चन्द्रकान्त राउत
चन्द्रकान्त राउत | |
---|---|
संसद, प्रतिनिधि सभा सदस्य निर्वाचित | |
पद बहाली वि.सं २०७९ | |
पूर्वाधिकारी | उपेन्द्र यादव |
निर्वाचन क्षेत्र | सप्तरी २ |
व्यक्तिगत विवरण | |
जन्म | महादेवा गाउँपालिका, सप्तरी जिल्ला | ३१ अगस्ट १९७७
नागरिकता | नेपाली |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | जनमत पार्टी |
शिक्षा | विद्यावारिधी |
मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय टोकियो विश्वविद्यालय क्याम्ब्रिज विश्वविद्यालय |
चन्द्रकान्त राउत अथवा सिके राउत एक नेपाली राजनीतिज्ञ र जनमत पार्टीका अध्यक्ष हुन्। उनको पूरा नाम चन्द्रकान्त राउत हो। उनी मधेश प्रदेश को सप्तरी जिल्ला जन्मिएका हुन्। उनको परिवार निम्न वर्गीय परिवार हो । उनको बाल्यकाल आर्थिक अभावमै बितेको पाइन्छ ।
शिक्षा
[सम्पादन गर्नुहोस्]उनले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङ गरेका थिए। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।
किताब
[सम्पादन गर्नुहोस्]उनले आफ्नो आत्मकथा 'डिनायल टु डिफेन्स' र मधेशसम्बन्धी अन्य दुईवटा पुस्तक प्रकाशित गरेका छन्।[१]
राजनीति
[सम्पादन गर्नुहोस्]सन् २०११ मा अमेरिकाबाट नेपाल फर्केर उनले स्वतन्त्र मधेशको अभियान चलाएका थिए। वि.सं २०७५ फागुन २४ गते नेपाल सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो ।
प्रतिनिधि सभा २०७९
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०७९मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त राउत प्रतिनिधि सभा निर्वाचन क्षेत्र सप्तरी २बाट ३५,०४२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[२] उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी का उम्मेदवार उपेन्द्र यादवले १६,९७९ मत प्राप्त गरेका थिए।[३]
सम्मान
[सम्पादन गर्नुहोस्]- महेन्द्र विद्या भुषण
- कुलरत्न गोल्ड मेडल
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ प्रधानमन्त्री ओली भन्छन्, 'सीके राउतसँग असाधारण निर्णय क्षमता'
- ↑ "सप्तरी : प्रदेश २ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२५।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२५।