनहुँ, नेपाल
पेशा
  • गायक
  • गीतकार
कार्यकालसन् १९७८-वर्तमान
जीवनसाथी
कविता महत
(
वि १९८७)
[१]
सन्तान
साङ्गीतिक जीवन
विधालोकगीत
वाद्ययन्त्र
लेबल

प्रेमराजा महत नेपाली लोक गायक हुन्। उनले समयहीन नेपाली क्लासिक मानिने बाझो खेतमा, पानको पात, बल्ला पर्यो निर्मायासिमसिमे पानिमा जस्ता गीतहरू गाएका छन्।[२][३][४] उहाँ मुख्य रूपमा लोक सङ्गीतमा प्रयोग हुने नेपालको परम्परागत वाद्य सारंगी बजाउनका लागि पनि प्रसिद्ध हुनुहुन्छ।[५]

नेपाली लोक सङ्गीतका अर्का चर्चित कलाकार बमबहादुर कार्कीसँग उनले सन् १९८६ मा रिलिज भएको म्युजिक नेपालको पहिलो लोकगीत खोला परी निर्माया गाएका थिएँँ।[६] उनले चलचित्रका लागि पनि गीत गाएका छन्, २००५ मा रिलीज भएको चलचित्र मुग्लानको लागि पात बजाउने मायालाई भन्ने गीत गाएका थिएँँ। नेपाली सङ्गीतमा उनको प्रख्यातताको कारण, उनको अक्सर पश्चिमी संसारमा एल्विस प्रेस्ली जस्ता प्रसिद्ध कलाकारहरूसँग तुलना गरिन्छ।[१][७]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

महत सारङ्गी बजाउदै

प्रेम राजा महतको जन्म तनहुँको ढोरफिर्दीमा भएको थियो।[८] सानै छँदा तिनले आफ्ना आमाबाबु दुवै गुमाए। उनको आमालाई ७ वर्षको उमेरमा र बुबालाई ९ वर्षको उमेरमा। उनले १९८७ मा कविता महतसँग विवाह गरे।[१] उनी ३३ वर्षको हुँदा सन् १९९६ मा अमेरिका बसाइँ सरेका थिएँँ। पछि, २००१ मा, उनको परिवार पनि संयुक्त राज्यमा सरे। उनी हाल बाल्टिमोरमा नेपाली रेष्टुरेन्ट चलाइरहेका छन्।[९][१०] अमेरिकामा बसाइँ सरेपछि पनि उनले नेपाली लोक सङ्गीतमा निरन्तर योगदान दिए। जस्तै २०२१ मा मन पराइएको गीत माया बन्दीपुराइमा।[११][१२]

महत सारंगी, मादलहार्मोनियम बजाउनमा निपुण छन्।[२] [५]

करियर[सम्पादन गर्नुहोस्]

महतले पहिलो पटक सन् १९७८ मा रेडियोका लागि गाएका थिएँँ भने उनको पहिलो गीत पनि त्यही वर्ष रेकर्ड भएको थियो। उनको पहिलो गीत तारा खसेको थियो, जुन त्यो समयको हिट थियो।[२] उनका गीतहरूले सन् १९८० र १९९० को दशकमा निकै लोकप्रियता पाएका थिएँँ; त्यसयता उनी नेपाली लोक सङ्गीतमा सक्रिय छन्।[११][१३] नेपाली लोकसङ्गीतमा पुर्याएको योगदानका कारण उनले नेपाली जनतामा चिनारी कमाउन सफल भएका छन्।[१०][१४]

सन् २०२२ मा गायिका रेखा शाहले महतमाथि उनीहरूले गाएको सिमसिमे पानिमा गीत चोरेको आरोप लगाएकी थिइन्। साहले म्युजिक नेपालमा निवेदन दर्ता गराइन् जहाँ उनले आफू गीतकार र निर्माता भएको भन्दै गीतको प्रतिलिपि अधिकार आफूसँग रहेको दाबी गरिन् तर महतले आफूलाई श्रेय नदिएको दाबी गरिन्। उनले रेडियो नेपाल गायन प्रतियोगितामा एकल गीत गाएकी थिइन्। त्यहीँ महतसँग पनि भेट भयो। त्यतिबेला महतले उनलाई सँगै गाउन अनुरोध गरे र उनले स्वीकारिन्।[१५]

एल्बमहरू[सम्पादन गर्नुहोस्]

महतले ५९ भन्दा बढी एल्बम, र धेरै एकल रिलिज गरिसकेका छन्। तलको सूचीमा उहाँका एल्बमहरूको सानो सङ्ख्यालाई मात्र प्रस्तुत गरिएको छ।[२][३]

  • आकासाइमा जुन
  • हिउचुली मा हिउं
  • मुटु को धडकन
  • गाउमाई रमाइलो
  • मायाले तान रसिले
  • बझो खेतमा
  • पान्को पात, खण्ड १
  • सन्नानी
  • सिम्सिमे पानिमा
  • सालैको पातैले
  • फुल फुल्यो साहिला
  • दौतारी
  • चरी हिमालमा
  • त्रिसुलीमा भेल

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ McLaughlin, Corey (मे ३०, २०१७), "Elvis of the Himalayas", baltimoremagazine.com (अङ्ग्रेजीमा), मूलबाट २०२१-०१-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२२ 
  2. २.० २.१ २.२ २.३ गिरी प्रेरणा, गोविन्द (मार्च ७, २०२०), "'सङ्गीतको भाषा हुँदैन, अमेरिकीहरू पानको पातमा नाच्छन्'", अनलाइन खबर (नेपालीमा), मूलबाट २०२१-१२-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२२ 
  3. ३.० ३.१ "Paan ko Paat- The song that never gets old", sbs.com.au (अङ्ग्रेजीमा), मे २८, २०१६, मूलबाट २०२१-१२-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२३ 
  4. पौड्याल, अजवी (अगस्ट १९, २०२१), "चन्द्र सूर्य झन्डा बोकी आयो नेपाली", अन्नपूर्ण पोष्ट (नेपालीमा), मूलबाट २०२२-०८-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-१४ 
  5. ५.० ५.१ Lee, Jonathan H. X.; Nadeau, Kathleen M. (२०११), Encyclopedia of Asian American folklore and folklife (अङ्ग्रेजीमा) 2, Santa Barbara, California: ABC-CLIO, आइएसबिएन 978-0-313-35067-2, ओसिएलसी 701335337, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२९ 
  6. Stirr, Anna Marie (२०१७), Singing Across Divides: Music and Intimate Politics in Nepal (अङ्ग्रेजीमा) (1st संस्करण), Oxford, England: Oxford University Press, आइएसबिएन 978-0-190-63200-7, ओसिएलसी 983824640, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-३० 
  7. Gorelick, Richard (जनवरी १६, २०१५), "The 'Bob Dylan of Katmandu' welcomes diners to Nepal House in Mount Vernon", baltimoresun.com, मूलबाट २०२१-०७-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-१२ 
  8. श्रेष्ठ, किरण (२०१७-१०-१७), "मन नेपालमै छः प्रेमराजा महत", RatoPati (Nepaliमा), मूलबाट २०१९-०९-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०५-१९ 
  9. Warren, Rachel Anne (जनवरी २७, २०१५), "Prem Raja Mahat of Nepal House is an international music superstar in his spare time", baltimoresun.com (अङ्ग्रेजीमा), मूलबाट २०२१-०७-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२२ 
  10. १०.० १०.१ सापकोटा, निरञ्जन (नोभेम्बर १२, २०१६), "प्रवासमा प्रेमराजा महत", अन्नपूर्ण पोष्ट (नेपालीमा), मूलबाट २०१७-०४-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२२ 
  11. ११.० ११.१ घिमिरे, राजन (डिसेम्बर ४, २०२१), "प्रेमराजाको माया बन्दीपुरैमा", गोरखापत्र, मूलबाट २०२२-०१-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२९ 
  12. क्षत्री, डब्बु (नोभेम्बर २८, २०२१), "प्रेमराजाको गीतमा छमछमी नाचे मुख्यमन्त्री राजेन्द्र राई", rajdhanidaily.com (ne-NPमा), मूलबाट २०२२-०७-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२९ 
  13. "प्रेमराजा महतको 'पिपल डाँडे साइँली' गीत सार्वजनिक", इमेज खबर (नेपालीमा), जुलाई २०, २०२२, मूलबाट २०२२-०७-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२२ 
  14. "लोकगायक प्रेमराजा महतलाई दमौलीमा सम्मान", RatoPati (नेपालीमा), अक्टोबर २९, २०१७, मूलबाट २०१७-१०-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२२ 
  15. "प्रेमराजा महतले गीत अतिक्रमण गरेको भन्दै रेखा शाहले दिइन् म्युजिक नेपालमा निवेदन", अनलाइन खबर (नेपालीमा), २०२२-०७-२५, मूलबाट २०२२-०७-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०४-०५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]