सामग्रीमा जानुहोस्

मालेमावाद र प्रचण्डपथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मालेमावाद र प्रचण्डपथ एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को वैचारिक कार्यदिशा हो। यसलाई मार्क्सवाद–लेनिनवाद–माओवाद (मालेमा)को विकसित रूप मानिन्छ र यसको नामकरण माओवादीका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'को नामबाट गरिएको हो।[] २०५७ माघ २६ देखि फागुन १ गतेसम्म चलेको तत्कालिन नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा प्रचण्डले पहिलो पटक ‘प्रचण्डपथ’बारे उल्लेख गरेका थिए। विचारधारा आंशिक रूपमा पेरुको कम्युनिस्ट पार्टीको उदाहरणबाट प्रेरित थियो।[]

प्रचण्डपथले मार्क्सवाद, लेनिनवाद वा माओवादसँग वैचारिक सम्बन्ध विच्छेद गर्ने दाबी गर्दैन, बरु यो नेपालको राजनीतिमा आधारित यी विचारधाराको विस्तार हो।[] मार्क्सवाद, लेनिनवाद र माओवादका विचारधाराहरू विगतको जस्तो पूर्ण रूपमा अभ्यास गर्न सकिँदैन भन्ने पार्टीले निर्णय गरेपछि यो सिद्धान्त अस्तित्वमा आएको थियोे। नेपाली राजनीतिको वास्तविकतामा आधारित उपयुक्त विचारधारा भएकाले पार्टीले प्रचण्डपथ लाई अङ्गीकार गरेको थियो।[] नेपालमा माओवादी जनयुद्धको सन्दर्भमा ग्रामीण क्षेत्रको नियन्त्रण र सहरी बस्तीलाई घेराबन्दी गरेर क्रान्ति हासिल गर्नु नै यस विचारधाराको केन्द्रबिन्दु थियो।[]

आज, प्रचण्डको अडानलाई संसारभरका केही मार्क्सवादी–लेनिनवादी–माओवादीहरूले "संशोधनवादी" को रूपमा हेर्छन् र नेपालभित्रका क्रान्तिकारी सङ्गठनहरूले यसको आलोचना गर्छन्। यी आलोचनाहरू एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेपालको मूलधारको पार्टी राजनीतिमा प्रवेशमा केन्द्रित छन्। यी आलोचनाहरूले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको एकीकृत नेकपा (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) बीचको सहकार्यलाई पनि आकर्षित गरेको छ।[]

काठमाडौँको एक भित्तामा लेखिएको प्रचण्डपथ सम्बन्धि नारा

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. जनमुक्ति सेना, नेपाल
  2. जनताको बहुदलीय जनवाद

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Jerryson, Michael (२०१३), Jerryson, Michael; Juergensmeyer, Mark; Kitts, Margo, सम्पादकहरू, The Oxford Handbook of Religion and Violence (अङ्ग्रेजीमा), Oxford University Press, पृ: 610, आइएसबिएन 9780199759996, डिओआई:10.1093/oxfordhb/9780199759996.001.0001 
  2. Maske, Mahesh (डिसेम्बर २००२), "Maovichar", Studies in Nepali History and Society 7 (2): 275। 
  3. "Prachanda, Follower of Modern Revisionism", EspressoStalinist, २८ जुलाई २०११, मूलबाट १६ मार्च २०१५-मा सङ्ग्रहित। 
  4. "जनयुद्ध : प्रचण्ड, गिरिजा र गणतन्त्र", खबरहब (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 
  5. "प्रचण्डपथको औचित्य र महत्व", लोकपाटी (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 
  6. "The (Re)Birth of the Nepal Communist Party", The Diplomat 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]