सामग्रीमा जानुहोस्

हा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हा जिल्ला
ཧཱ་
भुटानमा हा जिल्लाको नक्साको अवस्थिति
भुटानमा हा जिल्लाको नक्सा
देश भुटान
सदरमुकामहा
क्षेत्रफल
  जम्मा१,९०५ किमी (७३६ वर्ग माइल)
जनसङ्ख्या
 (2017)
  जम्मा१३,६५५
  घनत्व७.२/किमी (१९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट

हा जिल्ला भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो।[] यो गासा जिल्ला पछि देशको दोस्रो कम जनसङ्ख्या भएको जिल्ला हो।[] जिल्लाको सबैभन्दा बढी बोलिने भाषा जोङ्खा हो।

प्रशासनिक विभाजनहरू

[सम्पादन]

हा जिल्ला छ वटा गाउँ खण्डमा विभाजित छ:[]

  1. बिजी
  2. गाकिलिङ
  3. कत्शो
  4. समा
  5. साङ्गबे
  6. ऊएसु

भूगोल

[सम्पादन]

हा जिल्ला भुटानको पश्चिमी सिमानामा पर्छ।[] यसको उत्तरपश्चिममा तिब्बत, दक्षिणपश्चिममा सम्त्से जिल्ला, दक्षिणपूर्वमा चुखा जिल्ला र उत्तरपूर्वमा पारो जिल्लाले घेरिएको छ। हा जिल्लाले कूल क्षेत्रफल १९०५ वर्ग किलोमिटर ओगटेको छ।[] जिल्लाको दक्षिणी भागले केही उप-उष्णकटिबंधीय क्षेत्र ओगटेको छ। यद्यपि, जिल्ला धेरै हदसम्म समशीतोष्ण अल्पाइन क्षेत्र हो।[][]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 4 Facts about Bhutan- The land of the Thunder Dragon (Englishमा), Absolute Bhutan Books, २०१७, पृ: 318।
  2. "Chiwogs in Haa", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८ अभिलेखिकरण २०११-१०-०२ वेब्याक मेसिन
  3. Ura, Karma (१९९३), "The Nomads' Gamble: Pastoralists of Northern Bhutan", South Asia Research (अङ्ग्रेजीमा) 13 (2): 81–100, आइएसएसएन 0262-7280, डिओआई:10.1177/026272809301300201
  4. Annual Dzongkha Statistics 2018: Dzongkhag Administration Haa (अङ्ग्रेजीमा), Thimphu: National Statistics Bureau, २०१८।

बाह्य कडीहरू

[सम्पादन]