बन्दीपुर गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(बन्दीपुर बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बन्दीपुर
—  गाउँपालिका  —
बन्दीपुरबाट देखिने पहाडी दृष्य
बन्दीपुर is located in Nepal
बन्दीपुर
बन्दीपुर
नेपालको नक्शामा बन्दीपुर गाउँपालिका
निर्देशाङ्क: २७°५६′२०″उत्तर ८४°२४′१८″पूर्व / २७.९३९° उत्तर ८४.४०५° पूर्व / 27.939; 84.405निर्देशाङ्क: २७°५६′२०″उत्तर ८४°२४′१८″पूर्व / २७.९३९° उत्तर ८४.४०५° पूर्व / 27.939; 84.405
देश  नेपाल
प्रदेश प्रदेश नं. ४
जिल्ला तनहुँ जिल्ला
स्थापना २७ फाल्गुण २०७३
क्षेत्रफल
 - जम्मा १०२ किमी (३९.४ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा २०,०१३
 जनघनत्व १९६.२/किमी (५०८.२/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-६५
केन्द्र साविकको बन्दीपुर नगरपालिकाको कार्यालय

बन्दीपुर गाउँपालिका नेपालको प्रदेश नं. ४ मा पर्ने तनहुँ जिल्लामा अवस्थित एक गाउँपालिका हो । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बन्दीपुरलाई नगरपालिका घोषणा गरिएको थियो ।[१] यसलाई नगरपालिका घोषणा गर्दा धरमपानीबन्दीपुर गाउँ विकास समितिहरू समावेश गरिएका थिए ।[२] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको बन्दीपुर नगरपालिकामा घाँसीकुवाका (१,९) वडाहरू, र केशवटारका (१,९) वडाहरूलाई समेटेर बन्दीपुर गाउँपालिका घोषणा गरिएको हो ।[३][४] बन्दीपुर गाउँपालिकाको केन्द्र साविक बन्दीपुर नगरपालिकाको कार्यालय रहको छ ।[५] बन्दीपुर गाउँपालिकामा ६ वडाहरू रहेका छन । बन्दीपुरको कुल क्षेत्रफल १०२ वर्ग कि.मी. छ ।[६]

जनसङ्ख्या[सम्पादन गर्ने]

प्रदेश नं. ४ स्थित तनहुँ जिल्ला साविकको बन्दीपुर नगरपालिकामा घाँसीकुवाका (१,९) वडाहरू, र केशवटारका (१,९) वडाहरूलाई मिलाएर बन्दीपुर गाउँपालिका बनाइएको हो । राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर बन्दीपुर गाउँपालिकाको जनसंख्या २०,०१३ रहेको छ ।[७][८]

इतिहास[सम्पादन गर्ने]

बन्दीपुर तनहुँको पुरानो सदरमुकाम सहर हो । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको मुख्य व्यापारीक नाकाको रूपमा रहेको थियो । तनहुँ, कास्की, लमजुङगोरखाको लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य स्थलको रूपमा यो नाकाको विकास भएको हो । तनहुँ जिल्लाको सदरमुकामको रूपमा रहेको यस ठाउँबाट विसं २०२५ सालमा उक्त सदरमुकामलाई दमौली सारिएको थियो ।

नेवार संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको विशेषता हो । बजारबाट दश मिनेट परको टुँडिखेलबाट हिमालको हिउँमात्र देखिँदैन, ३०० कि.मी. फराकिलो क्षितिजमा फैलिएका फाँट, पहाड पनि देखिन्छन् ।

बन्दीपुरबाट पूर्वपट्टि भक्तपुरको उत्तरमा पर्ने जुगल देखिन्छ । पश्चिमतिर चाहिँ लाङटाङ, गणेश, गोरखा (मनास्लु, हिमचुली तथा बौद्धसहित), अन्नपूर्ण, धौलागिरिकाञ्जिरोवा हिमाल फेददेखि टुप्पोसम्मै देखिन्छन् । तलतिर मर्स्याङ्दी नदीले बनाएका उपत्यका हेर्दा लाग्छ, बन्दीपुर उपत्यका माथि झुण्डिइरहेको छ ! बन्दीपुरले प्राकृतिक भ्यु टावरको उपमा यसै पाएको होइन ।

बन्दीपुरबाट दुई घण्टा हिँडेर पातालीद्वार वा स्वर्गद्वारी गुफा पुग्न सकिन्छ । यहाँको सिद्ध गुफा नेपालकै सबैभन्दा ठूलो गुफा मानिन्छ । बन्दीपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन् । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ । ११५० मिटर उचाइमा रहेको भञ्ज्याङ चौतारा, बुरुञ्चे डाँडाबाट ग्लाइडरहरू तल फाल हाल्ने गर्छन् । पोखराका कम्पनीहरूले यहाँको प्याराग्लाइडिङको व्यवस्थापन गरेका छन् । सेती नदीमा राफ्टिंग गर्न दमौली आउनेहरूले पनि बन्दीपुरमा एक दिन बास बस्ने गरेका छन् । मुग्लिनबाट आधा घण्टा जतिमा गाडीमा पृथ्वी राजमार्गको डुम्रेबजार पुगिन्छ । त्यहाँबाट दुई किमि पश्चिममा पिप्ले, जहाँबाट आधा घण्टा मोटर यात्राबाट पुरानो पहाडी सहर बन्दीपुर पुग्न सकिन्छ ।

पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो । मंसिरतिर जानुभयो भने हिमाल हेर्दै बन्दीपुरे सुन्तलाको स्वाद लिन पाउनुहुन्छ । मध्यजेठदेखि मध्यअसारसम्म आउने आगन्तुकको बजारमा मानिसले मात्र होइन, बाटैभरि चौबीस जातिका सुनगाभाले पनि स्वागत गर्छन् । बन्दीपुरमा घुम्नको लागि बसोबासको समस्या छैन । टुँडिखेलमा सुविधासम्पन्न रिसोर्ट मात्र छैन, पुराना नेवारी घरहरूलाई पनि मध्यमस्तरको बसोबासका निम्ति उपयुक्त होटलका रूपमा विकसित गरिएको छ । यहाँका कतिपय घरहरूमा खाना र बिहानको खाजा खाने गरी सशुल्क पाहुना भएर बस्न सकिने व्यवस्था पनि छ । बन्दीपुरका प्रमुख आकर्षणहरुमा खड्गदेवी माई मन्दिर पनि एक हो ।[९]

चित्रवाली[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, २०७१ वैशाख २५. अन्तिम पहुँच मिति:वैशाख २५.
  2. "बन्दीपुर नगरपालिका". http://bandipurmun.gov.np/. 
  3. "तनहुँका दुई नगरपालिका गाउँपालिका निर्धारण", काराेबार, २४ पौष, २०७३. अन्तिम पहुँच मिति:२४ पौष, २०७३.
  4. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३. अन्तिम पहुँच मिति:२८ फाल्गुण २०७३.
  5. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३. अन्तिम पहुँच मिति:२३ पौष २०७३.
  6. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?". सेतोपाटी. http://setopati.com/raajneeti/64651/. अन्तिम पहुँच मिति: फाल्गुन २०७३. 
  7. "सात प्रदेशको नयाँ नेपाल". अनलाईनखबर. http://www.onlinekhabar.com/2015/01/231233/. अन्तिम पहुँच मिति: २०७१ माघ ५. 
  8. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. अन्तिम पहुँच मिति:नोभेम्बर २०१२.
  9. "नेपालको घुम्नैपर्ने १३ गन्तब्य", नागरिक दैनिक, ४ असोज, २०७१. अन्तिम पहुँच मिति:४ असोज, २०७१.

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]