लियाम पेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लियाम पेम
पेन २०१८ मा
जन्म लियाम जेम्स पेन
(१९९३-०८-२९) २९ अगस्ट १९९३ (उमेर २५) [१]
उल्भरह्याम्पटन, इङ्ल्यान्ड
पेशा
  • गायक
  • गितकार
कार्यकाल २००८–हाल
जम्मा सम्पति £४२ मिलियन[२]
समकक्षी शेरील (२०१६-२०१८)
सन्तान
सांगीतिक जीवन
वाद्ययन्त्र स्वर
लेबल
सहयोगी वान डिरेक्सन
वेबसाइट liampayneofficial.com

लियाम जेम्स पेन (जन्म २९ अगस्ट १९९३) एक बेलायती गायक तथा सङ्गीतकार हुन् । उनी एक बेलायती साङ्गितिक समूह वान डिरेक्सनको सदस्यको रूपमा ख्याती प्राप्त गरेका थिए । पेनले आफ्नो पहिलो पटक एक गायकको रूपमा अाफुलाई उभ्याएका थिए जब उनले ब्रिटिश टेलिभिजन कार्यक्रम द एक्स फ्याक्टरका लागि सन् २००८ मा अडिशन गरे । एकल गायकका रूपमा बाहिरिए पछि, उनले सन् २०१० मा फेरि अडिसन दिए र चार सदस्यहरूका साथ एक साङ्गेतिक समूहको स्थापन गरियो जसलाई वान डिरेक्सनको नाम दिइयो । समूहले त्यसपछि पाँच एल्बमहरू निस्कासनका गरेको थियो साथै उनिहरूले चार विश्व भ्रमण र धेरै पुरस्कारहरू पनि जित्न सफल भएका थिए । पेनले अन्य निर्माताहरूसँग "बिग प्यानो" र "प्यानो" उपनामका अन्तर्गत उनको गीत र गायिका शेरलद्वारा गायिएका गितहरूलाई रिमिक्स वा समायोजन गर्ने काम पनि गर्दथे ।

सन् २०१६ मा पेनले उत्तरी अमेरिकामा रिपब्लिक रेकर्ड्ससँग एक रेकर्डिङ सम्झौतामा हस्ताक्षर गरेका थिए । मे २०१७ मा, पेनले "स्ट्रिप द्‌याट डाउन" नामक गितलाई आफ्नो आगामी पहिलो एल्बमबाट नेतृत्व एकल गितको रूपमा सार्वजनिक गरेका थिए । यसले यूके सिङ्गल चार्टमा तेस्रो(३) अौँ स्थान र संयुक्त राज्य अमेरिकाको बिलबोर्ड हट १०० मा १० अौँ स्थानमा पुग्न सफल भएको थियोे र यो गित दुवै देशहरूमा प्लेटिनम प्रमाणित भएको थियोे ।

बाल्यकाल[सम्पादन गर्ने]

पेन उल्भरह्याम्प्टन, वेस्ट मिडल्याण्ड्स, इङ्गल्याण्डमा जन्मिएका थिए । उनि केरेन, एक नर्सरी नर्स र जियोफ पेन, एक प्लम्बर का छोरा थिए । निकोला र रुथ गरि उनका दुई दिदिहरू छन् । पेन तीन हप्ता अघिनै जन्मिएका कारण प्राय बिरामी हुने गर्दथे । चार वर्षको उमेर सम्म, पेनले अस्पतालमा नियमित परीक्षण गराउनु परेको थियोे र उनको एक मिर्गौलाले काम नगरेकाले उनि डाक्टरहरुले निगरानीका रहेका थियोे । यस दुखाइ सँग सामना गर्नको लागि, उनले बिहान र बेलुकामा गरि उनको पाखुरामा ३२ खोप लगाउनु परेको थियोे । उनी एक विद्यार्थीको रूपमा, पेन खेलमा विशेष गरी क्रस कन्ट्रि डौडमा बढी सक्रियता जनाएका थिए । पेन मूलत उनको दौडलाई निरन्तरता दिनको लागी उल्भरह्याम्टन र बिल्स्टन एथलेटिक्स क्लबमा शामिल भएका थिए । सन् २०१२ ओलम्पिक खेलको डौडमा इङ्ल्यान्ड राष्ट्रिय टोलीमा अटाउन असफल भएपछि उनलाई अतिरिक्त खेलाडीको सूचीमा राखिएको थियो ।

उनी माध्यमिक विद्यालयका केही ठूला विद्यार्थीहरू बाट अनुचित व्यवहारको सिकार भएका थिए । उनले १२ वर्षको उमेरमा बक्सिङको पाठ सिकेका थिए । उल्भरह्याम्पटन कलेजको पजेट रोड क्याम्पसमा सङ्गीत प्रविधिको अध्ययन गर्न भन्दा अघि ११ कक्षाको माध्यमिक शिक्षाको सामान्य प्रमाणपत्र सेन्ट पीटर कोलेजियट स्कूलबाट पूरा गरेका थिए ।

पेन पहिलो पटक १२ वर्षको उमेरमा संसारको ब्यवसाय कार्यक्रममा, पिङ्क प्रोडक्सन थियेटर कम्पनीको सदस्यको रूपमा परिचित गराइएका थिए । पेनले पहिला उल्भरह्याम्टनमा अाधारित फुटबल क्लब उल्भरह्याम्प्टन वान्डरर्सको खेलमा, २६,००० खेल हेर्न अाएका दर्शकहरूका माझ अाफ्नो प्रस्तुति दिएका थिए ।

कार्यकाल[सम्पादन गर्ने]

द एक्स फ्याक्टर र वान डिरेक्सन[सम्पादन गर्ने]

पेनले सन् २००८ मा द एक्स फ्याक्टर नामक ब्रिटिस गायन प्रतियोगिताको ५ औं संस्करणमा पहिलो पटक अडिसन दिएका थिए । त्यति खेर उनी केवल १४ वर्षका थिए । पेनले, गायक फ्रान्क सिनट्राको "फ्लाई मि टु द मुन" नामक गितको प्रदर्शन गरेपछि पहिलो चरण पार गरेका थिए । त्यसपछि उनि बूट क्याम्प स्टेज नामक चरणमा बाहिरीएका थिए । तर साइमोन कावेलले, त्यसपछि आफ्नो दिमागलाई परिवर्तन गर्दै पेनलाई जजेज हाउस स्टेज नामक चरणमा फर्काएका थिए ।[३] पेन फेरिपनि त्यही चरणमा बाहिरिन पुगे, तर कावेलले उनलाई दुई वर्ष पछि फेरि अाउन प्रोत्साहित गरेका थिए ।[४]

पेन, सन् २०१० फेरि दुई वर्षपछि द एक्स फ्याक्टरको ७ अौँ संस्करणमा फर्किए । उनले माइकल बबलको गित "क्राइ मी अ रिभर" नामक गितबाट अडिसन दिए । जसले गर्द उनले ४ वटै निर्णयकहरूबाट स्विकृत पाए र कावेलको तर्फबाट विजयोत्सवको पनि भागिदार बने । पेन आफ्नो एकल अडिसन पछि प्रतियोगितालाई जित्ने दोस्रो मनपराइएका गायक हुन पुगेका छन् । उनि जजेज हाउस नामक चरणमा केटाको वर्गबाट अघि बढ्न सकेनन् र उनकै उमेरका चार जना अरू पनि यही चरणबाट बाहिरिन पुगे । तर वेयम्ब्लि एरिनामा, बुटक्याम्प स्टेज नामक चरणमा निकोल शेर्जिङ्गर एक अतिथि निणर्यकले सुझाव दिएपछि उनीहरूलाई पाँच सदस्यका साथ केटा साङ्गेतिक समूह बनाइयो[५] र उनिहरू यसपछि समूह श्रेणी मार्फत छनौट हुन पुगे । पछि, समूह दुई हप्ताको लागि एक अर्काको बारेमा जान्न र अभ्यास गर्नको लागि एकसाथ मिलाइए । जजेज हाउस चरणमा उनीहरूको छनौट गीतको लागि र वान डिरेक्सन नामक समूहको रूपमा उनिहरूले पहिला "टर्न" नामक गितको प्रदर्शन गरे । उनिहरूले प्रदर्शन गरेको गितले, उनलाई विश्वस्त बनाएको, मजा दिलाएको र एक प्रकारको निडर समूहको रूपमा उभ्याएको कुरा साइमोन कावेल पछि एक टिप्पणी मार्फत ब्यक्त गरेका थिए । त्यस कार्यक्रममा तेस्रो स्थान अोगढ्दै समुहले चाँडैनै बेलायतमा लोकप्रियता प्राप्त गरेको थियोे ।[६]

पेन सन् २०१२ मा

द एक्स फ्याक्टर पछि वान डिरेक्सनले, सन् २०१० मा साइमन कावेलको साइको इन्टरटेन्मन्ट नामक रेकर्ड लेवलमा हस्ताक्षर गरे । [७] वान डिरेक्सनले आफ्नो पहिलो स्टूडियो एल्बम, "अप अल नाइट", सन् २०११ मा प्रकाशन गरे । सन् २०१२ मा उनिहरूको दोस्रो एल्बम, "टेक मि होम" को प्रकाशन गरे । सन् २०१३ मा उनिहरूको तेस्रो एल्बम "मिडनाइट मेमोरिज" निस्कासन गरियो त्यसपछि सन् २०१४ मा चौथो एल्बम "फोर" र पछि सन् २०१५ मा "मेड इन द ए.एम" को प्रकाशन गरेका थिए ।[८] प्रकाशित सबै एल्बमहरू प्रथम स्थानमा रहेकोमा, वान डिरेक्सनले बिलबोर्ड २०० एल्बम चार्टको यस ५८ वर्षको इतिहासमै एकमात्र समूह बनेको थियोे ।[९]

पूर्व सदस्य जेन मलिकको प्रस्थान पछि, लियामले मलिकको स्वर भएको स्थानमा अाफ्नो स्वर हालेका थिए । पेन, वान डिरेक्सनको प्रमुख गीतकारहरु मध्ये एकको रूपमा जानिन्छन्, उनले तेस्रो र चौथो एल्बममा समूहका सदस्यहरूको सहायताले आधा भन्दा बढी गितहरू लेखेका थिए ।[१०][११]

एकल परियोजना[सम्पादन गर्ने]

पेनले अन्य निर्माताहरूसँग "बिग प्यानो" र "प्यानो" उपनामका अन्तर्गत उनको गीत र गायिका शेरलद्वारा गायिएका गितहरूलाई रिमिक्स वा समायोजन गर्ने काम पनि गर्दथे ।[१२][१३] उनले अफ्टर हाअोर्स नामक निर्माताको सहायताले सन् २०१४ मा गायिका शेरल कोलको "अाइ डन्ट केयर" नामक गितलाई उनले रिमिक्स वा समायोजन गर्ने काम गरेका थिए ।

अगस्ट २०१४ मा, पेनले एक प्रकाशित कम्पनी जसको अन्तर्गत उनको एकल परियोजनाहरु प्रकट हुने, ह्यायाम्टन सङ्गित लिमिटेड नामक कम्पनीको स्थापना गरे र निर्देशक पनि बने ।[१४][१५][१६] अष्ट्रेलियाका बहुचर्चित ब्वाइ ब्यान्ड वा केटा साङ्गगेतिक समूह "५ सेकेण्ड अफ समर" वान मोड प्रोडक्सन लिमिटेडमा हस्ताक्षर गरिएका थिए, जसमा पेनले एक निर्देशकको भूमिकाका सेवा गरेका थिए ।

पेनले भविष्यका परियोजनाहरूमा काम गर्न थाले जसमा उनले ७ वटा भन्दा बढि गितहरूमा, जुसी जे, डिजे मस्टार्ड र मिगुएल सँग साझेदारीमा काम गरेका थिए । उनि स्टुडियोमा पनि निर्माता र गायक फेरल विलियम्ससँ काम गरिसकेका छन् । पेनले युट्युबका गितकार र निर्माता विल सिङ्गे सँग पनि सम्झौतामा काम गरिसकेका छन् ।

पेनलाई वर्षको कामोतेजक पुरुषको रूपमा सम्मानित गरिए पछि, उनी एटिट्युड म्यागजिन नामक पत्रिकाको कभरमा राखिएका थिए । वान डिरेक्सनको एक सदस्यको रूपमा उनि एकल कभरमा राखिएका थिए ।

सन् २०१५ मा आइरिस ब्वाइ ब्यान्ड "होमटाउन"को "द नाइट वि मेट" नामक एकल गितमा पेनले, गीतकार र गितलेखक जेमी स्कटसँग सहकार्य गरेका थिए । सन् २०१६ को शुरूमा, पेनले विज खलिफा र जुसी जे द्वारा गाइएको यु नामक गितको प्रदर्शन गरेका थिए ।

अक्टोबर २०१६ मा, पेन रिपब्लिक रेकर्ड सँग एक रेकर्डिंग अनुबन्धनमा हस्ताक्षर गरिएको घोषण भएको थियोे । उनको पहिलो एकल "स्ट्रिप द्‌याट डाउन" क्वेभो र उनको स्वरमा र लेखनमा एड सिरन र स्टिभ म्याक सँगको सहकार्यमा १९ मे २०१७ मा निस्कासन गरेका थिए । पेनले पछि एकल "बेडरूम फ्लोर" नामक प्रकाशन गरेका थिए र जेड सँगको सहकार्यमा गेट लो गितको प्रकाशन गरेका थिए ।

जनवरी २०१८ मा, पेन र रिटा ओराले चलचित्र "फिफ्टि सेड्स फ्रिड" बाट फर यु बोल रहेको गितको सार्वजनिक गरेका थिए ।

अप्रिल २०१८ मा, पेनले बाल्भिनको सहायताले "फेमिलियर" बोल रहेको गित सार्वजनिक गरेका थिए । उनको पहिलो एलबम १४ सेप्टेम्बर २०१८ मा सार्वजनिक गरिने उनले घोषण गरेका थिए ।

३० मार्च २०१८ मा, पेन दुबईमा ग्लोबल गाँउ २०१८ मा नि: शुल्क सङ्गीत कार्यक्रमको दौरान १,००,००० भन्दा धेरै व्यक्तिहरूका माझ प्रस्तुति दिएका थिए ।

२४ अगस्ट २०१८ मा गायक फ्रेन्च म‍न्टेनाको सहायतामा उनले आफ्नो पहिलो विस्तारित गीति सङ्ग्रह, फस्ट टाइममा रहेको "फस्ट टाइम" नै नामक गितको सार्वजनिक गरेका थिए ।

गायकको रूपमा[सम्पादन गर्ने]

लियाम पेन एक पप गायक हुन र उनले हाल इलेक्ट्रनिक र आर एन्ड बी को सङ्गीत विषेश गरि गाउने गर्दछन् । [१७]

उनले अाफुले प्रेरणा लिएका गायकहरूको उदाहरण दिनु पर्दा फेरेल विलियम्स,[१८] जस्टिन टिम्बरलेक ,[१९]अस्सरको नाम लिने गर्छन् ।[२०][२१] उनले एक सञ्चार माध्यमलाई भनेका छन्," मलाई सबैभन्दा धेरै उत्प्रेरित गर्ने व्यक्ति फेरेल विलियम्स हुन् जोसँग मैले पहिला काम गरि सकेको छु ।" उनले एक पटक आफ्नो निर्मातासँग कुरा गरिरहेको थिए र निर्मातालाई सोधे," फेरेल सानो छँदा कस्तो थियो, र उनले मलाई भने कि जब फेरेल तिम्रो उमेर थिए उनीलाई किबोर्डमा एक नोट थिच्न पनि अाउँदैनथ्यो । र त्यो मेरो लागि अद्भुत थियो किनकी २२ वर्षको उमेरमा गितार सिक्नु भनेको एकदमै ढिलो हो ।

लोककल्याण कार्यहरू[सम्पादन गर्ने]

वान डिरेक्सनको सदस्यको रुपमा पेनले कस्मिक रिलिफ नामक संस्थाको साहायता गरेका थिए र अाफ्नो संस्थाको नाम एक्शन १ डी शीर्षकमा नयाँ पहल गर्दै अझैँ भविष्यलाई राम्रो बनाउन मद्दत गरेका थिए । [२२] पेनी युनिसेफलाई अथक समर्थन गर्छन् र उनले टेनिस खेलाडी एन्डि मुर्रे र ज्याक ह्वाइटहल र क्लेर बल्डिङसँग साझेदारी गरेर युनिसेफ यूकेका रोगबाट ग्रसित बालबालिकाको लागि रकम सङ्कलन गर्न सहयोग गरेका थिए । [२३] पेनले मोटरस्पोर्टस खेलाडी एडी जोर्डनसँग मिलेर यूके आधारित सिएलअाइसि संस्थालाई पनि सहयोग गरेका छन् । पेन एक कल्याणकारी सङ्गठन ट्रेकस्टक को लागि राजदूत हुन । सन् २०१३ मा सङ्गठनको साथ पेनको मूल अभियान $७८४,१९८ रकम सङ्कलन गर्न सफल भएका थए ।[२४] उनले पछि फेरि अन्य ठाउँमा गएर थप $२११,२३७ रकम सङ्कलन गरेका थिए । पेन एक पुर्वाधारको विकास गर्ने ग्लोबल गोल अभियान संस्थाको पनि राजदूको रुपमा काम गरेका छन् । पेनले अाफ्नो गृहसहर उल्भरह्याम्टनमा रहेको एक युवा सङ्गठनलाई पनि £ ६ मिलियन रकम दान गरेका छन् । [२५][२६]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

अगस्ट २०१३ मा अचानक लागेको अागोमा उनको सबैभन्दा अात्मिय साथि एन्डि सामुएल फसेपछि पेनल उनलाई बचाएका थिए । [२७] पेनले लण्डनमा रहेको होटलमा काम गर्ने एक महिलालाई टोटनह्या हट्स्परका खेलाडीहरूले दुर्ववहार गर्न लाग्दा उनको रक्षा गरेका थिए । उनले सन् २०१३ मा माइली साइरसको जन्मदिनको भोज कार्यक्रममा एक घटनामा क्याल्भिन ह्यार्रिसलाई बचाएका थिए ।

पेन एटिट्य्ड पत्रिकाका अनुसार २०१५ को सबैभन्दा कामुक व्यक्तिको प्रथम स्थानमा पर्न सफल भएका थिए । [२८] पेन ह्यारी पोटर श्रृङ्खलाका पनि उत्सुक अनुयायी हुन् ।

पेनले सन् २०१६ देखि अङ्ग्रेजी गायिका शेरिससँग सम्बन्धमा जोडिए र जोडिले २२ मार्च २०१७ का दिन पहिलो सन्तानको रुपमा छारालाई स्वागत गरेका थिए । शेरिल र पेनले जुलाई २०१८ मा उनिहरूको बिच रहेको सम्बन्ध विक्षेदन भएको घोषण गरेका थिए । [२९][३०] [३१]

गितहरूको सङ्गालो[सम्पादन गर्ने]

लियाम पेन वान डिरेक्सनको सदस्य हुँदा थुप्रै गित गाएका छन् । वान डिरेक्सनको विघटन पछि पेनले अाफ्नो पहिलो गितको रुपमा अमेरिक र्‍यापर क्वेभोसँग साझेदारी गर्दै स्ट्रिप द्‌याट डाउन नामक गित १९ मे २०१७ मा निकालेका थिए जुन गितले युके सिङ्गल च्याटमा तेस्रो स्थान, अष्ट्रेलिया र अायरल्यान्डमा दोस्रो, न्युजिल्यान्डमा चौँथो र संयुक्त राज्यमा दसौँ स्थानमा पर्न सफल भएको थियो । उनले अाफ्नो दोस्रो गितको रुपमा रुसी-जर्मनेली सङ्गितकार जेडसँग साझेदारी गरेर गेट लो नामक गित प्रकाशन गरेका थिए जुन विश्वको ५० भन्दा बढि देशका सङ्गीत च्याटमा पर्न सफल भएको थियो जसमा अष्ट्रेलिया, अायरल्यान्ड,स्वीडेन अादि पर्छन् । उनको तेस्रो गित बेडरुम फ्लोरले युकेको अाधिकारिक सङ्गीत च्याटमा २१ अौँ स्था सम्म उक्लियको थियो र युकेमा रजत प्रमाणपत्र र अष्ट्रेलिया स्वण प्रमाणपत्र हाँसिल गरेको थियो । पेन र रिटा अोराले फिफ्टि सेड्स फ्रिड चलचित्रमा फर यु नामक गित दिएका छन् जसले ५ बटा देशमा स्वण प्रमाणपत्र पाएको थियो । उनले पछि जे बालभीनसँग काम गरेका थिए र उनिहरूले फेमिलियर, फस्ट टाइमपोलोराइड नामक गित प्रकाशन गरेका छन् । उनको एकल परियोजनाका सङ्गितहरू हाल देशैभरी १.५ मिलियन बिक्री भैसकेका छन् ।

अभिनित चलचित्रहरू[सम्पादन गर्ने]

वर्ष शिर्षक भूमिका कैफियत
२०१२ अाइकार्ली उनि अाफै अतिथि भूमिका;सिजन २
श्रृङ्खला ६
२०१३ वान डिरेक्सन: दिस इज अस उनि अाफै
२०१४ वान डिरेक्सज: ह्वेर वि अार - द कन्सर्ट फिल्म उनि अाफै
डाइनामो: म्याजिसियन इम्पोसिबल उनि अाफै अतिथि भूमिका; सिजन ४, श्रृङ्खला १
डान्सिङ विथ स्टार[३२] उनि अाफै अतिथ भूमिका; सिजन १९, श्रृङ्खला १३
२०१६ फेमिली गाइ उनी अाफै स्वर मात्र; रन, क्रिस, रन सिजन १५,

पुरस्कार र मनोनयन[सम्पादन गर्ने]

वर्ष संस्था श्रेणी मनोनयन/कार्य नतिजा सन्दर्भ
२०१५ एटिट्युड वर्षको कामुक पुरुष लियाम पेन विजयी [३३]
२०१६ बिएमअाइ अवार्ड लण्डन अवार्ड पप अवार्ड सङ्गितहरू "नाइट चेन्जेज" विजयी [३४]
"स्टिल माई गर्ल" विजयी
२०१७ टिन च्वाइस अवार्ड च्वाइस पुरुष कलाकार लियाम पेन मनोनित [३५]
च्वाइस पुरुष हटि मनोनित
२०१८ ग्लोबल अवार्ड उत्कृष्ट सङ्गित "स्ट्रिप द्‌याट डाउन" (क्वेभोसँग) मनोनित [३६]
उत्कृष्ट पुरुष लियाम पेन मनोनित
उत्कृष्ट बेलायती कलाकार र समूह मनोनित
उत्कृष्ट पप मनोनित
द ग्लोबल सिरियल अवार्ड विजयी
अाईहर्ट अवार्ड उत्कृष्ट नविन पप कलाकार मनोनित [३७]
उत्कृष्ट एकल सङ्गित मनोनित
ब्रिट अवार्ड ब्रिटिस्ट एकल "स्ट्रिप द्‌याट डाउन" (क्वेभोसँग) मनोनित [३८]
ब्रिटिस्ट कलाकार वर्षको उत्कृष्ट भिडियो मनोनित
बिएफअाइ पप अवार्ड अवार्ड जित्न सफल गित "स्ट्रिप द्‌याट डाउन" विजयी [३९]
२०१८ टिन च्वाइस अवार्ड च्वाइस ल्याटिन सङ्गित "फेमिलियर" (जे बालभिनसँग) विजयी [४०]
च्वाइस समर सङ्गित मनोनित
च्वाइस समर पुरुष कलाकार लियाम पेन मनोनित
एमटिभी भिडिया म्युजिक अवार्ड उत्कृष्ट नृत्य भिडियो "गेट लो" (जेडसँग) मनोनित [४१]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "लियम पेनले अाफ्नो २१ अौँ जन्मदिन सिकागोमा मनाएका छन्", सिकागो डट सिबिएस लोकल डटकम, अभिगमन मिति २० अक्टोबर २०१५ 
  2. डगसन, लिन्ड्से, "ब्रिटेनका ११ धनी युवा सङ्गितकारहरू", बिजनेस इन्साइडर युके, अभिगमन मिति ११ जुन २०१८ 
  3. "लियाम पेनसँग एक्स फ्याक्टर जित्न सक्ने क्षमता भएको प्रस्तुत गरेका छन्", उल्भरह्याम्टन एक्सप्रेस एण्ड स्टार, ६ सेप्टेम्बर २०१०, अभिगमन मिति २६ नोभेम्बर २०१५ 
  4. "भाग १". द एक्स फ्याक्टर (५ अौँ संस्करण). १६ अगस्ट २००८.
  5. केली, क्रिस्टि (२६ जुलाई २०११), "निकोल शेर्जिङ्गर: 'मैले वान डिरेक्सन सँग साइमन कावेलको पक्ष निर्णय गरे'", डिजिटल स्पाई, अभिगमन मिति २० अक्टोबर २०१५ 
  6. "साइमोन कावेलसँगको प्रश्न र उत्तर", रोलिङ स्टोन, अभिगमन मिति २० अक्टोबर २०१५ 
  7. निकेल्सन, रिबेका, "वान डिरेक्सनको उदय", द गार्जिएन, अभिगमन मिति २० अक्टोबर २०१५ 
  8. "वान डिरेक्सनको साङ्गितिक सङ्गालो", अल म्युजिक, अभिगमन मिति २० अक्टोबर २०१५ 
  9. काउफिल्ड, केथ, "वान डिरेक्सनको "फोर" एल्बमले ऐतिहासिक प्रथम स्थान अोगट्न सफल भएको छ", बिलबोर्ड डटकम, अभिगमन मिति २० अक्टोबर २०१५ 
  10. कर्नर, लुइस, "वान डिरेक्सनका लियाम पेन र लुइस टम्लिन्सन ब्यान्डका शीर्ष कमाई गर्ने गायक बनेका छन्", डिजिटल स्पाइ डटकम, अभिगमन मिति २० अक्टोबर २०१५ 
  11. "लियाम पेनले हाल पुर्ब सदस्य जेन मलिकको गित लेखिरहेका छन्", इन्कुइस्टर डटकम, अभिगमन मिति २० अक्टोबर २०१५ 
  12. Villa, Lucas, "वान डिरेक्सनका लियाम पेनले उनको समूहद्वारा गाइएको भर्खरै सार्वजनिक भएको गित र शेरलको गितलाई समायोजन गरेका छन्", एक्स डटकम, अभिगमन मिति २० अक्टोबर २०१५ 
  13. भिल्ला, लुकास, "यु एण्ड अाई नामक गितको लियाम पेनले गरेका समायोजनहरू" 
  14. मिनिस, ग्लेन, "के लियाम पेन र जेनिफर लोपेज नयाँ गितको लागि सँगै काम गरिरहेका छन् त ?" 
  15. "ह्याम्टन म्युजिक लिमिटेड" 
  16. "ह्याम्टन म्युजिक लिमिटेड" 
  17. "लियाम पेन बायो, एल्बम र बाह्य कडिहरू", अलम्युजिक, अभिगमन मिति ४ सेप्टेम्बर २०१८ 
  18. "लियाम पेनले भने," वान डिरेक्सनले पुन एक पटक काम गर्ने छन्", बिलबोर्ड डटकम, अभिगमन मिति २० अक्टोबर २०१५ 
  19. "लिया पेन र जस्टिन टिम्बरलेक", क्यापिटल एफएम, अभिगमन मिति २० अक्टोबर २०१५ 
  20. "लियाम पेन:म टेलर स्विफ्ट जस्तो गायिकाको सङ्गित बनाउन तयार छैन", बिटि, अभिगमन मिति २ नोभेम्बर २०१७ 
  21. "लियाम पेन – स्ट्रिप ड्याट डाउन", भिभो, अभिगमन मिति २ नोभेम्बर २०१७ 
  22. "वान डिरेक्सनले £२ मिलियन भन्दा बढि रकम सङ्कलन गरेको छ", लुक टु द स्टार, अभिगमन मिति २० अक्टोबर २०१५ 
  23. Lee, David, "वान डिरेक्सनका गायक लियाम पेनले युकेमा रहेका विभिन्न क्यान्सर च्यारिटिको समयोग गरेका छन्", विन्डसर एक्प्रेस, मूलबाट २२ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अभिगमन मिति २० अक्टोबर २०१५ 
  24. "वान डिरेक्सनका गायक ह्यारी स्टाइल्स र लियाम पेन एक क्यान्सर रोग विरुद्ध संस्थाको राजदूत बनेका छन्", अाइटिभी, अभिगमन मिति २० अक्टोबर २०१५ 
  25. "ग्लोबल गोल अभियानमा लियाम पेन", द गोलोबल गोल, अभिगमन मिति २० अक्टोबर २०१५ 
  26. "ग्लोबल गोल अभियान संस्था", बिलबोर्ड डटकम, अभिगमन मिति २० अक्टोबर २०१५ 
  27. "अागोलागिको घटना पछि पेन र सामुएल", मिरर युके डटकम, अभिगमन मिति २० अक्टोबर २०१५ 
  28. "सन् २०१३ मा सबैभन्दा कामुक पुरुषहरूको सुचि", ग्यामर म्यागजिन, अभिगमन मिति २० अक्टोबर २०१५ 
  29. इन्टरटेन्मेन्ट एण्ड अार्टस् (२५ मार्च २०१७), "शेरेल र लियाम पेनको पहिलो सन्तान", बिबिसि न्युज (संयुक्त अधिराज्य), अभिगमन मिति २५ मार्च २०१७ 
  30. "पेन र शेलिल", डिजिटल स्पाई (अङ्ग्रेजीमा), संयुक्त अधिराज्य: हट्स कर्पोरेसन, २५ मार्च २०१७, मूलबाट २५ मार्च २०१७-मा सङ्ग्रहित, अभिगमन मिति २५ मार्च २०१७ 
  31. "शेरिल र पेनको सम्बन्ध विक्षदन", बिबिसि न्युज, १ जुलाई २०१८, अभिगमन मिति १ जुलाई २०१८ 
  32. "लियाम पेन नृत्य सिक्दै", याहू डटकम, अभिगमन मिति २० अक्टोबर २०१५ 
  33. "एटिट्युड :लियाम पेन वर्षको सबैभन्दा अाकर्सक पुरुष" 
  34. "२०१६ बिएमअाइ अवार्डमा विजेताहरू", बिएमअाइ, १० अक्टोबर २०१६। 
  35. "२०१७ टिन च्वाइस अवार्डका मनोनयनहरू", टिन च्वाइस, १३ जुलाई २०१७, अभिगमन मिति १६ जुलाई २०१७ 
  36. "द ग्लोबल अवार्ड", ग्लोबल, २३ डिसेम्बर २०१७। 
  37. "२०१८ अाईहर्ट म्युजिक अवार्ड", अाईहर्ट रेडियो, १० जनवरी २०१८, अभिगमन मिति १२ जनवरी २०१८ 
  38. "ब्रिट अवार्ड २०१८", अफिसियल च्याट्स कम्पनी, १३ जनवरी २०१८, अभिगमन मिति १३ जनवरी २०१८ 
  39. "बिएमअाई अवार्ड", बिएमअाई, ८ मे २०१८, अभिगमन मिति ९ मे २०१८ 
  40. "टि च्वाइस अवार्डका मनोनयनहरू", एबिसि न्युज, २२ जुन २०१८, अभिगमन मिति २२ जुन २०१८ 
  41. "ट्विटर", अभिगमन मिति १७ जुलाई २०१८ 

बाह्य कडिहरू[सम्पादन गर्ने]