सामग्रीमा जानुहोस्

वैवाहिक बलात्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वैवाहिक बलात्कार वैवाहिक जीवन पछि महिलामाथि हुने घरेलु तथा यौन हिंसा हो। संसारभरि नै यो अमान्य रहेकोछ; महिलामाथि हुने अत्याचारसँग सम्बन्धित वैवाहिक बलात्कार बिसौँ शताब्दीको मध्यतिर प्रकाशमा आएको हो। अझै पनि कतिपय देशहरूमा भने यसबारे नियमहरू बनिसकेका छैनन्।

महिलालाई यौन चाहना नहुने, हरबखत महिलाले पुरुषको यौन चाहनालाई पूरा गर्नुपर्ने र यौन मामिलामा श्रीमतीले श्रीमानको आज्ञा मान्नैपर्ने विश्वभर प्रचलन रहेकोछ। यस धारणालाई पश्चिमा मुलुकहरूमा सन् १९६० र ७० को दशकमा नारीको शारीरिक अधिकार नारीमा नै हुने चेनता अभिवृद्धि गरिए। पूर्वीय युरोप र स्क्यानडिनिभियन देशहरूमा सन् १९७० भन्दा पहिले नै वैवाहिक बलात्कार बारे कानुन बनिसकेको थियो। अर्धविकसित मुलुकहरूको यसतर्फ सन् १९९० र सन् २००० तिर ध्यान गएको पाईन्छ।

नेपाली समाजले विवाहपछि श्रीमान सँगको यौनसम्पर्कलाई मात्र मान्यता दिन्छ । तर, नेपालको कानुनले भने लोग्ने–स्वास्नीबीच पनि सहमति नभई यौन सम्बन्ध स्थापित गर्न नहुने व्यवस्था गरेको छ । सहमति विपरीत भएको यस्तो सम्बन्धलाई दण्डनीय मानेको छ। 

मुलुकी ऐनअनुसार कुनै पनि महिलाको सहमतिबिना गरिने जबर्जस्ती यौन सम्बन्ध बलात्कार हुन्छ। जसमा श्रीमतीको इच्छाविपरीत हुने जबर्जस्ती यौन सम्बन्धलाई वैवाहिक बलात्कार मानिएको छ। 

यौन र दाम्पत्य जीवन

[सम्पादन गर्नुहोस्]

यौनसम्पर्क श्रीमान् र श्रीमती दुवैको प्राकृतिक आवश्यकता हो। महिलाले आफ्नो यौनअधिकार प्रति सचेत हुने र पुरुषले पनि बिहे गर्नेबित्तिकै श्रीमती माथि यौनअधिकार जमाउन पाइन्छ भन्ने नसोचे दाम्पत्यजीवन सुखी र दिगो हुन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]