विकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध
यो एक विकिपिडियामा प्रस्ताव गरिएको नीति, दिशानिर्देश, वा प्रक्रिया हो। यो प्रस्ताव हाल बन्ने क्रममा रहेको छ वा बनिसकेको छ र नीति लागू गर्न वार्तालाप पृष्ठमा सहमतिको लागि प्रयास भइरहेको छ। |
कुल मिलाएर भन्दा: विकिपिडिया व्यक्ति/समूहको विचार प्रकाश गर्दैन: सम्पूर्ण यहाँका सामग्रीहरू विश्वश्निय स्रोतहरू बाट लिइएका हुन्छन् । विकिपिडियाका लेखहरूका उद्देश्य विचार, विश्लेषण वा निष्कर्ष दिनु होइन बरू विविध भरपर्दो स्थानमा कस्ता सामग्री छन्, तिनलाई मिलाई यहाँ ज्ञान बाँड्नु मात्रै हो । |
विकिपिडियाका लेखहरू मूलअनुसन्धानमा लेखिएको हुनु हुदैँन । "मुल अनुसन्धान" भन्नाले ती विचार, सोच वा दोषयुक्त सामग्री जनाउँछन् जुन कुनै प्रकाशित सामग्रीहरूमा उल्लेख गरिएका छैनन् । यसले विविध स्थानबाट जानकारी झिकि सम्पादक स्वयंले निष्कर्ष निकाली लेख लेख्ने प्रक्रियालाई जनाउँछ । यस विपरीत अन्य भरपर्दो स्थानमा प्रकाशित सामग्रीबाट सन्दर्भ जोडेमा भने मान्य हुनेछ, लेखमा समावेश गरिएका निष्कर्ष अन्य स्थानमा बताइएको हुनैपर्छ । मुल अनुसन्धान वार्ता पृष्ठ, लेख मेटाउने जानकारी दिँदा र आधिकारिक नीति पृष्ठमा भने लागू हुदैँन ।
मूल अनुसन्धान निषेधको अर्थ लेखमा सम्पूर्ण लेखमा सामग्री थप्दा विश्वासिलो प्रकाशित स्रोतबाट सन्दर्भ जोडिएको हुनपर्छ भन्ने नै हो । विकिपिडियाको प्रमानिकता नितिले कुनै पनि दोधारयुक्त जानकारीमा सन्दर्भ सामग्री जोड्नैपर्ने कुरा बताउँछ । सन्दर्भ सामग्री जोडिए पनि उक्त स्रोतबाट हुबहु जानकारी भने सार्नु हुदैँन । उक्त जानकारीलाई संवत्: आफ्नै भाषामा मिलाई अर्थपूर्ण रुपमा लेखिनु पर्ने हुन्छ ।
"मुल अनुसन्धान लेख निषेध" सहित तटस्थ दृश्टिकोण र प्रमानिकता विकिपिडियाका मुख्य नीति हुन् र सम्पादकहरूले यी तीनवटै नीति ध्यान दिनु र बुझ्नु आवश्यक छ ।
अन्य
[सम्पादन गर्नुहोस्]यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो पृष्ठलाई अन्तिम सम्पादन Biplab Anand (वार्ता • योगदान) द्वारा (४ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण) |