सरपाङ जिल्ला
सरपाङ जिल्ला
གསར་སྤང་རྫོང་ཁག | |
---|---|
![]() भुटानको सरपाङ जिल्लाको नक्सा | |
देश | ![]() |
सदरमुकाम | सरपाङ |
क्षेत्रफल | |
• जम्मा | १,९४६ किमी२ (७५१ वर्ग माइल) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | ४६,००४ |
• घनत्व | २४/किमी२ (६१/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
सरपाङ जिल्ला भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो। सरपाङले कुल १,९४६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ र पश्चिम भुटानको ल्हामोइजिङ्खादेखि पूर्वमा मानस राष्ट्रिय निकुञ्जसम्म फैलिएको छ।[१] सरपाङ जिल्लाको प्रमुख भाषा नेपाली भाषा हो, जुन विषम ल्होत्साम्पा समुदायले बोल्ने गर्दछ।
प्रशासनिक विभाजनहरू[सम्पादन गर्नुहोस्]
सरपाङ जिल्लालाई हाल बाह्रवटा गाउँ खण्डमा विभाजन गरिएको छ:[२]
- छुजागाङ
- छुड्जोम
- डेकिलिङ
- गाकिलिङ
- गेलेफु
- जिग्मेछोएलिङ
- सेमटेनलिङ
- सेङ्गे
- सेर्ज्होंग
- सोम्पाङ्खा
- तारेथाङ
- उम्लिङ
भूगोल[सम्पादन गर्नुहोस्]
सरपाङ जिल्लाको अधिकांश भागमा वातावरण संरक्षण भएको क्षेत्र छ।[३] सुदूरपश्चिमी सरपाङ जिल्ला (सेङ्घेको गेवोग) ले भारतको सिमानामा रहेको निर्जन फिब्सो वन्यजन्तु अभयारण्यको भाग समावेश गर्दछ; उत्तरी सरपाङ जिल्ला (जिग्मेछोएलिङको गेवोग) जिग्मे सिङ्गे वाङ्चुक राष्ट्रिय निकुञ्जको हिस्सा हो; पूर्वी र दक्षिणपूर्वी सरपाङ जिल्ला (जिग्मेछोएलिङ, तारेथाङ र उम्लिङका गेवोगहरू) शाही मानस राष्ट्रिय निकुञ्जभित्र पर्दछन्।[३] सरपाङलाई तीनवटै वातावरणीय रूपमा संरक्षित क्षेत्रहरू जोड्ने जैविक करिडोरको फराकिलो भागले विभाजन गरिएको छ।[२][४]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Sarpang Dzongkhag Administration online – "Handing-Taking"", Wayback Machine Internet Archive, २००८-०३-१९, मूलबाट २००८-०३-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-२३। वेब्याक मेसिन अभिलेखिकरण २००८-०३-१९ मिति
- ↑ २.० २.१ "Chiwogs in Sarpang", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
- ↑ ३.० ३.१ "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-१७ मिति
- ↑ "Sarpang Dzongkhag Ninth Plan (2002-2000007)"।