गुरु नानक
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
गुरु नानक | |
---|---|
जन्म | नानक वि.सं १५२७ (वर्तमान ननकाना साहिब, पञ्जाब, पाकिस्तान, पाकिस्तान) |
मृत्यु | २२ सेप्टेम्बर १५४९ करतारपुर |
निवास | करतारपुर |
पेशा | सिखधर्मको संस्थापक |
कार्यकाल | १४९९ – १५४९ |
उत्तराधिकारी | गुरु अंगद देव |
गुरु नानक (पञ्जाबी, ਗੁਰੂ ਨਾਨਕ, सन् १४६९ अप्रैल १५ – २२ सेप्टेम्बर १५३९ ), सिख धर्मका संस्थापक, सिखहरुका आदि गुरु थिए। उनलाई उनका अनुयायीहरु गुरु नानक, गुरु नानक देवजी, बाबा नानक र नानकशाह भन्ने गर्छन । उनको जन्मदिन विश्व भरि कात्तिक पूर्णिमाका दिन मनाइन्छ ।[१]
गुरु नानकका वाणीहरु सिखहरूको धार्मिक ग्रन्थ गुरु ग्रन्थ साहिबमा ९७४ काव्य छन्दका रूपमा दर्ता छन्।
जीवनी
[सम्पादन गर्नुहोस्]नानकको जन्म १५ अप्रेल,१४६९मा लाहौर नजिकैको तलवन्डी (हालको ननकाना साहिब, पञ्जाब, पाकिस्तान)मा पिता कल्याण चन्द दास बेदी (जो मेहता कालुका रूपमा चिनिन्छन्) र माता तृप्ताको संतानका रूपमा भएको हो। उनका अभिभावक हिन्दू धर्मका अनुयायी थिए। नानकको आफ्नी दिदी बेबे नानकीसंग राम्रो संबन्ध थियो र नानकीको विवाह पश्चात नानक दिदी र आफ्ना भिनाजू जय रामसंग बस्न सुल्तानपूर पुगे।
प्रभाव
[सम्पादन गर्नुहोस्]नानक हिन्दू परिवारमा हुर्किए र भक्ति संत प्रथामा उनको ठूलो योगदान मानिन्छ। नानक र सिख धर्ममा भक्ति आन्दोलनको निर्गुण पन्थको ठूलो प्रभाव देखिन्छ।
उत्तराधिकार
[सम्पादन गर्नुहोस्]गुरु नानकले गुरु अंगद देव (भाइ लहनाजी)लाई आफ्नो उत्तराधिकारीका रूपमा नियुक्त गरे। त्यसको केही समय पश्चात उनको ७० वर्षको आयुमा २२ सेप्टेम्बर,१५३९मा करतारपूरमा देहावसान भयो।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ देव, "श्री गुरु नानक देव", पञ्जाब विश्वबिद्यालय, पटयाला।