लामिछाने थापा
स्वरूप
(मुगाली थापाबाट अनुप्रेषित)
| उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
|---|---|
| भाषाहरू | |
| नेपाली भाषा (खस कुरा) | |
| धर्महरू | |
| हिन्दु धर्म [१] | |
| सम्बन्धित जातीय समूह | |
| लामिछाने, बगाले थापा, गोदार थापा, श्रीपाली बस्नेत |
लामिछाने थापा थापा काजीहरूको एक कुलघरान हो । यी थापाहरू गर्ग गोत्रका क्षत्रियहरु हुन् । [२] धर्मराज थापाले लामिछाने थापाको वंशावली लेख्नुभएको थियो ।[३]
शाखा
[सम्पादन गर्नुहोस्]लामिछाने थापाको वंशावलीका अनुसार सरदार रामकृष्ण थापा मुगा, धनकुटा गएका थिए । उनी पोखराका लामिछाने थापा थिए । उनी राजा पृथ्वीनारायण शाहको आदेशमा युद्ध लड्ने हेतूले पोखराबाट गोरखा हुँदै धनकुटाको थाक्लेमा आइपुगेका थिए । मुगा गाउँमा बसाइँ सरे र तिनका पुस्ताहरूलाई मुगाली थापा वा धनकुटे थापा भनियो । [४]
धनकुटा मूलघर भएका नेपालको सर्वाधिक ५ पटकको प्रधानमन्त्री सूर्यबहादुर थापा एक मुगाली लामिछाने थापा हुन्।
उल्लेखनीय लामिछाने थापाहरू
[सम्पादन गर्नुहोस्]- सूर्यबहादुर थापा, नेपालको प्रधानमन्त्री
- धर्मराज थापा, जनकवि केशरी
- नगेन्द्र थापा, नेपाली गीतकार
- सुनिलबहादुर थापा, नेपालको मन्त्री एवम् सभासद
- शेरबहादुर थापा, भिक्टोरिया क्रस प्राप्त गर्ने गोर्खाली
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मष्टो देवता पुजा", अन्तिम पहुँच २०१७-०३-२४।
- ↑ http://www.bijaykuikel.com.np/2014/11/list-of-gotra.html?m=1
- ↑ https://books.google.com/books/about/L%C4%81mich%C4%81ne_Th%C4%81p%C4%81ko_va%E1%B9%83%C5%9B%C4%81val%C4%AB.html?id=phUaAAAAIAAJ
- ↑ http://enepalese.com/2016/11/106465.html वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२८ मिति