विकिपिडिया:प्रमुख चित्र/फेब्रुअरी २०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपाली विकिपिडियाका प्रमुख चित्रहरू

This star symbolizes the featured content on Wikipedia.
This star symbolizes the featured content on Wikipedia.

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।


नियमहरू:
१. चित्र उच्च रिजोलुसनको हुनुपर्नेछ

  • चित्रको चौडाइ र उचाइ न्यूनतम १५०० पिक्सलको हुनुपर्नेछ
  • कुनै कुनै एनिमेसन र भिडियो सानो हुन भएता पनि त्यसलाई मान्यता दिइनेछ

२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ

  • निर्वाचित हुने मिडिया फाइल सार्वजनिक डोमेन वा मुक्त प्रतिलिपि अधिकार अन्तर्गत उपलब्ध हुनुपर्नेछ

३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ

  • चित्र खिच्ने फोटोग्राफर वा चित्रको स्रोत
  • चित्र खिचिएको मिति
  • चित्रको वर्ग (जस्तै: प्रकृति, मन्दिर आदी)
  • चित्रको विवरण
  • चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण

२०१४-०२-११

{{{texttitle}}}

स्वयम्भुनाथ, काठमाडौं...



फोटोग्राफर/श्रोतः निर्जल श्रेष्ठ , मितिः
सम्बन्धित पृष्ठः [[भैरव मन्दिर, पाल्पा]]


२०१४-०२-१२

{{{texttitle}}}

घोरेपानी, नेपालबाट देखिएको धौलागिरी हिमालको दृश्य...



फोटोग्राफर/श्रोतः बर्नाड गागनोन , मितिः १३ जनवरी १९९४
सम्बन्धित पृष्ठः [[]]


२०१४-०२-१३

{{{texttitle}}}

शौराहा, चितवनबाट देखिएको साँझको राष्ट्रिय निकुञ्जको दृश्य...



फोटोग्राफर/श्रोतः निर्जल श्रेष्ठ , मितिः
सम्बन्धित पृष्ठः [[चितवन राष्ट्रिय निकुञ्ज]]


२०१४-०२-१४

{{{texttitle}}}

प्रत्येक फेब्रुअरी १४ गते विश्वभर नै भ्यालेन्टाइन डे' अर्थात् प्रणय दिवस मनाइने गरिएको छ...



फोटोग्राफर/श्रोतः नेभिड डिलमेन , मितिः २०१२
सम्बन्धित पृष्ठः [[प्रणय दिवस]]


२०१४-०२-१५

{{{texttitle}}}

पशुपतिनाथ मन्दिरबाट बगेको बागमती नदीको दृश्य...



फोटोग्राफर/श्रोतः Meutia Chaerani - Indradi Soemardjan , मितिः
सम्बन्धित पृष्ठः [[]]


२०१४-०२-१६

{{{texttitle}}}

फेवा ताल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो...



फोटोग्राफर/श्रोतः निर्जल श्रेष्ठ , मितिः
सम्बन्धित पृष्ठः [[फेवा ताल]]


२०१४-०२-१७

{{{texttitle}}}

शान्ति स्तुपाबाट देखिने हिमालको दृश्य...



फोटोग्राफर/श्रोतः निर्जल श्रेष्ठ , मितिः
सम्बन्धित पृष्ठः [[भैरव मन्दिर, पाल्पा]]


२०१४-०२-१८

{{{texttitle}}}

पोखरा विमानस्थल नेपालको राजधानी काठमाडौं बाट २०० कि मि टाढा पोखरा उपत्यकाको पोखरा सहरमा रहेको छ । यो विमानस्थल १९५८ देखि शुरू भएको हो । हाल पश्चिम नेपालको प्रमुख यो विमानस्थल नजीकै रहेको अर्को जग्गामा सरकारले क्षेत्रिय स्तरको अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहेको छ...



फोटोग्राफर/श्रोतः कोगो , मितिः अटोवर २००२
सम्बन्धित पृष्ठः [[पोखरा विमानस्थल]]


२०१४-०२-१९

{{{texttitle}}}

नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ...



फोटोग्राफर/श्रोतः सोमन , मितिः २६ सेप्टेम्बर २००५
सम्बन्धित पृष्ठः [[प्रजातन्त्र दिवस]]


२०१४-०२-२०

{{{texttitle}}}

तेन्जिङ-हिलारी विमानस्थल वा लुक्ला विमानस्थल (IATA: LUA, ICAO: VNLK) नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको नाम्चे गाविसमा अवस्थित लुक्ला बजारमा रहेको विमानस्थल हो। बिसं २०६४ पुसमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा उनीहरू कै नामबाट यस विमानस्थलको नामाकरण गरियो...



फोटोग्राफर/श्रोतः कोगो , मितिः नोभेम्बर २००१
सम्बन्धित पृष्ठः [[तेन्जिङ-हिलारी विमानस्थल]]


२०१४-०२-२१

{{{texttitle}}}

'बेगनास ताल कास्की जिल्लाको लेखनाथ नगरपालिका अन्तर्गत पर्ने रमणीय ताल हो । यो ताल पोखराको सबै भन्दा ठूलो ताल मानिन्छ । लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रुपमा रहेको यस तालको क्षेत्रफल३. ७३ वर्ग कि. मि. (३७३ हेक्टर) रहेको छ...



फोटोग्राफर/श्रोतः Originally posted to Flickr as Behind Begnash , मितिः
सम्बन्धित पृष्ठः [[बेगनास ताल]]


२०१४-०२-२२

{{{texttitle}}}

नाम्चे नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो...



फोटोग्राफर/श्रोतः कोगो , मितिः नोभेम्बर २००१
सम्बन्धित पृष्ठः [[नाम्चे]]


२०१४-०२-२३

{{{texttitle}}}

रानीमहल वि. सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलकारूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन्...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः २२ अप्रिल २०१२
सम्बन्धित पृष्ठः [[रानीमहल]]


२०१४-०२-२४

{{{texttitle}}}

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ । यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गाविसमा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । सगरमाथालाई सन १८६५ मा कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो । पछि सन १९६०मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् । यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ...



फोटोग्राफर/श्रोतः पाभेल नोभेक , मितिः
सम्बन्धित पृष्ठः [[सगरमाथा]]


२०१४-०२-२५

{{{texttitle}}}

काठमाडौंको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छ भने तल्लो तल्लामा करुणामई अवस्थित रहेको छ...



फोटोग्राफर/श्रोतः गणेश पौडेल , मितिः २७ जुलाई, २०१३
सम्बन्धित पृष्ठः [[संकटा मन्दिर काठमाडौं]]


२०१४-०२-२६

{{{texttitle}}}

भेडेटार नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलको धनकुटा जिल्लामा पर्ने एक गाउँ विकास समिति हो। भेडेटार गाविसको भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ । यो ठाउँ धरान नगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरीधनकुटा जिल्लाको सिमानामा अवस्थित छ। भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन...



फोटोग्राफर/श्रोतः निर्जल श्रेष्ठ , मितिः १६ सेप्टेम्बर २०१२
सम्बन्धित पृष्ठः [[भेडेटार]]


२०१४-०२-२७

{{{texttitle}}}

महाशिवरात्री भगवान शिवको महान रात फाल्गुण महिनामा हरेक वर्ष मनाइन्छ । भक्तजनहरु हजारौको संख्यामा यस रात पशुपतीनाथको दर्शनको लागी आउने गर्दछन् । साधुहरुको चर्तिकला तथा सहज रुपमा उपलब्ध हुने भाङ्ग त्यहाँ आउने व्यक्तिहरुको तथा अझ विशेष गरी जवानहरुको लागी मुख्य कारक हुने गर्दछ...



फोटोग्राफर/श्रोतः ढिलुङ्ग किरात , मितिः २३ फेब्रुअरी २००९
सम्बन्धित पृष्ठः [[महाशिवरात्री]]


२०१४-०२-२८

{{{texttitle}}}

स्वप्न बगैंचा काठमाडौंको पर्यटकीय स्थल ठमेलको प्रवेश मार्गमा अवस्थित एक ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो। वास्तुकलाको अनुपम नमूना प्रस्तुत भएको यो बगैंचा प्राकृतिक सङ्ग्राहलयका रूपमा पनि परिचित छ। यस बगैंचालाई कतिपयले 'सपनाको स्वर्ग' भन्ने गरेका छन् भने कसैले मिनी यूरोप पनि। तत्कालिन नेपाली सेनाका फिल्ड मार्शल केशर शमशेर जबराले युरोप भ्रमणका बेला बेलायतका राजा 'किङ् एडवार्ड सातौं'को बगैंचा अवलोकन गरेका थिए। त्यसैबाट प्रभावित भएर उनले सन् १९२० मा यो बगैंचाको निर्माण गरेका हुन्...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः ८ अक्टोबर २०११
सम्बन्धित पृष्ठः [[स्वप्न बगैंचा]]