फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन
Jump to navigation
Jump to search

संयुक्त राज्य अमेरिकाको वासिङटन डि सी स्थित (एफबीआई)को मुख्यालय
फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) संयुक्त राज्य अमेरिकाको एक सरकारी गुप्तचर संस्था र सुरक्षा एजेन्सी हो । यो एजेन्सी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र कानुन प्रवर्तनमा समर्पित छ । यसको स्थापना स.न् १९०८ मा व्यूरो अफ इन्भेस्टिगेशन नाममा भएको थियो र स.न् १९३५ मा पुन: नाम परिर्वतन गरी हाल पनि फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)को रूपमा कार्यरत छ ।[१]
बजेट, मिसन र प्राथमिकता[सम्पादन गर्ने]
आर्थिक वर्ष २०१९ मा, व्युरो को कुल बजेत ९.६ अर्ब अमेरिकी डलर थियो।[२]
एफबिआईको मुख्य लक्ष्य भनेको संयुक्त राज्यको रक्षा गर्नु र अमेरिकी अपराधिक कानुनको पलना गराउनु र सङ्घीय, राज्य, स्थानीय र अन्तराष्ट्रिय संस्था र साझेदारहरूलाई अपराधिक न्यायिक सेवा र नेतृत्व दिनु हो।[३] हाल एफबिआइ को उच्च प्राथमिकता :[४]
- संयुक्त राज्य अमेरिकालाई आतंकवादी आक्रमणबाट बचाउनु
- संयुक्त राज्य अमेरिकालाई विदेशी गुप्तचर अपरेसन र जासुसीबाट बचाउनु
- संयुक्त राज्य अमेरिकालाई साइबर आक्रमण र उच्च प्राविधिक अपराधबाट बचाउनु
- सम्पूर्ण तहको भ्रष्टाचार जाँच
- नागरिक राजनैतिक अधिकारको संरक्षण,
- राष्ट्रिय अपराधिक सङ्गठन र उद्यमसंग लड्नु
- प्रमुख श्वेत कलर अपराधसंग लड्नु ;
- व्यापक हिंसक अपराधसंग लड्नु ;
- सङ्घीय, राज्य, स्थानीय र अन्तरराष्ट्रीय साझेदारलाई सहयोग गर्नु;
- एफबिआईको मिशनको सफल कार्य कुशलताको लागि प्रौद्योगिकी उन्नयन
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "FBI — Indian Country Crime", Fbi.gov, २०१०-०४-१६, अन्तिम पहुँच २०१२-०३-०३।
- ↑ "Mission & Priorities", Federal Bureau of Investigation (en-usमा), मूलबाट जुलाई ११, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१९।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedquickfacts
- ↑ "FBI- Quick Facts", Federal Bureau of Investigation, मूलबाट अप्रिल १२, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १९, २०१५।
![]() |
विकिमिडिया कमन्समा फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |