फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन
स्वरूप
फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) संयुक्त राज्य अमेरिकाको एक सरकारी गुप्तचर संस्था र सुरक्षा एजेन्सी हो । यो एजेन्सी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र कानुन प्रवर्तनमा समर्पित छ । यसको स्थापना सन् १९०८ मा व्यूरो अफ इन्भेस्टिगेशन नाममा भएको थियो र सन् १९३५ मा पुन: नाम परिर्वतन गरी हाल पनि फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)को रूपमा कार्यरत छ ।[१]
बजेट, मिसन र प्राथमिकता
[सम्पादन गर्नुहोस्]आर्थिक वर्ष २०१९ मा, व्युरो को कुल बजेत ९.६ अर्ब अमेरिकी डलर थियो।[२]
एफबिआईको मुख्य लक्ष्य भनेको संयुक्त राज्यको रक्षा गर्नु र अमेरिकी अपराधिक कानुनको पलना गराउनु र सङ्घीय, राज्य, स्थानीय र अन्तराष्ट्रिय संस्था र साझेदारहरूलाई अपराधिक न्यायिक सेवा र नेतृत्व दिनु हो।[३]
हाल एफबिआइ को उच्च प्राथमिकता :[४]
- संयुक्त राज्य अमेरिकालाई आतंकवादी आक्रमणबाट बचाउनु
- संयुक्त राज्य अमेरिकालाई विदेशी गुप्तचर अपरेसन र जासुसीबाट बचाउनु
- संयुक्त राज्य अमेरिकालाई साइबर आक्रमण र उच्च प्राविधिक अपराधबाट बचाउनु
- सम्पूर्ण तहको भ्रष्टाचार जाँच
- नागरिक राजनैतिक अधिकारको संरक्षण,
- राष्ट्रिय अपराधिक सङ्गठन र उद्यमसंग लड्नु
- प्रमुख श्वेत कलर अपराधसंग लड्नु ;
- व्यापक हिंसक अपराधसंग लड्नु ;
- सङ्घीय, राज्य, स्थानीय र अन्तरराष्ट्रीय साझेदारलाई सहयोग गर्नु;
- एफबिआईको मिशनको सफल कार्य कुशलताको लागि प्रौद्योगिकी उन्नयन
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "FBI — Indian Country Crime", Fbi.gov, २०१०-०४-१६, अन्तिम पहुँच २०१२-०३-०३।
- ↑ "Mission & Priorities", Federal Bureau of Investigation (en-usमा), मूलबाट जुलाई ११, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१९।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;quickfacts
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "FBI- Quick Facts", Federal Bureau of Investigation, मूलबाट अप्रिल १२, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १९, २०१५।
विकिमिडिया कमन्समा फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।