विकिपीडिया:उल्लेखनियता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

विकिपीडिया जानकारीको अन्धाधुन्ध संग्रह होइन । केही विषय विकिपीडियाको लागि उपयुक्त छैनन्: यस्ता विषयहरूका पृष्ठ अथवा लेख बनाउनको लागि निजी वेबसाइट, ब्लग आदि अनुकूल छन् ।

विकिपीडियाको उल्लेखनीयता (notability) निर्देश यो निर्धारित गर्छन् कि कुनै विषय विकिपीडियाको लागि अनुकूल छ या छैन ।

सामान्य उल्लेखनीयता निर्देश[सम्पादन गर्ने]

यदी कुनै विषयमा स्वतन्त्र तथा विश्वसनीय स्रोत उपलब्ध छन्, जसमा यस विषयलाई महत्वपूर्ण उल्लेख मिलेको छ भने यो विषय एक लेख या सूचीमा शामिल गर्नाको उल्लेखनीयता मापदण्डहरूलाई पूरा गर्दछ ।

  • दिइएका विषयमा विश्वसनीय तृतीय पक्षको स्रोत उपलब्ध हुनु पर्छ, अथवा यो विषय विकिपीडियाको हिसाबले उल्लेखनीय मानिने छन ।
  • "महत्त्वपूर्ण उल्लेख"को माने यो हो कि सूत्रहरूमो यस विषयमा विस्तारसँग चर्चा गरिएको हुन्छ । यो एक तुच्छ उल्लेखको तुलनामा अधिक हुनु पर्छ, तर यो जरूरी छैन कि विचाराधीन विषय स्रोत सामग्रीको मुख्य विषय नै हुनु पर्छ ।
  • विश्वसनीय स्रोतहरूमा संपादकीय अखण्डता हुन्छ र यिनको निरीक्षण गरिनु सम्भव हुन्छ । कुनै पनि स्रोतको विश्वसनीयता अक्सर सन्दर्भमा निर्भर गर्दछ ।
  • स्रोत: उल्लेखनीयताको निर्धारणका उद्देश्यको लागि स्रोत विषयसँग स्वतन्त्र हुनु पर्छ । विश्वसनीय स्रोतहरूको जरूरी सङ्ख्या स्रोहरूको प्रकृति/गुणवत्ता र उल्लेखको गहराईंमा निर्भर गर्दछ । आम तौरमा एक भन्दा बढी स्रोतहरूको आशा गरिन्छ । एकै लेखक या एकै संगठनको एक भन्दा अधिक प्रकाशनहरूलाई उल्लेखनीयताको निर्धारणका उद्देश्यका लागि एकै स्रोतको रूपमा मानिन्छ ।
  • स्वतन्त्र स्रोत ति हुन् जो विषयसँग सम्बन्धित मान्छे द्वारा उत्पन्न गरिएका होइनन् । स्वतन्त्र स्रोतहरूमा आत्म-प्रचार, विज्ञापन विषय, आत्मकथा, प्रेस विज्ञप्ति, स्वयं-प्रकाशित सामग्री आदि शामिल हुँदैनन् ।

निहित उल्लेखनीयता[सम्पादन गर्ने]

केही विषय निहित रूपबाट उल्लेखनीय मानिन्छन्, जस्तै:-

  • सरकार-मान्य देश, राज्य, शहर, जिल्ला, गाउँ, आदि स्थान
  • तारा, ग्रह आदि
  • जीवका प्रजातिहरू (जस्तै:- घोंघा, च्याउ आदि)

यो नोट गर्नुहोस् कि विकिपीडियामा लेख बनाउनको लागि यस्ता वस्तुहरूको अस्तित्वलाई साबित गर्नु आवस्यक छ । तपाईं यो भन्न सक्नु हुन्न कि "डमडमबमबमपुर एक शहर हो । म यो स्थानको बारेमा एक लेख बनाउनेछु - प्लीज यस लेखलाई डिलीट नगर्नु"। "डमडमबमबमपुर" नामको साच्चिकै कुनै शहर हो, यो साबित गर्न पृष्ट बनाउने मान्छेको जिम्मेवारी हो ।

उदाहरण[सम्पादन गर्ने]

अनुल्लेखनीय विषय[सम्पादन गर्ने]

  • "मेरो कुकुर रकी": मानौ कि रकी तपाईंको कुकुर हो जसले एक-दुईटा स्थानीय डॉग-शो जिते रे । यसको बारेमा तपाईंका छिमेकी र आफन्तहरूलाई त धेरै थाहा छ, तर अन्य ठाउँमा यो धेरै प्रसिद्ध छैन । अर्थात् कि यस रकीमा यस्तो स्वतन्त्र र विश्वसनीय स्रोत उपलब्ध छैन, जसमा यसलाई महत्वपूर्ण उल्लेख मिलेको छ । विकिपीडियाको लागि रकी अनुल्लेखनीय होइन । तपाईंको ब्लग तथा तपाईंको फेसबुक पेज रकीको बारेमा लिख्नाको लागि एक राम्रो स्थान हो, विकिपीडिया होइन ।
  • "कवि राम सिंह": कवि राम सिंह एक सानो स्थानीय कवि हुन्, जसलाई दुई-तीन सानो पुरस्कार प्राप्त भएका छन् (जस्तै:- नेशनल कलेजको सर्वोत्तम कवि अवार्ड २००६ तथा झुमरी तलैया रत्न सम्मान) । तर उनलाई अहिलेसम्म धेरै प्रसिद्धि हासिल भएको छैन । यिनी आफ्नो टोलमा प्रशिद्व छन्, २-३ पत्रिकाका पाठकहरूले उनको नाम सुनेका छन् र इनको ब्लगमा केही व्यक्तिले इनका कविताहरूको वाह-वाह गरेका छन् । स्थानीय टीवी चैनल र एफएममा प्रसारित कवि-सम्मेलनमा पनी यी देखिएका तथा सुनिएका छन् । तर इनलाई सानो दायरा भन्दा बाहिर थोरैले मात्र चिन्दछन् । इनको एक पुस्तक स्थानीय "रामू-श्यामू प्रकाशन" द्वारा प्रकाशित भएको छ । पुस्तकको बैक्-कवरमा लेखिएको छ "कवि राम सिंह नेपालका सबै भन्दा प्रमुख कविहरूमा एक हुन् ।" यो स्रोत विषयसँग स्वतन्त्र छैन - यो त रामजीको पुस्तक आफैले भनिरहेको छ । यदी राष्ट्रीय-स्तरका ३-४ पत्रिका/अखबारहरूमा यो लेखिएको भए त अलग कुरा थियो । फिलहाल, विकिपीडियाको लागि रामजी उल्लेखनीय छैनन् । हामी आशा गर्छौं कि कुनै दिन उनलाई कुनै ठुलो पुरस्कार तथा धेरै ठुलो उपाधी मिलोस् -- त्यही दिन हामी विकिपीडियामा उनको बारेमा लिख्नेछौं ।
  • अभिनेत्री सीता कुमारी: सीताजीले केही स्थानीय नाटकहरूमा काम गरिन्, तथा एक-दुई चलचित्रमा पनि इनलाई 'एक्स्ट्रा' को रूपमा काम दिइएको छ । आफ्नो गाउँको मात्र नभएर सारा बरनौलाका केटाहरू इनको सुन्दरता र नृत्य प्रतिभामा फिदा छन् । एक सानो स्थानीय कलेज पत्रिकाले एक लेखमा इनलाई 'बरनोलाकी माधुरी दीक्षित' भनेको छ । एक पल्ट एक मुख्य अखबारमा खबर छापिएको थियो "नेशनल कलेजका छात्राहरूले राष्ट्रीय विद्यार्थी ड्रामा मुकाबला जीते" । यस खबरमा सीताको बारेमा पनि एक-दुई वाक्य छापिएका थिए । एक ब्लगका अनुसार "सीता कुमारी संसारकी सबैभन्दा महान कलाकारहरूमा चिनिन्छन् । एन्जेलीना जोली, निकोल किडमैन र ऐश्वर्या रायको श्रेणीमा आउन सक्ने यि कलाकारको विश्वमा हजारौं प्रशंसक छन् ।" यसमा सीताजीलाई जहाँ उल्लेख गरिएको छ, त्यो तुच्छ हो -- यसलाई हामी "महत्त्वपूर्ण उल्लेख" मान्न सक्दैनौं । ब्लगलाई हामी विश्वसनीय स्रोत मान्न सक्दैनौ । अर्थात, अभिनेत्री सीता कुमारी विकिपीडियाको लागि यस समय उल्लेखनीय छैनन् । कुनै दिन यदी यी साँच्चिकै सुप्रसिद्ध अभिनेत्री बन्न पुगिन् भने हामीलाई इनको बारेमा लेख लेख्नमा अति खुशी हुनेछ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]