बिहार दिवस
बिहार दिवस 𑂥𑂱𑂯𑂰𑂩 𑂠𑂱𑂫𑂮 | |
---|---|
वैकल्पिक नाम | बिहार दिवस, बिहार स्थापना दिवस |
अनुयायी | बिहार, भारत |
प्रकार | राज्य |
प्रारम्भ | २२ मार्च १९१२ |
मिति | २२ मार्च |
आवृत्ति | वार्षिक |
बिहार दिवस[१] (भोजपुरी: 𑂥𑂱𑂯𑂰𑂩 𑂠𑂱𑂫𑂮) बिहार राज्यको गठनको प्रतीकमा प्रत्येक वर्ष मार्च २२ मा मनाइन्छ। यो त्यो दिन थियो जब १९१२ मा अङ्ग्रेजहरूले बङ्गालबाट यो राज्यको निर्माण गरेका थिए।[२][३] यो दिन बिहारमा सार्वजनिक विदा दिइने गरिन्छ।[४]
बिहारको मुख्यमन्त्री नीतिश कुमारको कार्यकालमा बिहार सरकारले ठूलो मात्रामा बिहार दिवसको सुरुआत र उत्सव मनाएको थियो। भारत बाहेक यो उत्सव संयुक्त राज्य अमेरिका, जर्मनी, [५] बेलायत, स्कटल्यान्ड, [६] अस्ट्रेलिया, क्यानडा, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, ट्रिनिडाड र टोबागो र मौरिसस लगायतका देशहरूमा पनि मनाइन्छ। [७]
प्रत्येक वर्ष बिहार सरकारले २२ मार्चलाई बिहार दिवसको रूपमा मनाउने सार्वजनिक बिदाका रूपमा घोषणा गर्ने सूचना जारी गर्दछ। यो बिदा राज्य र केन्द्र सरकारको कार्यक्षेत्र अन्तर्गतका सबै कार्यालयहरू र कम्पनीहरूमा लागू हुन्छ साथै विद्यालयहरूले विद्यार्थीहरूद्वारा भाग लिने विभिन्न कार्यक्रमहरू आयोजना गरेर यो दिन मनाउँछन्।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- ओडिशा दिवस
- उत्तर प्रदेश दिवस
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "बिहार दिवस विशेष: ऐसे अस्तित्व में आया अपना बिहार, …जानें", MPost।
- ↑ "Stage set for 105th Bihar Diwas", अन्तिम पहुँच ३० अक्टोबर २०१९।
- ↑ "Bihar Diwas: Sunidhi Chauhan to perform at Gandhi Maidan on Mar 22", अन्तिम पहुँच ३० अक्टोबर २०१९।
- ↑ "Bihar Diwas marks public Holiday in Bihar", news.biharprabha.com, अन्तिम पहुँच २२ मार्च २०१४।
- ↑ "26 मई को जर्मनी में मनेगा बिहार दिवस, ...जानिए", Live Bihar News | लाइव बिहार न्यूज़ (hi-INमा), २०१८-०३-३०, मूलबाट २२ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०९-२२। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-२२ मिति
- ↑ "सात समंदर पार स्कॉटलैंड के पटना में कुछ इस तरह मनाया गया बिहार दिवस", Live Bihar News | लाइव बिहार न्यूज़ (hi-INमा), २०१८-०३-२१, मूलबाट २१ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०३-२१। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-२१ मिति
- ↑ "Bihar Day to be celebrated in seven countries", news.biharprabha.com, अन्तिम पहुँच २२ मार्च २०१४।