सेन्जेन क्षेत्र

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सेन्जेन क्षेत्र
 2009 सम्म सेन्जेन क्षेत्र
  सेन्जेन क्षेत्र
  भावी सदस्य
विवरण मुक्त विचरण क्षेत्र
स्थापना १९९५
सदस्य
नीति निर्माता यूरोपीय संघ
क्षेत्रफल 4,312,099 किमी2

सेन्जेन क्षेत्र अन्तर्गत पच्चीसवटा यूरोपीय देशहरू समावेश छन्। यी देशहरूले सन् १९८५मा लक्जम्बर्गको सेन्जेन सहरमा अनुमोदित सेन्जेन सम्झौताको पालना गर्दछन्। अन्तराष्ट्रिय यात्राको निम्ति सेन्जेन क्षेत्र एक प्रकारले संयुक्त मुलुकको नीतिमा संचालित हुन्छ, जस अन्तर्गत यहाँ कुनै आन्तरिक सीमा नियन्त्रण हुँदैन तर यहाँ भित्रिने तथा बाहिरिने यात्रीहरूको निम्ति भने सीमा नियन्त्रण अर्थात पासपोर्ट कन्ट्रोल यथावत रहन्छ।

सेन्जेन नियमलाई १९९९मा एमस्टर्डम सन्धीद्वारा यूरोपीय संघ (EU) कानूनभित्र गाभिएको थियो जबकि यस क्षेत्र अन्तर्गत तीन गैर-यूरोपीय संघ मुलुकहरू - आइसलैंड, नर्वे स्विजरल्याण्ड तथा तीन सूक्ष्म यूरोपीय राष्ट्र मोनाको, सैन मैरिनो, तथा वेटिकन सिटीपनि समावेश छन्। यूरोपीय संघका दुई सदस्यहरू - आयरलैंड तथा ब्रिटेनले अहिलेसम्म सेन्जेन लागू गरेका छैनन तर बुल्गारिया, साइप्रस तथा रोमानिया बाहेक अन्य सबै यूरोपीय संघका मुलुकहरूले यसलाई पहिले नै अनुमोदन गरिसकेका छन्। वर्तमान परिपेक्षमा यो क्षेत्रको जनसंख्या ४० करोडभन्दा बढी तथा यसको क्षेत्रफल ४,३१२,०९९ square kilometres (१,६६४,९११ वर्ग मी) रहेको छ।

सेन्जेन नियम लागू गर्नुको मुख्य उद्देश्य सेन्जेन सदस्य राष्ट्रहरूबीच सीमा नियन्त्रणको अन्त्य तथा गैर सदस्य रास्ट्रहरूका साथ सीमा नियन्त्रणलाई थप बलियो बनाउनु हो। बाहिरी मुलुकका नागरिकहरूद्वारा सेन्जेन क्षेत्रमा गरिने अस्थाइ प्रवेशमा अपनाइने साधारण नीतिको प्रावधान (सेन्जेन भिसा), बार्ह्य सीमा नियन्त्रणको सुव्यवस्था तथा सीमापार प्रहरी तथा न्यायिक सहयोग सेन्जेन सन्धी अन्तर्गत पर्दछन्।

सेन्जेन क्षेत्रभित्र विमानस्थल, होटेल अथवा प्रहरीको अगाडि आफ्नो परिचय प्रदान गर्नको निम्ति भिसा सहितको पासपोर्ट या यूरोपीय संघ स्वीकृत राष्ट्रिय परिचय पत्र बोक्न अनिवार्य माननुहोस तापनि कहिलेकाँही भने यो कुनै एकल राष्ट्रको राष्ट्रिय नियममापनि निर्भर हुन्छ। कहिलेकाँही त सेन्जेन देशहरूको बीचमा समेत सीमा नियन्त्रण गर्ने गरिन्छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]