विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/नेपालका उपत्यकाहरू
नेपालका उपत्यकाहरू[सम्पादन गर्नुहोस्]
चारै तिर पहाडले घेरिएको तथा बिचमा समतल भएको भूभागलाई उपत्यका भनिन्छ । नेपालमा दुई प्रकारका उपत्यकाहरू रहेका छन् । पहाडी क्षेत्रभित्रको उपत्यका भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचको उपत्यकालाई उपत्यका भनिए पनि साना पहाडी उपत्यकाहरूलाई टार, पाटन, बेसी र माढी पनि भनिन्छ । कतिपय माढी तथा टार भनिने उपत्यका पनि निकै ठूलो क्षेत्रफलसमेत भएका र बिबिधताले भरिपूर्ण रहेका छन् । नेपालका पहाडी क्षेत्रमा रहेका प्रमुख तथा ठुला उपत्यकाहरूमा काठमाडौं उपत्यका, पोखरा उपत्यका, सुर्खेत उपत्यका र सिंजा उपत्यका रहेका छन् भने पहाडी क्षेत्रका माढी तथा टार तथा पाटन भनिने प्रमुख उपत्यकाहरूमा पाल्पा माढी, बनेपा, पाँचखाल, भकुन्डे बेसी, पाटन (बैतडी), तुम्लिङटार, रूम्जाटार, कर्पुटार, बिजुवार, धादिङ बेसी, चुत्राबेसी, रामपुर (पाल्पा) र चौरजाहारी रहेका छन् । यसै प्रकार भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचका प्रमुख उपत्यकाहरूमा जोगबुढा उपत्यका, दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, सिन्धुली उपत्यका र उदयपुर उपत्यका रहेका छन् । (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
![]() ![]() ![]() |
|