हा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हा जिल्ला
ཧཱ་
भुटानमा हा जिल्लाको नक्साको अवस्थिति
भुटानमा हा जिल्लाको नक्सा
देश भुटान
सदरमुकामहा
क्षेत्रफल
 • जम्मा१,९०५ किमी (७३६ वर्ग माइल)
जनसङ्ख्या
 (2017)
 • जम्मा१३,६५५
 • घनत्व७.२/किमी (१९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट

हा जिल्ला भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो।[१] यो गासा जिल्ला पछि देशको दोस्रो कम जनसङ्ख्या भएको जिल्ला हो।[१] जिल्लाको सबैभन्दा बढी बोलिने भाषा जोङ्खा हो।

प्रशासनिक विभाजनहरू[सम्पादन गर्नुहोस्]

हा जिल्ला छ वटा गाउँ खण्डमा विभाजित छ:[२]

  1. बिजी
  2. गाकिलिङ
  3. कत्शो
  4. समा
  5. साङ्गबे
  6. ऊएसु

भूगोल[सम्पादन गर्नुहोस्]

हा जिल्ला भुटानको पश्चिमी सिमानामा पर्छ।[१] यसको उत्तरपश्चिममा तिब्बत, दक्षिणपश्चिममा सम्त्से जिल्ला, दक्षिणपूर्वमा चुखा जिल्ला र उत्तरपूर्वमा पारो जिल्लाले घेरिएको छ। हा जिल्लाले कूल क्षेत्रफल १९०५ वर्ग किलोमिटर ओगटेको छ।[१] जिल्लाको दक्षिणी भागले केही उप-उष्णकटिबंधीय क्षेत्र ओगटेको छ। यद्यपि, जिल्ला धेरै हदसम्म समशीतोष्ण अल्पाइन क्षेत्र हो।[३][४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ Facts about Bhutan- The land of the Thunder Dragon (Englishमा), Absolute Bhutan Books, २०१७, पृ: 318। 
  2. "Chiwogs in Haa", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
  3. Ura, Karma (१९९३), "The Nomads' Gamble: Pastoralists of Northern Bhutan", South Asia Research (अङ्ग्रेजीमा) 13 (2): 81–100, आइएसएसएन 0262-7280, डिओआई:10.1177/026272809301300201 
  4. Annual Dzongkha Statistics 2018: Dzongkhag Administration Haa (अङ्ग्रेजीमा), Thimphu: National Statistics Bureau, २०१८। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]