मेगा बैंक नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मेगा बैंक नेपाल लिमिटेडबाट अनुप्रेषित)
मेगा बैंक नेपाल
नाममेगा बैङ्क नेपाल लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैङ्क
उद्योगबैङ्किङ्ग
मुख्यालयराइजिङ मल, कमलादि
सेवा क्षेत्रनेपाल
वेबसाईटwww.megabanknepal.com

मेगा बैङ्क नेपाल लिमिटेड (अङ्ग्रेजी: Mega Bank Nepal Limited) नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो ।[१] विक्रम सम्वत २०६७ सालमा स्थापना भएको यस बैँकले ९ वर्ष पुरा गरेको छ । तीब्र गतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढेको यो बैँकले स्थापनाको एक दशक नबित्दै आफ्नो शाखा सञ्जाल र व्यवसायलाई देशभर विस्तार गरिसकेको छ। यो बैँकको हालसम्म ६३ वटा जिल्लाहरूमा १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउन्टर, १११ वटा एटिएम मेसिन तथा ११९ वटा शाखा रहित बैँङिक केन्द्रहरु छन्। यस बैँकको आफ्नै विप्रेषण प्रविधि 'मेगा रेमिट'को देशभर लगभग २५०० भन्दा अधिक प्रतिनिधिहरु रहेका छन्।

यो बैँकको मुख्य कार्यालय कमलादि स्थित राइजिङ मलमा रहेको छ। यो बैँक बैँक अफ द इयर २०१९ बन्न सफल भएको छ।[२] सुरज सिंह ठकुरी, चर्चित नायक तथा निर्देशक, यो बैँकको ब्रान्ड राजदूतको रूपमा रहेका छन्। यो बैँक बिहान ९:४५ देखि बेलुका ५ बजेसम्म बैकिंग सेवा दिने गर्दछ । यस बैङ्कले निक्षेपको साथै ऋण प्रदान गर्दै आइरहेको छ। यसको साथसाथै भिसा डेबिट कार्ड, लकर, होम बैँकिङ जस्ता अरु थुप्रै सेवाहरू यो बैँकले प्रदान गर्दछ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैँकले लुम्बिनी विकास मञ्चमाफर्त लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीकालागि विक्रम सम्वत २०७३ सालमा १ सय ५० थान ब्ल्याङ्केट सहयोग गरेको थियो। लुम्बिनी विकास मञ्चको आयोजनामा 'न्यानो अभावमा कोहि मर्न नपरोस्' आफ्नो घरमा प्रयोग नभएको कपडा खेर नफालौँ ' भन्ने मुल नाराका साथ निशूल्क न्यानोपन अभियान विक्रम सम्वत २०७३ मा यस बैँकले गरेको सहयोगबाट यी समुदायमा रहेका करिब १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिकाहरु लाभान्वित भएका थिए। यसैगरि मेगा बैँकले बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने चामल, नुन, तेलसहित विभिन्न प्रकारका खाद्य सामाग्रीहरु सहयोग गर्दै आएको छ।ग्राहकहरूलाई आत्याधुनिक बैँङिक सेवा र सुबिधा प्रदान गर्दै आएको मेगा बैँकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत असहाय तथा विपन्न वर्गका बालबालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ। अहिले मेगा बैँकका १०२ शाखामार्फत १/१ जना बालिकालाई छात्रवृति प्रदान गर्दै आएको छ।

उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बैँकहरूको सूची
  2. "Mega Bank receives Bank of the Year 2019 Award ।access-date=January 9, 2020" 
  3. "अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा", NMB News, अन्तिम पहुँच माघ ५, २०७७ ।

नोट : मर्जर पश्चात प्रदान गरिएको इजाजतपत्रानुसारको मितिका आधारमा सूचीबद्ध